कागतीले तपाईको दाँतलाई सफा राख्न मद्धत गर्छ

कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसाएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभिन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ ।
कागतीको सही रूपमा प्रयोग गर्न सके दाँतको समस्याबाट समेत राहत पाउन सकिन्छ । दाँतको पहेलोपन हटाउन र दाँतको सुन्दरता कायम राख्नका लागि कागतीको प्रयोग गर्न सकिन्छ । यदी दाँतको पहेलोपनका कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोगले उक्त समस्याबाट तथा तनावबाट मुक्त हुन सक्नुहुनेछ ।यसका लागि केही विधिहरू भने अपनाउनुपर्ने हुन्छ । केही प्रक्रिया पुर्याएर काम गर्न सके मात्र कागतीले तपाईको दाँतलाई सफा राख्न मद्धत गर्छ ।

- दिनहुँ दुई पटक ब्रश गर्नुस् । ब्रस गरेपछि कागतीको रसमा थोरै पानी मिसाएर दाँतको मसाज गर्ने ।
- सुखा कागतीको बोक्रा पिसेर पाउडर बनाउने र उक्त पाउडरलाई दिनमा एक पटक दाँतमा लगाउने ।
- कागतीको रस र बेकिङ्ग सोडा मिसाएर पेष्ट बनाउने र त्यसले दाँत ब्रश गर्ने । यसले दाँतको पहेलोपन कम हुन्छ ।
- एक चम्चा कागतीको रस र त्यसमा आधा चम्चा नुन मिसाएर दाँतमा मसाज गर्ने ।   

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.