दलित समुदायको अडिग कटिबद्वताको अत्यन्तै ठुलो खांचो छ-@गोपाल सिवा
दलित समुदाय मा जन्म पाउनु श्राप नभै यो लादिएको संस्कार हो । त्यसैले यसको अन्त्यको लागि हामी आफैले लड्नु पर्दछ । आफै जगरुक हुनुपर्छ भन्ने कुराको चेतना कुना कुनामा फैलाउन एव दलितहरुमा सामाजिक जागरण फैलाउने काम हुनुपर्छ । राष्ट्निर्माणमा दलित शक्तिको महत्व अद्धितीय छ । देशको कुल जनसंख्याको ३० लाख हाराहारी जनसंख्या ओगटेको दलितहरु धर्म , परम्परा, रीतिथिति र संस्कारको नाममा थिचिएका , सिंगो समाजबाट हेपिएका राज्यको मूल प्रवाहमा कहिल्यै समेटिन नसकेका , शिक्षा र चेतनाको अवसरबाट वञ्चित दलितको विकासका समस्याहरु खासगरि शिक्षा ,स्वास्थय, गरिवी, हिन्ताबोध र चेतनाको अभाव संग सम्बन्धित छन् । देशको धेरैजसो दलितहरु शिक्षाको अवसरबाट वंचित छन । शिक्षाको अवसर पाउनेहरु मध्येका पनि धेरैले आर्थिक, सामाजिक , भावानात्मक एवं वातावरणीय कारणबाट बीचैमा अध्ययन छोडने गरेको पाईन्छ । दलित समुहमा विधमान अशिक्षा तथा आर्थिक कमजोरीले गर्दा उनीहरुमा चेतनाको अभाव एवं गरिवीपनको प्रवृति बढदै गईरहेको छ ।
दलितहरु ले भोग्नु परेको मुख्य समस्या भनेको शिक्षा, स्वास्थय, रोजगारी, गरिवी र चेतनाको कमी नै हुन र यी कुराको निराकरणका लागि भएका हाम्रो पहिलो प्रयास भनेको दलित वर्गको लागि आर्थिक विकास , सामाजिक परिवर्तन र उत्थान, ग्रामिण विकास र समग्र दलितहरुको विकासमा प्रभावकारी बनाउने हो । दलितहरु को परिचालन तथा विकासको कार्य दलितको एकलै प्रयासले सम्भव हुदैन । यसमा सरकारको , गैह् सरकारी संघ संस्थाको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यसै कुरालाई दृष्टिगत गरी २०५४ साल देखिको उत्पिडित उपेक्षित तथा दलितको विकास समिती र २०५९ सालबाट राष्ट्रिय दलित आयोग संचालनमा आएपनि दलित समुदायको सामाजिक एवं आर्थिक विकासका लागी सरकारी वा गैरसरकारी संघ संस्थाहरुबाट विभिन्न कार्यक्रमहरु हुदै आएका छन् । बर्सेनी करोडौँ बजेट खर्च भइरहेको छ । तर पनि खर्चको अनुपातमा उनीहरुको जीवन स्तरमा खासै सुधार आएको पाइदैन । दलितहरुको गुनासो ज्यूँका त्यूँ छ र समस्याहरु पनि जिउदै जस्ताको तस्तै छन् ,लगभग ५ लाख शिक्षित र साक्षार भएपनि अझै २५ लाख दलितहरु अशिक्षित छन् । कूपोषण, रोग, अभाव, चरम गरिवी र अपराधमा संलग्न हुनुपर्ने र विदेशिनुपर्ने जस्ता क्रियाकलाप पनि अत्याधिक हुनै दलित समुदाय मध्ये लगभग २० लाख संग आपm्नो घर जग्गा र व्यवसाय छैन् ।
संचालनमा आएका दलित संघले दलितको सँमस्या कहि पनि आउन नसकेको अवस्थामा संस्था खोलेपछि स्थानिय , राष्ट्रिय र अन्तराष्ट्रिय परिचित गर्न सफल भएका भए पनि दलित भित्रको उत्पीड्नको समस्या र दलित बेरोजगारीलाई कम गर्न र शिक्षित बेरोजगारहरुलाई स्वरोजगार तर्फ अभिप्रेरित गर्नै नीति समेत अवलम्वन गरन सकेको छैन् । त्यसतैगरी श्रम विभाग, घरेलु तथा साना उधोग विभाग र अन्र्तगतका कार्यलयहरु संगको सहकार्य बाट सीप विकास र आय आर्जन गर्नै किसिमका विभिन्न तालिमहरु सञ्चालन हुदै आएका छन् जसमा दलितको लागि कोटा मात्र हुनछ, तालिम लिने दलितहरु सुनय हुन छन् । सरकारी र गैरसरकारी संघ संस्थाहरु ठूलठूला होटेलहरुमा बसेर दलितहरुको समस्या र दुःख के हो भनेर बसीबसी बर्सेनी करोडको हाराहारीमा रकम सिध्याउने क्रम जारी छ । त्यो लगानी वालुवामा पनि सरह भएको छ । राष्ट्रिय योजना आयोग अन्र्तगत दलित उत्थान कार्यक्रम छ । प्रत्येक जि.वि.स.मा भण्डै करोड बराबरको गरिव तथा उत्पीडितहरुको उत्थान्को लागी स्थानीय विकास कोष छ । प्रत्येक गा.वि.स., न.पा. र जि.वि.स.हरुले आन्तरिक स्रोतबाट समेत गरिवी तथा अत्पीडितहरुको लागी कार्यक्रम संचालन गर्न सक्दछन् । तर दलित तथा पिछडिएको वर्गको सामाजिक विकासलाई जिम्मेबार तहका अधिकारीहरुले वेवस्ता गने मात्र होइन कमिसन आउने योजनाहरुलाई मात्र प्राथमिकता दिएको पाईन्छ । सरकारी कार्यलयका कार्यक्रमहरुपनि दलित तथा पिछडिएका समुदायलाई औपचारिकताका लागि अर्थात भनौ कोटा पु¥याउनका लागि मात्रै समेट्ने गरिएको छ ।यसरी दलित विकास सम्वन्धी कार्यक्रमका लागि प्राथमिकताका क्षेत्रहरु तय गरि मुख्यत् सरकार, दलित र दलित संघले दलित सम्बन्धी निम्न उदेश्यहरु अघि सारेर कार्य गरनु पर्छ ।
(क) दलित जनशक्तिलाई उत्पादनशील क्षेत्रमा अधिकत्तम उपयोग गर्नु ,
(ख) दलित वर्गमा राष्ट्यि दायित्व वोध गराई सक्षम नागरिकको भूमिका निर्वाह गर्न समर्थ तुल्याउनु , एंव
(ग) देशमा विधमान गरीवि, अशिक्षा, पछौटेपन , कुरीति जस्ता चुनौतिहरुको सामना गरीचेतनाको विस्तार गरि एक्काइसौं शताब्दीका लागि परिवर्तनका वाहकको रुपमा दलित वर्गको व्यक्तित्व विकास गर्नु ।
हाम्रो देशमा सामाजिक भेदभाब को संजाल यस्तो रुपमा जेलिएको छ यो फुटाउनको लागि बिशेष योजना र यसको कार्यान्वयनका साथै दलित समुदायको अडिग कटिबद्वताको अत्यन्तै ठुलो खांचो छ । बिगतको तुलनामा आजको अवस्था केहि खुकुलो भए जस्तो महसुस हुन थालेको छ यो नै प्रभावकारी मान्न सकिन्छ यसले अपनाएको शिक्षा , स्वास्थय , आर्थिक आय आर्जन र संचेतना कार्यक्रम को प्रभावले गर्दा हिजो हेपियका दाबियका दलितहरु आज केहि बाहिर निस्किएर यो समाज लाई , राष्ट्रलाई र संसारलाई विकासमा दलितको आखाले हेर्न निर्धक्क अघि सर्नै भएका छन र फलस्वरुप दलित चेतना का कार्यक्रमहरुको कारण जातीय छुवाछूत को समस्या लाई आज राज्यले राष्टिय समस्याको रुपमा पहिचान गरिसकेको छ । त्यत्ति मात्र होईन नेपालले संयुक्त राष्ट संघिय सबै किसिमका भेदभाब उन्मुलन सम्बन्धि महासन्धीमा समेत हस्ताक्षर गरेर अन्तराष्टिय स्तरमा नेपालमा छुवाछूत को समस्या अन्तराष्टिय स्तरमा स्वीकारी सकेको पनि केहि वर्षै भइसकेको छ । नेपालमा राष्टिय दलित आयोगको स्थापना गरि दिएर सरकार आफु दाईत्वबाट पन्छियो यस अर्थमा की सारा दलितहरुको उत्थानको आशाको केन्द्र विन्दु लाई निर्णयगर्ने सम्पूर्ण अधिकार बाट बञ्चित गराएर आयोग जस्तो अत्यन्तै संवेदनसिलमा परम्परागत नेपाली राजनैतिक नियुक्ति को शैलिलाई अंगालेर सदसय नियुकत गरिनछ । आयोगको स्थापना भएको दसक भन्दा पनि बढि भइसक्यो तर हालसम्म पनि यसले दलितको लागि विशेष पहल गरेको पाईदैन ।
अन्तयमा, अहिलेको अवस्था अलिकति फरक छ । देश, काल र परिस्थितिलाइ आत्मा साथ गर्दै हामीले यसभित्र समेलित भई समानता प्राप्त गर्नु परेको छ । कुनै पनि परिवर्तनका लागि संचार माध्यमको अत्यन्त ठूलो भुमिका हुन््छ । दलितहरुको विकासको सन्दर्भमा सुचना, शिक्षा र सञ्चार अर्नतगर्त लगेर जोडेने गरिएको हुनाले, दलित कार्यक्रमले प्राथमिकता पाउन सकेको छ । यसरी दलितहरु लाई नैतिकता, सत्चरित्र, सुमार्ग एंव कर्तव्यपथ बाट विमुख हुन नदिन एंव उनीहरुमा देशप्रेम , देशभक्ति, राष्ट्यिता , समाजसेवा ,स्वावलम्बन, स्वास्थय रक्षा, चरित्र विकास , आत्मबल, आत्मविश्वास एंव स्वाभिमानको भावाना अभिवृद्धि गर्नका लागि सुचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई उपयोगि एवं प्रभावकारी माध्यमको रुपमा लिनु पछ । फलस्वरुप दलित हितका कार्यहरु र सीपको विकास कार्यक्रमको साथै जनसंख्या, वातावरण, पर्यटन, शिक्षा , खेलकूद , स्वास्थ्य र महिला विकास जस्ता विकास कार्यक्रममा दलितहरुलाइ लक्ष्ति गरि दलितसंघको बिशेष पहलमा सरकारको तर्फ बाट र यस क्षेत्रमा कार्यरत एनजीओ, आइएनजीओको सहयोगमा बिभिन्न कार्यहरु देशमा व्यापकरुपले फैलिरहेको आमसंञ्चारका माध्यम बाट चेतनाकोे प्रभाव समेत दलितहरुमा परिरहेको छ र निरनतरता अझ दिनु पछ ।
देसका आन्दोलन र त्यसमा संचार विशेष गरि छापाको भूमिका अनि प्रजातन्त्र पछि बेला बेलामा विभिन्न परिस्थितिमा संचारले निर्वाह गरेको भुमिका र सरकार परिवर्तन को स्थितीका साथै त्यस पछिको विकासक्रमलाई पनि लिन सकिन्छ । संचारले कुनै पनि घटना तथा क्रियाकलापहरुको गाउ गाउ मा सकारा्त्मक सन्देश फैलाउन सक्छ । समग्र दलित आन्दोलनलाई नै सफल पर्नका लागि यो समुदायले संचार लाई सहि सदुपयोग गर्नुपर्छ । दलित समसिया आफै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत परिचित भैसकेको ले हामीले जतीयछुवाछूत को अन्त्यको विषयलाई गाउमा सकारात्मक सन्देश पु¥याउनको लागि संचारलाई अझ नजिकबाट आत्मासाथ गरी अगाडि बढनु पर्दछ । अनि मात्र हामी भोलिको प्रतिस्प्रधात्मक समाजमा सजिलो प्रतिप्रर्धामा उत्रन सक्दछौ । परिणामस्वरुप हामी भोलीको छुवाछूत मुक्त सुनौलो समाज र राष्ट्रको कल्पना गर्न सक्दछौ । अनि मात्र हामीले सम्पूर्ण क्षेत्रबाट विकसित दलितहरुको पहुच रहेको सकारात्मक परिवर्तनको सुखद समाज प्रप्त गर्न सक्दछौ ।
0 comments
Write Down Your Responses