Teacher Student Conversation
A student asks a teacher, "What is love?"
The teacher said, "in order to answer your question, go to the wheat field and choose the biggest wheat and come back.
But the rule is: you can go through them only once and cannot turn back to pick."
The student went to the field, go thru first row, he saw one big wheat, but he wonders....may be there is a bigger one later.
Then he saw another bigger one... But may be there is an even bigger one waiting for him.
Later, when he finished more than half of the wheat field, he start to realize that the wheat is not as big as the previous one he saw, he know he has missed the biggest one, and he regretted.
So, he ended up went back to the teacher with empty hand.
The teacher told him, "...this is love... You keep looking for a better one, but when later you realize, you have already miss the person...."
"What is marriage then?" the student asked.
The teacher said, "in order to answer your question, go to the corn field and choose the biggest corn and come back.
But the rule is: you can go through them only once and cannot turn back to pick."
The student went to the corn field, this time he is careful not to repeat the previous mistake, when he reach the middle of the field, he has picked one medium corn that he feel satisfy, and come back to the teacher.
The teacher told him, "This time you bring back a corn.... You look for one that is just nice, and you have faith and believe this is the best one you get.... This is marriage.
राति निन्द्रा नपर्ने चाँडै आँखा खुल्ने, शरीर भारी हुने, काम गर्न मन नलाग्ने हाई-हाई आउने, यस किसिमको समस्यालाई अनिद्राको रोग हो भनेर भनिन्छ । यसप्रकार निन्द्रा नलाग्नुलाई – मेडिकल भाषामा अर्थात् सुत्दा निन्द्रा नपर्नु भनिन्छ । भोक प्यासजस्तै मानिसलाई निन्द्रा नभई नहुने कुरा हो । दिनभरिको शारीरिक थकान, मानसिक चिन्ता, तनाव महसुस गर्ने हुँदा आरामको पनि हामीलाई उत्तिकै जरुरी छ ।
प्राकृतिक रूपले निदाएर शरीरले, मानसिक एवं शारीरिक आराम प्राप्त गर्दछ । निन्द्राकै अवस्थामा शरीरका कोशिका, तन्तुहरूको पुनः स्थापना र विकास हुन्छ । राम्रोसँग निन्द्रा लागेमा थकाइ मेटिने हुँदा भोलिपल्ट बिहान फुर्तीको अनुभव हुनुको साथै काम गर्न उत्साह बढेर आउँछ । निन्द्राले मानिसलाई, तरोताजा, स्वस्थ्य, स्फूर्तिको साथै जाँगिरिलो बनाउनमा महत्त्वपूर्ण भूमिका हुन्छ । आधुनिक समाजमा मानिसले व्यापार-व्यवसायतिर विशेष समय दिएर राति सुत्ने समयलाई छोट्याउने गरेका छन् । यसले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । भोक लाग्नेबित्तिकै खाना जति जरुरी छ त्यति नै निन्द्रा लाग्नेबित्तिकै सुत्नु पनि उत्तिकै जरुरी छ । निन्द्रा हाम्रो शरीरका लागि एक महाऔषधि हो । हाम्रो जीवनमा निन्द्रा न हुने हो भने जीवन अस्त व्यस्त र तनावपूर्ण हुन्थ्यो ।
ईश्वरले दिनरात बनाएका छन्- दिउँसो काम गर्नलाई तथा रात सुत्नलाई हो । मानिसको आधुनिक जीवनशैलीले निन्द्रा गुमाउँदै गइरहेको छ । आफूलाई व्यस्त राख्ने बहानामा राति ३-४ घन्टा मात्र सुत्ने गर्छन् । यसले गर्दा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । निन्द्राको सम्बन्ध सोझै मानिसको मनस्थितिसँग जोडिएको हुन्छ ।
मन विचारहरूको भीडले भरिएको छ भने निदाउन मुस्किल पर्छ । दुःख, सुख, विस्मय बढी उत्तेजना भएको अवस्थामा पनि निन्द्रा लाग्दैन ।कारणहरूः बढी बूढाबूढीहरूमा बढी देखिन्छ । मुख्यतः मानसिक समस्याहरूको कारणबाट धेरै मानिसहरू अनिन्द्राको रोगबाट ग्रसित हुने गर्छन् । चिन्ता, तनाव, अत्यधिक खुसी, अनावश्यक सोचाइ, उच्च महत्त्वाकांक्षा तथा विभिन्न मानसिक समस्याका कारणबाट अनिद्राका रोगीहरूले जिन्दगीभरि आनन्दमय आरामको जीवन बिताउन पाएका हुँदैनन् ।
यस्तै शारीरिक समस्याका कारणहरूले गर्दा पनि निद्रा लाग्दैन । जस्तै टाउको दुखेमा, पेटको घाउ, खुट्टा दुख्ने, हाई ब्लड प्रेसर, मुटुसम्बन्धी रोग, -नर्भस) स्नायु प्रणालीसम्बन्धी कुनै रोग, शरीरका विभिन्न ग्रन्थीहरूको रोग र यी ग्रन्थीबाट निस्कने ‘रस’ हार्मोनको सन्तुलन बिगि्रएमा पनि निन्द्रा लाग्दैन । यसै प्रकार दिन चर्यामा गडबडी हुनु, सुत्ने समयको कुनै टुङ्गो नहुनु, कुनै प्रतियोगिता र परीक्षाको समय नजिक आउनु आदि कुराहरू पनि निन्द्रा नलाग्नुका कारण हुन सक्छ । डर त्रास, भय, असुरक्षा, ध्वनि प्रदूषण आदि कारणबाट पनि निन्द्रा नपर्ने हुन्छ ।
अनिद्राबाट हुने शारीरिक एवं मानसिक समस्याहरू अनिद्राले मानिसको स्वास्थ्यमा पार्ने प्रभावको विषयमा वैज्ञानिकहरूले अहिले पनि अध्ययन गर्दै छन् ।
निन्द्राको कमी भएमा मस्तिष्कको क्षमतामा ह्रास आउँछ- यस्तै अपुग सुताइबाट हुन सक्ने मुख्य स्वास्थ्य समस्यामा क्यान्सर, मुटुको रोग, मोटोपन, चिनी रोग, बाँझोपन, निराशा, मानसिक तनाव आदि समस्या -रोग) हरू पार्ने निद्राको कमीबाट देखिन सक्छन् ।
सल्लाह र उपचार
अनिद्राको उपचारको कदम चाल्नुभन्दा अघि यसको कारण पता लगाउनु जरुरी हुन्छ । शारीरिक रोगहरूको कारण जस्तै टाउको दुख्नु पेटमा अल्सर -घाउ) हुनु, क्यान्सर, शरीरमा अत्यधिक पीडा हुनु, आदि भएमा यसको औषधोपचार गराउनुपर्छ । सामान्यतया निद्रा लगाउन पर्याप्त मात्रामा व्यायाम गर्ने, कडा रंग हालेको चिया-कफी नपिउने, चिन्ता, तनाव छोडेर सधैं साकारात्मक सोच राख्ने । सुत्ने समय निर्धारित गरी नियमित रूपमा सुत्ने बिहान सबेरै उठ्ने गर्नुपर्छ । बिहान सबेरै घुम्ने, योगासनको ज्ञान लिई निन्द्राका लागि भनी दिएका आसनको अभ्यास गर्ने ।खान-पिन अनिद्राका रोगीले हल्का सु-पाच्य भोजन गर्नुपर्छ । काँचो प्याज, सलाद, दूध, दही, मही समावेश भएको सन्तुलित भोजनले पनि अनिद्राको समस्याबाट केही हदसम्म फाइदा हुन्छ ।
कतिपय मानिसले निद्रा नलाग्दा, आफूखुसी चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्छन् । यसो गर्नु राम्रो होइन । यसले स्वास्थ्यमा विभिन्न किसिमको हानि पुर्याउँछ । कसै गर्दा पनि निद्रा लागेन भने निकित्सक परामर्श गरी औषधिको प्रयोग गर्नुपर्छ । अनिद्रा रोगमा प्रयोग हुने केही होमियो प्याथिक औषधिहरू निम्नलिखित छन् । जसको प्रयोग योग्य तथा अनुभवी चिकित्सकको सल्लाहअनुसार गरेमा अत्यन्त लाभदायक हुनेछ ।
औषधिहरू
कपिया क्रडा, इग्नेसिया, कालिफोस, सल्फर सेसिफ्लोर ।उपरोक्त औषधिहरूको कुनै साइड इफेक्ट हुँदैन । यी औषधिहरूको प्रयोगले प्रकृति रूपमै स्वाभाविक निन्द्रा लाग्छ ।
source:-yubasandesh
विश्वका अधिकांश विकसित राष्ट्रहरूमा मृत्युका पाँच प्रमुख कारणमध्ये एक पक्ष्ााघात तथा मस्तिष्कघात भएको तथ्यांकबाट पुष्टि भएको छ । त्यस्तै हाम्रोजस्तो अविकसित मुलुकमा पनि अज्ञानता र असावधानीले गर्दा यस्तो समस्या दिनानुदिन वृद्धि भइरहेको पाइन्छ । मानिसको उमेर प्रायजसो ४० वर्ष काटेपछि कतिपय कारणले गर्दा शरीरको हात-खुट्टा वा एकतिरको वा पूरै भाग चल्न नसक्ने हुन्छ जसलाई चिकित्सकीय भाषामा प्यारालाइसिस र नेपालीमा पक्ष्ााघात भनिन्छ । शरीरको एकातिरको सम्पूर्ण भाग नचल्नुलाई हेमिप्लेजिया, दुवै खुट्टा नचल्ने अवस्थालाई प्याराप्लेजिया तथा समस्त हात र खुट्टाको पक्ष्घातलाई क्वाडि्रप्लेजिया भनिन्छ ।
पक्ष्ाघातबाट ग्रसित मानिसको अनुहारदेखि पैतालासम्मका मांसपेशी अत्यन्त कमजोर हुने भएकाले आफैंले आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न सक्षम हुँदैन ।
पक्ष्ाघातका प्रमुख कारण- शरीरको रक्तसञ्चारमा अवरोध, नसाको खराबी, मस्तिष्कको चोटपटक, विभिन्न प्रकारका मस्तिष्कको संक्रमण, टिबी -क्षयरोग), सिफलिस -भिरङ्गी) आदि हेमिप्लेजिया हुँदा थ्रोम्बोसिस -रक्तनली साँघुरिने), इम्बोलस -रक्तनलीमा रगतको ढिका), रक्तनली सुन्निनु तथा रक्तनली फुट्नु आदिको अलावा मेनिन्जाइटिस -मस्तिष्कको आवरण सुन्निनु), इन्सेफलाइटिस -मस्तिष्क सुन्निने), सेरिब्रम -मस्तिष्कको बाहिरी तह) मा ट्युमर -तन्तु) पलाउनु, उच्च रक्तचाप, मुटुको रोग, पेलेग्रा -भिटामिन बीको कमी), खानाको विषाक्तता हिस्टेरिया -शरीरोन्माद), इपिलेप्सी -छारेरोग) आदि ।
स्ट्रोक -मस्तिष्कघात)- मस्तिष्कको रक्तनली साँघुरिनु वा मस्तिष्कको रक्तनलीमा स्राब हुनु नै ब्रेन स्ट्रोकको अवस्था हो । चिकित्सा शास्त्रमा यसलाई सेरिब्रो भ्यास्कुलर याक्सिडेन्ट नामकरण गरिएको छ । सिभिएले पनि पक्ष्ाघात गराउँछ । रक्तस्राब थ्रम्बोसिस तथा सेरिब्रल इम्बोलिज्म विकसित हुनुको कारणमा बढीमात्रामा रक्सी तथा धूमपानको प्रयोग, उच्च रक्तचाप, मधुमेह, ज्यादा मोटोपन, लामो अवधिसम्म परिवार नियोजनका लागि पिल्स -खाने चक्की) को प्रयोग तथा वंशानुगत आदि ।
सिभिएका लक्षण- रोगको सुरुवातभन्दा धेरै समयअघिदेखि रिंगटा लाग्ने, टाउको दुख्ने, घुच्चुक दुख्नेलाई एलार्मिङ साइन -चेतावनी- मूलक लक्ष्ाण का रूपमा लिइनुपर्छ । हेमिप्लेजिया विकसित भएपछि सुक्ष्म अवस्थामा ग्रसित व्यक्ति एक्कासि बेहोस भएर पछारिन्छ । बोल्दा शब्दहरू स्पष्ट नभई बोली लरबराउने हुन्छ, दृष्टि शक्तिमा ह्रास आउँछ, शून्य उन्मुख चेतनाको विकास, श्वास-प्रश्वासमा समस्या, शरीरमा कम्पन आदि देखापर्छ । विशेषगरी विकसित मुलुकका ज्यादा मोटा मुटु र चिनी रोगबाट ग्रस्त, बढी धूमपान र मदिरापानमा अभ्यस्त व्यक्तिहरू नै यस्तो परिधि अन्तर्गत परेर अन्ततः कालको मुखमा पुग्छन् ।
बेल्स प्याल्सी -फेसियल प्यारालाइसिस बाट ग्रसित व्यक्तिको एकातिरको आँखा चिम्लन नसक्दा खुला रहने, मुख पूरा बन्द गर्न नसक्दा खुला रहने, ओठ एकातिर तान्निएर बाङ्गो हुने, मुखबाट र्याल बगिरहने, खानेकुरा चपाउन नसकी मुखभित्र एकातिरमात्र जम्मा हुने आदि देखिन्छ ।
प्यालालाइसिसबाट ग्रसित व्यक्तिले आफैं खानपिन एवं दिसा-पिसाब गर्न नसक्ने हुनाले अरू व्यक्तिको सहायताको आवश्यकता पर्छ । पिसाब कैथेटर -नली) द्वारा निष्काशन गर्नुपर्ने बाध्यता हुन्छ । अन्य व्यक्तिको सहारामा मात्र उठबस गर्न सक्छ । रक्तस्राब भएर थ्रोम्बोसिस हुनु घातक हुन्छ ।
परीक्ष्ाण- स्पाइनलकर्ड -मेरूदण्ड को एक्सरे, लम्बरपंक्चरद्वारा सिएसएम -मस्तिष्कको पानी) को जाँच, सिटी स्क्यान माइलोग्राम, रक्तपरीक्ष्ाण आदिबाट रोगको निदान गर्न सकिन्छ ।
उपचार- रक्तचाप घटाउनका लागि चिकित्सकको परामर्शमा नियमित औषधि सेवन गर्ने, मस्तिष्कको संक्रमण एवं मस्तिष्कभित्रको पे्रसर -चाप कम गर्ने, रगत जमेर हुनसक्ने हार्टस्ट्रोक -हृदयघात) को समस्या समाधान गर्नका लागि उपयोगी हुने एस्पि्रन तथा वारफेरिन चिकित्सकको निर्देशानुसार प्रयोग गर्नु उपलब्धिमूलक हुन्छ । पक्ष्ाघात गम्भीर रोग हुनुका साथै यसको उपचार जटिल र खर्चिलो हुन्छ । औषधोपचारपछि पनि रोग पूर्णरूपले निको नहुन पनि सक्छ । पक्ष्ााघातबाट पीडित हुनेहरूको अन्य उपचारका साथै खान-पिन तथा रहन-सहन आदि विषयमा आफैंले अपनाउनु पर्ने सावधानीलाई नै मुख्य उपचार मानिन्छ । मसाज एवं फिजियोथेरापी पनि उपयोगी हुन्छ ।
अपनाउनुपर्ने सावधानीहरू- दिन-रात हरेक पल ओछ्यानमै सुतिराख्दा शरीरमा रक्तसञ्चार विक्ष्ािप्त भएर विभिन्न स्थानमा घाउ हुन्छ जसलाई चिकित्सकीय भाषामा बेडसोर भनिन्छ । शरीरको चाप एकै ठाउँमा मात्र नपरोस् भन्ने उद्देश्यले रोगीको सुताइमा पटक-पटक परिवर्तन गराइदिनु आवश्यक पर्छ । समय-समयमा हि्वलचियर -गुड्नेकुर्सी मा बस्न र सहारा दिएर हिँडाउने पनि गर्नु फलदायी हुन्छ ।
drkedar.karmacharya5520606@gmail.com
सम्भोगको बेला लिङ्ग कडा नहुने अवस्थालाई Erectile dysfunction भनिन्छ I
Erectile dysfunction का कारण के के हुन् ?
२ महत्वपुर्ण कारण हुन सक्छन I
१ . Psychological (मानसिक कमजोरी ले गर्दा )
२ . Pathological (हर्मोन, नशा रोग वा अन्य कारण ले गर्दा )
मन बलियो नभएमा Erectile dysfunction हुन सक्छ I Psychological कारण नै नम्बर १ कारण हो I
Pathological कारणहरु निम्न हुन सक्छन :
1. सुगर को कारण ले
2. BP कन्ट्रोल नभएमा
3. लिङ्ग को नशा च्यापीएमा वा नशा सम्बन्धि रोग भएमा
4. हर्मोन को गडबडी ले गर्दा
हर्मोन को गडबडीले Erectile Dysfunction कसरी हुन्छ?
सम्भोग को बेला लिङ्ग कडा हुनलाई Testosterone नामको हर्मोन जरूरी पर्दछ I
Testosterone हर्मोन अण्डकोष (testes) बाट निस्कन्छ I Testosterone को कमि भएमा Erectile dysfunction हुन्छ I
Testosterone को कमीले अरु के के लक्षण हुन सक्छन ?
1. लिङ्ग वा अण्डकोष सानो हुने
2. जुँगा दाह्री नआउने वा थोरै आउने
3. कमजोरी धेरै लाग्ने
4. स्तन बढ्दै जाने
Erectile Dysfunction को उपचार हुन सक्छ ?
अवश्य I यदि हर्मोनको गडबडी को कारण भएमा बाहिर बाट हर्मोन दिएमा ठिक हुन्छ I अरु कारण जस्तै Psychological वा सुगर का कारण भएमा केहि राम्रा औसधि हरु जस्तै Viagra ले यो समस्या ठिक हुन्छ I Psychological counseling पनि निकै जरुरत छ I
यौन सन्तुष्टिको माध्यमको रुपमा रहेको हस्तमैथुन केवल यौनिक रुपमा मात्र लाभदायी छैन यो विभिन्न खालका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको पनि अचूक समाधान हो । पछिल्लो अनुसन्धानले हस्तमैथुन खुट्टा हल्लिरहने रोगीका लागि निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ ।
खुट्टा हल्लिरहने रोग अर्थात् रेस्टलेस लेग सिन्ड्रोम आरएलएस भएका मानिसहरुका लागि नियमित हस्तमैथुनले निकै फाइदा पूर्याउने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । आरएलएस एउटा निकै समस्याग्रस्त नशारोग हो, जसका कारण मानिसले खुट्टा स्थिर गराउन सक्दैन र हल्लिरहन्छ । अमेरिका र युरोपमा समेत १० प्रतिशत जति मानिस यो समस्याबाट पीडित छन् ।
यो समस्याबाट पीडितहरुले खुट्टाको तल्लो भागमा चिलाएजस्तो, टोकेजस्तो तथा बिझाएजस्तो अनुभुति गर्छन् जसका कारण उनीहरुले जतिबेला पनि खुट्टा हल्लाइरहन्छन् । यो समस्या डोपामाइन हर्मोनको गडबडीका कारण देखा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।
यद्यपि औषधिको प्रयोगद्धारा शरीरमा डोपामाइन हर्मोनको सन्तुलन कायम राखेर यो समस्याको न्यूनिकरण गर्न सकिन्छ, तर वैज्ञानिकहरुले औषधिको प्रयोग नगरीकनै हस्तमैथुनको माध्यमबाट समेत खुट्टा हल्लिने स्वास्थ्य समस्याको निदान गर्न सकिने तथ्य पत्ता लगाएका छन् ।
ब्राजिलको साओ पाओलो विश्विद्यालयका अनुसन्धानकर्ताहरुले हस्तमैथुन वा सेक्स खुट्टा हल्लिने नशा रोगको प्राकृतिक उपचार भएको पुष्टी गरेका हुन् । यस्तो समस्या भएको एक ४१ वर्षे पुरुषमा अनुसन्धान गरी उनीहरुले यसको पुष्टी गरे । सेक्स वा हस्तमैथुनमा चरमआनन्दका बेला सरीरबाट डोपामाइन हर्मोन निस्कने भएकाले यसले सरीरमा उक्त हर्मोनको सन्तुलन कायम राख्ने र खुट्टा हल्लिने समस्या समाधान गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । चरम आनन्दका बेला सरीरमा ठूलो परिमाणमा डोपामाइन हर्मोन उत्सर्जन हुने गर्छ ।
खुट्टा हल्लिने समस्याका कारण रातमा निदाउन नसेर पीडित बनेकाहरुका लागि रात्रिकालीन सम्भोग वा हस्तमैथुन निकै राम्रो प्राकृतिक उपचार बन्ने दाबी विज्ञहरुको छ ।
तपाईलाई थाहा भएकै कुरा हो कि तौल घटाउनका लागि नियमित व्यायाम र खानपानमा उचित ध्यान दिनुपर्छ । तर नयाँ अध्ययनले यो पनि देखाएको छ कि केही रमाइला उपायहरु अपनाउनाले पनि तौल घटाउन सकिन्छ । हामीले त्यसलाई विश्वास नगर्न पनि सक्छौं । तर आफ्नो नियमित व्यायामका साथ यी केही प्रमाणित उपायहरु पनि अपनाउनुस् जसले तपाईलाई अझ चाँडो तौल घटाउन सहयोग पुग्छ ।
♥ चक्लेट खानुस
क्यालिफोर्नियाको विश्वविद्यालयका वैज्ञानिकहरुले लगभग १ हजार जना मानिसहरुमा गरेको अध्ययनले दैनिक रुपमा चक्लेट खाने व्यक्तिहरु कहिलेकाही मात्र चक्लेट खाने भन्दा तुलनात्मक रुपमा पातलो रहेको पाइयो । जसले दैनिक चक्लेट खाँदा मोटोपन घटाउन मदत पुग्छ भन्ने बुझिन्छ ।
पपकर्नस्क्र्याटन विश्वविद्यालयको अध्ययन अनुसार पपकर्नमा फलपूmल तथा तरकारीहरुमा पाइने विभिन्न एन्टीअक्साइडहरु पाइन्छ । जसमा थोरै मात्र तेलको प्रयोग गरिन्छ भने प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।
♥ रक्सी सेवन
नयाँ अध्ययनअनुसार दैनिक दुई ग्लास रक्सी वा रेड वाइन खाने महिलाहरु रक्सी सेवन नगर्नेहरु भन्दा ३० प्रतिशत कम तौल भएको पाइयो ।
♥खानाको सुगन्ध लिनुस
एक अध्ययनले देखाए अनुसार खानाको सुघेँर खाँदाखेरीे पनि खानामा रुचि कम हुन्छ । त्यसैले जब तपाइ खाना खान थाल्नुहुन्छ तब खानाको गन्ध लिनुस् जसले तपाईंलाई थोरै खान मदत पुग्छ ।
♥कफिको दाना सेवन
स्क्र्याटन विश्वविद्यालयको अनुसार कफिको दानाको सेवनले पनि तौल कम गर्न मदत गर्छ । जसले पेटमा चिल्लो र ग्लुकोजको मात्रालाई सन्चीत गर्नबाट रोक्छ । त्यसको स्वाद तितो हुनाले चक्लेटसँग एक वा दुई दानाको सेवन लाभदायक हुन्छ ।
♥पानीको बोतल साथमा लिनुस
स्क्र्याटन विश्वविद्यालयको अध्ययनअनुसार हातलाई ठण्डा राख्दाखेरी तपाई लामो समय सम्म व्यायाम वा काम गर्न मदत पुग्छ । जसले तपाईलाई तौल घटाउनको लागि सहयोग पुग्छ । त्यसैले काम गर्दाखेरी सम्भव भएसम्म पानीको बोतल हातमा लिनुस ।
♥व्यायामबाट आराम लिनुस
विशेषज्ञहरुका अनुसार नियमित व्यायाले तपाईको शरीरलाई थकान वा पिडा हुन जान्छ । त्यसको लागि नियमित व्यायामबाट हप्तामा एक वा दुइ दिनको आराम लिनाले तपाईमा पुनर्ताजगी आउँछ । र पुन नियमित काममा फर्किनका लागि स्पूmर्ति प्राप्त हुन्छ ।
♥एक पिस चिज कम खानुस
अनुसन्धानकर्ताहरुका अनुसार तपाईले हरेक दिन तौल कम गर्नका लागि १० क्यालोरी खाना कटौती गर्नुभयो भने पनि मोटोपनलाई नियन्त्रणमा राख्न मदत पुग्छ ।
♥साथीसँग व्यायाम गर्नुस
ब्राउन विश्वविद्यालयका अनुसार एक्लै शारिरीक व्यायाम गर्ने व्यक्ति भन्दा समूहमा व्यायाम गर्ने व्यक्तिले धेरै तौल घटाएको पाइयो । त्यतिमात्र होइन, सामुहिक व्यायामको आयोजना गर्ने व्यक्तिले समूहमा सबैभन्दा बढी तौल घटाएको पाइयो ।
-एजेन्सीको सहयोगमा
हरेक मानिसको लागि सेक्स अनिवार्य आवश्यकता नै हो । यो प्रकृतिले दिएको यस्तो चिज हो केही अपवाद बाहेक हरेक व्यक्ति चाहेर वा नचाहेर पनि यसको आकर्षणमा पर्न जान्छ । अझ सर्च इन्जिन गुगलले सन् २०११ मा सेक्ससम्बन्धि सामाग्री खोजी गर्ने देशहरुको सुचि तयार पार्दा नेपाल दशौं नम्बरमा थियो ।
त्यसबाट नेपालीहरुको सेक्ससम्बन्धि परम्परागत धारणाहरु बदलिदै गएको र अझ भनौं नेपालीमा सेक्सुअल प्रवृत्ति बढीरहेको देखाउँछ । सेक्स गर्नु पक्कै पनि नराम्रो होइन तर हरेक सेक्स वा यौनसम्पर्क सुरक्षित हुन भने एकदमै जरुरी रहेको छ । सुरक्षित सम्पर्क गर्दाखेरी मानिसलाई शारिरीक एवम मानसिक रुपमा फाइदा पनि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । ती केही फाइदाहरु यहाँ दिइएको छ ।
सेक्स गर्दा हुने फाइदाहरु
Ø सम्भोगले तपाईंलाई प्रशन्न बनाउछ ।
स्टेट युनिभर्सिटि अफ न्युयोर्क र युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अध्ययनमा विर्यमा मानिसहरुको मनोदशा उत्तेजित गराउने रसायनहरु समेत पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यो पनि देखाएको छ कि, जुन महिलाहरु सँधै कन्डमको प्रयोग गर्छन वा जो सेक्सबाट टाढै रहन्छन् उनीहरुमा भन्दा यौनमा सक्रिय महिलाहरु जसले कहिले पनि कन्डमको प्रयोग गर्दैनन् उनीहरुमा तनावपूर्ण लक्षणहरु निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
Ø सम्भोगले तपाईलाई रुघा लाग्नबाट बचाउँछ ।
विल्क्स युनिभर्सिटीका वैज्ञानीकहरुले विद्यार्थीहरुमा गरेको एक अध्ययनअनुसार विद्यार्थीहरु जो हप्तामा एक वा दुइपटक यौनसम्पर्क गर्छन उनीहरुमा इम्युनोग्लोबुलिन ए वा आइजिए को मात्रा अत्यधिक मात्रामा पाइयो जसले रुघा तथा अन्य संक्रमणहरुबाट बचाउँछ ।
Ø सम्भोगले प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम गराउँछ ।
अमेरिकन मेडिकल एसोसिएसनको पत्रिकामा प्रकाशित एक अध्ययनले यो बताएको छ कि, महिनामा जति बढी सम्भोग गर्छ वा विर्य निष्काशित गर्छ उति नै प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम हुन्छ ।
Ø सम्भोगले तौल कम गराउन मदत गर्छ ।
सम्भोगले खानाले उत्पादन गराउने हर्माेनहरु इन्डर्फिन र अक्सिटोसिन जस्ता आनन्द अनुभूत गराउने हर्मोनहरु उत्पादन गराउँछ । जब तपाई सम्भोग गरिरहनुभएको हुन्छ, तपाईंको मष्तिस्कले सन्तुष्टिको अनुभुति गरिरहेको हुन्छ र यसले तपाईलाई खाना खाने संकेतहरु पठाउन रोक्दछ । साथै, अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनमा भनिएको छ कि सम्भोगले ८५ देखि २५० क्यालोरी शक्ति खर्च गराउँछ ।
Ø सम्भोगले मृत्युदर घटाउँछ ।
हार्भर्ड मेडिकल स्कूलले यो पत्ता लगाएको छ कि मानिसहरु जो हप्तामा ३ वा बढी पटक यौनसम्पर्क गर्छन उनीहरुको मृत्युदरमा ५० प्रतिशतले कमी आएको छ ।
1. मोबाइलबाट निस्कने रेडियो तरंगले मानव शरीरको तन्तु अनावश्यक रूपमा तानिन्छ।
2. मोबाइल फोनद्वारा निमित चुम्बकीय क्षेत्रले मानव शरीरका कोषहरू नराम्ररी प्रभावित हुन्छन्।
3. बढी समयसम्म मोबाइलमा कुराकानी गर्नै व्यक्तिमा मोटोपन तथा टाउको दुखाइको समस्या देखापर्न थाल्छ।
4. मोबाइल फोन प्रयोगकर्ता टाउको र कान छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य मानिसभन्दा २ प्रतिशतले बढी हुन्छ।
5. मोबाइलको विकिरणले क्यान्सर निम्ताउँछ भने यसले मानिसको जिनमाथि पनि नकारात्मक असर पार्छ।
6. कमिजको बायाँ गोजीमा मोबाइल राख्नाले हृदयमाथि तरंगहरूको दुष्प्रभाव पर्न सक्छ।
7. विभिन्न अध्ययनलाई मान्ने हो भने मानिसको पाइन्टको गोजीमा मोबाइल फोन राख्नाले मानिसको प्रजनन क्षमतामा पनि असर पुग्छ।
रेडबुल, म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन् २००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो । त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी विज्ञहरुको छ ।
इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा समयसमयमा विभिन्न प्रकारका समाचार तथा हल्लाहरु सार्वजनिक नभएका होइनन् । तर, पछिल्लो समयमा अमेरिकामा यस्ता पेय पदार्थको अत्यधिक सेवनका कारण मानिसहरु विरामी हुने र ज्यानै समेत गुमाउने दर बढेपछि यस्ता ड्रिंक्स स्वास्थ्यका लागि कत्तिको हानिकारक छन् भन्ने विषयको खोजी निकै चासोको विषय बन्यो ।
आखिर इनर्जी ड्रिंक्समा के त्यस्ता हानिकारक रसायनहरु हुन्छन् ? जसले मानव स्वास्थ्यलाई हानी गर्छन् ? शोधकर्ताहरुले इनर्जी ड्रिंक्समा हुने यस्ता हानिकारक तत्वहरुको सूचि तयार पारेका छन्, त्यसमा:
क्याफिन: यो इनर्जी ड्रिंक्समा हुने सबैभन्दा प्राथमिक रसायन हो । यो तत्वको मात्रा इनर्जी ड्रिंक्सको प्रकार हेरी फरक फरक पाइन्छ । तरपनि सबैखाले इनर्जी ड्रिंक्समा यसको मात्रा मानव सरीरका लागि हानिकारक तहमै भएको पाइन्छ । क्याफिन नामक रसायन सरीरमा बढि हुँदा त्यसले ब्लड प्रेसर बढाउने, गर्भवती महिलामा समय भन्दा छिटो बच्चा जन्मिने तथा कहिलेकाहीँ व्यक्तिको तत्कालै मृत्यु हुन जस्ता समस्या निम्ताउँछ ।
गुआरना: गुआरनिन नामक रसायन पाइने यो एक दक्षिण अमेरिकी वनस्पती हो । गुआरनिन पनि क्याफिन रसायनको एक प्रकार नै हो । एक ग्राम गुआरना वनस्पतीमा ४० मिलिग्राम क्याफिन पाइन्छ । इनर्जी ड्रिंक्समा यो वनस्पतीमा पाइने गुआरनिन रसायन समेत मिसाइएको हुन्छ । यसो हुँदा इनर्जी डिं«क्समा क्याफिनको मात्रा अझै बढ्न गई झनै हानिकारक हुन्छ ।
चिनी: इनर्जी ड्रिंक्समा चिनीको मात्रा निकै उच्च हुन्छ । प्रत्येक ८ औँश इनर्जी ड्रिंक्समा २१ देखि ३४ ग्रामसम्म चिनी पाइन्छ । यसमा पाइने चिनी ग्लुकोज, सुक्रोज तथा फ्रुक्टोज लगायतका रुपमा पाइन्छ । तिनवटा इनर्जी ड्रिंक्सका क्यान पिउनेले १८० मिलिग्राम चिनी खाएको हुन्छ जुन मान्छेको दैनिक सन्तुलित मात्रा भन्दा ६ गुणा बढि हो । त्यसैले इनर्जी ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले यसको सेवनले मोटोपनाको समस्या, दाँतको समस्या तथा चिनीजन्य अन्य समस्याहरु समेत देखा पर्छन् ।
टाउरिन: इनर्जी ड्रिंक्समा पाइने अर्को रसायन हो टाउरिन । यो निकै महत्वपूर्ण एमिनो एसिड हो जसले मस्तिष्कको विकाश तथा सरीरमा लवण र पानीको सन्तुलनमा सहयोग पूराउँछ । यसले व्यक्तिको खेलकुद क्षमता पनि बढाउँछ । तर इनर्जी ड्रिंक्समा यो तत्वको मात्रा आवश्यकता भन्दा बढि हुन्छ । यो तत्व आवश्यकता भन्दा बढि हुँदा खास के असर पर्छ भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको भएपनि सरीरमा आवश्यकता भन्दा बढि प्रोटिनजन्य पदार्थ थुप्रिँदा त्यसले अवश्यपनि हानी पूराउँछ नै ।
गिन्सेंग: यो तत्वले सरीरमा व्यक्तिको खेलकुद क्षमता बढाउने, रोग प्रतिरोधी क्षमताको विकाशमा सहयोग पूराउने तथा व्यक्तिको मानसिक स्वास्थ्यमा पनि सहयोग गर्ने बताइन्छ । तरपनि यसको वैज्ञानिक पुष्टि विश्वसनीय रुपमा हुन सकेको छैन । उल्टै यो तत्वका विभिन्न खाले नकारात्मक असर पनि छन् । यसको मात्रा बढि भयो भने टाउको दुख्ने, उच्च तनाव तथा अनिद्रा जस्ता असरहरु देखिन्छन् । इनर्जी ड्रिंक्समा पाइने यो तत्व सर्जरी गराइरहेका वा केही निश्चित औषधिको सेवन गरिरहेका व्यक्तिहरुको लागि निकै हानिकारक मानिएको छ ।
भिटामिन बी लगायतका अन्य तत्व
भिटामिन बी सरीरका लागि निकै फाइदाजनक तथा अनिवार्य भिटामिन हो । यसले मानिसलाई मुटुसम्बन्धि रोग तथा क्यान्सर लगायतबाट बचाउन सहयोग गर्छ । तर इनर्जी डिं«क्सहरुमा भिटामिन बी को मात्रा निकै कम मात्रामा वा नाम मात्रैको हुन्छ । त्यसैले इनर्जी ड्रिंक्सहरुले आफुमा भिटामिन बी पाइने भन्दै गर्ने प्रचार निरर्थक रहेको र इनर्जी डिं«क्सहरुमा पाइने निकै न्यून मात्राको भिटामिन बीले सरीरमा कुनै प्रभाव पार्न अपर्याप्त हुने विज्ञहरु बताउँछन् ।
इनर्जी ड्रिंक्सहरुमा अरु विभिन्न नामका रसायन पनि हुन्छन् जसको कुनै फाइदा थाहा छैन र सम्भावित जोखिमको बारेमा पनि अध्ययन भएको छैन । विज्ञहरुका अनुसार कार्निटिन, योहिम्ब तथा बिटर अरेन्ज जस्ता तत्वहरुले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान आवश्यक छ ।
इनर्जी ड्रिंक्सको नियमित सेवनले मानव स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक असर बढि पूराउने निष्कर्ष विज्ञहरुले निकालेपनि यसमा अझै वैज्ञानिक र गहन शोध आवश्यक रहेको बताउँछन् । त्यसैले आफ्ना किशोरकिशोरी सन्तानको इनर्जी ड्रिंक्स बढि पिउने बानी नियन्त्रण गर्न अभिभावक चनाखो हुनुपर्ने सुझाव उनीहरुको छ । इनर्जी ड्रिंक्स प्रचार गरिएजस्तो शक्तिबर्धक पेय होइनन्, उल्टै यिनीहरुमा दीर्घकालमा सरीरको शक्ति वा स्वास्थ्य क्षय गर्छन् । विज्ञहरुका अनुसार इनर्जी ड्रिंक्समा रक्सी मिसाएर खानु अझै हानिकारक हो ।
महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाको लम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेको पत्ता लगाएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।
यदि सरीर सुगठिलो तथा तन्दुरस्त र स्वस्थ बनाउन भन्दै जिमखाना वा अरु कुनै व्यायामशाला जान थाल्नुभएको छ भने पख्नुहोस् । तन्दुरस्ती तथा स्वास्थ्यका लागि जिमखानाको कडा व्यायाम भन्दा दिनहुँ हिडडुल गर्नु निकै फाइदाजनक हुन्छ ।
वैज्ञानिकहरुले यो प्रमाणित गरेका छन् की लामो दूरीको हिँडाइ कडा व्यायाम भन्दा फाइदाजनक तथा प्रभावकारी हुन्छ । दिनहुँ सामान्य हिँडडुल गर्ने र हल्का परिश्रम गर्ने मानिसको रगतमा इन्सुलिनको मात्रा सन्तुलित हुनुका साथै रगतमा बोसोको परिमाण पनि नियन्त्रित हुने विज्ञहरुको भनाइ छ । यसले मानिसलाई
मधुमेह तथा मोटोपनाको खतराबाट जोगाउँछ ।
नेदरल्याण्डका शोधकर्ताहरुले १९ देखि २४ वर्ष उमेर समूहका युवायुवतीमागरेको अध्ययनले यस्तो देखाएको हो । त्यसक्रममा उनीहरुले १८ जना युवायुवतीलाई ३ समूहमा विभाजन गरे । ती मध्ये एक समूहकालाई १४ घण्टासम्म कुनै व्यायम विनै राखियो । दोश्रो समूहकालाई १३ घण्टासम्म आराम दिएर १ घण्टा निकै कडा व्यायाम गराइयो भने अर्को समूहकालाई ६ घण्टा आराम, ४ घण्टाहिँडडुल तथा २ घण्टा उभिन लगाइयो ।
निश्चित समयपछि ती तिनवटै समूहका युवायुवतीको रगत परीक्षण गरियो । त्यसक्रममा तेश्रो समूहका युवायुवतीको रगतमा अरु दुइ समूहकोमा भन्दा कोलेस्टेरोल र लिपिडको मात्रामा निकै सुधार आएको पाइयो ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर हान्स सेभेलबर्ग भन्छन्, दिनमा एक घण्टा कडा व्यायाम गर्दैमा त्यसले सरीरलाई फाइदा गर्दैन यदि अरु बाँकी समयमा निस्कृय बसियो भने । तर यदि नियमित तथा आरामदायी हल्का हिँडडुल गरेर दिनैभरी सक्रिय बन्ने हो भने त्यो कडा व्यायाम भन्दा स्वास्थ्यको लागि बढि प्रभावकारी हुन्छ ।
सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्:
१. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध मिलाएर घोल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि पानीले धुनुहोस् । दिनहुँ यसो गर्नाले अनुहारको कालो दाग र धब्बा हट्नुका साथै छालामा चमक तथा गोरोपनामा वृद्धि हुन्छ ।
२. पपया पल्प प्याकः अनुहारमा चमक बढाउन यो निकै उपयोगी पदार्थ बन्नेछ । मेवाका गेडा निकालेर पिँधेर लेदो बनाउनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि धुनुहोस् । दिनहुँ यसो गर्दा अनुहारमा चमक बढ्छ ।
३. पपया हनी प्याकः जाडोमा अनुहारको छालाको हेरचाहका लागि यो सामाग्री निकै उपयोगी हुन्छ । मेवालाई पिँधेर लेदो बनाउने, त्यसमा एक चम्चा मह र एउटा अण्डाको सेतो भाग मिलाएर लेदो बनाउने । त्यो मिश्रण अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने अनि सफा पानीले पखाल्ने । यसो गर्दा जाडोमा अनुहारको छालाको सुन्दरता बिगि्रन पाउँदैन ।
मेवाबाट बनाइने यस्ता प्रकारका घरेलु सौन्दर्यका साधनको महत्व आफ्नै ठाउँमा छ । मेवाको नियमित सेवन समेत स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । मेवामा भिटामिन ए लगायतका विभिन्न पौष्टिक पदार्थ प्रचूर मात्रामा पाइन्छ । मेवामा पानीको मात्रा पनि उच्च हुन्छ जुन छालाको सौन्दर्यका लागि समेत निकै महत्वपूर्ण हुन्छ । तसर्थ मेवाका सौन्दर्य सामाग्रीका साथै नियमित सेवन समेत सुन्दरता बढाउन उपयोगी हुन्छ ।
जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँछ। यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको हुन्छ। त्यसकारण कतिपय अवस्थामा त के गर्ने भन्ने अन्योल नै उत्पन्न हुन्छ। जाडो महिनामा केही कुरामा ध्यान दिने हो भने अप्ठ्यारो परिस्थितिबाट बच्न सकिन्छ।
बाहिर निस्कनुअघि कान छोप्नुपर्छ
स्वास्थ्यको हिसाबले पनि कान छोप्नु आवश्यक छ। हाम्रो काँधभन्दा माथिल्लो भागको रक्त संचारको गति तुलनात्मक रूपमा तीव्र हुन्छ। टाउकोमा हिट रेडियट हुन्छ। त्यसैले घर बाहिर निस्कनुभन्दा पहिले टाउको छोप्नुपर्छ। यसले गर्दा तातोपन बाहिर निस्कन पाउँदैन भने बाहिरी चिसो पनि टाउकोमा पुग्न पाउँदैन। राम्रोसँग छोपेपछि कानको माध्यमबाट चिसो हावा नाक, घाँटी तथा मस्तिष्कसम्म पुगेर नोक्सान पुर्याउन पाउँदैन।
हाइपरटेन्सन, डिप्रेसन र हाई ब्लडप्रेसरको समस्या
चिसो मौसममा हाम्रो अन्तस्रावी ग्रन्थिबाट यस्तो हार्मोन निस्कन्छ जसले शरीरको तनाव स्तर र ब्लडप्रेसर बढाउँछ। त्यसैले जाडो मौसमको खानपानमा नुन र घिउ कम प्रयोग गर्नुपर्छ। एक्लै बस्नुको साटो बढी समय समूहमा बिताउनुपर्छ। यसले गर्दा डिप्रेसन तथा हाइपरटेन्सनजस्ता समस्याबाट बच्न सहयोग पुग्छ। हाई ब्लडप्रेसरका रोगीले नियमित रूपमा औषधि प्रयोग गर्नुपर्छ।
अर्थराइटिसको पीडा
चिसोले शरीरका मांसपेशीहरू कडा हुन्छन्। फलस्वरूप हातखुट्टामा पीडा हुन्छ। अर्थराइटिसका रोगीलाई यो समयमा बढी अप्ठ्यारो हुन्छ। उनीहरूले बिहान तथा राति घरबाट बाहिर निस्कँदा मोजा तथा पन्जा लगाउनुपर्छ। नुहाउँदा सधैं तातोपानी प्रयोग गर्नुपर्छ। राति सुत्नुभन्दा पहिले मनतातो पानीमा खुट्टा डुबाउनुपर्छ। दिनहुँ केही समय घाममा बस्नुपर्छ। यसले शरीरमा भिटामिन डी उपलब्ध गराउँछ।
दमका रोगीका लागि
जाडोको सुरुवात तथा अन्त्यमा दमको समस्या बढी देखिन्छ किनभने यो मौसममा फूलको यस्तो परागकण हावामा उड्छ जसले गर्दा दमका रोगीहरूमा एलर्जी बढ्छ। त्यसका अतिरिक्त जाडोमा पूरै वातावरण धूलोका कण तथा गाडीको धूवाँले प्रदूषित हुन्छ जसलाई स्लग भनिन्छ। यस्तो वातावरण दमका रोगीका लागि नोक्सानदायक हुन्छ। अतः यो मौसममा घरभित्रको कार्पेट र पर्दाको सफाइमा विशेष ध्यान पुर्याउनुपर्छ। दमका रोगीले राती घरका सबै भmयाल-ढोका बन्द गर्नु हुँदैन। घरबाट बाहिर निस्कदा इन्हेलर साथमा राख्नुपर्छ।
रुम हिटर धेरै समय चलाउनु हुँदैन
हिटर तथा ब्लोहरले वातावरणमा रहेको अक्सिजन तथा चिसोपन सोस्ने हुँदा कोठामा सास लिन गार्हो हुन्छ। यस्तो स्थितिमा खोकी लाग्छ र टाउको दुख्ने समस्या उत्पन्न हुन्छ। त्यसैले कोठामा लगातार रुम हिटर चलाउनु हुँदैन। हिटर तथा ब्लोअर चलाउँदा भाँडामा पानी भरेर राख्नुपर्छ। यसले वातावरणको नरमपन कम हुन दिँदैन।
रुघाखोकीबाट बच्न
यो मौसममा कतिपय मानिस रुघाखोकीको समस्या नआओस् भनेर फल खाँदैनन्। फल खाएर कहिल्यै घाँटी खराब हुँदैन। जाडो मौसममा सुन्तला, जुनार, अमलाजस्ता मौसमी फल प्रयोग गर्नुपर्छ जसमा पर्याप्त मात्रमा भिटामिन सी हुन्छ। यो मौसममा सुन्तला र अमला नियमित प्रयोग गर्दा रुघाको समस्या हुँदैन।
सुप पिउँदा
सुप पिउँदा रुघा हट्छ भन्ने कुरा पूर्णरूपमा सही होइन। रुघा कम गर्न सुप सहयोगी हुँदैन। यसका लागि औषधि सेवन गर्नुपर्छ। चिसो मौसम छ भने तातो सुप पिउँदा तातोपनले रुघाग्रस्त व्यक्तिलाई केही राहत प्रदान गर्छ। चिसोका कारण पानी कम पिउनेहरूका लागि भने सुप राम्रो विकल्प हो।
शरीर तात्नेे वस्तु खानुपर्छ
प्रकृतिको व्यवस्था यति दुरुस्त छ कि हरेक मौसममा शरीरको आवश्यकताअनुरूप फलफुल प्राप्त हुन्छ। जाडो मौसममा जाडोको बचाउका लागि हिट प्रोटेक्सन आवश्यक छ। त्यसैले यो मौसममा बदाम, तिल, मेथी, गुड, जुनेलो आदि शरीरलाई ताप दिने वस्तुहरू खानुपर्छ। यस्ता वस्तुले शरीरमा पर्याप्त ऊर्जा दिन्छन्।
जाडो मौसममा भोक लाग्छ
यो मौसममा चिसोबाट बच्न शरीरमा बढी ऊर्जा बन्छ। त्यसैले मानिसलाई अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ। यो मौसममा स्वाभाविक रूपमा हाम्रो शरीरको बेसिक मेटाबोलिक रेट बढ्छ। त्यसैले यो मौसममा हामी जे खान्छौं त्यो सजिलै पच्छ। खानाप्रति हाम्रो रुचि बढ्छ। जाडोमा फल तथा तरकारी चाँडै पच्छ। भोजनप्रति हाम्रो रुचि बढ्छ। यो मौसममा पौष्टिक गुणले भरिपूर्ण अनेकौं प्रकारका फल तथा तरकारी उपलब्ध हुन्छन्। यतिबेला स्वादको विविधताको आनन्द उठाउन सकिन्छ। यो मौसममा घिउ, तेल, मख्खन, चिनी र ड्राई पु|mटजस्ता बढी क्यालोरी भएका वस्तुको सेवनमा सन्तुलन ल्याउनुपर्छ। हरिया तरकारी तथा फलफूलले रोगप्रतिरोधक प्रणाली बलियो बनाउँछन्।
नुहाउँदा शिशुलाई चिसो लाग्छ
शिशु जन्मिएको दिनदेखि नैै सफाइमा ध्यान पुर्याउनुपर्छ। शिशुलाई दिनहुँ मनतातो पानीले नुहाइदिनुपर्छ तर नुहाउनेबित्तिकै खुल्ला हावामा राख्नुहुँदैन।
शिशुलाई ऊनीका कपडा लगाइदिनुपर्छ
कतिपय मानिसले साना बालबालिकाहरूलाई चिसोबाट बचाउन एकसाथ थुप्रै ऊनीका कपडा लगाइदिन्छन् तर त्यसो गर्दा उनीहरूको स्वास्थ्य स्थिति बिग्रन्छ। धेरै कपडाले उनीहरूमा पसिना निस्कन्छ र शरीर चिसो भै रुघा लाग्छ। शिशुलाई ऊनीका कपडा लगाइदिँदा उनीहरूको सहजतामा ध्यान पुर्याउनुपर्छ।
बालबालिका तथा बूढाबूढी बढी बिरामी हुन्छन्
यो धेरै हदसम्म सही हो। हरेक मौसममा भाइरस र ब्याक्टेरिया बढी सक्रिय रहन्छन्। बालबालिकाहरूको इम्युनसिस्टम पूरै विकास भएको हुँदैन। त्यसैले शरीरमा भाइरसको हमला तीव्र गतिले बढ्छ। हाम्रो शरीरभित्र एन्टिबडी र ब्याक्टेरियाको बीचमा संघर्ष हुन्छ। यो प्रक्रियाबाट रुघा लाग्न सक्छ। उनीहरूलाई सिजनल इफेक्टिभ डिजअर्डर हुन्छ। यसमा चिन्तित हुनु हुँदैन। बालबालिकाहरूको उमेरसँगै यो समस्या कम हुँदै जान्छ।
शरीरका लागि पानी अत्यावश्यक तत्व मानिन्छ । शरीरमा पर्याप्त मात्रामा भएको पानीले छालामा चमक आउनुका साथै तौलमा पनि सन्तुलन राख्छ । तर, चाहिने भन्दा बढी मात्रामा पानी पिउनु भने हानीकारक हुने तथ्य फेला परेको छ । धेरै पानी पिउनाले शरीरका अंगलाई कष्ट पुर्याई हानी पुर्याउने गर्दछ ।
१. चाहिनेभन्दा धेरै पानी पिउनाले मिर्गौलामा दबाब पर्न जान्छ जसले मिर्गौलाको रोग निम्त्याउन सक्छ ।
२. पानीको ओभरडोजका कारण मुटुमा पनि असर गर्ने तथ्य प्रस्तुत गरिएको छ । धेरै पानी पिउनु हृदयघातको कारक बन्ने सम्भावना हुन्छ ।
३. धेरै जनाको सुतेर उठेपछि खाली पेटमा पानी पिउने बानी हुन्छ । खाली पेटमा पानी पिउनाले कतिपय अवस्थामा रुघा खोकी लाग्ने संभावना हुन्छ ।
४. चाहिनेभन्दा बढी मात्रामा पानी पिउनाले हाम्रो शरीरको पाचन रसले काम गर्न छाड्छ । त्यसले गर्दा खाना पच्न निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा खाना पच्न नसकेर पखाला लाग्ने पनि हुन सक्छ ।
मानिसको सामाजिक, राजनीतिक र पारिवारिक जीवनमा तीतो, पिरो, र्टराे अप्रिय र अरुचिकर मानिन्छ । कसैस“ग रिसारिस र झगडा हु“दा भन्ने गरिन्छ- आज फलानास“ग निकै तीतो-पिरो भयो । ठाडो र खस्रो कुरा गर्नेलाई भनिन्छ- कस्तो र्टराे स्वभावको मान्छे । स्वास्थ्य क्षेत्रमा भने तीतो, पिरो र र्टराे रस निकै लाभदायक हुन्छन् । स्वास्थ्यका नियम थाहा नहुनेले यिनलाई अलि कम महत्त्वका रस र स्वादका रूपमा मात्र बुझ्छन् । रोगको सरल प्रँकृतिक उपचार र स्वास्थ्य सन्तुलनमा यी तीन रसको महत्त्व ठीक ढङ्गले बुझेर प्रयोग गरे थुप्रै समस्याबाट मुक्त हुन सहयोग मिल्छ । खँद्य पदार्थमा पाइने ६ वटा रस आयर्ुवेदको वर्गीकरणअनुसार गुलियो, अमिलो, नुनिलो, तीतो, पिरो, र्टराे हुन् । यिनमध्ये गुलियो, अमिलो पछि अरू झन् कम खाने गरिन्छ । गुलियो, अमिलो र नुनिलो रस भने सबैका खानामा नियमित हुन्छन् ।
पिरो तर्राईतिर धेरैले प्रयोग गर्छन् । तीतो र र्टराे रस आक्कल-झुक्कल मात्र नेपालीको खानामा सामेल देखिन्छ । हामी कुनै रस चाहिनेभन्दा बढी खाने, कुनै कहिले काही“मात्र खाने र कुनै खा“दै नखाने गर्नाले शरीरको नियमित प्रक्रिया गडबड भई स्वास्थ्य असन्तुलित हुनजान्छ । शरीरलाई गुलियो रस सबभन्दा बढी चाहिन्छ । नियमित खाइने अन्न -चामल, मकै, गहु“, कोदो आदि) ले गुलियोको आपर्ूर्ति गर्छन् । त्यसबाहेक एक गिलास दूध, अलिकति फल र दर्ुइ कप चियासम्म खा“दा गुलियोको मात्रा सन्तुलितै हुन्छ । अमला, कागती, सुन्तला जातका थोरै फल, ताजा अचार या चटनीले अमिलोको मात्रा पुग्छ । खा“देको अचारले अमिलो रसको विकल्प दि“दैन र स्वास्थ्यका दृष्टिले पनि उपयोगी हु“दैन । नुन दाल, तरकारी, फल, कन्द आदिमा पाइन्छ । त्यसमाथि दैनिक दर्ुइ ग्राम नुन थपे ठिक्क हुन्छ । तर धेरैले दाल, तरकारी, अचार आदिमा राखेर या फल सलादमा समेत र्छकेर दैनिक दस-पन्ध्र ग्रँमसम्म नुन खान्छन् ।
शरीरले त्यति धेरै नुन पचाउन नसक्दा दिसा, पिसाब, पसिना, आसु, खकार, सिंगान आदिबाट बाहिर फ्याकिरहेको हुन्छ । स्वास्थ्य निम्ति नुनको यो अचाक्ली घटाउनर्ैपर्छ । पिरो रसले शरीरको ताप, रक्तचाप र विभिन्न रस स्रावक ग्रन्थीको नियमित प्रक्रियालाई सघाउ“छ । त्यस निम्ति चटनीको सामान्य रंरमाहट पर्याप्त हुन्छ । केही मानिस दाल, तरकारी, अचार र मासुलाई आ“सु र पसिना खल्काउने हदको पिरो पारेर हाउ-हाउ गर्दै खान्छन् । यो प्रँकृतिक पाचन प्रणालीलाई मार्दै, उमेर र आयुमा छिट्टै आगो सल्काउने ‘उन्नत’ विधि हो । ‘पिरोले स्वास्थ्यलाई हानि गर्छ । खर्ुसानी भान्सामा ल्याउनै हु“दैन’ भन्ने सोच प्रकृति विरोधी अतिवाद हो । आफ्नो रुचिअनुसार हरियो खर्ुसानी, अदुवा, मरिच, ल्वाङ, पिप्ला, टिमुर, लसुन आदि कुनै पिरो वस्तु रोजे हुन्छ । तीतो र र्टराे रसको महत्त्व र प्रयोगबारे राष्ट्रव्यापी चर्चा चलाउनु आवश्यक छ ।
यी दुवै रस नियमित खानामा उपेक्ष्ँित भई ओझेलमा परेका छन् । फलस्वरूप ग्यास्टि्रक, अल्सर, मधुमेह, उच्च रक्तचापजस्ता रोगले महामारीको रूप लि“दैछ । प्रदर, प्रमेह, गर्भाशय च्युति, अल्काई, रक्तविकार आदिले पनि सिंगौरी खेल्दैछन् । रसहरूको असन्तुलनबाट हुने विभिन्न रोगलाई सन्तुलन गर्नेबारे केही चर्चा गरौं । पाचन प्रणालीले गुलियो पचाउन नसक्ता मधुमेह र चिल्लो पचाउन नसक्ता उच्च रक्तचाप हुन्छ । गुलियोको प्रमुख विरोधी तीतो हो र सहायक विरोधी र्टराे । चिल्लोको प्रमुख विरोधी र्टराे, सहायक तीतो हो । तीतो र र्टराे रस नियमित प्रयोग गरेमा आमाशय, कलेजो र अग्न्याशयका पाचक रस सक्रिय हुन्छन् र गुलियोलाई पूरै पचाएर मधुमेहलाई नियन्त्रण गर्छन् । त्यसरी नै र्टराे र तीतोले धमनीमा जम्ने रक्तबसा -कोलेस्ट्रोल) लाई गलाउ“छन् । बढी नुनिलो खाएर कडा भएका धमनी र सिरालाई नरम पार्छ र उक्त रक्तचाप घट्दै जान्छ । गुलियो, अमिला र चिल्ला वस्तु राम्ररी नचपाई खानाले र खानेबेला बढी पानी पिउनाले खाएका वस्तु नपची आमाशयमा अमिलोपन बढ्दैजान्छ ।
त्यसबाट जन्मेको ग्यासले पेट ढुस्स हुन्छ, अमिलो डकार आउ“छ, रगतमा पनि अम्लपन फैलिन्छ । त्यसले पेट र छाती पोल्ने, टाउको दुख्ने, मानसिक तनाव बढ्ने, आमाशय, आन्द्रा र गर्भाशयमा घाउ हुने, मासिकस्रँव अनियमित हुने, रगतको विकारले शरीर चिलाउने, लुतो, खटिरा, दाद आदि निस्कने अनेक रोग हुन सक्छन् । तीतो र र्टराेको नियमित प्रयोगले यी सबै गडबडीमा सुधार हुन्छ । तीतोले भोक बढाउने, रगत शुद्ध गर्ने, भित्री बाहिरी घाउ निको पार्ने र तनाव घटाउने जस्ता काम गर्छ । र्टराेले आउ“, पखाला, रक्तस्राव, प्रदर, प्रमेह, अरुचि, अजर्ीण्ाजस्ता समस्या घटाउन सहयोग गर्छ । सबैखाले ज्वरो घटाउने औषधिमा प्रायः तीतो रस हुन्छ । ग्यास्टि्रक अल्सर आदिमा खाने चक्की र घोलमा र्टराे रस हुन्छ । बेसार, हर्रर्ाा शिलाजित, गोमूत्र, घोडताप्रेजस्ता वस्तुमा तीतो र र्टराे दुवै रस हुनाले तिनले ‘र्सवाैषधि’ को मान पाएका छन् ।
तीतो र र्टराेको नियमित स्रँेत जुटाउन थोरै प्रयास गर्नर्ुपर्छ । बेसार हाम्रो खानामा सामेल हुन्छ नै । मेथी, करेला, सानो बकैनो, सिप्लिगान, नीम, तितेपाती, असुरो, चिराइतो आदि तिता वस्तुलाई मसला, चटनी, तरकारी, चिया आदि विभिन्न माध्यमबाट प्रयोग गर्न सकिन्छ । त्यसैगरी सोंफ, का“चो मेवा, का“चो केरा, केराको बुंगो, निगुरो, बोहोरी, कोइरालाको फूल, कत्था, सुपारी, का“चो अम्बा आदि र्टरा वस्तुलाई पनि विभिन्न तरिकाले खान सकिन्छ । तीतो र पिरो रस थोरै मात्रामा खानर्ुपर्छ । धेरै खाए तिनले अर्काथरी समस्या जन्माउन सक्छन् । र्टराे केही मात्रामा बढी खान सकिन्छ तर अतिले खति हुन्छ । स्रोत : हिमाल खबरपत्रिका
‘फक्स समाचार’ले महिलाले पुरुषलाई दिने गरेको १० किसिमका मानसिक यातना संकलन गरेको छ । जुन यस प्रकार छन ।
१. उनीहरुले फोन उठाउँदैनन
पुरुषहरु प्रायः राम्री महिलाको फोन नम्बर पाएँ भनेर मख्ख पर्ने गर्छन् तर, महिलाहरुले भने कि उनीहरुलाई गलत नम्बर दिन्छन् कि त फोन नै उठाउँदैनन् ।
२.पुरुषलाई ‘स्वतन्त्र ड्रिङक्स’का लागि प्रयोग गर्छन्
कोही महिलाहरु आफ्नो एक पैसा पनि खर्च नगर्ने मनसाय लिएर ड्रिङक्सका लागि बार अथवा क्लब धाउनेगर्छन् । यसकालागि कोही मुर्गाको खोजीमा हुन्छन् । यसको क्रममा कोहीसंग भेट हुन्छ,एकअर्कासंग चिनापरिचय हुन्छ, ड्रिङक्स गर्छन्, छोटो प्रेमालाप गर्छन् र त्यहाँबाट भाग्छन् ।
३. पुरुषलाई ‘प्लेसहोर्ल्र्डस’को रुपमा प्रयोग गर्छन्
यदि उनी सभ्य छिन् भने, उनले त्यस्ता पार्टिमा भेटेको मानिससँग थप सर्म्पर्कमा रहन्नन् तर यदि निर्दयी छिन् भने त्यो पुरुषलाई अर्को कुनै नयाँ मुर्गा नभेटुञ्जेल साथमा राख्छिन् । यस्ता महिलाहरु न त एक्लै बस्न सक्छन् न त कुनै सम्बन्धमा न,त्यसैले अर्को पुरुष नभेटुञ्जेल उनीहरुले झुन्डाएर राख्छन् ।
४. भावनात्मक रुपमा पुरुषलाई आफ्नो वशमा गर्छन्
पुरुषहरु महिलाको आँखामा एक थोपा आँसु पनि हर्ेन सक्दैनन् जसको फाइदा कोही महिलाहरुले लिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । महिलाहरुको एक(दुइ थोपा आँसु रोक्नको लागि पुरुषहरु जे पनि गर्न तयार हुन्छन् ।
५. शारिरिक हिंसामा संलग्न हुन्छन्
यदि कुनै पुरुषले महिलालाइ हात हाल्छ भने त्यसलाई घृणास्पद मानिन्छ तर त्यहि व्यवहार महिलाले पुरुषलाई निर्धक्कसंग गर्न सक्छिन्, यो सोचेर कि पुरुषले त्यसको बदलामा उनलाई हात हाल्दैनन् । यस्तो सोच्ने महिलाले पुरुषलाई जस्तो पनि यातना दिनुहुन्छ भन्ने सोचेर जे पनि गर्छन् ।
६. र्सार्वजनिक स्थलमा आफ्नो पुरुषको आलोचना गर्छन्
क्रुर महिलाहरु आफ्नो पुरुषको र्सार्वजनिक स्थलमा आलोचना गर्छन् र जिस्काउन समेत पछि पर्दैनन् ।
७ .आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन्
आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा नगर्ने भन्दा ठूलो कष्टप्रद के हुन सक्ला पुरुषहरुका लागि – थुप्रै पुरुषसंग मस्किने र पहिलेको सम्बन्धको बारेमा नभन्ने महिलाहरु धेरै हुन्छन् ।
८. उनीहरुले सेक्सलाई रोकेर राख्छन्
यस्तो व्यवहार उनीहरुले धेरै पटक गर्छन् । कुनै पुरुषको लागि सेक्स सास फेरेको जत्तिकै आवश्यक हुन्छ । यस्तो कुरा जानेर नै महिलाहरुले पुरुषलाई सजाएँ दिनका लागि रोक्ने गर्छन् जुन प्रभावशाली त हुन्छ तर भयंकर हुन्छ ।
९ . आफ्नो पुरुषको परिक्षण गर्छन्
‘यदि तिमी मलाई साँच्चै माया गर्र्छौ भने साथीसंग बनाएको प्लान रद्द गरेर मलाई भेट्न आऊ’ यदि यस्तो कुरा तपाईंको महिलाले भन्छिन् भने सावधान रहनुस् उहाँले तपाईंलाइ परिक्षण गर्न खोज्दै हुनुहुन्छ । साथीसँग बनाएको प्लानको बारेमा थाहा हुँदाहुँदै पनि उहाँले त्यसो भन्नुहुन्छ र भेट्न जानु हुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ । यस्ता परिक्षण सम्बन्धमा क्रुर हुन्छ ।
१० . तपाईंमार् इष्या जगाउन अरुसंग प्रेमालाप रच्छन्
यो अपरिपक्कताको संज्ञा हो जतिबेला तपाईंकी महिलाले तपाईंसँग झगडा परेको बेलामार् इष्या जगाउन अरु केटासंग नजिकिन खोज्छिन् मात्र उनी तपाईंको त्यो छटपटी हेर्नमा सन्तुष्टि प्राप्त गर्न । महिलाको यस्ता व्यवहारले पुरुषलाई नराम्रोसंग आघात पारेको हुन्छ ।
अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा, संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । ‘स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,’ जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, ‘पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।’
स्वस्थ यौनसम्बन्धबारेे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् । यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । ‘यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो,’ उनी भन्छन्, ‘यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।’
उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् । ‘यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?’ उनी भन्छन्, ‘तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।’ उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ ‘पार्टनर’ फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो । यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा ‘आक्सिटोसिन’ हार्मोनको मात्रा बढाउँछ ।
यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई ‘लभ हार्मोन’ समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ । स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् । स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ ‘इम्युनोग्लोबलिन’ वृद्घ िहुन्छ । विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने ‘इम्युनोग्लोबलिन’ रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् ।
हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ । यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ ।विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला । युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ । यौनबाट फाइदा महिलालाई पनि कम छैन । चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ ।
यसको कारण ‘पेल्भिक पmलोर’ मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो ।नियमित यौनले दुखाइ, मोटोपन, तनाव घटाउँछ रक्तचाप सामान्य राख्छ एकआपसमा विश्वास बढाउँछ राम्रो निद्रा लाग्छ आत्मसम्मान बढाउँछ संक्रमण रोकथाम गर्छ महिलामा कम्मर दुखाइ हटाउँछ पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ
सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो ।अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन ।
यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव प¥यो भने शुक्राणु उत्पादनमा ¥हास आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ ।
किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ । यसबाट बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ ।
यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पु¥याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पु¥याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो ।
परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पु¥याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य (तरल पदार्थ मात्र) सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । यसले गर्दा गर्भधारण हुन सक्दैन ।
कण्डम लगाएर सम्भोग गर्दा पर्याप्त यौन सन्तुष्टि नपाएको गुनासो धेरैले गर्छन् । यद्यपि यौन सन्तुष्टि भरपूर दिने भन्दै धेरै ब्राण्डका कण्डम नआएका होइनन् तरपनि साधन प्रयोग नगरी गरेको यौनसम्पर्क जस्तो सन्तुष्टि कहाँ हुन्थ्यो र ? तर के गर्नु यौन सन्तुष्टि नपाउदा नपाउदै पनि सुरक्षाको दृष्टिकोणले कण्डमको प्रयोग गर्न धेरै यौनजोडि बाध्य छन् ।यदि यौन सुरक्षा पनि हुने र सन्तुष्टि पनि दिने खालको कण्डम भए कति राम्रो हुन्थ्यो होला भन्ने चाहना सायद धेरैको छ । त्यहीँ चाहनालाई पूरा गर्न सन्तुष्टि र सुरक्षा दुबै प्रदान गर्ने कण्डमको विकाश गरिएको छ ।
बेलायतको एक कम्पनीले भरपूर यौन सन्तुष्टि , आनन्द तथा सुरक्षा प्रदान गर्ने कण्डमको विकाश गरेको छ । उक्त उपयोगी भियाग्रा कण्डमले यौन सन्तुष्टि प्रदान गर्ने मात्र होइन पुरुषको यौन क्षमतामा पनि वृद्धि गर्ने र लामो समयसम्म पुरुषको लिंगलाई उत्तेजित गराइराख्ने बताइएको छ । सी एस डी ५०० नाम दिइएको उक्त भियग्रा कण्डम अबको एक वर्षभित्र बजारमा ल्याइने कम्पनीले जनाएको छ ।
कण्डमभित्र यस्तो प्रकारको जेल राखिएको छ जसले लिंगका रक्तनलीहरुमा प्रभाव पारी लिंगलाई लामो समयसम्म दह्रो र उत्तेजित पार्न सघाउ पुराउँछ । साथै यो कण्डममा हुने जेलले लिंगमुण्डलाई उत्तेजित बनाएर चरमोत्कर्षमा पुग्न मद्धत गर्ने बताइएको छ ।
पृष्ठभूमि : १९ वर्षीया मुना कार्कीलाई हिजोआज एउटा समस्याले निकैसताएको छ । केही महिना
भयो उनको गालामा एउटा बिमिराजस्तो देखा पर्यो र हेर्दाहेर्दै यो अहिले चारवटा भइसकेको छ ।यसले
गर्दा हिजोआज उनलाई कलेज जान मन लाग्न छाडेको छ। बाहिरफेर निस्कादा पनि गाह्रो हुन थालेको
छ । उनलाई यसलेआफ्नो भविष्य नै बिग्रने हो कि भन्ने चिन्ताले सताउन थालेकोछ । उनी हाम्रो
सम्पर्कमा आउादा मुसा पलाएको प्रमाणित भयो ।
परिचय :
‘वाट’ अर्थात् मुसा प्रायश: सानो, खसो प्रकारको फुलकोबी जस्तैदेखिने छालाको संक्रमण हो । यो भाइरस
अर्थात् विषाणुकोसंक्रमणको कारणबाट हुने गर्दछ । ह्युमन प्यापीलोमा भाइरसकोसंक्रमण नै मुख्य
कारण हो । झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् ।
प्रकारहरु :
हामीले विभिन्न प्रकारका मुसाहरु देखिने कुरा त अघि नै अवगत गराइसक्यौं । मुख्यरुपमा यो
आउने शरीरको स्थान, यसको आकारप्रकार तथा आक्रमण गर्ने भाइरसका आधारमा निम्नबमोजिम
विभाजन गर्न सकिन्छ ।
१. भेरुका भलग्यारिस अर्थात् साधारण मुसा जुन साधारण तथा हात तथा खुट्टामा देखिने गर्दछन् ।
२. भेरुका प्लाना अर्थात् फ्ल्यात वाट– साना, चौडा खालको मासु कलरको हुन्छ । साधारण तथा धेरै
संख्यामा आउने यस प्रकारकामुसा अनुहार, घााटी, हत्केला, घुाडा आदिमा देखिन्छन् ।
३. फिलिफर्म वा डिजिटेट वाट– धागोजस्तो, त्यान्द्रा जस्तोदेखि यिनीहरु मुख्यरुपमा आाखी भौं, ओठ
आदिमा देखिन्छन् ।
४. कोन्डाइलोमा एक्युमिनेटा अर्थात् जनेन्द्रिय मुसा हाम्रो यौनाङ्गा देखिनेगर्दछ ।
५. पेरिअङगल मुसा हाम्रो नङको वरिपरि आउने फुलकोपी झैं देखिने मुसा हो ।
६. प्लान्तर मुसा हाम्रो खुट्टाको पैतालामा आउने गर्दछ । यो कडा प्रकारकोदुखाई भएको धेरै संख्यामा
आउने मुसा हो ।
हामी यस लेखमा आज साधारण प्रकारका मुसाको बारेमा मात्र कुरा गर्दछौं ।
कारण र प्रक्रिया :
ह्युमन प्यापिलोमा भाइरसले हाम्रो शरीरको छालाको इपिडर्मिसको माथिल्लोसतहलाई असर गर्दछ ।
तथापि शरीरको भित्री भागमा भने यो भाइरस छिर्दैन। झण्डै १०० भन्दा बढी प्रकारका भाइरस रहेकोमा
भाइरस २ र ४ ले साधारणमुसा निम्त्याउने गर्दछ ।
रोगको अवस्था :
संसारभर करीब ७ देखि १२ प्रतिशत जनसंख्यामा यो रोग देखिएको छ । मुख्यरुपमा स्कुले विद्यार्थी,
मासुसम्बन्धी काम गर्नेहरु रशरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु यसको शिकार भएको पाइन्छ ।
यो रोगको खासै कुनै हानी पुर्याउने खालका लक्षण तथाअसरहरु हुादैनन् । तर सुन्दरतालाई भने असर
पुर्याउन सक्दछन् । पुरुष र महिला दुवैलाई बराबररुपमा यो रोगले आक्रमण गर्दछ ।
लक्षण तथा चिह्हरु :
कुनै व्यक्ति विशेषमा आएको छ भने त्यही व्यक्तिको शरीरको अरु अंगमा सर्ने सम्भावना एकदम
धेरै हुन्छ । जसलाईअटोइनोकुलेशन भनिन्छ । साधारण प्रकारका मुसाहरुको साइज १ मिमिभन्दा
कमदेखि लिएर १ सेमीभन्दा बढी पनि हुन सक्दछन् ।जुन मुख्यत: हातमा तथा घुाडामा देखिन्छन् ।
परीक्षण :
प्रायश: परीक्षणबाट भन्दा पनि हेरेर यो रोग पत्ता लगाउने गरिन्छ । सार्दन ब्लट हाइब्रिडाइजेशन
भन्ने उच्चस्तरीय परीक्षण गरेरहामी भाइरसको प्रकारसमेत पत्ता लगाउन सक्दछौं । मुसामा हेर्ने
हो भने स–साना काला थोप्लाहरु देखिने गर्दछन् । जुन रगतकास–साना नसाहरु बन्द भएका कारण
बाट हुन्छन् । यदि शंका लागेका हानीले यसको मासुको टुक्राको जााच गर्नुपर्दछ ।
उपचार पद्धति :
मुसाको उपचारको लागि हिजोआज धेरै प्रकारका उपचार पद्धति पाइन्छन् । यदि कुनै असर छैन भने
हामीले यसलाई त्यसै छोड्नुउपयुक्त हुन्छ, किनकि करीब ६५ प्रतिशत मुसा आएको २ वर्षभित्रमा
आपैंm ठिक हुन्छन् । स्यालिसाइलिक एसिडको प्रयोग हामीघरमै गर्न सक्दछौं । जसबाट ७० देखि
८० प्रतिशत रोग नीको पार्न सक्दछौं । टाइक्लोरो एसिडिक एसिडहरुको प्रयोग पनि गरिन्छ ।
सिमेटिडिन, रेटिनोइड्स जस्ता औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ । कायोसर्जरी, लेजरजस्ता
उपचार पद्धति पनि प्रयोग गरिन्छन्।
इलेक्ट्रोकट्री प्रविधि :
हिजोआज व्यापक प्रयोगमा आएको पाइन्छ । यस प्रविधिमा बिजुलीको माध्यमबाट सो मुसालाई
हराइन्छ । यो साधारण रुपमा गर्नसकिने सजिलो तथा भरपर्दाे उपचार पद्धति पनि हो ।
रोकथामका उपायहरु :
आफ्नो नङ टोक्ने बानीबाट मुक्त हुनु पर्दछ । नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश
गर्न सक्दछन् । सरसफाई गर्दाविशेष ध्यान दिनुपर्दछ । मुसा भएको ठाउामा ब्रस गर्ने तथा सेभ गर्ने
गर्नु हुादैन । मुसा छोइसकेपछि आफ्नो हात उपयुक्त तरिकालेधुनु पर्दछ । यदि शरीरको कुनै भागमा
मुसा छ र त्यहाा तौलियाले आफ्नै शरीरको अरु भागमा प्रयोग गर्दा सर्ने सम्भावना रहन्छभने
अरुलाई नसर्ने भन्नै सकिन्न । हाम्रो समाजमा मुसालाई काट्ने खुर्किने गरिन्छ । यो एकदम नै
खराब तरिका हो । किनकिकाट्दा त्यहाा रहेका भाइरस अरु ठाउामा सजिलै सर्न सक्दछन् । अर्काे
कुरा काट्दा संक्रमण हुने तथा रगत धेरै जाने पनि हुनसक्दछ मुसा आएको ठाउामा सधै सुख्खा राख्ने
बानी गर्नु पर्दछ ।
सारांश :
तपाई हाम्रो वरपर र आपैंmलाई पनि मुसाले सताएको देख्छौं । भाकल गर्ने लगायतका कुराहरु आफ्नो
ठाउामा होलान् तर मुख्य कुराधेरै मुसाहरु करीब २ वर्षभित्रमा आफैं हराएर जान्छन् । तसर्थ यदि मुसामा
अस्वाभाविक परिवर्तन देखिएमा धेरै रगत बग्न थालेमाअत्याधिक संख्यामा बढ्दै गएमा स्वास्थ्यकर्मी
को सहयोग लिनै पर्ने हुन्छ ।
source:डाक्टर साथी – नेपाल मेडिकल भोलिन्टियर सोसाइटी
शारीरिक सम्बन्धको चरम सुख प्राप्त गर्ने आदर्श समय के हो र यो कतिबेरसम्म चल्छ ? यस विषयलाई लिएर हालै ब्रिटेनमा सर्वेक्षण गरिएको थियो । शनिवार राति ११ बजेभन्दा पहिले गरिएको २३ मिनेटसम्मको सम्भोगले चरम आनन्द प्राप्त गरिएको थियो ।
समाचारपत्र सनको अनुसार सर्वेक्षणमा बढीभन्दा बढी व्यक्तिहरूले आफ्नो सहयात्रीसँग शारीरिक सम्बन्ध हप्ताको अन्त्यमा एकपटक (विकेन्ड)मा बनाउन मन पराएका थिए । यतिमात्र होइन सर्वेक्षणमा सहभागी आधाभन्दा बढी व्यक्तिका अनुसार हप्तामा एकपटक आफ्नो सहयात्रीसँग शारीरिक सम्बन्ध बनाउन चाहन्छन् ।
अनलाइन फार्मेसी यूकेमेडिक्स डट कमले गरेको सर्वेक्षणमा २ हजार व्यक्ति सहभागी थिए । सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत व्यक्तिले राति १० देखि ११ बजेसम्म शारीरिक सम्बन्ध राख्ने समय चुनेका थिए भने ६ प्रतिशतले मात्र बिहान ७ देखि ८ बजेको समय चुनेका थिए । सर्वेक्षणमा औसत ब्रिटिश चरम सुख प्राप्त गर्नुभन्दा पहिले पार्टनरसँग फोरप्ले गर्न मन पराउँछन् जबकि ७८ प्रतिशतले सेक्सको लागि बेडरूम सबैभन्दा राम्रो स्थान चुनेका थिए ।
महिलाहरूको पाठेघरमा अस्वाभाविक तरिकाले जीवकोषहरू बढ्नुको मूल कारण एचपीभी नामक सूक्ष्म जीवाणु हो । एचपीभी सूक्ष्म जीवाणु सयौं किसिमका हुन्छन् । यी जीवाणुको उपचार अहिलेसम्म उपलब्ध छैन तर यसबाट हुन सक्ने संक्रमणको उपचार हुन सक्छ । सामान्यतः किशोरावस्थामा यी सूक्ष्म जीवाणुहरू उच्च दरमा रहन्छन् र यौन सम्पर्कबाट ती जीवाणुको संक्रमणमा वृद्धि हुन्छ । यौन सम्पर्कबाट महिला र पुरुषमा यी जीवाणुहरू एक-अर्कामा सर्छन् र यसलाई सामान्य रूपमा लिन सकिन्छ ।
संसारमा ७८ प्रतिशत महिलालाई कुनै पनि समयमा यी जीवाणुले संक्रमण गर्ने अनुमान गरिएको छ । एक-अर्काको छालाको सम्पर्कबाट सर्ने भएकाले कन्डमको प्रयोगबाट पनि यी सूक्ष्म जीवाणु सर्नबाट सुरक्षित रहँदैनन् । एचपीभीबाट पाठेघरमा हुने संक्रमणको कुनै खास लक्षण देखिँदैन र सामान्य महिलाहरूले आफूमा एचपीभी संक्रमण भएको थाहै पाउँदैनन् । कतिपय अवस्थामा अधिकांश महिलामा हुने यी जीवाणुहरूको संक्रमण १-२ वर्षभित्र आफै साम्य भएर जान्छ भने ३-१० प्रतिशत महिलामा यी जीवाणुले पाठेघरका जीवाणुहरूमा प्रभाव पार्न सक्छन् र संक्रमण आफै साम्य नभै संक्रमित रूपमा रहन सक्छ । यी जीवाणुहरूले पाठेघरका जीवकोषहरूमा प्रभाव जमाई अस्वाभाविक परिवर्तन ल्याउन सक्छन् । त्यसैले समयमै उपचार नगरे क्यान्सरमा परिणत हुन सक्छ ।
एचपीभी प्रभावबाट पाठेघरको जीवकोषमा अस्वाभाविक परिवर्तन (वृद्धि) को सुरुवात भएर क्यान्सरसम्मको यात्राका लागि १० वर्षभन्दा बढी लाग्न सक्छ । यसलाई क्यान्सरको पूर्वावस्थाको घाउ अर्थात् सीएन २-३ को नामबाट जानिन्छ र उक्त पूर्व क्यान्सरको अवस्थाको उपचार नभए क्यान्सरमा परिणत हुन सक्छ ।
खोपले के गर्छ ?
हालसम्म संसारका दुईवटा कम्पनीले क्यान्सरविरुद्ध लड्न सक्ने क्षमता भएका मर्कले, गर्दासिल तथा ग्यासोल सर्भारिक्स खोप उत्पादन गरेका छन् । अहिले धेरैजसो गर्दासिल खोप प्रयोग गरिन्छ ।
गर्दासिल खोपबाट ६-११-१६ तथा १८ का एचपीभी सूक्ष्म जीवाणुबाट उत्पन्न हुने संक्रमणबाट सुरक्षा हुन्छ । पाठेघरको ७० प्रतिशत क्यान्सर एचपीभी १६ र १८ को संक्रमणबाट भएको अनुमान गरिएको छ । एक शोधअनुसार यो संक्रमण ८० प्रतिशतभन्दा बढी छ । यसमा गर्दासिलको खोपबाट पूर्ण सुरक्षित रहने अध्ययनबाट प्रमाणित भएको छ । एचपीभी र १६ र १८ बाट हुने पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षित रहन र अन्य एचपीभी स्टेनबाट हुन सक्ने संक्रमणबाट पनि सुरक्षित रहन खोप लगाए पनि यौन जीवनपछि नियमित रूपमा पाठेघरको परीक्षण गर्नुपर्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण ३० वर्ष पुगेका महिलाहरूमा गर्ने गरिएको छ । ३० देखि ६० वर्षसम्म एचपीभीबाट हुने संक्रमण आफै साम्य हुन सक्ने सम्भावना छ तर ३० वर्षपछि उक्त सम्भावना कम हुने भएकाले प्रारम्भिक परीक्षण गर्दा राम्रो हुन्छ । इंग्ल्यान्डमा २५ वर्ष पुगेपछि अनिवार्यरूपमा परीक्षण गरी महिलाहरूलाई पाठेघरको क्यान्सरबाट सुरक्षित राखिन्छ । प्रारम्भिक परीक्षणबाट एचपीभी जीवाणुबाट संक्रमण भएको रहेछ भने पनि त्यसको समयमै उपचार हुन्छ र पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षा हुन्छ ।
खोपको मात्रा
खोप छ महिनाभित्र तीन पटक गरी पूरा गर्नुपर्छ । कोर्स पूरा नभए पूर्णरूपमा सुरक्षित हुन सकिँदैन । पहिलो खोप लगाएको दुई महिनापछि दोस्रो खोप लगाउनुपर्छ र दोस्रो खोपको चार महिनापछि तेस्रो खोप लगाएपछि कोर्स पूरा हुन्छ । खोप प्रत्येक पल्ट पाखुराको मांसपेशीमा सुईमार्फत दिइन्छ ।
खोप लगाउन नहुने अवस्था
गर्भवती महिलाहरूले खोप लगाउनु हुँदैन तर शिशु जन्मिएपछि लगाउन सकिन्छ । बाक्लो ढुसीका अतिरिक्त खोपको उत्पादनमा प्रयोग गरिएका अल्मुनियम, सोडियम आदि अन्य पदार्थहरूबाट एलर्जी हुनेहरूले पनि खोप लगाउनु हुँदैन । पहिलो खोप लगाउँदा एलर्जी भए पछिका खोप पनि लगाउनु हुँदैन ।
खोपबाट हुने सामान्य असर
खोप लगाएको ठाउँको छाला रातो हुने, दुख्ने, सामान्य ज्वरो आउने र सुन्निने हुन सक्छ । यसका लागि पारासिटामोल सेवन गर्ने तथा भिजेको चिसो सफा कपडाले खोप लगाएको ठाउँमा सेक्ने । त्यति गर्दा पनि ठीक नभए चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
यौन जीवनमा प्रवेश गरेका महिलाहरूले पनि यो खोप लगाउन हुन्छ ?
खोप लगाउनु पहिले यौन जीवनमा प्रवेश गरिसकेका महिलाहरूले पनि खोप लगाउन सक्छन् तर खोप लगाउनुपूर्व नै एचपीभी १६ र १८ का जीवाणुहरू सरेर संक्रमण भैसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन, त्यसकारण यौन क्रियामा लाग्नुपूर्व खोप लिन सिफारिस गरिएको छ ।
कसले खोप लगाउनु उपयुक्त हुन्छ ?
यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए राम्रो हुन्छ । १२ देखि १४ वर्षसम्मका स्कुले छात्राहरू यसका लक्षित समूह हुन् । माथिका कुराहरूलाई ध्यानमा राखी केही वर्ष बढी र घटी उमेरका महिलाहरूले खोप लगाउन सक्छन् तर ८ वर्षभन्दा कम उमेरका र २६ वर्षभन्दा बढीका महिलाहरूले खोप लगाउन उपयुक्त हुँदैन ।
गर्भाशय परीक्षण किन ?पाठेघरको मुखको क्यान्सर के हो ?
पाठेघर गर्भाशयको मुखका कोषिकाहरू असामान्य परिवर्तन भै त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ ।
रोकथामका उपायहरू
क) क्यान्सर कारकतत्वहरू अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै शिशु नजन्माउने ।
ख) लामो समयसम्म परिवार नियोजनका साधनहरू प्रयोग नगर्ने ।
ग) समय-समयमा पाठेघरको परीक्षण गराउने ।
निदानका सरल उपायहरू
गर्भाशय स्राव परीक्षण (उबउ smभबच तभकत) गर्भाशयबाट स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहेको वा नरहेको थाहा पाउने एउटा सरल परीक्षण हो ।
यो परीक्षण कस्ता महिलाहरूले गर्ने ?
३५ देखि ६० वर्षका विवाहित महिलाहरूले वर्षमा एकपटक परीक्षण गराउनुपर्छ ।
परीक्षण गराउनुअघि ध्यान दिनुपर्ने कुराहरू
क) महिनावारी भएको ५-७ दिन वा रगत देखापरेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन ।
ख) कुनै औषधि वा डुस प्रयोग गरिएको हुनु हुँदैन ।
ग) पानी तथा साबुनले योनिभित्र सफा गरिएको अवस्थामा परीक्षण गर्नु हुँदैन ।
नियमित पाठेघरको परीक्षणबाट हुने फाइदाहरू
क) पाठेघरमा क्यान्सर छ-छैन पत्ता लगाई समयमै निदान गर्ने ।
ख) पाठेघरमा कुनै संक्रमण हुन थालेको भए सामान्य उपचारबाट निको
पार्न सकिन्छ ।
प्रा.डा.अचला वैद्य
प्रसूति तथा स्त्रीरोग विभाग, नर्भिक अस्पताल
Source: eKantipur
मुटु सम्बन्धि रोग विश्वमा मानिसको ज्यानै लिने सबैभन्दा घातक रोग हो । मुटु सम्बन्धि प्राणघातक समस्या मध्ये हृदयाघात मुख्य मानिन्छ । हृदयाघात कुनैपनि उमेरका मानिसलाई हुनसक्छ । तर उमेर जति छिप्पिँदै गयो यसको जोखिम उति नै बढि हुन्छ ।
धेरै मानिसहरुको हृदयाघात भएपछि अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भैसकेको हुन्छ, किनकी उनीहरुले हप्ता वा महिना दिन अगाडिबाट देखिएका विभिन्न खतराका लक्षणलाई ध्यान दिएका हुँदैनन् वा त्यस्ता लक्षण पहिचान गर्न सक्दैनन् । यदि हृदयाघातका प्रारम्भिक लक्षणको बारेमा जानकारी पाउनेहो भने हृदयाघात नहुँदै मुटुरोगको उपचार गरी जिवन रक्षा गर्न सम्भव हुन्छ । आज हामीले हृदयाघात हुने लक्षण के के हुन् ? र कसरी बँच्ने भन्नेबारेमा केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।
के हो हृदयाघात ?
मुटुसम्म रगत पूराउने एक वा बढि धमनीमा बोसो जम्नु वा अरु कुनै कारणले रक्त प्रवाह अवरुद्ध हुन्छ । रक्तप्रवाह रोकिएपछि मुटुका मांशपेशीमा अक्सिजनको कमी हुन्छ । त्यसपछि मुटुका मांशपेशीले आफ्नो नियमित खुम्चिने र फैलिने काम गर्न सक्दैनन्, त्यो नै हृदयाघात हो ।
हृदयाघातका लक्षण
• छातिकको बीचमा वा बायाँतर्फ दुख्नु । यस्तो दुखाइ अचानक वा पटक पटक हुने ।
• गर्धन, कम्मर, काँध तथा बंगारामा समेत दुखाइ महसुस हुनु ।
• छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु ।
• छातिमा जलन महसुस हुनु ।
• असामान्य थकान महसुस हुनु ।
• बढि पसिना आउनु, बान्ता हुनु ।
• मुटुको गति तिब्र हुनु र सास फेर्न समेत गाह्रो हुनु ।
• लगातार केही महिनादेखि छातिमा दुखाइको महसुस हुनु पनि हर्ट अट्याकको लक्षण हो ।
हृदयाघातबाट बच्न के गर्ने ?
• तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् ।
• नुन कम खानुहोस् ।
• आफ्नो वजन सन्तुलित राख्नुहोस् ।
• हरेक दिन नियमित रुपमा कम्तिमा आधा घण्टा हिडडुल गर्नुहोस् ।
• योगा तथा व्यायाम नियमित गर्नुहोस् ।
• भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।
हर्ट अट्याकको खतरा कम गर्न यी खानेकुरा नियमित खानुहोस् :
१.प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
२.गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले विभिन्न खाले मुटु रोगको जोखिम घटाउँछ ।
३.लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
४.गाजर : गाजरको रस पिउनु, सलादको रुपमा खानु वा अचार तथा तरकारी जे खाए पनि यो मुटुको लागि निके लाभदायक हुन्छ ।
सरीरमा पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् । त्यसैले सरीर स्वस्थ राख्न पर्याप्त पानी पिउनुपर्ने हुन्छ । शुद्ध पानी पिउनु सरीरमा पानीको आपूर्ति सन्तुलित गराउने मुख्य उपाय हो । यसका साथै केही त्यस्ता फलफूल तथा तरकारीका परिकारहरु छन् जसले सरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छन् । एक पन्थ दो काज भनेझैँ यस्ता खानेकुराको सेवनले सरीरमा अन्य पोषक तत्वको आपूर्ति सँगै पानीको पनि आपूर्ति हुन्छ । सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न छन् ः
गोलभेँडाः
गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।
गाजर:
गाजरमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने समस्या रहँदैन ।
मूला:
मूलामा अत्यधिक पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।
काँक्रो:
काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।
आरु:
यो फलमा भिटामिन ए, सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ । यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।
सुन्तला:
सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।
भुइँकटहर:
यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ । खरभुजा, तरभुजा: यो गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि पाइन्छ ।
स्ट्रबेरी:
यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।
महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले बताउाँछ । भारतले ‘महात्मा’ र राष्ट्रपिताजस्ता उपाधि दिएका मोहनदास करमचन्द गान्धी आप्mनो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, उनको छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धीः न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू : गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो । सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो । यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशøयामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित सेक्स गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए । ००० गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोड्दै कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा । धेरै मानिस भन्छन् कि गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । गान्धी जब दक्षिण अफ्रिका पुगे, कैयौं शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक दर्जन महिलासित गान्धीको शारीरिक सम्बन्ध कायम भयो । उनीहरूमध्ये ६ जना पाश्चात्य जीवनशैली भएका थिए । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ । सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्टा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने । सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’ आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते । ३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो ः जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अंगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन । महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ गान्धी आफूलाई सबैको आमा बताउँथे । आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’ गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले नेचुरोप्याथीको काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग
सफल भएको जिकिर गरेका छन् ।
गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’ ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो । गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्रायः उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउ“थे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो । ००० कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे । गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा सक्रिय रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए । गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो । मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थिए । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’ ००० आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी आकर्षक महिलाको आवश्यकता महसुस गर्थे गान्धी ।
भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौ“, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी दुवै एउटै ओछ्यानमा नांगै सुत्न थालौ“ ।’ स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए । मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आभासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिए“, तर परिणाम हासिल भएको थिएन ।’ ००० गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थालेका थिए । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो । गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउ“छ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे । गान्धीले उनले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए । आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन । एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई नग्न मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर आफूलाई केही फरक नपर्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको । त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहि“ मद्दत माग्न चिच्याएकी होलिन् । निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् । ००० गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी ।) सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो । सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै स्वप्नदोष भएन । साभार : नयाँ पत्रिका
सामान्य तनाव सबै व्यक्तिलाई हुन्छ । खासगरी कामको चाप तथा घटना परिघटना र जिवनशैलीका कारण तनाव उत्पन्न भइरहन्छ । तनाव व्यवस्थापन योग्य हुनुपर्छ ।
तनाव सन्तुलित हुनुपर्छ र यो अधिक तनावको स्तरमा अर्थात् नियन्त्रण गर्न नसकिने स्तरमा पुग्यो भने त्यसले मानिसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थामा नकारात्मक असर पूराउँछ । तनावबाट पुरुषमा उत्पन्न हुने केही जटिलता निम्न छन् : तनावयुक्त पुरुषमा अनुहारको आकर्षण घट्छ । खासगरी तनावका बेला पुरषको सरीरमा टेष्टेस्टेरोन हर्मोन अर्थात् सेक्स हर्मोनको उत्पादन कम हुने भएकाले पुरुष कम यौनाकर्षक बन्दछ । युवाहरुका लागि अनाकर्षक बन्नु अवश्यपनि चिन्ताको विषय हो र यसले झनै तनाव थपिदिन्छ । तनावका कारण पुरुषहरुमा मुटुसम्बन्धि विभिन्न रोगको जोखिम बढ्छ । अधिक तनाव तथा चिन्ताका कारण पुरुषमा यौन उत्तेजनामा गडबडीको समस्या पनि उत्पन्न हुने खतरा हुन्छ । लामो समयसम्म तनाव झेलिरहने पुरुषहरुको शुक्रकिटमा पनि असर पर्छ । पिताको शुक्रकिटको जिनमा पर्ने असरले भावी बच्चामा समेत प्रभाव पार्ने विज्ञहरुको भनाई छ । साथै तनावका कारण पुरुषहरुमा शुक्रकिटको संख्यामा पनि कमी आउने बताइन्छ । तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।
वैवाहिक जीवनमा आनन्द र त्यस दाम्पत्य जीवनलाई बलियो बनाउने रतीक्रियाको बारेमा बाइबलले भन्दछ, हेर्नुहोस्: हितोपदेश ५:१८,१९ र १ कोरन्थी ७:२-५?
परमेश्वरले मानिसको आनन्दको लागि दिनुभएको धेरै बरदानहरूमा यौनक्रिडा पनि एक हुन्। बालबालिका जन्माउन, आनन्द मनाउन, नजिक हुन र पवित्र वैवाहिक गठवन्धनमा नर र नारीलाई एक सुत्रमा वाँधी राख्न परमेश्वरकै योजना मुताविक यौनक्रिडा दिनुभएको हो (उत्पत्ति १:२७, २८, १ कोरन्थी ७:२)। जब परमेश्वरको उद्देष्य बिपरित यौनलाई परिचालन गर्दछन् भने त्यो पाप हुन्छ। यसले प्रायजसो भयानक परिणाम ल्याउँदछन् (१ कोरन्थी ६:१८,१९)। यौन दुराचारले मानव परिवारमा कस्तो भयानक परिणाम ल्याउँछन् भन्ने कुरा केवल परमेश्वरलाई मात्र थाहा छ।
सम्भोग गर्ने चाहना मानिसमा भएको अत्यन्त बलियो चाहना हो र यसले कतिपय समय यसको दुरव्यवहार गर्न सजिलो हुनसक्छ। जब मानिसको दिमागमा यौनको भावनाले नाच्न थाल्यो भने त्यसबाट निस्कन सजिलो हुँदैन किनभने उसको दिमागलाई त्यहि भावनाले नियन्त्रण गरेको हुन्छ। जब एक फेर अनियन्त्रित हुन्छ त यसलाई फेरि नियन्त्रणमा ल्याउने धेरै गार्हो हुन्छ। फेरि जत्ति यसले मानिसलाई नियन्त्रण गर्यो त्यत्ति बढि यसको चँगुलमा मानिस पर्न चाहन्छ किनभने यो बिना त्यो मानिस संतुष्ट हुँदैन।
बेश्यावृती र परपुरुष तथा परस्त्रीगमनले मानिसलाई अशुद्ध यौनक्रिडामा धकेल्छन् र यो पनि अम्मल नै हुनसक्छ (हितोपदेश ५:३-१४, ९:१३-१८ पढ्नुहोस्।)। आजभोली व्यक्तिगत रूपमै संसर्ग नगरी अर्कै किसिमले पनि यौन कुलतमा मानिस लाग्न सक्छन्।जस्तै: अश्लिल पत्रिका, फिलिम र साईबर सेक्स अर्थात् कम्प्युटर इन्टरनेट हेरेर शारीरिक अभिलाषा तार्ने। इन्टरनेट अश्लिल चित्रले मानिसको जीवनमा तहस नहस पारिरहेकाछन्। अलिकती माउसलाई क्लिक गर्दा अश्वस्थ, अश्लिल र अशोभनिय यौनक्रिडा हाम्रा घर र काम गर्ने कार्यालयहरूमा आक्रमण गर्नसक्छन्। यो अम्मल जस्तै हुनसक्छ, नभै नहुने चाहना, बैवाहिक र पारिवारिक सम्वन्धलाई नाश पार्न यसले प्रमूख भूमिका खेल्न सक्दछ। यौन इच्छा पूरा गर्नेको नाउँमा परपुरुष र परस्त्रीगमन गर्नाले संसारमा कति हानी पुर्याइरहेको छ। त्यसको लेखाजोखा गर्न अमम्भव नै छ।
यौन अशूद्धता सुरू गर्न सजिलो छ। जो मानिस यसको धरापमा परेको छ त्यसमा नपर्न नै बुद्धिमता हुन्छ। जब पवित्र बैवाहिक सम्वन्धभन्दा बाहिर कामबासनाको प्रलोभनको सामना गर्नुपर्यो भने हामीले पनि युशूफको निति अपनाउनु जरूरी छ भनेर सम्झनु पर्दछ। हेर्नुहोस्: उत्पत्ति ३९:७-१२।
जो कोहि यस यौनको अम्मलका धरापमा लागेका मानिसहरू स्वतन्त्र हुन चाहन्छ भने उसलाई पूर्ण क्षमा दिन र त्यसबाट मुक्त गर्न परमेश्वर राजी हुनुहुन्छ। उहाँमा समर्पित हुनु नितान्त आवश्यक छ (याकूब ४:७)। तर यो अम्मल अत्यन्त जबर पनि हुनसक्छ, यसको लागि पेशागत मानिसहरूको सहयोगको आवश्यकता पनि हुनसक्छ। टेवा दिने समूहले परमेश्वरलाई देखाएर त्यस कुलताबाट राहत लिन खोज्नु अत्यन्त असल स्रोत हो। अनि जान्ने स्वास्थ तथा मनोवैज्ञानिककर्मीहरूको सहायताले त्यस समस्याको समाधान खोज्नु पनि उचितै हुन्छ।
कसैले परमेश्वरबाट क्षमा र सुस्वास्थ्यको निम्ति चाहना गर्छ भने तपाईँले त्यसलाई कसरी सहायता गर्नसक्नुहुन्छ? मानौँ तपाईँ पनि यसैमा संघर्ष गरिरहनुभएको छ। तपाईँ बिचलन हुनुभएन वा आशारहित हुनुभएन भने तपाईँको अन्त्य भएको छैन भनेर कसरी आशालाई पल्हाउन दिने? येशूले क्षमा दिनुहुन्छ र निको पनि पार्नुहुन्छ।
यौन सबैको चासोको विषय हो । त्यसैले यौन सँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ ।
१. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् ।
विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ ।
डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
२. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन
भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
७. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् ।
९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
१०. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।