सामाजिक संजाल तिर सी' विरुद्ध 'सी' अर्थात् 'सीमा सूबेदीको अभिब्यक्ति' विरुद्ध 'सीमा नाघेर नेपालीहरूले सुझाउने , बुझाउने र प्रतिकार' गर्ने गरीरहेका छन । थुतुनो र मुतुनो सहि ठाउमा प्रयोग गर्नु ,जोगाउनु’ नत्र दुख पाइन्छ भन्ने सुन्दासुन्दै सीमा सूबेदीले जथाभावी थुतुनो चलाएर पछिलो समय सामाजिक संजालमा आफै आलोचित भएर ‘निल्नु न ओकल्नु’ बनेकी छन् । सामाजिक संजालको संसार सबैको हो । यहा हरेक कुरामा बहस हुनु, तर्क हुनुराम्रो कुरा हो र हरेक मान्छे आलोचना गर्न , बहस गर्न , बिचार पोख्न, सुझाब दिन र आक्रोश पोख्न स्वतन्त्र छन् । स्वतन्त्र भए भन्दैमा आफु भारतीय भएकोमा गर्व गर्ने सिमा सूबेदीले आफ्नो जानकारी भन्दा बाहिरको विषयमा बोल्न मरिहत्ते नगरेपनि हुनेथ्यो । तर पनि अनापशनाप, जथाभावी बोलेर चर्चा पाउँछु कि भन्ने मानसिक रोगले गाँजेको यिनको सोच अन्तर्राष्ट्रिय समुदायमाझ आलोचनाको पात्र बनिन् ।
अर्को तिर सुगौली सन्धीमा गुमेको नेपालको भूभागमा बसेर आफ्नो अनभिज्ञताको निशानामा सिमा सुबेदीले नेपाललाई पारेपछि, नेपाली समाजमा लामो समयदेखि व्याप्त मौनताको संस्कृति तोडिन पुगेको छ।सीमाको कुराले साचिकै सीमा नाघेको मात्र हैन हामि सम्पूर्ण नेपालीको आत्मसम्मानमाथि धावा बोलिंएको छ ।अनि बर्षौ देखि निराशामा सुकेर बसेको हामि नेपालीको मनमस्तिस्कमा आगो झोस्ने काम भएको छ ।हाम्रा क्षमता , कल्पना भन्दा पनि नैतिक प्रश्नले हामीलाई टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्दै अब चिमोटेको छ । सिमा सुबेदीहरु जस्ता छाडेर दुनियालाई थाहा छ इतिहासलाइ हेर्ने हो भने अंग्रेजहरु भारतीय उपनिवेश छाडेर गइसकेपछि नेपालको भूमि स्वतः फिर्ता आउनुपर्ने हो तर नेपालको उदासीनताले गर्दा उसले भारतलाई नै जिम्मा लगाएर गयो नेपालमा फिर्ता आएन ।अहिले झन्न नेपालको भएको भूमि सम्म पनि दिनहु अतिक्रमणको चपेटामा परिरहेको छ ।राजनीतिक अस्थरिता र सम्पूर्ण नेपालीको एकै स्वर नभएको यस्तो बेला सुगौली सन्धीमा गुमेको भूमि फिर्ता होला भन्ने कल्पना सम्म पनि गर्न सक्दैनौ भन्लाउ । तर यसरि नै बेला बेलामा सिमा सुबेदिहरुले हामी भित्र सुतेको स्वाभिमान लाइ जगाई दिने हो भने त्यो दिन पनि धेरै पर नहुन सक्छ ।अत्यधिक ‘कुर्सीमोह’को दलदलमा भासिंदै गएको नेपालको वर्तमान राजनीतिक वातावरणले हाम्रो राष्ट्रियता दरो छैन तरभोलि हाम्रा आधारहरु बलिया भए भने, हाम्रा आवाजहरु एक भए भने चीनले हंगकंग फिर्ता आए झैँ हामीले पनि पाउन सकने प्रसस्त सम्भावनाहरु छन भनेर नेपाली जनमानसमा पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्ने मागहरु हुर्किन थालेको छ ।
हो सीमा बहिनी, दार्जिलिंगमा बस्ने नेपालीभाषी, नेपाली रहनसहन सस्कृती र बोलीचाली भएको नेपाली हो भनेर भावनात्मक कुरा गरेको होईंन सुगौली सन्धीमा गुमेको नेपालको भूभाग मध्येको एक दार्जिलिंग हो । तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभाग मध्ये एक हो ।अहिले पनि दार्जिलिंगमा नेपालको हक लाग्छ । जसका ठोस आधारहरु छन् । पत्याउदैनौ भने सुगौली सन्धीका बारेमा सत्य तथ्य पढे सुनेका र विश्वास हुने नेपाली मात्र हैन न्यायको पक्षमा बोल्न मन पराउने आफ्नै गाउ ठाउका बाउ बाजेहरुलाई सोधेर हेर जो आज पनि इतिहास लाई साक्षि मानेर आफुलाई तिखारिरहेका छन् , निखारिरहेका छन् नेपाली हौ भनेर ।
एकिकृत राष्ट्रिय मोर्चाका अध्यक्ष सिमाबिद फनिन्द्रराज नेपालले सत्य तथ्यहरु सहित नेपालले गुमाएको भुमि भनेको सिलीगुडी र हाल बङगलादेशको भागमा परेको दिनापुर र रंगपुर तथा मेची पूर्बको समस्त पहाडी प्रदेश सिक्किमको एक तिहाई भुभाग र दार्जलिङको पहाडी खण्ड पर्दछ, टिष्टा नदीको पुर्ब किनारमा रहेको भुभाग नगरकट्टा हो भन्दै हिडेको बुझाएको दशक भै सक्यो ।यहि सत्य तथ्यहरु आधार मानेर हामीले एक्य्बधता गर्ने हो भने ,साथ र एक्य्बधता गर्ने हो भने अन्तराष्ट्रिय कानुन अनुसार नेपालको हक भएको ति गुमेका भूभागहरु नेपालले फिर्ता लिन/पाउन सक्छ । किनकी १९४७ मा स्वतन्त्र भएको भारतले सन् १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धिको धारा ८ नेपाल संग गरेको शान्ति तथा मैत्री सन्धिको धारा ८ मा जहासम्म यहाँ उल्लेख गरिएका कुराहरुको सवाल छ, ती सबैमा यो सन्धिले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सबै सन्धिहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको भनेर प्रस्ट उल्लेख छ । त्यस्तै गरि बेलायतले पनी १९५० अक्टुबर ३० मा नेपाल संग सन्धि गरी १९२३ र त्यस भन्दा पहिलेका सबै सन्धि रद्द भएको जनाएको छ सुगौली सन्धिमा इस्ट इन्डिया लाई छोडनु परेको नेपालका भुभाग मध्य १९१६ र १८६० मा नेपाल ले दुई पट्क फिर्ता पाईसकेको पनि अन्य भुभागहरु नपाएको इतिहास सवैको सामु छर्लंग छ । त्यहि फिर्ता नपाएको भूमिमामा बसेर सीमाले एक्य्बधता गर्नुको साट्टो जननी तिर फर्केर थुकिन । आज त उनको थुकको छिटा उनकै मुख तिर परेको छ। भोलिका दिनमा जननीप्रति बोलेको कुराले ‘आफ्नो जीवनकालमा सबैभन्दा ठूलो भूल गरेँ’ भन्दै अझ पश्चताप लागी रहने छ ।
अन्त्यमा निचोडमा भन्नु पर्दा हामी नेपाल भित्र र गुमेको भूभागमा बस्ने बाहिर रहेका नेपालीहरुको सबैभन्दा ठूलो दुर्भाग्य, नेपाल र नेपाली हौ भन्ने सवालमा अलग–अलग सोचाइ र एकमत नहुदा हामी नेपाल नेपाली हौ भने असली व्याख्या गर्न सकिएको छैन । अत् आफैमा विश्वास गर्न सिकौ ,आज कोलोनीमा बस्न र खान राशनकार्ड पाए भन्दैमा भारतीय हु भनेर गर्व गर्नेहरुले हिजोको इतिहासका सत्य तथ्य थाहा छैन भने अरुलाई सरापने र अरुमाथि कुर्लिने दरिद्रता नदेखाउ । किनकी नेपालले गुमाएको भूमिमा रहेका ति लाखौ नेपालीको वर्ग आधार र हामी नेपाल भित्र रहेका ३ करोड नेपालीको वर्ग आधार लगभग एउटै छ । त्यसैले जानेर वा नजानेर हामी नेपालीको अस्तित्व पलायन हुने गरि कसैले नबोलौ , थूतुनोको सहि ठाउमा प्रयोग गरौं ।हामी नेपालीको उन्नति र प्रगतिको शिखर चढ्न भौगोलिक एकता र सहकार्य नै मुख्य आवश्यकता छ । समयले यहि आवश्यकता गुमेका भूमिमा बस्ने र नेपालमा बस्ने सवै नेपालीहरुलाई छिटै बोध गराओस जसले गर्दा संसार भरि छरिएका हामी नेपालीले हाम्रो पहिचान समृद्ध बनाएर उठाउँन सकौ ।
ईराकमा पुरुष कामदार मात्र होइन नेपाली महिला कामदारहरु पनि सख्याको अनुपातमा ठुलै जमात अबैध बनेर काम गरि रहेका छन् कि भन्ने प्रतित हुन्छ ।मानव तस्कर सामदेव लामाले इराक पठाएर बेचिएकी रसुवाकि कविता तामाङलाई न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँग मार्फत आदरणिय कार्यक्रम सन्चालक दाइ रवि लामिछानेलाई सम्पर्क गरेर उनलाइ त्यो कार्यक्रमको प्रभावले कवितालाई केही समय पहिला नेपाल ल्याइए पछी हाल केही नेपाली दिदी बहिनीहरुले संपर्क गरी स्वदेश फर्कन के गर्नु पर्छ जस्ता उत्तरहरु खोज्दै फोन संपर्कमा आउनुले यो पुष्टी गरेको छ । केहि दिन अघि रबि लामीछाने दाइको हामीले साभार गरि प्रसारण गरेको कार्यक्रम हेरे पछी हाम्रो संचारको इनबक्समा इराकमा बेचिएकी एक चेलीले म्यासेज र भ्वाइस म्यासेज प्रेषित गरेकी छिन ।
किर्जिकिस्थानमा राम्रो काम र राम्रो तलब हुन्छ भन्दै ढाँटेर ईराक पुराइएकि रूपन्देही खैरेनि कि राधा नेपाली भ्वाइस म्यासेज(लेख संगै छन ) यसरि लेख्छिन "मेराे नाम राधा नेपाली हाे घर रूपन्देहिकाे खैरेनि हाे हाल म अठाईश महिना देखि ईराकमा छु मलाई नेपाल अाउन दिदैन पिलिज मलाई हेलप गरनु सर म नेपाल अाएपछि म पनि हजुरलाई नै भगवान समझने छु ।
कुनै समय मुम्बईमा बेचिने ९९ प्रतिशत नेपाली चेली हुन्थे । चेलीबेटी बेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र प्रचारप्रसारका कारण अहिले यो संख्या घटेर ५ / ६ प्रतिशतमा पुगेको छ ।तर अशिक्षा, गरिबी, अभाव, अज्ञानताका कारण अहिले वैदेशिक रोजगारमा लाने बाहना बनाएर अफ्रिका र खाडी मुलुकमा लगिएका नेपाली चेलीहरु बेचिन थालेका छन् ।बैदेशिक रोजगारीमा नेपाली महिला जाने क्रम बढेसँगै समस्या पनि फराकिलो भएका छन् । योसँगै फैलिदो छ – नेपाली चेलीले सास्ती पाउने क्षेत्रको सिमाना पनि ।अविवाहितहरू रहरले र विवाहितहरू श्रीमान तथा परिवारले बेवास्ता गरेका र गरिबीको मारमा बाध्यतामा परेका महिलाहरुलाई स्थानिय एजेन्टहरुले एक पैसा पनि नलाग्ने, आफूले गरिरहेकै घर भित्रको काममा मनग्गे कमाई हुने जस्ता प्रलोभन देखाई घरेलु कामदारका रुपमा श्रीलंका र भारतको बाटो हुदै र नेपालबाट अवैधानिक बाटो प्रयोग गरेर घरेलु कामदारका लागि भनेर आएका राधा जस्तै धेरै नेपाली दिदीबहिनीको बिजोग छ परदेशमा र समस्यामा पर्नेको संख्या पनि उत्तिकै छ ।गरिवीको पीडामा वर्षौ सम्म वाच्न विवश महिलाहरु परिवारको सुख शान्ति र समृद्धिको सपनामा नेपाली दिदीबहिनीले पनि एजेन्टकै भर परेर बैदेशिक रोजगार संग सम्बन्धित र सरोकार राख्ने निकाय संग कुनै सल्लाह नलिई बिना कुनै सूचना विदेश जाने र उतै हराउने गरेको भेटिएको छ । यसरि एकातिर धेरै राधा नेपालीहरु आफ्नो जीवनको अमूल्य समय गुमनाम रूपमा पराई भूमिमा बिताउन बाध्य छन् । भने अर्को तिर केहि बर्ष अघि खाडिका गल्ली गल्ली चाहारेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराइले देखेका नेपाली दिदी बहिनीको भयावहताको कुरा उनले आफ्नो किताब रेगिस्तान डायरीमा लेखेका छन् । यहि प्रारुपको भयावहताको उजागर व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट केहि महिना अघि खाडी मुलुक को भ्रमण सकेर फर्किए पछि उजागर भयो । अझ व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरू खाडी मुलुकमा बेचिन बाध्य भएको समेत खुलासा भयो ।
यहि भयावहताको परिणाम नै हो जुन आज सम्म वैदेशीक रोजगारको नाममा अघोषित रुपमा वेचिरहेका घरेलुकामदारको रुपमा गएका कतिपय चेलीवेटीहरुको कहालीलाग्दो खवरहरु धेरै पटक सार्वजनिक भए र भैरहेका छन् । भनेको बेला तलब नदिने ,घर जान नदिने , काम गर्न बाध्य पारिने , कुट्ने पिट्ने र खाना समेत पेटभरी खान नदिने एव कहिकतै त्यहाको नारकीय जीवनवाट फुत्कीने प्रयास गरेपनि त्यो चुनौतिमय बस्तुस्थिति अहिले पनि रहेको राधा नेपालीले पठाएको भ्वाइस म्यासेज बाट पनि उजागार हुन्छ । अहिलेसम्मका सार्वजनिक भएका धेरैजसो यी र यस्ता घटना र प्रकृति एकै छन् ।खाडीमा अनौपचारिक क्षेत्रमा महिला कामदार जान प्रतिबन्ध छ । त्यहाँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार स्थानीय श्रम कानुनमा पर्दैन । दूतावाससँग पनि उनीहरूको अभिलेख छैन । बिचल्ली परेर उद्धारको अपिल गर्दै दूतावासको ढोकामा आइपुगेपछि मात्रै अवस्था सार्वजनिक हुन्छ ।तावाबाट उम्केर भुङ्ग्रोमा परेका र यस्तो अवस्थामा चाहेरै पनि नारकिय जीवनवाट उम्कन नसकने ति तमाम राधा नेपालीहरुको पुकार के रबि लामीछाने सम्म पुग्ला ? आफ्नै दिदीबहिनी बच्ने ए नेपाली समाज भ्वाइस म्यासेज पठाउने राधा नेपालीको उद्दार कसले गर्ने ?
यो तस्बिर यसै साता चितबनको माँड़ीमा पिकनिक खान भनी घरबाट गएकी १० बर्षकी दिपिका सुनार र वर्ष ११ की दिपशीला परियारको हो । यी दुई बालिकाको बलात्कार पछि हत्या भएको अवस्थामा भेंटीएको थियो । हुनत यो लोकतन्त्रमा पनि धारा कुवाँ सार्वजनिक स्थलमा दलित भएकै कारण कुटिदै ,पिटिदै आएका दलितहरू कति छन कति । दलित भएकै कारणबाट मारिएका तर न्याय नपाएका २०६८ भदौमा दैलेखका सेते दमाई, २०६८ मंसिर २४ मा कालिकोट जुविथाका ९ का मनवीर सुनार, २०६८ माघ १६ मा सप्तरी पन्सेराका शिवशंकर दास, २०६९ असारमा बर्दिया बकलभारका रामबहादुर सार्की र रसुवा धैवुङका कुमार नेपाली, २०७३ मा काभ्रेका अजित मिजार र लक्ष्मी परियारले ज्यान गुमाएका छन् एवं बलात्कार पछि हत्या गरीएका तर न्याय नपाएका प्रमिला बिक,बिमला बयलकोटी ( परियार )का मूँदाहरू जस्ताका त्यस्तै छन ।
यी देश भरि छरीएर बसेका ६५/७० लाख जातीय बिभेद र छुवाछुतको ब्यबहार बाट पीड़ितहरू पूर्ण जीवन प्राप्तिको लागी कुनै दिन संगठित भएर बिद्रोहमा गए भने दलितको संलग्नतामा हूने बिद्रोहलाई रास्ट्रले के थामन सकला ? समाज र राज्य बेलैमा गम्भीर होस ।
पत्रकार भनेको आफूले थाहा पाएका कुरा आफ्ना साथीहरूलाई मात्र नबताएर आम मानिसलाई पनि बताउने व्यक्ति हो । पत्रकारले आफ्नै खर्च गरि गरि यो काम समाजप्रति दायित्व पूरा गर्न भन्दा पनि आफैंप्रतिको दायित्व पूरा गर्न गरेको हो ।अर्थात् जुन समाजमा बसेर हामीले ज्ञान आर्जन गरेको हो त्यो ज्ञान त्यही समाजलाई फर्काउनुपर्छ भन्ने हामि पत्रकारहरुको उदेशय छ ।समाचार पाउने कुरामा अहिले सम्म हामि सवै देश बिदेसका ठुला मिडियामा हदैसम्म केन्द्रीकृत भएको छौ । कुनै विषयमा विचार, विश्लेषण थाहा पाउनुपर्यो भने ति मिडियाले के लेक्ख्छां भन्ने मुख ताक्ने चलन कायमै छ । यस्तो परिस्थितिमा थप उर्जा दिने अभिप्रायले कुबेतमै क्रियाशील समुह बाट हाम्रो संचारको सुरुवात भयो ।
डेढ बर्ष अघि सुरु भएको हाम्रो संचारको लोकप्रियता मैले भन्ने होइन । भिन्न प्रस्तुती, नौला विषय अनि सामाजिक बिसंगति र बिकृतिका लेखाइले गर्दा नै केहि थान पत्रकारले डिउटीको बचेको समय सामाजिक भाव बोकेर खट्दा यसरि टिकेको हो । सललाहाकार समिति संग बरु केही पटक आर्थिक समस्याले पिलिएको पिडा बोलेका छौ तर हामीले यसरि सुरु गरेको सामाजिक सेवा अहिले सम्म टिकाउन जीवन्त राख्न कहिले कसैको कोटको फेरो समातेर लौन सहयोग गर्दिनुस भनेको छैन। बरु हाम्रा यात्रामा हामीले सामाजिक सेवा गर्ने सुचनाको सम्बाहक बन्ने पत्रकारलाइ सम्मान गर्न नसकने नजान्ने तर सधै हप्काएर तर्साएर , कुकुरले झै पुच्छर लुकाएर हिड्ने बनाउने मनाशय राख्ने एक थरि आदरणीयहरु नि भेटिउ जो हामीले अलिकता अन्तदृस्टी , अलिकता कल्पना र अलिकता मानवीय सवेदना मिसाएर भोगे सुने देखेका घटना बारे तर्क बितर्क गर्दै समाचार लेख्दा र स्रोत खुलाएर समाचार राख्दा समय समयमा हात खुट्टा भाँच्छु भन्ने देखि नबुझेर लेख्ने गरेको, स्वतन्त्र पत्रकारिता नगरेको र अन्य उल्लेख नै गर्न नहुने निच गालीसम्म को उपमा छाति भरि तक्मा जस्तै दिनु भएको छ । त्यस्तै गरि सत्य तथ्य लेख भनेर हौसाउने र हामीलाई सचाई रहने सलाहाकार समितिका आदरणीय अभिभावक पनि भेटिउ र अर्को तिर हाम्रा सवै समाचार लेख जानकारी पढिदिने तर हमेशी कुनै प्रतिक्रिया नगर्ने केहि अदृश्य र मौन पाठकहरु पनि भेटिउ ।
जसले जे भने पनि कुबेतका मात्र हैन देश विदेशमा संचालित अनलाइन नेपाली मिडियाहरु भनेकै आफुले खोज्ने लेख्ने बाहेक प्रमुख मिडियामा छापिएका र आफ्ना पाठकलाई रुचिकर हुन्छ होला भन्दै जे देख्यो, जस्तो बुझ्यो त्यस्तै लेख्ने हो । आफूलाई जुन विषय सान्दर्भिक जस्तो लाग्छ, जस्तो भेटिन्छ र भोगिन्छ त्यहि लेख्ने हो । आफु बस्ने , नजर पुग्ने , नेपाली मार्फत सुनिने कुबेतमा क्रियाशील नेपाली पत्रकारहरुले यहा क्रियाशील सवैको कार्यशैली देखेका छन , असल काम र कर्तुतको फेहरिस्त सुनेका देखेका छन् तर सामाजिक बस्तु स्थिति बुझेका पत्रकारहरुले कसैको मानहानी हुने गरि समाचार लेखेको भने अहिले सम्म छैनन । अरुले घुम्ने समय हामि निशुल्क सामाजिक सेवामा आफ्नै खल्तीको पोइसा हाली हाली डोमिन किनेर , स्पेश किनेर , समाचार खोजि खोजि राखेर फुर्सदको समय र कमाएको पोइसा पनि डाटा किन्दै अपलोड गर्दै कुबेतका नेपाली समाज लाई सुचित गराउदै आएका छन् । समाजले गर्ने हरेक कार्यक्रममा डिउटी छलेर बिरामी भएको बहाना गरेर ट्याक्सी खर्च गर्दै पुगेर समाचार संकलन गर्दै आएका छन् । थोरै स्रोत साधनमा चलेका कुबेतमा क्रियाशील नेपाली मिडियाले कसैको पनि पक्ष बिपक्ष नलिई कुबेत स्थित नेपाली समाजलाइ सचेत गराउने , ज्ञान बाड्ने , समन्वय गर्ने , अनुभव र अनुभूति एव भोगाई साट्ने ,देश बिदेशका समाचारका बारेमा अवगत गराउने र नेपाली राजदुताबास र नेपाली समाजको संदेशबाहक भएर सधै काम गर्दै आएका छन् ।
हो हामीले पनि त्यहि गरेका छौ । हामीले डेढ बर्षको अवधीमा हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, सुभेच्छुक, तथा हाम्रा शुभचिन्तकहरू प्रति कहिल्यै अन्याय गरेनौं । उहाँहरूबाट पाएको अपार माया ममता र सहयोगले समाजमा हुने खराब प्रवृत्ति र वेथितिविरुद्ध आवाज उठाउदै खवरदारी गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छौ । राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक तथा हरेक समुदाय मिलेर बनेको कुबेतको नेपाली समाजका बिभिन्न मुद्दाहरुलाई उठान गर्दै समाजलाई शान्तिपूर्ण तवरले रुपान्तरण गर्न सकारात्मक भूमिका खेल्दै आएका छौ ।
भूमिका निर्वाहा गर्दा हामि बाट कमी कमजोरी भए होलान तर हामी हाम्रा कमजोरीलाई हामी निर्मुल गर्न चाहन्छौं । कुबेतको नेपाली समाजमा हाम्रो संचार लाइ सत्य तथ्य सुचनाको सम्बाहकका रुपमा स्थापित गर्न चाहन्छौं र यसमा हामी प्रतिवद्ध छौं । एउटा बच्चालाई जन्मपछि वयस्क हुन लामो समय लाग्छ । परदेशको ठाउमा डेढ वर्षको अवधी एउटा अनलाइन पत्रिकाका लागि लामो समय होइन । त्यसैले आउदा दिनमा हाम्रा कमजोरीहरुमा मुड्की ताकने भन्दा तपाईहरुको अमुल्य सल्लाहा ,सुझाब दिएर सहयोग गर्दिनु हुन्छ भन्नेमा विश्वस्त र आशाबादी छौ । अन्त्यमा हामिलाई साथ दिने सबै पाठक, विज्ञापनदाता, सुभेच्छुक, तथा हाम्रा शुभचिन्तकहरूलाई धन्यवाद ।
प्रकाशित : हाम्रो संचार
नेपालको जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका कथित दलित समुदायमाथि करिब ३५ सय वर्षदेखि थोपरिदै आएको जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्ने उदेशयले नेपाल सरकारले २०६३ साल जेठ २१ गते मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यस्तै गरी व्यवस्थापिका संसदले २०६८ साल जेठ १० गते जातीय भेदभाव तथा छुवाछुत कसूर र सजायँ ऐन २०६८ लागू गरेको थियो ।
नेपाल सरकारले जेठ २१ गतेको दिनलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालेको पनि ११ बर्ष पुग्यो।तर यी बिचमा धेरै अजित र लक्ष्मीहरू अमानबिय ढंगले मारिई रहे, न्याय नपाएर राज्यको घोषणाहरूलाई कुरिकुरि सावित बनाई रहे ।
दलित माथि बिद्यमान भेदभाव तथा छुवाछुत अन्त्यका लागि संबैधानिक व्यवस्था अनुरुप भएका सवै नियम क़ानूनको इमानदारिता पूर्वक कार्यान्वयन होस , जातीय विभेद तथा छुवाछूतको समस्या कुनै समुदाय बिशेषको नभई समग्र रास्ट्रको समस्या हो भन्ने सवैलाई आत्मबोध होस र उन्मूलन गर्न हामी सवैको ब्यबहारिक योगदान पुगोस ।