कुकुर बिरालो झैँ मर्न न परोस् ! -गोपाल शिवा

हरेक वर्ष लाखौं महिला र पुरुष अनुहार काम तथा दामको खोजीमा नचाहँदा–नचाहँदै पनि वैदेशिक रोजगारमा जान बाध्य छन् । तथ्यांक नियालेर हेर्ने हो भने पुरुषको तुलनामा महिला निकै कम जाने गरेको पाइन्छ । घरपरिवारले अनुमति नदिएर हो वा समाजको डरले वा आर्थिक कारणले वैदेशिक रोजगारको लागि महिलाहरूको पाइला कम सरेको देखिन्छ । यसका साथै सरकारबाट बेलाबखत लगाइने प्रतिबन्ध र खाडी तथा मलेसिया जस्ता गन्तव्य मुलुकमा हुने महिलाको वैदेशिक रोजगारीप्रति नकारात्मक सोच एवं धारणा पनि यसको प्रमुख कारण रहेको विभिन्न अध्ययनबाट देखिन्छ । तर पनि वैदेशिक रोजगारबाट महिलाहरूले पुर्‍याएको योगदानलाई कम आँक्न भने सकिन्न । बितेका एक दशकमा नेपाली महिला वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका छन् । नेपालका धेरै घरपरिवार नेपाली महिलाले विदेशमा बगाएको पसिनाले धानेको तथ्य कसैबाट लुकेको छैन । चुलाचौकोमा सिमित नेपाली महिलाहरु व्यक्तिगत रुपमा स्वदेशमा केहि गर्न सकिएन भने विदेशमा गएर भएपनि मैले कमाउन सक्छु भन्ने आत्मबल आएको छ । यसलाई सकारात्मक नकारात्मक भनेर विश्लेषण गर्नु भन्दापनि यो आत्मबलले आफूले आफूलाई नै हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । वैदेशिक रोजगार भनेको महिला,  पुरूष दुवैको लागि अवसरको खोजी हो भनेर बुझाएको छ । अझ खास गरि पुरुष संगै वैदेशिक रोजगारमा महिलाहरु जाने क्रमले नेपाली महिलामा आत्मबलको विकास भएको र महिलाहरुको सशक्तिकरण हुदै गएको एव महिलाहरुले पनि मौका पाए भने कमाउन सक्छन भने अध्ययनहरुले तथ्यहरु देखाएका छन् ।

गरिबी, घरेलु हिंसा र परिवारको आर्थिक स्थितिका कारण वैदेशिक रोजगारमा जाने आउने अधिकांश नेपाली दिदी बहिनीहरु अहिले पनि खास गरि खाडीमा आएर घरायसी काम मै सिमित भएको पाइन्छ ।  केहि अपबादलाई छोडेर अन्यको कुरा गर्ने हो भने घरेलु काममा आउने अधिकांश नेपाली दिदिबहिनीहरु अवैध तरिकाले आउने र घर भित्र रहेर काम गर्नु पर्ने भएकाले आफ्नो आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुने गरेका छन् । अझ त्यस माथि यिनलाई यता प्रलोभन र लोभ देखाएर ल्याउने दलाल तथा मेनपावर एजेन्सीले एउटा काम भनेर अर्को काम दिने, एउटा देश भनेर अर्को देश लैजाने प्रवृत्ति समेत देखिएकाले धेरै नेपाली दिदीबहिनीहरु धेरै किसिमको हिंसाको शिकार हुदै आएका छन् । समयमा तलब नदिने, शारिरिक शोषण, बलात्कार, घरमा समय समयमा सम्पर्क गर्न नदिने, सोचे जस्तो नभएपछि मानसिक स्थिति गुमाउने देखि आत्महत्या गर्ने र मृत्युबरण समेत हुदै आएको धेरै घटनाहरु सार्वजनिक भएका छन ।  समृद्धिको सपना बुनेर घर परिवार छाडेर विदेशी भूमिमा काम गर्न आएका नेपाली दिदीबहिनीहरुले समस्या पर्दा आफनो राजदूतावाससंग सम्पर्क गर्न समेत नसक्ने, परिवारसंग बर्षौ सम्पर्क विहिन अवस्थामा बस्नु पर्ने जस्ता अनेकौं समस्याले जेलिएर आर्थिक र शारीरिक शोषणबाट प्रताडित हुदै बाचेका छन्। 

यसै साता मात्र मैले यस्तै अमानविय रुपमा प्रताडित भएकी घरायसी कामदारको रुपमा साउदीमा काम गर्दै आएकी राेल्पा जिल्ला पाखापानि, रातामाटा वडा नं.४ घर भएकि चिन्ता कुमारी खत्रीको साउदी अरवकाे रियाद स्थित वादी अल दावसिर हस्पिटलमा शव अलपत्र रहेकाे घटना सार्वजनिक भएको थाहा पाए  ।सबैभन्दा दुखको कुरा आफ्नी श्रीमतीको इज्जत भन्दा पैसालाई ठुलो मानी उनकै कमाईमा रमाउने श्रीमान निधन भएर आफ्नी श्रीमतीको लाश अस्पतालमा राखिएको छ भन्ने कुरामा समेत अनभिज्ञ रैछन भने साउदीमा रहेको राज्यको निकाय पनि बेखवर रहेको पाइयो ।


जाँड रक्सिमा झुत भएर श्रीमान दिन दिनै हिड्ने घर ब्यबहारमा आफ्नो भूमिका निर्वाहा नगर्ने गरे पछी आजित भएर दुइ छाेरा र एक छाेरीको लालन पालन र साहुकाे ऋणको बोझ कम गर्न भनेर भारत तिर संगिनीहरु संग कामको खोजीमा हिडेकी चिन्ता कुमारीलाइ बोर्डर बाटै माइती नेपालले फर्काइ दिएछ। त्यस पछि बाध्य भएर पतिका आफन्त समेत रहेका विदेश पठाउने एजेन्टको सम्पर्कमा पुगेकी चिन्ता कुमारी केहि बर्ष अघि नेपाल बाट कुवेतमा घरेलु कामदारको रुपमा काम गर्न आइपुगेकी रहेछिन  । कुवेतबाट दलालले साउदी पठाए पछी साउदीको वादी-दमासार भन्ने ठाउमा साउदिको घरमा काम गर्ने सिलसिलामा उनले धेरै कस्ट भोग्न बाध्य भैछिन  ।आफै बिरामी पर्दा पनि उपाचार नपाई काममा खटिरहनु पर्ने बाध्यता भए पछी आफुलाई पठाउने एजेन्ट जो श्रीमानका साथी थिए उनलाई सयौ पटक हार गुहार लगाई छिन  ।

आफु समश्यामा पर्दा आफन्त बाट उनले कहिले आस्वाशन समेत पाइनछिन त्यसपछि आफु संग सम्पर्कमा रहेका नेपालीलाइ दाजुभाईलाइआफुलाई उद्दार गर्न आग्रह गरिछिन ... बिरामी छु मलाई साहुले उपाचार नगरी काममा याताना दिदै दिन रात गराइरहेको छ भन्दै छटपटाइरहेकी चेलीको चित्कार सुनेर कयौ पटक राजदुतावास सम्म खबर पुराउन दाजुभाइहरुले प्रयास पनि गरेछन ।  तर नेपाली कामदारहरु बिचल्लीमा परेर दुतावासलाई हारगुहार गर्दा खाडीका दुतावासमा सम्पर्क गर्दा फोन नउठ्ने त पुरानो चलन नै छ । अनन्त यहि भयो ...कति प्रयास गर्दा पनि यस्तो अबश्थामा दुतावासमा फोन गर्दा पनि कुनै सहयोगको आस्वासन त के दुतावासको फोन नै उठेनछ । आज चेलीको निधन भएको र अस्पतालमा लास रहेको कुरा सार्वजनिक भए पछी यी दाजुभाइहरु पनि स्तब्ध भएका छन । समश्यामा परे भन्दै उदारको लागि बारम्बार आग्रह गर्दा समेत पति र पठाउने एजेन्टले  गरेको बेवास्ता र अहिले निधन भए पछी उनका पतिले देखाएको ब्यबहारले के मान्छे यति सम्म नि मानवता हराएको हुन् सक्छ र ? भनेर प्रश्न गरिरहेको छ ।त्यति मात्र हैन आफ्नो देशको राजदुतावास हुदा हुदै र लाखौ नेपाली दाजुभाई दिदि बहिनीहरु हुदा हुदै यसरि कुनै पनि नेपालीले कुकुर बिरालो झैँ मर्न न परोस् ! यो दुःखद घटना बारे नेपाली दुतावास साउदीले अब र आउने दिनमा कस्तो भुमिका खेल्नु पर्ने हो प्रश्न तेर्शिएको छ ।

अझ निधन भएको जानकारी दिदा पनि  श्रीमतीको निधन प्रतिको शोक भन्दा पनि आफ्नो स्वाभिमान र कर्तब्य भुलेर श्रीमतीको लाश झिकाउने , पठाउने लाइ कारवाहीको दायारामा ल्याउने भन्दा पनि श्रीमतीले बिमाको हकवाला कसको नाममा गरेको छ ? कति आउछ ? नाता प्रमाणित गर्न र आफ्नो नाममा बिमा रकम पाउन के के डकुमेन्ट आवश्यक पर्छ भनेर पठाउने एजेन्ट साथै लिएर पहिलो प्राथमिकता दिदै हिडिरहेका छन् ।एउटा श्रीमान बिदेशमा श्रीमतीको लाश झिकाउन भन्दा पनि बिमाको खोजि लाइ पहिलो प्रथामिकता दिन्छ भने यो भन्दा बिडम्बना अरु के हुन्छ? जिउदो हुदा नि खाडीमा गएर याताना सहदै कमाएर खुवाउनु पर्ने र मर्दा नि श्रीमतीको लाश भन्दा बिमा खोज्ने पतिको यो ब्यबहारले मानसिक र भावनात्मक रुपमा चिन्ता कुमारीले बर्षौ पति बाट भोगेको पिडा र अपमानको आकलन गर्न सकिन्छ ।

त्यति मात्र हैन पित्तृसत्तात्मक समाजमा यस्ता धेरै सुरविर जस्ता पतिहरुको ब्यबहार र पित्तृसत्तात्मक दृष्टिबाट , हिंस्रक व्यवहारबाट नेपाली समाजमा ज्यादै तल्लोस्तरमा बाच्न विवश धेरै नेपाली महिला दिदीबहिनीहरु दुःख, पीडा, वेदना र मर्म बोकेर जे पर्छ टर्छ भन्दै लखेटिएका , विदेशिएको  उजागर हुन्छ। महिलालाई पनि पुरुषसरह विकासको मूलधारमा समाहित गरेर संसारका धेरै मुलुकहरु अगाडी बढी रहेका छन तर हाम्रो मुलुकमा  भने शताब्दीयौँ देखि महिला माथि शारीरिक मानसिक दवाब दिदै अन्याय, अत्याचार लाद्दै , हिंसा तथा तीरस्कार गरेर दाशको रुपमा हेर्ने सुरविरहरुको मानसिकता जरो गाडेर बसेको छ ।  अब सोच्ने बेला आएको छ र सोच्ने मात्र होईन हाम्रो सोचलाई ब्यबहारमा परिवर्तन गर्नु जरुरी भैसकेको छ । पुरुषप्रधान संस्कृति र समाजको उपजको रुपमा महिलालाई जे जस्तो परे पनि सहनु पर्ने, जतिसुकै पीर, जतिसुकै दुःख दिए पनि पचाउनै पर्ने, पतिलाई परमेश्वर मान्नेहरु एव पित्तृसत्तात्मक समाज र पित्तृसत्तात्मक दृष्टिबाट पुरुषका हिंस्रक व्यवहार जायज मान्ने मानसिकताहरु सच्याउन निकै कसरत गर्नुपर्ने अवस्था देखिएको छ । 

अन्त्यमा चिन्ता कुमारीको शब् नेपाल झिकाउन , अन्तिम सस्कार गर्न र निजले पाउने राहत र क्षतिपुर्ति निजका नाबालक सन्तानहरुको पालन पोषण र सिक्षामा खर्च हुने गरि सरोकारवाला निकायले पहल गरिदिन सवै संग आग्रह छ । 



0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.