हिन्दु बर्णभेदी जातिय व्यवस्थाको सबैभन्दा ठुलो खतरा हो - डोर बहादुर बिष्ट
राजनीतिमा
उच्च जातिहरु को हालीमुहाली छ । थरि थरिका राजनीतिक नारा बोकेर तिनीहरु
राजनीतिमा सफल हुन्छन् । कतिपय त जनसम्पर्कबाट पुरै बिमुख हुन्छन् ।
तिनीहरुको शैली अचानक, अस्पस्ट र व्यक्तिगत सम्बन्धमा आधारित हुन्छ, अमुर्त
मुद्दाको उठान गर्छन् । स्थापित र विकाशशील राजनीतिक अंग हुनुभन्दा पनि ति
व्यक्तिहरु क्रान्तिकारी र आदर्श प्रजातन्त्रवादी देखिने प्रयत्न गर्छन्
जबकि तिनीहरु जनताको वास्तविक आवश्यकता र संस्कृतिबारे अनभिज्ञ नै रहन्छन् ।
यस्ता व्यक्तिहरुले नै राजनीतिक विपक्षको भुमिका खेलेका छन् ।
बाहुन छेत्रीहरु नेपालमा अल्पमतमा छन् । अल्पमतमा भए पनि तिनीहरु शक्तिशाली छन् । शिक्षक, प्रोफेसर, शिक्षाविद, बुद्धिजीवि, र
पत्रकारहरुको ठुलो हिस्सा उच्च हिन्दु जाति बाहुन छेत्री र नेवारमा
श्रेष्ठ जातिहरु छन् । यिनीहरु सबैको नेपालका अरु जातिहरु प्रति हेर्ने
धारणा बर्णवादी श्रेणीबिभाजनबाट प्रभावित छ । परिणामस्वरुप, नेपाल भित्रका र बाहिरी जगतका जानकारीहरु प्राप्त गर्ने र प्रसारण गर्ने काममा यि बर्ण बिभाजनकारी उच्च जातिहरुको नियन्त्रण छ ।
उच्च
हिन्दु जातिहरु र बर्ण बिभाजनबाट प्रभावित अन्य जातिका सदस्यहरु नै
नेपालको प्रशासन मा हावी छन् । निजामति प्रसासनले नेपालको राजनीतिक जीवनमा
महत्वपुर्ण भुमिका खेल्दछ र बिगत तीस बर्षहरुमा(पन्चायतकालिन) निजामति
प्रसासन मार्फत नै सरकारको प्रभावकारी सन्चालन भयो । नेपालको निजामति
प्रसासनलाई यसको आफ्नै आवश्यकताले भन्दा पनि उच्च जातिहरु बाहुन, छेत्री
र श्रेष्ठ नेवारहरुको परम्परागत भर्ती केन्द्र को रुपमा प्रयोग गरियो ।
धेरैजसो यि उच्च जातिका मान्छेहरु सरकारी प्रसासनको काम उनेरुको नैसर्गिक
अधिकार भन्ठान्छन् ।
यि उच्च जातिका मानिसहरुले आफ्नो मान्छे को सम्पर्क प्रयोग गरेर सजिलै सरकारी जागिर पाउँदछन् । सबै हिन्दु उच्च जातिका मानिसहरु परम्परावादी नै छन् भन्ने पनि हैन्, तर
जो धर्मसंग तेति वास्ता राख्दैनन् उनीहरु पनि आफ्नो वर्णभेदी लालनपालन र
भाग्यवादी दृष्टिकोणबाट मुक्त हुनसकेका छैनन् । कतिपयले आफ्नो व्यक्तिगत
अध्ययन् र अनुभवबाट सिक्दै भाग्यवादी सोचसंग संघर्ष पनि गर्छन् तर
तिनीहरुको सोच पनि जातिय वर्णविभाजनको प्रभावबाट मुक्त हुन सक्दैन् जसले
गर्दा तिनीहरु फेरि पन्डित नै रहन जान्छन् । तिनीहरु नास्तिक, बिदेशमा शिक्षित, उच्च प्रशिक्षित व्यवसायिक डिग्रीवाल, वा देश बिदेशको भ्रमण गरेका हुन सक्छन् तर तिनीहरुको प्रवृत्ति फेरि पनि जातिय वर्णभेदबाट नै प्रभावित हुन्छ ।
तेस्ता
व्यक्तिहरु अकर्मण्य पलायनवादी हुन् जो दरिद्र नेपालको कुनै भविष्य
देख्दैनन् । तिनीहरु समस्याको समाधान तर्फ भन्दा पनि बौद्धिकीकरण गर्छन्, अन्तहीन वाद विवाद गर्छन्, अनि
वास्तविक निर्णय लिनुपर्ने जिम्मेवारी कुनै माथिल्लो तह मा सार्छन् ।
तिनीहरु विश्व समुदायसंग को नौलो र सतही परिचय मार्फत आफुलाई सामान्य जनता
भन्दा फरक र बिशिष्ट देखाउने चेष्टा गर्छन् । तिनीहरु चाकरी को प्रयोग
गर्छन्, र जब आफुलाई प्राप्त सुबिधाको पदमा पुग्छन्, तिनीहरुको मान्यता के हुन्छ भने देशको लागि केही पनि गर्न सकिदैन्, तेसैले आफु र आफ्नो मान्छे को लागि अवसरको उपयोग गर्नुपर्छ ।
यस्तो
प्रवृत्ति उच्च जातिका शिक्षित व्यक्तिहरुमा मात्र नभई जनजाति समुह
भित्रका ति व्यक्तिहरु जसले व्यक्तिगत प्रयासबाट शिक्षा र सम्मानित स्थान
पाएका छन्, जब उनीहरु श्रेणीभेदी जातिय मान्यताको सम्पर्कमा आउँछन्, त्यस्ता
जनजातिहरुमा समेत जातिय श्रेणीभेद प्रवृत्ति उत्पन्न हुन्छ । हिन्दु
बर्णभेदी जातिय व्यवस्थाको यो सबैभन्दा ठुलो खतरा हो कि यसलाई सजिलै धर्म
निरपेक्ष पनि बनाउन सकिन्छ र परम्परागत जातिय बर्णभेद नमान्नेहरु लगायत
कुनै पनि सामाजिक वर्ग वा जनजातिबाट समेत नौलो तरिकाले यसको प्रयोग हुन
सक्दछ ।
बर्ण
श्रेणीबिभाजनको परिणामस्वरुप नेपाली राष्ट्रिय पहिचानको अवमुल्यन हुन गयो ।
नेपाली राष्ट्रिय पहिचानको साटो भारतीय हिन्दु जातियतावादले प्रश्रय पायो ।
नेपालको वास्तविक सामाजिक व्यवस्था को खोजी भारतीय बाहुनवादी ऐतिहासिक
परम्पराहरुमा खोज्न थालियो । भाग्यवादी प्रवृत्तिले गर्दा नेपाली समाजमा
पुर्नजागरण हुन पाएन, समाजलाई अकर्मण्य र पलायनवादी बनायो । यसरी नेपालमा भारतीय संस्कृतिको प्रभाव का असरहरु हुन गएः नेपालीपन्को अवमुल्यन्, धार्मिक संस्कृतिको भारतीयकरण, आफु प्रति हीनता बोध, र भाग्यवादी समर्पण ।
*डोर बहादुर बिष्टको फ्याटलिज्म एण्ड डेभलपमेन्ट सन् १९९० बाट अनुदित अंश1 comments
Write Down Your Responses
November 28, 2014 at 9:31 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन