हाम्रो लागि एउटा आशलाग्दो नयाँ वर्ष २०७४ - गोपाल सिवा

नयाँ वर्ष २०७४ साल यसै साता बाट शुरु हुदैछ ।  इतिहास लाइ हेर्ने हो भने बिभिन्न काल खण्डमा नेपालमा शक सम्वत,मानदेव सम्वत,नेपाल सम्वत लाइ राष्ट्यि सम्वत मनाउदै आइएको पाइन्छ । यधपी राष्ट्यि सम्वतका रुपमा अहिले सम्म मनाउदै आइएको नयाँ बर्ष अर्थात विक्रम सम्वत हिन्दु पन्चाङ्गमा आधारित विक्रम सम्वतको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरुले  बताएको सम्म मैले पढेको छु । आधिकारिक रुपमा इस्वी संवत चल्ने भारत, बंगलादेश, थाइल्यान्ड, बर्मा, श्रीलंका, लाओस, कम्बोडियामा पनि छन् जहा बैशाख एक गतेलाई सांस्कृतिक पर्वका रुपमा मनाउने गरिएको सम्म सुनेको छु ।
राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १२५ जाति तथा समुदायहरुको पहिचान गरेको छ । नेपालमा विक्रम सम्वतलाइ राष्ट्रिय सम्वत मनाउदै आएपनि पछिला समय यी जाति तथा समुदायहरु मध्ये धेरै जातीहरुको आफ्नै भाषा र संस्कृती रहेका छन ।नेवार जातीहरु राष्ट्रिय सम्वतको रुपमा प्रत्यक वर्ष नेपालःवर्ष को रुपमा मनाउदै आएका छन ।गुरुङ्,तमाङ् र शेर्पा जातीहरु लोसर, ल्योसार वा ल्होसार र थारुजातीहरुले माघेसक्रातीलाई आफ्नो जातीको नयाँ बर्षको दिनका रुपमा मनाउदै आएका छन । अन्य जाति तथा समुदायहरु पनि धेरै छन । फेरी पनि राष्ट्रिय सम्वत मनाउदै आइएको प्रत्येक नयाँ वर्षले हामी सबैलाई विगतका सबै कुराहरुलाई केलाएर, तिनीहरुको विश्लेषण गरेर, आगामी दिनलाई देश र जनताको हितमा सवल पार्दै जाने प्रेरणा दिन्छ ।आम नेपालीहरुले नयाँ वर्षको रुपमा मनाइने वैशाख महिनामा मानिसले मात्र होइन प्रकृतीमा रहेका बोटविरुवाले पनि नया पालुवा फेरेर नयाँ वर्ष लाई स्वागत गरेको देखिन्छ । यधपी नयाँवर्षको बारेमा बौद्धिक र विद्वान साथीहरुको तर्क ,कुतर्क,अनुभव,तथ्य,यथार्थ,बास्तबिकता,प्रमाण र परिभाषा आ-आफ्नै होलान तर नढाटि भन्नु पर्दा मलाई भने नयाँ वर्षको ऐतिहासिक खोजिको सम्बन्धमा पूर्ण ज्ञान छैन  ।सुनेको भरमा ईतिहास बोध गर्न सकिन्न । अत् यस सम्बन्धमा म भन्दा बढी तपाईहरु नैं जानकार हुनुहुन्छ ।  तर पनि नयाँ वर्षबाट संबैले नयाँ आशा र अभिलाषाहरूको रुपमा लिने गरिएको हुनाले नयाँ बर्ष संगै नया नेपाल बनाउने इच्छा अभिलाषा र हामीले गर्ने क्रियाकलापको महत्वपूर्ण भूमिका सम्बन्धमा आफ्नो मनको कुरा तपाईहरु समक्ष राख्ने अनुमति चाहन्छु । 
गरिवी, बेरोजगारी र दैवीप्रकोपका दुर्दान्त थप्पडहरुले थिलथिलो बनेको हाम्रो मुलुकमा राजनीतिक परिबर्तनहरु धेरे भए जुन आबस्यक पनि थियो । तर आम नेपाली जनताको जिबनमा कुनै परिवर्तनको आभास सम्म भएन । सिद्धान्त र आदर्शबाट स्खलित र उद्देश्यमा असफल, अभिमान स्वार्थले भने सधैं ग्रस्त रहने राजनीतिक पार्टी पिच्छेका नेताहरुको काम गराइ र त्यसको प्रतिफलले नेपालको अवस्था दिनानु दिन कस्तो बन्दै गयो हामि सवैले देख्दै भोग्दै साक्षि बन्दै अनुभूत गर्दै आएका छौ । विश्वसामु आज नेपाल सबैभन्दा गरिब र अविकसित राष्ट्रको रुपमा छबि स्थापित भएको छ । हाम्रो छिमेकि मुलुक चिन र भारत हेर्दा हेर्दै हाम्रो आखा आगाडी ३०-३५ वर्ष भित्रमा नै गरिबीको स्तरबाट माथि उठी संसारका प्रमुख अर्थतन्त्रको रुपमा स्थापित भइसके । तर नेपाल प्राकृतिक स्रोत–साधनले अथाह सम्भावना बोकेको देश सबै कुरा भएर पनि आज पछाडी छौ । छिमेकि सरह समृद्धिको बाटो पहल्याउन त सकेनौ सकेनौ त्यस तर्फ पाईला पनि चाल्ने प्रयास गरिनौ  । के अहिले सम्मको हाम्रो नीति र नियति ले नै यसतो भएको हो त ?
समग्रमा भन्नु पर्दा हामीले नेपालको विकासको धेरै सम्भावनाहरु देख्यौ तर हाम्रा समस्या एकातिर भए, कामकुरो अर्कोतिर भयो । परनिर्भरताको मानसिकता बाट ग्रसित हामीमा औपचारिकताका केही विकासे अभिव्यक्ति बाहेक देशलाई समृद्धितर्फ लैजाने कुनै प्रतिवद्धता, ईच्छाशक्ति नै देखिएन ।फलस्वरूप नेपाल अहिले सम्म आफ्ना आधार प्राकृतिक स्रोत र सम्पदाको उपयोग गर्न नजानेको मात्र होइन सहि नीति र नियति भएको व्यक्तिको अभाव भएको पछिला केहि तथ्यहरुले बताई सकेको छ  । तर नया बर्षको पुर्व सन्ध्यामा मुलुकमा केहि यस्ता संकेत देखिन थालेका छन् जसले देशलाई समृद्धितर्फ लैजाने आशा भरोसा जगाएको छ । फलस्वरूप पछिल्लो २२ बर्ष पछी नेपालको आर्थिक गतिविधि र कृषि उत्पादनमा सुधार देखिएको छ  ।एडीबीले केहि समय अघि राजधानीमा ‘म्याक्रोइकोनोमिक अपडेट २०१७’ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ६.२% पुग्न सक्ने सम्भावना औंल्याएको छ  । लोडसेडिंगले गर्दा सारा नेपाली जनताहरू पछिलो केहि दशक देखि दिग्दार र आजित मात्र होइन लोडसेडिंगले गर्दा नेपालमा बिद्यमान उद्योगहरुले क्षमताको ५० प्रतिशत पनि उत्पादन गर्न असमर्थ थिए । बिजुलीको अभावले गर्दा अझ नयां उद्योग स्थापना गरेर रोजगारी सृजना गर्ने अवस्था थिएन । नीतिगत प्रयासका साथ स्रोत र साधनको चुनौतीलाई चिर्दै कुलमानले नया बर्षको पुर्व सन्ध्यामा नेपाल लाइ लोडसेडिंग मुक्त बनाइ सकेका छन ।यसरि एकातिर विकास आयोजनामा राजनीतिक हस्तक्षेप नहुने र थोरै मात्र व्यवस्थापनमा सुधार हुनेबित्तिकै पूर्वाधार विकासका क्षेत्रमा हामीले उल्लेख्य फड्को मार्न सक्दो रैछौ भन्ने प्रमाणित भै सकेको छ । हाम्रो सरकारी निकाय भित्र नै अब्बल दर्जाका प्राविधिक र अनुभवी आयोजना व्यवस्थापक छन् भन्ने तथ्य पुस्टि भै सकेको छ भने अर्को तिर पारिवारिक बिखण्डन, सामाजिक बिचलन भोग्ने गरेर नेपाली युवायुवती बिदेश पलायन भएर आर्थिक तथा यौन शोषण खेपदै पछिल्लो २० बर्षमा परिवर्तनको संवाहक समाजको समृद्धिको मेरुदण्ड भनेको समाजका ५०औं लाख युवा शक्ति देश बाहिर रोजी रोटीको लागि विदेशिएर  बिदेशमा पसिना बगाएर दोश्रो दर्जाको नागरिक सरहको व्यवहार भोग्दै विप्रेशण पठाएर मातृभूमिको अर्थतन्त्रको भरथेग गर्दै आएकाहरु लाइ देशमै कलकारखाना खोलेर रोजगार दिने बाताबरण नयाँ वर्ष २०७४ मा गर्न सकिन्छ ।
पर्यटनमा विश्व प्रसिद्ध रहेको नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगम पछिलो २० बर्षमा धमिजा काण्ड, लाउडा प्रकरण, चेज एयर काण्ड, राजनीतिक नियुक्ति र हस्तक्षेपलगायत कारण खोक्रो हुन पुगेको थियो । तर केहि बर्ष अघि दुईवटा नयाँ एयरबस खरिद गरेको नेपाल वायुसेवा निगमले यसै बर्ष अन्तर्राष्ट्रिय उडानका लागि फेरी नयाँ एयरबस खरिदका लागि आव्हान गरेको छ ।  त्यस्तै गरि देशमा स्थानिय निर्वाचन नभएको झन्डै १९ बर्ष पुगिसकेको अवस्थामा देश सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा धार्मिक समस्याबाट मुलुक अहिले गुज्रिरहयो । जनताका हक अधिकार तल्लो तहसम्म पुग्नु १९ बर्ष पछी नयाँ वर्ष २०७४ संगै निर्वाचनका माध्यमबाट त्यसको व्यवहारिक अभ्यास हुदैछ । यस बर्ष जनप्रतिनिधिविहीन भएको स्थानीय निकायले  पूर्णता पाउने आशा पलाएको देखिन्छ जुन मुलुकको लागि सकारात्मक पाइला हो । नेपालको संबिधानले स्थानिय तहलाई दिएको अधिकार अनुसार स्थानिय तहमा जनप्रतिनिधी भएको बखतमा बिकासले एक तहको गती लिने देखिन्छ । विकास सँगसँगै समाज परिवर्तन र रूपान्तरणको लागि पनि स्थानीय जनप्रतिनिधिहरूको योगदान र भूमिका उत्तिकै उल्लेखनीय छ  ।
बिगत भनेको शिक्षा हो तर त्यो सुखद हुन् सकेन त्यसमा कुनै ग्लानि छैन । समग्रमा भन्नु पर्दा यी र यस्ता  बिभिन्न कोण बाट हामी २० बर्ष  भन्दा पुराना सस्कार ,नीति र नियतिलाइ बल्ल आधुनिक बिकास मोडेलमा प्रवेश गराउदैछौ । विकासका आयोजनालाई नयाँ सोच र आत्मविश्वासका साथ कार्यान्वयनमा लैजाने अवसर नया बर्षमा हामि सवै लाइ  छ ।  त्यहि भएर पनि नयाँ  वर्ष २०७४ आशालाग्दो वर्ष हुने अपेक्षा गरिएको छ । तर यो अपेक्षालाइ सार्थक बनाउन मुलुकको विकासको लागि सवैले स्पस्ट नीति र नियति बनाउ । सवैले हातेमालो गरौ ,अब हामि के गर्ने भन्ने स्पस्ट भिजन बनाउ  । लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लागौ  । 
अन्त्यमा, सम्पुर्ण देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरु प्रती नयाँ वर्ष २०७४ को शुभकामना । नयाँ वर्ष २०७४ ले हामी सबै नेपालीमा बिगतका कमि कमजोरी सच्याएर उन्नती, प्रगती, शान्ति र आशालाग्दो वर्ष बनोस । सबैले भोको बस्नु नपर्ने, नांगो हुनु नपर्ने र कम्तिमा छहारीमा बस्न पाउने वर्षका रुपमा रहोस्। नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा र उर्जा प्रदान गरोस् ।
#नयाँ बर्ष २०७४ 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.