के तपाईको शरीरमा मुसा पलाएको छ ? – डा.सुर्य पराजुली
पृष्ठभूमि : १९ वर्षीया मुना कार्कीलाई हिजोआज एउटा समस्याले निकैसताएको छ । केही महिना
भयो उनको गालामा एउटा बिमिराजस्तो देखा पर्यो र हेर्दाहेर्दै यो अहिले चारवटा भइसकेको छ ।यसले
गर्दा हिजोआज उनलाई कलेज जान मन लाग्न छाडेको छ। बाहिरफेर निस्कादा पनि गाह्रो हुन थालेको
छ । उनलाई यसलेआफ्नो भविष्य नै बिग्रने हो कि भन्ने चिन्ताले सताउन थालेकोछ । उनी हाम्रो
सम्पर्कमा आउादा मुसा पलाएको प्रमाणित भयो ।
परिचय :
‘वाट’ अर्थात् मुसा प्रायश: सानो, खसो प्रकारको फुलकोबी जस्तैदेखिने छालाको संक्रमण हो । यो भाइरस
अर्थात् विषाणुकोसंक्रमणको कारणबाट हुने गर्दछ । ह्युमन प्यापीलोमा भाइरसकोसंक्रमण नै मुख्य
कारण हो । झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् ।
प्रकारहरु :
हामीले विभिन्न प्रकारका मुसाहरु देखिने कुरा त अघि नै अवगत गराइसक्यौं । मुख्यरुपमा यो
आउने शरीरको स्थान, यसको आकारप्रकार तथा आक्रमण गर्ने भाइरसका आधारमा निम्नबमोजिम
विभाजन गर्न सकिन्छ ।
१. भेरुका भलग्यारिस अर्थात् साधारण मुसा जुन साधारण तथा हात तथा खुट्टामा देखिने गर्दछन् ।
२. भेरुका प्लाना अर्थात् फ्ल्यात वाट– साना, चौडा खालको मासु कलरको हुन्छ । साधारण तथा धेरै
संख्यामा आउने यस प्रकारकामुसा अनुहार, घााटी, हत्केला, घुाडा आदिमा देखिन्छन् ।
३. फिलिफर्म वा डिजिटेट वाट– धागोजस्तो, त्यान्द्रा जस्तोदेखि यिनीहरु मुख्यरुपमा आाखी भौं, ओठ
आदिमा देखिन्छन् ।
४. कोन्डाइलोमा एक्युमिनेटा अर्थात् जनेन्द्रिय मुसा हाम्रो यौनाङ्गा देखिनेगर्दछ ।
५. पेरिअङगल मुसा हाम्रो नङको वरिपरि आउने फुलकोपी झैं देखिने मुसा हो ।
६. प्लान्तर मुसा हाम्रो खुट्टाको पैतालामा आउने गर्दछ । यो कडा प्रकारकोदुखाई भएको धेरै संख्यामा
आउने मुसा हो ।
हामी यस लेखमा आज साधारण प्रकारका मुसाको बारेमा मात्र कुरा गर्दछौं ।
कारण र प्रक्रिया :
ह्युमन प्यापिलोमा भाइरसले हाम्रो शरीरको छालाको इपिडर्मिसको माथिल्लोसतहलाई असर गर्दछ ।
तथापि शरीरको भित्री भागमा भने यो भाइरस छिर्दैन। झण्डै १०० भन्दा बढी प्रकारका भाइरस रहेकोमा
भाइरस २ र ४ ले साधारणमुसा निम्त्याउने गर्दछ ।
रोगको अवस्था :
संसारभर करीब ७ देखि १२ प्रतिशत जनसंख्यामा यो रोग देखिएको छ । मुख्यरुपमा स्कुले विद्यार्थी,
मासुसम्बन्धी काम गर्नेहरु रशरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु यसको शिकार भएको पाइन्छ ।
यो रोगको खासै कुनै हानी पुर्याउने खालका लक्षण तथाअसरहरु हुादैनन् । तर सुन्दरतालाई भने असर
पुर्याउन सक्दछन् । पुरुष र महिला दुवैलाई बराबररुपमा यो रोगले आक्रमण गर्दछ ।
लक्षण तथा चिह्हरु :
कुनै व्यक्ति विशेषमा आएको छ भने त्यही व्यक्तिको शरीरको अरु अंगमा सर्ने सम्भावना एकदम
धेरै हुन्छ । जसलाईअटोइनोकुलेशन भनिन्छ । साधारण प्रकारका मुसाहरुको साइज १ मिमिभन्दा
कमदेखि लिएर १ सेमीभन्दा बढी पनि हुन सक्दछन् ।जुन मुख्यत: हातमा तथा घुाडामा देखिन्छन् ।
परीक्षण :
प्रायश: परीक्षणबाट भन्दा पनि हेरेर यो रोग पत्ता लगाउने गरिन्छ । सार्दन ब्लट हाइब्रिडाइजेशन
भन्ने उच्चस्तरीय परीक्षण गरेरहामी भाइरसको प्रकारसमेत पत्ता लगाउन सक्दछौं । मुसामा हेर्ने
हो भने स–साना काला थोप्लाहरु देखिने गर्दछन् । जुन रगतकास–साना नसाहरु बन्द भएका कारण
बाट हुन्छन् । यदि शंका लागेका हानीले यसको मासुको टुक्राको जााच गर्नुपर्दछ ।
उपचार पद्धति :
मुसाको उपचारको लागि हिजोआज धेरै प्रकारका उपचार पद्धति पाइन्छन् । यदि कुनै असर छैन भने
हामीले यसलाई त्यसै छोड्नुउपयुक्त हुन्छ, किनकि करीब ६५ प्रतिशत मुसा आएको २ वर्षभित्रमा
आपैंm ठिक हुन्छन् । स्यालिसाइलिक एसिडको प्रयोग हामीघरमै गर्न सक्दछौं । जसबाट ७० देखि
८० प्रतिशत रोग नीको पार्न सक्दछौं । टाइक्लोरो एसिडिक एसिडहरुको प्रयोग पनि गरिन्छ ।
सिमेटिडिन, रेटिनोइड्स जस्ता औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ । कायोसर्जरी, लेजरजस्ता
उपचार पद्धति पनि प्रयोग गरिन्छन्।
इलेक्ट्रोकट्री प्रविधि :
हिजोआज व्यापक प्रयोगमा आएको पाइन्छ । यस प्रविधिमा बिजुलीको माध्यमबाट सो मुसालाई
हराइन्छ । यो साधारण रुपमा गर्नसकिने सजिलो तथा भरपर्दाे उपचार पद्धति पनि हो ।
रोकथामका उपायहरु :
आफ्नो नङ टोक्ने बानीबाट मुक्त हुनु पर्दछ । नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश
गर्न सक्दछन् । सरसफाई गर्दाविशेष ध्यान दिनुपर्दछ । मुसा भएको ठाउामा ब्रस गर्ने तथा सेभ गर्ने
गर्नु हुादैन । मुसा छोइसकेपछि आफ्नो हात उपयुक्त तरिकालेधुनु पर्दछ । यदि शरीरको कुनै भागमा
मुसा छ र त्यहाा तौलियाले आफ्नै शरीरको अरु भागमा प्रयोग गर्दा सर्ने सम्भावना रहन्छभने
अरुलाई नसर्ने भन्नै सकिन्न । हाम्रो समाजमा मुसालाई काट्ने खुर्किने गरिन्छ । यो एकदम नै
खराब तरिका हो । किनकिकाट्दा त्यहाा रहेका भाइरस अरु ठाउामा सजिलै सर्न सक्दछन् । अर्काे
कुरा काट्दा संक्रमण हुने तथा रगत धेरै जाने पनि हुनसक्दछ मुसा आएको ठाउामा सधै सुख्खा राख्ने
बानी गर्नु पर्दछ ।
सारांश :
तपाई हाम्रो वरपर र आपैंmलाई पनि मुसाले सताएको देख्छौं । भाकल गर्ने लगायतका कुराहरु आफ्नो
ठाउामा होलान् तर मुख्य कुराधेरै मुसाहरु करीब २ वर्षभित्रमा आफैं हराएर जान्छन् । तसर्थ यदि मुसामा
अस्वाभाविक परिवर्तन देखिएमा धेरै रगत बग्न थालेमाअत्याधिक संख्यामा बढ्दै गएमा स्वास्थ्यकर्मी
को सहयोग लिनै पर्ने हुन्छ ।
source:डाक्टर साथी – नेपाल मेडिकल भोलिन्टियर सोसाइटी
0 comments
Write Down Your Responses