माल्दिभ्समा समुद्रमुनी खुल्यो सानदार पाँचतारे रेष्टुरेण्ट

परिवार, साथी वा पार्टनरसँग रेष्टुँरामा पुगेर नयाँनयाँ परिवार परिक्षण गर्ने तपाईको बानी छ भने एक अनौठो खवर छ तपाईका लागि ।तपाई अब समुद्रभित्र बसेर माछासँग लुकामारी खेल्दै स्वादिला परिकारको आनन्द लिन सक्नुहुन्छ । तपाईले न त मास्क लगाउनुपर्ने छ न त पानीबाट भिज्ने डर नै ।

हालै माल्दिभ्समा खुलेको यो अनौठो रेष्टुँरामा तपाई पाँच तारे स्तरका खाना र सत्कार पाउनुहुनेछ ।हिन्द महासागरको करिव १० फिट रहेको ‘इताहा’ रेष्टुँरा संसारकै एकमात्र पानीभित्र रहेको रेष्टुँरा हो ।

वरिपरि सिसाले घेरिएको यो रेष्टुँरामा बसेर खाना खाँदा बाहिर ह्वेल लगायतका बिभिन्न थरि माछासँगल लुकाकारी खेल्न पाउनु निकै रोमाञ्चक हुन्छ । यो रेष्टुँरा यति चम्किलो छ कि, स्टाफ तथा पाहुनाले बिशेष प्रकारको चस्मा लगाएर छिर्नुपर्छ ।एकपटकमा १४ जना पाहुनाले सेवा लिन मिल्ने यो रेष्टुँरामा ६ थरीका परिवारका पाइन्छ । संचालक कोनराड माल्दिभ्स होटलले भनेको छ- पाहुनालाई पानीमा नभिजेरै समुद्रभित्रको रंग, पारदर्शीता र सुन्दरता देखाउनु हाम्रो उदेश्य हो ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.