हाम्रा समश्याहरु र अवसरवादी अगुवा- गोपाल शिवा

कार्तिक २९ - नेपालका उत्पादनशील उमेरका युवायुवतीहरूको लक्ष्य यतिबेला वैदेशिक रोजगारी भएको छ । नाताबाद , कृपाबादले स्वदेशमा काम नपाउने र पाइहाले पनि उचित पारिश्रमिक नपाउने पीडाका कारण अधिकांश युवाको सोच नै विदेश जाने बनेको छ  ।देशमा भने जस्तो रोजगार पनि नपाइने, राज्यले चाजो पाजो नमिलाई दिने , बाताबरण र ब्यबस्था पनि नगरिदिदा एक चौथाईले पनि मुलुकमा रोजगारी नपाउने अवस्था छ भने बाँकी तीन चौथाई रोजगारीका लागि विदेश जान वाध्य हुनु पर्ने भएको छ। अनि कोहि आफै त कोहि ललाईफकाईमा परेर बैध अबैध तरिकाले हन्टर खादै विदेश लागेर रेमिट्यान्स पठाएर देशलाई योगदान दिने क्रममा बिपत्तिमा पर्ने र मर्ने एक थरि नेपालीहरु कति छन् कति । अर्को थरि नेपालीहरु जो आफै दुख भोगेर बोकेर आफु आएको देशको परिवेश , तय तरिका ,सत्य तथ्य बुझेर बिभिन्न गैर कानूनी कार्य मार्फत यताको उताको कानुनको आँखामा कसरी धुलो हालिदो रहेछ भन्ने राम्रो जानकारी पाए । फलस्वरूप हामी मध्येकै केहि अग्रज , अगुवा , जानेबुझेका समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका नेपालीहरुले  बिभिन्न माध्यम बाट गरिबी र कमजोरीको दलदलमा हेलिएका नेपाली चेलीहरुलाई खाडीमा ल्याएर भेडा बाख्रा जस्तै थुन्ने र बेच्ने त कोहि बेश्यावृति गराउने त् कोहि लागु औषध त कोहि मदिरा प्रतिबन्धित  लोकल रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्दै समातिएको समाचारको हेडलाइनमा देख्दै सुनिदै आइएको छ। 

अबैध काम हुन् है भनेर जानेका बुझेका नेपाली समाजमा समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका यिनले आफुले गैर कानुनी काम  गरुन्जेल मौनता साधेर आफ्ना मतियारहरुको , सहयोगीहरुको पक्षपोषण गर्दै ढाकछोप गरिरहे । अनि जब आफु समातिएर कानुनको नजरमा दोषी ठहरिए देश निकाला भए अनि तेस्रो नेत्र समेत खोलेर हेरे अनि सवै तिर बेथिति देख्न थाले  । अनि बर्बराउदै समाज सुधार्न भनेर समाज सुधारक बनेर देखा परे   । केहि यस्ता समाजसेवी एवम् वुद्धिजीवीवर्ग पनि देखीए जसको ब्यबहारले सानो छंदा जंगलमा भेडा चराउने कालु नामको भेडी गोठालोको एउटा कथा पढेको याद आयो । कथा अनुसार एकदिन कालुलाई जंगलमा भेडा चराउँदै गर्दा सोझा गाउँलेलाई उल्लु बनाउने विचार आउँछ र एक्कासि जोडसँग चिच्याउँछ, ‘बाघ आयो, बाघ आयो ।’ सबै गाउँले आफ्नो कामधन्दा छोडेर बाघ लखेट्न लाठो र हतियार लिएर जंगलमा पुग्छन् । कालु भने रूखमा चढेर ‘सबैलाई उल्लु बनाएँ’ भन्दै रमाइरहेको हुन्छ । गाउँलेले उसको कुरा कहिल्यै नपत्याउने प्रण गर्छन् । तर एक दिन साँच्चिकैको बाघ आउँछ र भेडाहरू खान थाल्छ । आपतमा परेको कालुले आत्तिएर ‘बाघ आयो, बाघ आयो, गुहार गुहार’ भन्दै घण्टौंसम्म चिच्याउँछ । तर विश्वास नलागेकोले मद्दतका लागि कोही  पनि पुग्दैन । 

यस कथाले यताको नेपाली समाजको सन्दर्भमा चल्ने बहस र गरिने व्यवहारको स्पष्ट चित्र देखाउछ। हिजो आफु जान्ने बोलने सक्ने हुदा बिचारलाई लालचमा परेर घरेलु कामदारमा अबैध तरिकाले नेपाली चेलीहरु ल्याइदा समाजसेवा गरेको हो भनेर उल्लु बनाउदा नेपाली चेलीहरुलाई गैरकानुनी तवरबाट ल्याइने बाटाहरु बिस्थापित गर्दै लैजानु साटो झन् मौलायो , पिडामा डुबेर मृत्युबरण गरेका चेलीहरुको समवेदनालाई आग्रह पूर्वाग्रहले थिच्यो । उबेला आखा चिम्ली दिएका कुरामा आज आफुले बिरोधाभाष कुरा गरेर राम्रो काम गरे भन्दै भ्रम बाँडेर, आफ्नो बढाइचढाई गरेर र अरूलाई मानमर्दन गरेर र बर्षौ आफुले गरेका गैरकानुनी काम र आफ्ना खराबीलाई बिरालोले दिशा लुकाए झैँ ढाकछोप गरेर समाज सेवा हो भन्दै बेथिति बिरुद्ध कराउदै कोरश गर्न साथ माग्नुको कुनै अर्थ छैन । किनकी धेरै घरेलु काममा आएका नेपाली चेलीका पीडा सरि भएर प्राण पखेरु हिजो पनि अस्ताएका छन ।हिजो यहि बसेर आफुले गैरकानुनी काम गरिरहदा मौनता साधेर कयौ नेपाली चेलीको मृत्युले केहि फरक नपरेका पात्रहरु आज नेपालमा फर्किएर आफु स्वघोषित समाजसेवी बनेर नेपाली चेलीका पीडालाई ठूलो मानिदै प्रपोगाण्डा बनाउनु र लेखाजोखा गर्दै समवेदनालाई पृथक ठानि हल्ला गर्नु भनेको बेथिथिको सहारा लिँदै पिडा र समश्याको ढाडमा टेकेर समाजसेवाको शिखरमा पुग्न खोज्नु हो भन्ने हामी सवैको सिधा बुझाइ र विश्लेषण छ । 

हो धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट श्रीलंका, भारत हुदै घरेलु कामदारमा कुबेत ल्याउनेहरु हिजो जसरि सक्रिय थिए आज पनि छन् र आगामी कैयौं बर्ष सम्म हुने छन।बैदेशिक रोजगारमा देखिएको यो हाम्रो एउटा प्रमुख समस्या हो किनकि गाँस, बास र कपासको लडाइँमा होमिएका हामी भगवान भरोशामा हिंड्न बाध्य छौ , हाम्रो राज्य , सरकार योजनाबिहिन नीतिबिहिन छ , यहाको समाजसेवी एवम् वुद्धिजीवीवर्ग जमात जानेर बुझेर पनि  निरिह छ, आवाज दबेको जमात छ ।

तर यसो भनेर समाजमा स्थापित खराब प्रचलनहरुको बिरुद्ध ,घरेलु कामदारका दिशाहीन समश्याहरुका बारेमा बोल्नु को तुक छैन भन्न खोजेको होइन । हो सामाजिक संजालमा मात्र हैन मिडियामा पनि कोहिले  त वास्तविकताले भरिएको अपिलहरु बोल्नै पर्छ, कसैले त यथार्थ बुझाउन लेख्नै पर्छ ताकि यस्ता नेपाली चेलीबेटीहरुको विदेशको पीडा  र घटनाबारे सबैले बुझ्न सकून्र र सम्भावित दुर्घटनाबाट बच्न सकून् । तर बेथिति प्रति आस्वस्त गराउन, एउटा भरपर्दाे शक्ति निर्माण गर्न र अग्रगामी बाटो देखाउन  ,आफ्नो बारेमा पर्याप्त फिड ब्याक लिने उत्सुकता र आलोचना सुन्न सक्ने धैर्यता भएको व्यक्ति हुनु पर्छ  किनकी गलत कुरालाई सय पटक सही भनेर सधैंभरि आफु सहि हु भनेर आफ्ना कर्तुत लुकाएर सुध्रिएको आभाष भन्दा पनि भ्रमबाट समाजसेवा गर्छु भन्ने गोयबल्सको सिद्धान्त अपनाउनेहरूलाइ असल नागरिक त के पिडित र पीडितका परिवारले पनि स्वीकार्न सक्दैन । त्यसैले समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, प्रतिशोध साधन , पिडामा परेका मान्छेको समस्यामा रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरुक अगुवाका रुपमा प्रस्तुत नगरौ ।  

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.