ज्ञात अज्ञात गुरु र गुरुआमा सवैमा नमन - गोपाल शिवा

आज गुरुपूर्णिमा.....गुरुपूर्णिमा मनाऊँन सिकाउने हाम्रा उत्कृष्ट हिन्दु शास्त्र तथा सस्कृति मध्ये एक महाभारतमा सयौको गुरु द्रोणाचार्यले कथित शुद्र समुदायका एकलव्यलाई धनु विधा सिकाउन अस्विकार गरेको र स्वः अभ्यासवाट गुरुकुलका राजकुमारहरु भन्दा परांगत भएपछि गुरु दक्षिणामा दोणाचार्यले एकलव्यको बुढी औंला कटाएर तेजस्वीलाई कम गराएको उल्लेख छ ।
परम्परागत हिसाबले हाम्रोमा "गुरु" भनेको अत्यन्त आदरणीय सम्बोधन हो । तर अहिले पनि त्यों युगको जस्तै नेपालका तराई र सुदूरपश्चिमका केही ठाऊमा द्रोणाचार्य स्वाभावका धेरै गुरुहरू छन । जो बल्ल बल्ल स्कूल सम्म आइपुगेका कथित दलित समुदायको बालबालिका लाई बिभिन्न बाहानामा सभ्यसमाज निर्माण गर्ने , जीवन जिउने कला सिकाउन अस्विकार गर्ने देखी बिभेद गरेर मेधाबी तेजस्वी बिधार्थीलाई कालापारि जान बाध्य तुलाईदै छन ।
ति सवै गुरुहरूमा बेलैमा गुरुप्रति सकारात्मक धारणा निर्माण गर्ने सदबुद्धि आओस । ज्ञात अज्ञात गुरु र गुरुआमा सवैमा नमन #गुरुपूर्णिमा

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.