क्यान्सर पत्ता लगाउने मोबाइल एप्स डाक्टरभन्दा भरपर्दो

क्यान्सर यस्तो डरलाग्दो रोग जसलाई पहिचान गर्न ढिला हुँदा ज्यानै जान सक्छ । बेलैमा क्यान्सर लागेको जानकारी पाएर उपचार गरे क्यान्सर निको पनि हुन्छ ।
 
तर, क्यान्सर पहिचान गर्ने यन्त्र र प्रबिधिको अभावमा बिकाशशिल देशमा धेरैको ज्यान जाने गरेको छ । चिकित्सकहरु क्यान्सरको शंका लाग्नसाथ नमुना परिक्षण गर्न महंगा उपकरण भएको अस्पतालमा पठाउनुपर्ने बाध्यता छ ।तर, अब तपाई मोबाइल एप्सकै माध्यमबाट क्यान्सर लागेको छ कि छैन भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

अमेरिकाका हुस्टन बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरुको एक टोलीले यस्तो मोबाइल एप्स बिकाश गर्दै छ जसले मानिसको शरिरमा क्यान्सर रोग लागे÷नलागेको तुरुन्तै पत्ता लगाइदिन्छ । अहिलेसम्मको नतिजाअनुसार यो एप्सले ८५ प्रतिशत सही नतिजा निकालेको छ जुन दर हाल प्रचलित महंगा मेसिन र फिजिसियनहरुको हाराहारीमै हो ।अहिले क्यान्सरका नमुनाहरु खिचेर एप्समा स्टोर गर्ने काम भइरहेको छ । 

एप्समा जडान गरिएको बिशेष प्रकारको लेन्सको सहयोगले क्यान्सर लागे÷नलागेको यकिन गर्ने छ ।डर्मोस्क्रिन नाम दिइएको यो आइफोन एप सार्वजनिक भएपछि ग्रामिण क्षेत्रका गरिव मानिसलाई क्यान्सर रोगको पहिचानमा ठूलो सहयोग पुग्ने अनुसन्धानकर्ता जर्ज जुरिडिक्स बताउँछन् ।प्रारम्भिक परिक्षण भइरहेको यो एप्सको प्रभावकारिताबारे टेक्सास बिश्वबिद्यालयमा पनि परिक्षण भइरहेको बिजनेस इनसाइडरले जनाएको छ

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.