दलित-दलितमै भेदभाव किन ?

'भान्सा छुँदा दलितले दलितलाई कुटे' भन्न्ो शीर्षक निकै पत्रिकामा देख्दा म स्तब्ध भएँ । घाइते १७ वर्षे धर्म नेपाली र ४० वर्षे जंग नेपालीलाई बाँसको स्टे्रचरमा राखी स्वास्थ्यचौकीअगाडि बिसाएको र झुम्मिएका आफन्तका मुर्झाएको अनुहारसमेतको फोटो छापिएको दृश्य टुलुटुलु हेरिरहेँ । एकछिन त पूरा विवरण पढ्न मन पनि लागेन । दलित अधिकारका लागि छुवाछूतविरुद्धको आन्दोलनमा दलित संघ संगठन, मानवअधिकारवादी संस्था, राजनीतिक दल लागिपरिरहेको र यस कार्यमा स्वयम् सरकारको समेत गम्भीर ध्यानाकर्षण भइरहेका बखत मुलुकमा यस्ता घटना हुनु अत्यन्त खेदजनक कुरा हो । भर्खरै कालीकोटको मनवीर सुनारको चुल्हो छोएको आरोपमा छुवाछूतकै कारण हत्या भयो । यसविरुद्ध दलितहरू संगठित संघर्ष गर्दै देशव्यापी रूपमा उत्रेपछि सरकारले हत्यारालाई हदैसम्मको कारबाही गर्ने, मृतकका परिवारलाई १० लाखको राहत र पठनपाठनको व्यवस्था गर्ने, मुलुकभर घट्ने यस्ता घटना निरुत्साहित पार्नका लागि जातीय भेदभाव तथा छुवाछूत -कसुर र सजाय) विधेयक ०६८ लाई मूर्त रूपमा लागू गर्नका निम्ति नयाँ उच्च संयन्त्र बनाएर प्रभावकारी कार्यान्वयन गर्ने वाचासमेत गरेको छ । यस्तै जातीय भेदभावका कारण दैलेखका सेते दमाईंको हत्या हुनु, कास्कीका कर्ण नेपालीलाई सहभोजमा दलितप्रति विभेद गर्न नहुने कुरा राखेबापत कालोमोसो दलेर घुमाउनु, तनहुँकी माया विकलाई धाराको पानी छोएको निहुँमा निर्मम कुटपिट गरी घाइते बनाउनु जस्ता घटना सेलाउन नपाउँदै बाजुरा जिल्ला बाई गाउँ-५ का धर्म र जंग नेपालीलाई दीर्घ र सोगुन विश्वकर्मालगायतले विवाहको भान्सा छोएकै निहुँमा निर्घात कुटपिट गरेर मरणासन्न घाइते पार्नु योभन्दा दुःखदायी कुरा के हुन सक्छ ? सन् १९९४ को कुरा हो कोलम्बियाका ख्यातिप्राप्त खेलाडी अन्ड्रेज स्कोबारले विश्वकप फुटबलमा आत्मघाती गोल गरे । विश्वकप जित्ने प्रायः निश्चित त्यस राष्ट्रका मूल खेलाडी स्कोबारले आत्मघाती गोल गरेकै कारण हार बेहोरेर र्फकनुपर्‍यो । स्वदेश र्फकनासाथ तिनै आत्मघाती गोलकर्ता खेलाडीलाई उनकै फ्यानले आवेगमा आएर गोली प्रहार गरी हत्या गरे । एस्कोबारले जानीजानी आत्मघाती गोल गरेका त थिएनन्, तर उनकै कारण आफ्नो देशले कैयौँ लगानी गरेर विश्वसामु कमाएको साख गिर्‍यो । त्यसकारण उसलाई गोलीले उडाइदिँदा देशबासी कोही कसैले खासै पछुताएनन् । हो त्यस्तै आफ्नै आन्दोलनका सहयात्री, युगौँदेखि आफैँसरह जातीय विभेदको मार खेपेर भेदभावको सिकार बनेर आएका, पीडित परियारद्वयलाई आफ्नै दलित समुदायका विश्वकर्माबाट समेत विभेदको पीडा थपिदिएर काटेको घाउमा नुनचुक दल्ने काम गरे । त्यसकारण त्यस्तो आत्मघाती कार्य गर्ने दीर्घ र सोगुन विश्वकर्मालाई जति ठूलो सजाय दिए पनि कमै हुन्छ । मुलुकको ऐनकानुनविपरीत समाजमा यस्ता असामाजिक, अमानवीय, आपराधिक घटना किन घट्छन् ? यसको वास्तविक दोषी को हो ? यससम्बन्धी भने स्पष्ट हुन जरुरी हुन्छ । हिन्दू सामन्ती वर्गीय शोषण टिकाउन वर्ण व्यवस्था सिर्जना गर्नु र वर्ण व्यवस्था बलियो बनाउन उही हिन्दू ब्राह्मणवादी धर्मकर्मअनुसार मानव समाजलाई जातजातिमा विभाजन गरेर सानो ठूलोको तह निर्धारण गर्नु अनि तल्लो तहमा पर्गेलिएका जातिले कथित माथ्लो तहमा स्थापित जातिसँग निर्धारित सीमा नाघेर व्यवहार गरेमा काट्ने, कुट्ने र मार्नेसम्मका कार्य गर्दा अन्यथा नहुने हिन्दू धर्मकै जडता हो । जिउँदो नारीलाई मरेको लोग्नेसँगै घारो र कात्रोमा कसेर पोल्ने चलन कसले बनाएको हो ? दलितले पढे आँखै निकालिदिने, ज्ञानगुनका कुरा सुने कानमा तातो झिर रोपिदिने जस्ता प्रथा कसले बसाएको हो ? आफूभन्दा कथित ठूला जातिका पाउ मोल्नुपर्ने र सानालाई टाउकामा टेक्ने चलन हिन्दू पुरातन संस्कारकै पर्याय हैन र ? यिनै धार्मिक प्रचलनका कारण कति नारीले अनाहकमा ज्यान गुमाए, कति दलितले अकालमा मर्नुपर्‍यो, कति, श्रमजीवी -दास) ले फजुलमा मृत्युवरण गर्नुपर्‍यो । यही धर्मका आडमा ठूलो जाति भनिएकाले आफूभन्दा सानो जाति बनाइएकालाई तहगत रूपमा छिछि र दुरदुरको व्यवहार गर्नु उही हिन्दू धर्म र कुसंस्कारको पराकाष्ठा हो । मान्छे गरिब हुँदैमा तथा सानो जाति भनिने वर्गमा पर्दैमा सामन्ती चिन्तनरहित हुन्छ भन्ने होइन । उसको मथिंगलभरि हिन्दू ब्राह्मणवादी संस्कार कोचाइएको हुन्छ । धर्मकै नाममा अनेक कुरीतिका छाप लगाइएको हुन्छ । जिन्दगीभर उसमा परेको धर्मान्धताको लाहाछापे बन्धनबाट आफू मुक्त हुनुपर्छ भन्ने चेत पाउँदैनन् र आफूले सक्नेलाई कसेर दबाएर ठूलोबडो हुन खोज्छन् । जस्तो कि सर्पको मुखमा परिसकेको भ्यागुताले पनि आफ्नो अगाडिको झिँगालाई झम्टनमै बल लगाउँछ । हाम्रो समाजभित्र विकास भएको हिन्दू ब्राह्मणवादी वणर्ाश्रम व्यवस्थाको जर्जर प्रभाव अझैसम्म जबर्जस्त जरिएर बसेको छ । मानिसमा युगौँदेखि भरिएको कुसंस्कारको प्रकोपले आज आफ्नै बन्धुबान्धवमाथि प्रहार गर्न पुगेका छन् । दलितले दलितलाई छुवाछूतको व्यवहार गर्नु भनेको ब्राह्मणवादले मथिंगलमा भरिदिएको सामन्ती चिन्तनको उपज हो । जस्तो कि भर्खरै अछाममा एउटी ४३ वषर्ीया मुनादेवी साहीको छाउपडी बार्दा गोठमै कठ्यांगि्रएर मृत्यु भयो । बोक्सीको आरोपमा ज्यानै लिने, मानव मलमूत्र कोच्याउनेजस्ता कार्य यही धार्मिक अन्धविश्वासका कारण दिनानुदिनजस्तो घटिरहेको पाइन्छ । आफ्नै श्रीमती, छोरी, बहिनीलाई छाउपडीमा पठाएर मृत्युवरण गराउनु, आफ्नै छिमेकीलाई बोक्सीको आरोपमा हुर्मत हरेर ज्यानैसम्म लिनु, जातीय छुवाछूतका कारण दिनानुदिन कहालीलाग्दा घटना हुनु भौतिक रूपले सम्बन्धित कारक पक्ष दोषी हुन्छन् । तर, यस्तो अवस्था आउनुमा नीतिगत रूपमा त उही हिन्दू ब्राह्मणवादी सामन्ती धार्मिक संरचना नै दोषी छ । यही संरचनालाई उकेरो लगाएर भरथेग गर्ने राज्य व्यवस्था दोषी छ । हो यो मुख्य दोषी संरचना भत्काएर समाज विज्ञानका आधारमा न्यायोचित संरचना निर्माण नगरेसम्म्ा समाजको कुरीतिले सिर्जिने जघन्य घटना निमिट्यान्न पार्न सकिँदैन । आज यसैमा सामाजिक संघर्ष केन्दि्रत हुन खाँचो छ । Source:http://www.nayapatrika.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.