स्वाइन फ्लु अर्थात् सुगुर ज्वरो के हो ?

पछिल्ला केही महिनामा स्वाईन फ्लु को कारणले विश्वभर थुप्रै मानिसहरुको मृत्यु भईसकेको छ। केही दिन मात्र अगाडी नेपालमा समेत स्वाइन फ्लुको कारण मृत्यु भएको छ ।नेपालस“ग सीमा जोडिएका कारण तथा नेपाल भारतबीच खुल्ला सीमाका कारण नेपालमा संक्रमणको खतरा अधिक छ । तर यदी चाहानु भयो तपाइले स्वाईन फ्लु माथी विजय पाउन सक्नुहुन्छ । यसको लागी यस बारे जानकारी लिनु धेरै जरुरी छ। यसको बारेमा जानकारी लिएर तपाई पनी स्वाईन फ्लु बाट सचेत बन्न सक्नुहुन्छ । त्यसो भए के गर्ने त ? हामीले यसबारे केही जानकारी दिने प्रयास गरेका छौं ।
स्वाइन फ्लू के हो ?:- स्वाईन फ्लु एक खतरनाक भाइरस हो जुन सुगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्राज इलाकाको सुगु“र फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यसलाई कतै–कतै सुगुर ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।
– H1N1
– H1N2
– H3N2 
– H3N1
जस मध्ये अहिले ज्ज्ञल्ज्ञ जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको सक्रमण संसारका करिब दुई सय देशहरुमा देखिइसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरु बाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।
कसरी फैलन्छ स्वाइन फ्लू ?:- सर्वप्रथम त सु“गुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सु“गुरबाट यो भाइरस सर्ने गर्दछ । त्यसपछि स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउ“दा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको  किटाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ ।रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छिउ गर्दा  किटाणु युक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहु“ उपयोगमा आउने वस्तुमा समेत  किटाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि–बोर्ड, आदि सतहमा विÈाणु घन्टौं जीवित रहन सक्छन् ।
यसका लक्षणहरु के–के हुन त ?:- यसको लक्षण सामान्य रुघा खोकी स“ग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ । स्वाइन फ्लु भए ज्वरो आउने, घा“टी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षणदेखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ ।
उपचार र बचावटका उपायहरु :- यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण्ँ भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेस प्रबन्ध गरेको छ ।यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा–सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जा“दा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउ“ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोरबाट भाइरस छिटै फैलिन सक्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.