वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिए
दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली
दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात
बनाइदिएका छन् ।
चीनका वैज्ञानिकहरुले मूत्रबाट दाँतको विकाश गरेका हुन् । सेल रिजेनेरेसन
जर्नलमा छापिएको समाचार अनुसार पिसाबलाई स्टेम कोषको श्रोतको रुपमा प्रयोग
गर्न सकिन्छ जसबाट मानिसको दाँतको विकाश गर्ने मार्ग प्रसस्त हुन्छ ।
यसरी
विकाश गरिएको दाँतले मानिसको झरेको दाँतको ठाउँमा आफुलाई स्थापित गर्न
सक्नेछ ।
ग्वांगझोउ इन्स्िटच्युट अफ बायो मेडिसिन एण्ड हेल्थको वैज्ञानिक टोलीले
मुसाको सरीरबाट पिसाब निकालेर
त्यसलाई प्रयोगशालामा लगि त्यसबाट स्टेम कोष
झिकी मुसाकै सरीरभित्र प्रत्यारोपण गरेको थियो । त्यसरी स्टेम कोष
प्रत्यारोपण गरेको केही दिनमै मुसाको सरीरमा दाँत जस्तै संरचना विकशित हुन
थाल्यो । त्यसरी विकशित भएको संरचनामा दाँतमा जस्तै पल्प, डेन्टिन, इनामेल
लगायतको भाग थियो । यद्यपि त्यसरी विकाश गरिएको दाँत साँच्चीकै प्राकृतिक
दाँत जस्तो कडा भने थिएन ।
यो अनुसन्धानले मुसाको पिसाबबाट मुसाको सरीरमा दाँतको विकाश गर्न सकिएजस्तै
मानिसको पिसाबबाट पनि दाँत झरेको ठाउँमा नयाँ प्राकृतिक दाँतको विकाश गर्न
सकिने सम्भावना उजागर गरेको वैज्ञानिकहरुको भनाइ छ ।
1 comments
Write Down Your Responses
November 28, 2014 at 10:58 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन