प्रेमलाई प्रतिबन्ध गर्ने नेपाली रोमन सम्राटहरु - गोपाल सिवा

यो सप्ताहा मायाको सप्ताहा मायाको सप्ताहाको पहिलो दिन गुलाबको दिन " रोज डे " अर्थात् आज रोज डे आजको एक हप्ता पछी अर्थात् फेब्रअरी १४ तारिकका दिन संसार भरि यस दिन आत्मिय मित्र, जोडी, नातेदार बीच एक अर्कालाई प्रेमको सन्देश आदान प्रदान गरी प्रणय दिवश मनाउने गरिन्छ। बिशेषत यस दिनमा यस्ता सन्देशलाई ग्रिटिगं कार्ड, गुलाफको फूल, चकलेट, मिठाई तथा अन्य उपहार मार्फत मनाएको पाइन्छ  हुन् पनि हो प्रकृतिले सिर्जना गरेका सम्पूर्ण जीवात्माहरुलाई प्रणयको खाँचो प्रणय बिनाको संसार वा ब्रम्हाण्ड कल्पनासम्म गर्न सकिन्न

 रजनी थापा मगरले गत १७ माघमा कल्याणपुर–४ का लालबहादुर विश्वकर्मा
त्यशो त् अनेकौ किवदन्तीहरु भए पनि विकि पिडिया लाइ आधार मान्ने हो भने  भ्यालेन्टाईन्स डे को शुरुबात अठारौ शताब्दिको अन्त्यतिर दुखान्त कथा बोकेर रोमनबाट शुरु भएको थियो ।रोमनका पादरी भ्यालेन्टाइनले सम्राटको रोकको बिरुद्ध प्रेमको पक्षमा वकालत गर्दे यो प्रतिबन्धलाई उलंघन गर्ने घोषणा गरे धेरै सैनीकहरुलाई सार्बजनिक रुपमा बिबाह बन्धनमा बाधिदिए आफ्नो प्रतिबन्ध बिरुद्धको अभियान सम्राटलाई असह्य भएको कारण भ्यालेन्टाइन पादरीलाई प्रक्राउ गरी मृत्युदण्डको सजाय सुनाई जेलमा हालीएको थियो यसरी  त्यसैको सम्झनामा फेब्रुअरी १४ भ्यालेन्टाईन्स डे अर्थात् प्रणय दिवश बन्न गयो

संगीता,माइती पक्षले चिर्पट र दाउराले कुटे पछी
यहि भ्यालेन्टाईन्स डे अर्थात प्रणय दिवशलाइ नेपाली समाजमा आयातित पर्व हो हामीले मनाउने कि नमनाउने भने तर्क आज पनि  यथावत   ।खास गरि  एउटा  युवकले एउटी युवतीसँग गरेको प्रेम तत्कालिन समाजलाई पनि अमान्य थियो अपवाद छाडेर  हाम्रो मुलुकमा त् झन् अमान्य हुने परम्परा अहिले सम्म पनि ।उदाहरणका लागि यो साताको गत शनिवार  मात्रै नुवाकोट ल्याणपुर खुर्सानीका २१ वर्षिय लालवहादुर विकसँग प्रेम विवाह गर्ने नुवाकोट ,चारघरे पिपलडाँडाकी २० वर्षिया रजनी थापामगर लाइ विवाह भएको दुई दिन नबित्दै आफ्नै आफन्त, दाजुभाई आमासहित मिलेर सोमवार रगताम्मे हुनेगरी कुटेर रजनीको हत्या प्रयास गरे। अनि  यसै साता चितवनको जुटपानी स्थित सूर्यपुरकी २१ वर्षिय संगीता तामाङ ले गाउँकै २३ वर्षीय मनोज परियारसँग  प्रेम विवाह  गर्दा माईतीबाटै गत सोमवारका दिन पानी लिन माईतीको घर सामुन्नेबाट जाँदै गर्दा आमा , दिदी, हजुरआमा फुपुले मिलेर चिर्पट दाउराले टाउको, निधार   देब्रे खुट्टाको हड्डी चर्किने गरी पिटे ।हाम्रो जसतो जातीय विभेदले जकडिएको समाजमा  विकास प्रविधीसंगै आधुनिक पुस्तामा प्रेम गर्ने शैली आधार पनि परिवर्तन हुदै गईरहेको तर समाज भने १८ शताब्दिको रोमनका सम्राटको सोचमा अझै पनि प्रतिकार गरिरहेको ।दलित अन्य जातका सदस्यका बिच भएका  प्रेम विवाह सम्बन्धका कारण सामाजिक वहिष्करणमा परेका मारिएका समेत घटना देखिरहेका समाजमा रोमको सम्राटको याद दिलाएको   नेपाली समाजमा पारिवारिक स्वीकृतिबिना प्रेम विवाह र अन्तरजातीय विवाहगर्दा परिवारले स्वीकार नगर्ने, सम्बन्ध छुटाउने, केटाकेटीलाई कुटपिट गर्ने तथा सम्पतिमा अधिकार नदिने जस्ता विभिन्न सामाजिक तथा पारिवारिक अत्याचार र सास्ती विवाहित जोडीलाइ दिदै आएको सत्य घटनाहरु हामो अघि छन् । त्यसैले समाजका यी रोमन सम्राटहरु बाट बचाउन प्रेम विवाह र अन्तरजातीय विवाहित जोडीलाई सरकारी तवरबाट कानुनले उमेर हद कायम गरेर प्रेम विवाहलाई मान्यता दिएको भए पनि निश्चित समयका लागि सुरक्षित आश्रयको समेत व्यवस्था गरिदिनुपर्छ र प्रेम विवाह र अन्तरजातीय विवाहलाई अझ बढी प्रोत्साहन दिनुपर्छ र  अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले दिदै आएको  पुरस्कारको सुनिच्त व्यवस्था गर्नु पर्छ ।

 भनिन्छ प्रेममा जात धर्म हुन्छ, कुनै सिमा नै   हाम्रो जस्तो खोक्रो राष्ट्रियता कोरा जातिवादले धमिल्याएको समाजमा आजका रजनी-लालवहादुर, मनोज-संगीता मात्र हैन मुलुकका युवा जमातले भ्यालेन्टाइन्स डे लाई नेपाली संस्कृति भन्दा पनि अधिक माया गर्न थालेका छन् ।समता मुलक समाज निर्माण गर्ने यी यस्ता मायालु जोडीले नेपाली समाजमा सकारात्मक परिवर्तनका लागि आधार तयार गरि रहेका छन् । यहि आधार लाई टेकेर नेपाली समाजमा सकारात्मक परिवर्तन का लागि अन्तर घुलन गर्ने बेला आएको छ । युवा जमातका अन्तर्निहित भावना र संवेदनालाई चिन्न जरुरी छ ।

अन्त्यमा रजनी-लालवहादुर, मनोज-संगीताको जोडीलाई बधाई तथा सुभ प्रणय दिवसको सुभकामना । नेपाल भरि बर्षको ३६५ नै दिन प्रणय दिन (Valentine day) होस् । सबैले एक अर्का लाई जात धर्म -धनि गरिव- ठुलो सानो को असम्तामायी भावना त्यागेर माया गरुन । घृणा कतै नहोस ।नेपाल भरि एउटै नेपाली भन्ने जात होस् , कहिँ कतै सिमाना भन्ने कुरा नहोस, तेरो मेरो भन्ने भावना नहोस । जता ततै सुख शान्ति होस् । सुभम 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.