यसरी नै हाम्रो बिग्रिएको छवि सुधारौ -गोपाल शिवा

कुबेतमा आयोजित पछिल्ला केहि सांगीतिक कार्यक्रममा दर्शक , मनोरंजन लिने एउटा पात्र म पनि हु । नेपाली कला र सस्कृतिलाई प्रवासमा संरक्षण र प्रर्वधन गर्नको लागि कुबेतमा पनि केहि कलाकारहरु मिलेर केहि बर्ष अघि देखि नेपाल कुबेत सास्कृतिक मंच र अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुबेत जस्ता संघ सस्था  क्रियाशील रहेका छन् । संस्थाका कलाकारहरुले कुबेतमा रहेका नेपाली प्रतिभाहरुलाइ गोलबद्ध गरि गायन नृत्य र  कुबेतमा आयोजना हुने हरेक कार्यक्रममा पन्चे बाजा बजाएर थप आकर्षक बनाउदै नेपाल बाट आउने अतिथि कलाकारहरु संगै एक्यबधता गर्दै ,कोरश गर्दै  नेपालीपनलाइ जीवन्त राख्दै आएका छन् । यसका अतिरिक्त कुबेतमा गठन भएका क्रियाशील विभिन्न संघ सस्थाले समय समयमा नेपाली कलाको सम्मान गर्दै नेपाली कलाकारको हौसला बढाउने अभिप्रायले  नेपाली कला सस्कृति सम्बन्धि बिभिन्न कार्यक्रम गरेर नेपाली नेपाली विचमा मात्र नभएर विदेशीहरुको विचमा पनि नेपाली कला सस्कृतिलाइ परिचित गराउने काम गर्दै आएका छन् ।

देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्।फलस्वरूप  अधिकांश पुरुष युवा युवतीहरु विदेशतिर पलायन हुन्छन्। जता पलायन भए पनि कला र सस्कृति देशको पहिचान भएकाले  यसको जगेर्ना गर्नु हामी सबैको दायीत्व हो  । यधपी प्रवाशमा रहेको देशको नीति नियम कानुन र परिस्थितिमा नेपाली कार्यक्रमको आयोजना गर्नु र दर्शकलाई कार्यक्रम स्थल सम्म ल्याउनु कम चुनौतीपूर्ण छैन। यहि चुनौती लाइ स्वीकार गर्दै केहि महिनाको फरकमा कुबेतको नेपाली समाजमा आयोजित दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतद्धारा संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रम एव राप्ति भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा अनाथ बालबालीकाको सहयोगार्थ आयोजित न्यु ईयर धमाका २०१८ सांगीतिक कार्यक्रमले दर्शकहरुलाई मंत्रमुग्ध बनाउंदै कार्यक्रम भएको अवधिभरि त्यहांको वातावरणलाई संगीतमय बनाएको म साक्षि बनेको छु । कार्यक्रममा सयौको संख्यामा नेपालीहरुको उपस्थिति रहेको देखेको छु । प्रवासमा आयोजना हुने विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुलाई सही ढंग बाट संचालन गर्न सकियो भने प्रवासी नेपालीहरु लाई नेपाली संस्कृति संग सधैं नजिकै राख्न सकिन्छ नै, यसका साथ साथै आफु बसोबास गर्ने देशका नागरिकहरु माझ पनि हामीले हाम्रो संस्कृति प्रवर्धन गर्न सक्दो रहेछौ भन्ने कुरा मैले यी कार्यक्रम हेरे पछी महसुस गरेको छु।

समाज पश्चिमीकरणतर्फ ढल्किरहेको आजको समयमा आफ्नो जन्म भुमी छोडेर प्रवासमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाउँ भेटघाट गराउदै नेपाली खानाको स्वाद चखाउदै, नाच्दै, गाउदै, रमाउदै, दु:ख सुख साट्दै, सबै एकसाथ बसेर खुशीयाली बाट्ने उद्देश्यका साथ आयोजना हुने यस्ता विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुले खास गरि कुबेतमा कार्यरत घरेलु श्रमिक महिलाहरु, परिवारका साथमा रहेका महिला गृहिणीहरु तथा महिला पुरुष श्रमिकहरु निकै ठूलो जमातमा एक ठाउँमा भेट्ने अवसर पनि मिल्ने र लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन सहभागीहरू र सम्बन्धित सबैलाई निकै उत्साहित बनाएको एव ऊर्जा दिएको छ ।  कुबेत मै भए पनि टाढाटाढा रहेका एक अर्का संग भेटघाट नभएका गाउ ठाउका , आफन्त साथीभाईहरुको सामाजिक दूरी घटाउने काम समेत गरेको छ । यहाँका विभिन्न समूदायलाई एक आपसमा जोड्ने सेतुको काम गरेको छ। समग्रमा यस्ता कार्यक्रम आफैमा सन्देशमूलक त् छदैछन यसका अतिरिक्त कार्यक्रम आयोजना हुदा एकै साथ उपस्थिति  रहने नेपाली राजदुताबास र नेपाली कामदार बीच सम्श्याहरुको बारेमा प्रत्यक्ष अन्तरक्रिया गर्ने , सामाजिकरण गर्ने एउटा मुख्य आधार बन्न सक्छ र बन्दै पनि आएको छ । 

अत: कुबेतमा छरिएर रहेका नेपालीहरुलाइ एकत्रित गर्न एव एकताको भावाना बिकास गर्न देखि बिभिन्न  नेपाली कला, संस्कृति झल्काउने सांस्कृतिक , सांगीतिक , साहित्यक कार्यक्रमहरु आयोजना गरेर नेपालको पर्यटन प्रबद्र्धनको विस्तार र प्रबद्र्धन गर्दै हाम्रो मौलिक परम्पराको जर्गेना गरौ । कुबेतमा कार्यरत नेपालीहरु बिचमा आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्न तथा एकै ठाउमा जम्मा भएर दु:ख सुख साटासाट गर्न हामी सबै मिलेर भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिऊ ,सामुहिक तवरले मनाउ र त्यसलार्इ मिडियाकरण गरौ जसले कुबेतमा रहेका नेपाली समाजको वारेमा सकारात्मक सन्देश दिन्छ र अहिले सम्म बिग्रिएको  हाम्रो छवि सुधार्ने छ ।





0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.