थूतुनो र मुतुनोको सहि ठाउमा प्रयोग गरौं - गोपाल सिवा

सामाजिक संजाल तिर सी' विरुद्ध 'सी' अर्थात् 'सीमा सूबेदीको अभिब्यक्ति' विरुद्ध 'सीमा नाघेर नेपालीहरूले सुझाउने , बुझाउने र प्रतिकार' गर्ने गरीरहेका छन । थुतुनो र मुतुनो सहि ठाउमा प्रयोग गर्नु ,जोगाउनु’ नत्र दुख पाइन्छ भन्ने सुन्दासुन्दै सीमा सूबेदीले जथाभावी थुतुनो चलाएर पछिलो समय सामाजिक संजालमा आफै आलोचित भएर ‘निल्नु न ओकल्नु’ बनेकी छन् । सामाजिक संजालको संसार सबैको हो । यहा हरेक कुरामा बहस हुनु, तर्क हुनुराम्रो कुरा हो र हरेक मान्छे आलोचना गर्न , बहस गर्न , बिचार पोख्न, सुझाब दिन र आक्रोश पोख्न स्वतन्त्र छन् । स्वतन्त्र भए भन्दैमा आफु भारतीय भएकोमा गर्व गर्ने सिमा सूबेदीले आफ्नो जानकारी भन्दा बाहिरको विषयमा बोल्न मरिहत्ते नगरेपनि हुनेथ्यो । तर पनि अनापशनाप, जथाभावी बोलेर चर्चा पाउँछु कि भन्ने मानसिक रोगले गाँजेको यिनको सोच अन्तर्राष्ट्रिय समुदायमाझ आलोचनाको पात्र बनिन् ।
अर्को तिर सुगौली सन्धीमा गुमेको नेपालको भूभागमा बसेर आफ्नो अनभिज्ञताको निशानामा सिमा सुबेदीले नेपाललाई पारेपछि, नेपाली समाजमा लामो समयदेखि व्याप्त मौनताको संस्कृति तोडिन पुगेको छ।सीमाको कुराले साचिकै सीमा नाघेको मात्र हैन हामि सम्पूर्ण नेपालीको आत्मसम्मानमाथि धावा बोलिंएको छ ।अनि बर्षौ देखि निराशामा सुकेर बसेको हामि नेपालीको मनमस्तिस्कमा आगो झोस्ने काम भएको छ ।हाम्रा क्षमता , कल्पना भन्दा पनि नैतिक प्रश्नले हामीलाई टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्दै अब चिमोटेको छ । सिमा सुबेदीहरु जस्ता छाडेर दुनियालाई थाहा छ इतिहासलाइ हेर्ने हो भने अंग्रेजहरु भारतीय उपनिवेश छाडेर गइसकेपछि नेपालको भूमि स्वतः फिर्ता आउनुपर्ने हो तर नेपालको उदासीनताले गर्दा उसले भारतलाई नै जिम्मा लगाएर गयो नेपालमा फिर्ता आएन ।अहिले झन्न नेपालको भएको भूमि सम्म पनि दिनहु अतिक्रमणको चपेटामा परिरहेको छ ।राजनीतिक अस्थरिता र सम्पूर्ण नेपालीको एकै स्वर नभएको यस्तो बेला सुगौली सन्धीमा गुमेको भूमि फिर्ता होला भन्ने कल्पना सम्म पनि गर्न सक्दैनौ भन्लाउ । तर यसरि नै बेला बेलामा सिमा सुबेदिहरुले हामी भित्र सुतेको स्वाभिमान लाइ जगाई दिने हो भने त्यो दिन पनि धेरै पर नहुन सक्छ ।अत्यधिक ‘कुर्सीमोह’को दलदलमा भासिंदै गएको नेपालको वर्तमान राजनीतिक वातावरणले हाम्रो राष्ट्रियता दरो छैन तरभोलि हाम्रा आधारहरु बलिया भए भने, हाम्रा आवाजहरु एक भए भने चीनले हंगकंग फिर्ता आए झैँ हामीले पनि पाउन सकने प्रसस्त सम्भावनाहरु छन भनेर नेपाली जनमानसमा पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्ने मागहरु हुर्किन थालेको छ ।
हो सीमा बहिनी, दार्जिलिंगमा बस्ने नेपालीभाषी, नेपाली रहनसहन सस्कृती र बोलीचाली भएको नेपाली हो भनेर भावनात्मक कुरा गरेको होईंन सुगौली सन्धीमा गुमेको नेपालको भूभाग मध्येको एक दार्जिलिंग हो । तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभाग मध्ये एक हो ।अहिले पनि दार्जिलिंगमा नेपालको हक लाग्छ । जसका ठोस आधारहरु छन् । पत्याउदैनौ भने सुगौली सन्धीका बारेमा सत्य तथ्य पढे सुनेका र विश्वास हुने नेपाली मात्र हैन न्यायको पक्षमा बोल्न मन पराउने आफ्नै गाउ ठाउका बाउ बाजेहरुलाई सोधेर हेर जो आज पनि इतिहास लाई साक्षि मानेर आफुलाई तिखारिरहेका छन् , निखारिरहेका छन् नेपाली हौ भनेर ।
एकिकृत राष्ट्रिय मोर्चाका अध्यक्ष सिमाबिद फनिन्द्रराज नेपालले सत्य तथ्यहरु सहित नेपालले गुमाएको भुमि भनेको सिलीगुडी र हाल बङगलादेशको भागमा परेको दिनापुर र रंगपुर तथा मेची पूर्बको समस्त पहाडी प्रदेश सिक्किमको एक तिहाई भुभाग र दार्जलिङको पहाडी खण्ड पर्दछ, टिष्टा नदीको पुर्ब किनारमा रहेको भुभाग नगरकट्टा हो भन्दै हिडेको बुझाएको दशक भै सक्यो ।यहि सत्य तथ्यहरु आधार मानेर हामीले एक्य्बधता गर्ने हो भने ,साथ र एक्य्बधता गर्ने हो भने अन्तराष्ट्रिय कानुन अनुसार नेपालको हक भएको ति गुमेका भूभागहरु नेपालले फिर्ता लिन/पाउन सक्छ । किनकी १९४७ मा स्वतन्त्र भएको भारतले सन् १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धिको धारा ८ नेपाल संग गरेको शान्ति तथा मैत्री सन्धिको धारा ८ मा जहासम्म यहाँ उल्लेख गरिएका कुराहरुको सवाल छ, ती सबैमा यो सन्धिले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सबै सन्धिहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको भनेर प्रस्ट उल्लेख छ । त्यस्तै गरि बेलायतले पनी १९५० अक्टुबर ३० मा नेपाल संग सन्धि गरी १९२३ र त्यस भन्दा पहिलेका सबै सन्धि रद्द भएको जनाएको छ सुगौली सन्धिमा इस्ट इन्डिया लाई छोडनु परेको नेपालका भुभाग मध्य १९१६ र १८६० मा नेपाल ले दुई पट्क फिर्ता पाईसकेको पनि अन्य भुभागहरु नपाएको इतिहास सवैको सामु छर्लंग छ । त्यहि फिर्ता नपाएको भूमिमामा बसेर सीमाले एक्य्बधता गर्नुको साट्टो जननी तिर फर्केर थुकिन । आज त उनको थुकको छिटा उनकै मुख तिर परेको छ। भोलिका दिनमा जननीप्रति बोलेको कुराले ‘आफ्नो जीवनकालमा सबैभन्दा ठूलो भूल गरेँ’ भन्दै अझ पश्चताप लागी रहने छ ।
अन्त्यमा निचोडमा भन्नु पर्दा हामी नेपाल भित्र र गुमेको भूभागमा बस्ने बाहिर रहेका नेपालीहरुको सबैभन्दा ठूलो दुर्भाग्य, नेपाल र नेपाली हौ भन्ने सवालमा अलग–अलग सोचाइ र एकमत नहुदा हामी नेपाल नेपाली हौ भने असली व्याख्या गर्न सकिएको छैन । अत् आफैमा विश्वास गर्न सिकौ ,आज कोलोनीमा बस्न र खान राशनकार्ड पाए भन्दैमा भारतीय हु भनेर गर्व गर्नेहरुले हिजोको इतिहासका सत्य तथ्य थाहा छैन भने अरुलाई सरापने र अरुमाथि कुर्लिने दरिद्रता नदेखाउ । किनकी नेपालले गुमाएको भूमिमा रहेका ति लाखौ नेपालीको वर्ग आधार र हामी नेपाल भित्र रहेका ३ करोड नेपालीको वर्ग आधार लगभग एउटै छ । त्यसैले जानेर वा नजानेर हामी नेपालीको अस्तित्व पलायन हुने गरि कसैले नबोलौ , थूतुनोको सहि ठाउमा प्रयोग गरौं ।हामी नेपालीको उन्नति र प्रगतिको शिखर चढ्न भौगोलिक एकता र सहकार्य नै मुख्य आवश्यकता छ । समयले यहि आवश्यकता गुमेका भूमिमा बस्ने र नेपालमा बस्ने सवै नेपालीहरुलाई छिटै बोध गराओस जसले गर्दा संसार भरि छरिएका हामी नेपालीले हाम्रो पहिचान समृद्ध बनाएर उठाउँन सकौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.