एनआरएन कुवेतको उपाध्यक्षमा बिष्णु परियारको उम्मेदवारी: भन्छन्,”नेपालीहरुको हितमा काम गर्छु”

गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ अगष्ट २०१७ मा हुने राष्ट्रिय पाँचौं राष्ट्रिय महाधिवेशनको मिति घोषणा भए लगत्तै एनआरएनए ,कुवेतको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम कुवेतवासी तथा कुवेत बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।पछिल्लो समय कस-कसको उमेद्वारी आउला भन्ने नेपाली समाजमा चासो बढिरहेको बेलामा नवलपरासी जिल्ला देउराली गाविस – ६ झयाल्वास घर भएका विष्णु परियार पुन: उपाध्यक्षमा उमेद्वारी दिएका छन।
परियार बिगतका केहि वर्ष देखि सक्रिय रुपमा एनआरएनए,कुवेतको उपाध्यक्ष पदमा रहेर नेपाली समुदासंग नजिक भएर काम गरिसकेका व्यक्ति हुन् । उपाध्यक्ष पदबाट एक बर्ष अघि मात्र राजिनामा दिएका परियार लुम्बिनी समाज नेपाल कुवेतका सल्लाहकार , दलित एकता संजाल कुवेतका वरिष्ठ सल्लाहकार एव बिभिन्न संघ सस्थाका विभिन्न पदमा वसेर काम गरेको अनुभव र कार्यकुशलताको अनुभवी समेत रहेका छन् । २०५४ साल देखि कुबेतलाइ कर्म थलो बनाएर काम गर्न थालेका बुद्धिजीवी समाजसेबि एव सामाजिक व्यत्तित्व बिष्णु परियार संग हाम्रो संचार डट कमका लागि गोपाल शिवाले गरेको संक्षिप्त कुराकानी :-
एनआरएनए,कुवेतको उपाध्यक्ष पदबाट गत बर्ष राजीनामा दिएको तपाइँ फेरी उठ्दै हुनु हुन्छ, किन नि ?
कुबेतमा नेपालीहरुको बीचमा राम्रो भूमिका निर्वाह गरेकै कारण बिगतमा भन्दा अहिले एनआरएनलाई आफ्नो ठान्ने र यसमा आबद्ध हुनुपर्छ भन्ने भावनाको बृद्दी भएको मैले पाएको छु । यहाँका अधिकांश बैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय संस्थाहरु पनि अहिले एनआरएनप्रति आकर्षित भएको र यसलाई सबैको साझा चौतारीको रुपमा हेर्ने बातावरण बनेका ले हामी धेरै भन्दा धेरै नेपालीको बिश्वास जित्ने क्रममा छौं जस्तो लाग्छ ।
स्थानीय समस्याहरु समाधानका लागि एनआरएनले अग्र पंक्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता यसबीचमा स्थापित भैसकेको छ । अत: जबसम्म हामी बलियो संगठनमा आबद्ध हुदैनौ तबसम्म आफ्ना समस्याका बारेमा सम्बन्धित निकाय सम्म आफ्नो माग र आवाज पुर्याई आफुलाई स्थापित गर्न सक्दैनौ भन्ने लागेर नै मैले फेरी उमेद्वारी दिएको हु ।
एनआरएन अग्र पंक्तिमा छ भन्नु भो एक लाख भन्दा धेरै नेपालीहरु रहेको कुबेतमा जम्माजम्मी केहि सय जनाले मात्रै एनआरएनको  पंजीकृत सदस्यता लिनुलाई कसरी हेर्नुहुन्छ ?
धेरै नेपालीहरु एनआरएनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि फरक फरक ड्युटी गर्ने समय ,स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुने गरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । र यहि यथार्त बुझेर पनि एनआरएन कुबेत पनि यहाँका नेपालीहरुबीच जति पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई हामीले स्विकानु पर्छ । तर कुबेतमा बस्ने तमाम नेपालीहरुको एनआरएन एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं ।त्यसैले कुबेतमा कार्यरत सवै नेपालीहरुलाई यस्तो संबेदनशीलता बुझौ र आफै पनि एनआरएनमा आबद्द हुन् लागौ ।
एनआरएन कुबेत बाट यहाँका नेपालीलाइ समाहित गर्ने किन प्रयास नभएको नि ? 
समाहित गर्ने अभियान संचालन गर्न आर्थिक अभाव, ड्युटी गरेर बचेको समयले संगठन संचालन गर्नुपर्ने हुँदा यथेष्ट समयको अभावका कारण बिशेष क्याम्पेन चलाउन नसक्नुले गर्दा केहि समस्या आएका पनि छन् । तर हामी हिजोको तुलनामा हेर्ने हो भने धेरै फैलिरहेका छौं । यदि मलाइ उपाध्यक्षमा मौका दिनु भयो भने धेरै भन्दा धेरै नेपाली सम्म के कसरि पुग्ने , बुझाउने र जोड्ने भन्ने अध्ययन गरि काम गर्नेछु । 
उपाध्यक्षका लागि पाँच जनाको उमेद्वारी परेको छ , कडा प्रतिस्पर्धा हुने देखियो । के भन्नु हुन्छ ? 
एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले उमेद्वारी पर्नु स्वाभाविक हो ।  धेरै जनाको उमेद्वारी पर्यो भन्दैमा म उमेद्वारीबाट पछी हट्ने कुरो आउदैन । नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ नेपाली समुदायको अगाडी उभिएको छु ।अब मैलाई  केहि महत्वपुर्ण र नविन योजनाहरु कार्यन्वयन लागी मलाइ थप एकपटक मौका दिनुहोस ।
पाँच जना मध्ये तपाई पनि एक हुनु हुन्छ र छानिनु भएको खण्डमा के कस्ता कामहरु गर्ने सोच बनाउनु भएको छ  ? 
बिगतमा काम गर्दै जाने क्रममा सबैको चित्त बुझाउन नसकिएको पनि होला, सबै साथीहरुको हरेक दृष्टिकोणलाई सम्बोधन गर्न नसकिएका कारण कहीं कसैको सानातिना असन्तुष्टि पनि हुनसक्ला । तर सपथ लिएर नेतृत्व सम्हालेपछि उचित रुपले पदीय भूमिका निर्वाह गर्नैपर्छ र मेरो हकमा मैले सकेसम्मको पहल र प्रयत्न गर्नेछु ।
एनआरएनएमा पद्धतिको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, सिपमुलक तालीम संचालन गरि नेपालीलाइ कुबेतको दक्ष श्रमबजारमा प्रबेश गराउन ,नेपाल र कुबेत सरकार विच व्यापार सम्झौताको लागी पहल गर्न , कुबेतका नेपाली समुदायलाइ एनआरएनप्रति आकर्षण बढाउन र कुबेतमा नेपालीले सिकेको सिपलाइ नेपालमा लगी उपयोग गर्ने बाताबरण बनाउने कुराको सुनीस्चितताको लागी र घरेलु नेपाली महिला कामदारका समस्या निराकरण , ब्यबस्थापनका लागि मेरो उमेद्वारी हो । कुबेतको नेपाली समाजमा र एनआरएनए कुबेतमा मैले दिएको योगदान र प्राप्त उपलब्धीको मुल्यांकन गरि नेतृत्व गर्ने मौका दिनुहोस् ।
कुबेतको नेपाली समाजले कसरि तपाईंको योजनामा टेवा पुर्याउन सक्छ ?
हामी सबै नेपालीहरुको बीच लोकप्रिय बन्दै सबैका सामुहिक समस्या समाधानमा अघि बढ्ने मेरा योजनाहरु म एक्लैले पुरा गर्न सक्दिन। त्यसैले कुनै पनि कुरालाई निष्कर्षमा पुर्याउनका लागि हामीलाई एउटा राम्रो समुहको खाँचो पर्छ र धेरै भन्दा धेरै साथीहरुलाई समेट्ने मेरो प्रयास रहनेछ। जसमा कुबेतमा क्रियाशील मिडिया , संघ सस्था , समुदाय , दुताबास सवैको सहयोग अपरिहार्य छ । सर-सर्ति भन्नु पर्दा मेरा मुद्दाहरु हामि सवैका मुदा हुन् अत गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा प्लेटफर्म तयार गर्ने ,योजना बनाएर अघि बढ्न सकिन्छ ।
हामीले गरेका कामलाई कुबेतमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुले सकारात्मक रुपमा लिएको मैले अनुभव गरेको छु र आउने दिनमा यहि सकारात्मक साथको अपेक्षा गरेको छु । यहि नै त्यो शक्ति हो जसले सबै कठिनाईको सामना गर्दै सामाजिक क्रियाकलापमा लागिरहन प्रेरित गरिरहेको छ ।
तपाईंलाई एनआरएन उपाध्यक्षको अग्रिम शुभकामान । अन्तमा हाम्रो संचार डटकम मार्फत कुबेतको नेपाली समाज र तपाईंका समर्थकहरुको लागि केहि भन्न चाहनु हुन्छ?
धन्यवाद हजुर लगायत हाम्रो संचार डटकम लाइ, तपाईंहरुले कुबेतको नेपाली समाज सम्म मेरा एजेण्डाहरु पुग्न मदत गर्नु भएको छ । जसले मेरो चुनाबी माहोललाई प्रतक्ष्य वा अप्रतक्ष दुवै हिसाबले सहयोग पुग्ने छ। आफूले अमुल्यमतको सधै क़दर र सम्मान गर्ने प्रण गर्दै एनअनएनको उपाध्यक्षमा जिताउन सबैमा अपिल गर्दछु । तपाईहरुले दिएको विस्वासले कुबेतको नेपाली समाज र नेपालीहरुको हितमा काम गर्छु यो नै मेरो प्रतिबध्ता  हो ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.