अनिताको मृत्यु हामी सबैको साझा नियति हो -गोपाल शिवा

कार्तिक २६ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिन भिषा र हवाईजहाजको टिकट हात पारेर लामबद्ध भएका खुशिहरु मुद्रामा युवायुवतीहरूको ओहोर–दोहोर गरेको दृष्य हेर्दा झट्ट एउटा रहर जस्तो देखिन्छ तर हजारौं नेपालीहरु रहरभन्दा पनि बाध्यता र विवशताले रोजगारीको खोजिमा दिनहुँ श्रम बेच्न बिदेशिने क्रम बढ्दो छ भनेर प्रत्यक्ष देख्न सकिन्छ । प्यारो मातृभूमिलाई छोडेर विदेशतिर पलायन हुने हरेकका आ आफ्नै पिडा छन् , भोगाई छन् र त्यस बाट पार पाउने प्रयासहरु छन ।यहि हुलमा एउटा ठूलो सपना बोकेर उडेको एउटा पात्र म पनि हु।दशैँ मनाउन भनेर स्वदेश फर्किएको म फेरी कर्मभुमि फर्किदाको त्यो दिनको सम्झना मेरो मन मस्तिष्कमा अझै ताजा छ । 
आफ्नो जन्मभूमि ,सामाजिक, पारिवारिक ,आफन्त सँग बिछोडिनुको पीडा,मायामोह मनभरी बोकेर ठूलो जहाजसँगै उड्दै भारी मन गर्दै विदेशी भूमि तिरै फर्किने प्रक्रियामा थिए । बोर्डिंग लिने क्रममा कुवेतमा जुझारु,सहयोगी , मिलनसार ,निरन्तर संघर्षरत र कुवेतबासी नेपाली दाजुभाई-दिदीबहिनीहरुमा परिचित कुबेत स्थित नेपाली दुताबासमा कार्यरत आदरणीय मित्र सिंजाली दाइ संग भेट भयो । यात्रा रमाइलै हुने भो भन्दै बोर्डिंग लियौ । तर त्यसबेला छुटिएका हामी ओमनको ट्रान्जिटमा मात्र देखादेख भयौ । धेरै तिर बाट जोडिएर किताकाट हुदै कुबेतका लागि छुटिएका हामी नेपाल बाट आएकामा अझै केहि नेपाली थपिएका थियौ  । ति मध्ये भारत हुदै घरेलु कामका लागि कुबेतका लागि आएका दुई जना नेपाली चेलि पनि थिए  । घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियम अनुसार नेपाल सरकारको नीति नियमलाइ छल्दै भारत हुदै अब अन्तिम गन्तब्यमा जाने तयारीमा थिए ।ट्रान्जिटमा बस्नुंजेल सम्म कुवेत हिडेका दिदिका कुरा मैले नि सुनी रहे,२ लाख खर्चेर भारत हुदै आएको भन्दै थिइन्  ... धेरै बोल्ने ..सहजै लाग्थियो यिनी पहिले पनि बैदेशिक रोजगारमा आइसकेकी छिन  तर उनि संगै भएकि साथि भने डराएको जस्तो भावमा आफ्नो टाउको सांकेतिकरुपमा हलाउथिन मात्र  । 
ट्रान्जिटको बसाइमा भएका भलाकुसारीमा एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकीको प्राण पखेरु उडे संगै कुबेतको नेपाली समाजको ध्यानको केन्द्रबिन्दु बनेको कुरा बताउदै बैदेशिक रोजगारमा हामीले दुःख पाउनुको मुख्य कारण हामी जिम्मेवार नबन्नु र सरकारी निकायले जिम्मेवारी बहन नगर्नु हो दिदि । त्यहि भएर यसरि भारत हुदै तपाइँहरु चै आउनु भएछ अरु चेलीहरु चै नआउन भने । गरिबीको कारणले त् होनी भाइ जे सुकै होश भनेर आँखा चिम्लेर  विदेश भासिएको दिदि ले जवाफ फर्काइन ।
हुन पनि हो महिला हुन् कि पुरुष हामी सवै घर परिवार, ब्यबहार  र आर्थिक विपन्नताले गाँजिएर भविष्य खोज्दै त् हो नि श्रम बेचेर पैसा कमाउन जे जसरि जहाँ सकिन्छ त्यसरी नै विदेश लागेका त हौनि । गरिबीको पिडा  र त्यस बाट उन्मुक्ति पाउने चाहनामा घरेलु कामदारका रुपमा खाडी जान नदिने नीति कानून र देशको अनुरोध, विभिन्न मानवअधिकारकर्मीको सल्लाहले जसरि नेपाली दिदिबहिनीहरु लाइ रोक्न सकेको छैन त्यसै गरि नेपाली पुरुषहरुलाई पनि इराक , अफगानिस्तान ,लिबिया र  सिरिया  जान रोक्न कहा नै सकेको छ र ? दिदीको कुरा सुनेर यस्तै कुराहरु मनभरी फत्की रहे ।
सवैलाइ ट्रान्जिट बाट मुक्ति दिन ४५ मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो ....सवैको कर्म भुमि आउने भएर होला ओमान बाट कुबेतको लागि यात्रा गर्ने बेला प्राय नेपालीहरुमा बढी कौतुहलता, उत्साह, उमंग अनि खुशी देख्न सकिन्थियो ।उक्लेर सबैजना प्लेनको आरामदायी आ-आफ्नो सिटमा गएर बस्यौ र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखे,देखे मित्र सिंजाली दाइ मेरो अपोजिट तिरको अघिल्लो सिटमा हुनु हुदो रैछ ।दाइ संगै मस्कट बाट थपिएकी नेपाली चेलीहरु मध्ये एक रैछिन । संजोगले उनी संगै कि ति नया चेली चै धेरै पछाडी सिटमा परिछन ....उनी अझै उभिएर आश लाग्दो गरि अघिल्ल तिर हेरिरहेकी थिइन् । अनन्त सवै आ -आफ्नै सिटमा बस्यौं , सारा चहलपहल सामसुम, सुनसान हुन पुग्यो माहोल ......  सवै दृश्य गायव हुर्दै प्लेन उडयो । उडेको केहि समय देखि मित्र दाइ र चेलिको गफ सुरु भयो । सरकारले नै वैध बाटो बन्द गरेपछि सरकारको नयाँ निर्णयको पर्खाइमा बस्न सकिएन त्यहि भएर २/२  लाख खर्च गरेर दुइ हप्ता लगाएर भारत हुदै आइयो दाइ , के गर्नु पोइसा कमाउने पर्यो ,बालबच्चा घर परिवार सवै  हेर्नु पर्छ । ट्रान्जिटमा सवैको सामु बोलेका यिनै कुरा मित्र दाईलाई बताउदै थिइन् । आफ्ना कुरा हावी गर्दै बोल्दै आएकी यी चेलीले फ्याट सोधिन दाइ तपाइँ कम्पनीमा काम गर्नु हुन्छ हो ? नेपाली दुताबासमा काम गर्छु मित्र दाईले जवाफ दिनु भयो । त्यस पछी अघि सम्म हाबी भएकी चेलीको आवाज दबिएको जस्तो अलि कम भयो ।केहि समय मै खाना आयो...सवै खान व्यस्त चेली पनि त्यति बोलेको सुनिएन ..... । 
बैदेशिक रोजगारमा महिला पुरुष आउनु नौलो विषय होइन। तर  एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका ३ जना चेलीको निधन संगै  शोकाकुल बनेको कुबेतको नेपाली समाजमा अर्को पिडा यसै साता थपिएको छ । भारतीय बाटो हुँदै कुबेतमा घरेलु कामदारका रुपमा आएकी काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको कुवेत आई पुगेको १४ दिनमै उनलाई बन्दी बनाइ राखेको हवालीस्थित ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको खबर सुनियो । घटनामा भारतीय बाटो हुँदै आएकि शाक्यलाई ल्याउने ल्याउने म्यानपावरविरुद्ध दुताबासले पनि कारबाहीको पहल गर्न नसकेको सुने पछी ट्रान्जिटमा भेटिएकी ति दुइ चेलीलाई सम्झी रहे ।
एकातिर यस्तो यस्ता घटनाहरूबाट हामी नेपालीहरूले ठूलो पाठ सिक्नु पर्ने खाचो त् देखाएकै छ अर्को तिर वैदेशिक रोजगारीमा गएका महिला अलपत्र हुँदा , निधन हुदा त्यस्ता महिलालाई कसरी उद्धार गर्ने र क्षतिपुर्ती भरण पोषण गराउन नसकिने अवस्था सृजना भएको सुन्दा  सरकारले महिलालाई घरेलु कामदारमा पठाउन रोक्दा त्यसले झन् जोखिम बढाएको पो होकि  ? घरेलु कामदारमा पठाउन राम्रा रोजगारदाताको खोजी सरकारले गर्न पो नसकेको होकी ? रोजगारदातालाई जिम्मेवार बनाउने नीति नियम कानुनको आवश्यक पो छकि ? सीप सिकाउने , नेपालमै रोजगारको ब्यबस्था पो गर्न नसकेको होकी ? जस्ता दर्जनौ प्रश्नले हामीलाइ घेरा हालेर किंकर्तव्यविमूढ अवस्थामा उभाएको छ  । ‘मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो अवस्था भोलि कुनै पनि बेला हामी मध्ये कोहीलार्इ पनि आइलाग्न सक्छ । अत सरकारले यसलाई व्यवस्थित गर्न सक्नुपर्छ । बैदेशिक रोजगारमा  आउने र ल्याउनेले पनि आफ्नो भूमिका निभाउनुपर्छ।  असुरक्षित बन्दै गइरहेको हाम्रो बैदेशिक रोजगारको आखिरीमा दोषी को ......? अनिता शाक्यको मृत्यु हामी सबैको साझा नियति हो त्यसैले सत्य तथ्य खोजि गरि यस किसिमको सस्कार लाइ निरुत्साहित गरौ । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.