अनिद्राको समस्या
राति निन्द्रा नपर्ने चाँडै आँखा खुल्ने, शरीर भारी हुने, काम गर्न मन नलाग्ने हाई-हाई आउने, यस किसिमको समस्यालाई अनिद्राको रोग हो भनेर भनिन्छ । यसप्रकार निन्द्रा नलाग्नुलाई – मेडिकल भाषामा अर्थात् सुत्दा निन्द्रा नपर्नु भनिन्छ । भोक प्यासजस्तै मानिसलाई निन्द्रा नभई नहुने कुरा हो । दिनभरिको शारीरिक थकान, मानसिक चिन्ता, तनाव महसुस गर्ने हुँदा आरामको पनि हामीलाई उत्तिकै जरुरी छ ।
प्राकृतिक रूपले निदाएर शरीरले, मानसिक एवं शारीरिक आराम प्राप्त गर्दछ । निन्द्राकै अवस्थामा शरीरका कोशिका, तन्तुहरूको पुनः स्थापना र विकास हुन्छ । राम्रोसँग निन्द्रा लागेमा थकाइ मेटिने हुँदा भोलिपल्ट बिहान फुर्तीको अनुभव हुनुको साथै काम गर्न उत्साह बढेर आउँछ । निन्द्राले मानिसलाई, तरोताजा, स्वस्थ्य, स्फूर्तिको साथै जाँगिरिलो बनाउनमा महत्त्वपूर्ण भूमिका हुन्छ । आधुनिक समाजमा मानिसले व्यापार-व्यवसायतिर विशेष समय दिएर राति सुत्ने समयलाई छोट्याउने गरेका छन् । यसले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । भोक लाग्नेबित्तिकै खाना जति जरुरी छ त्यति नै निन्द्रा लाग्नेबित्तिकै सुत्नु पनि उत्तिकै जरुरी छ । निन्द्रा हाम्रो शरीरका लागि एक महाऔषधि हो । हाम्रो जीवनमा निन्द्रा न हुने हो भने जीवन अस्त व्यस्त र तनावपूर्ण हुन्थ्यो ।
ईश्वरले दिनरात बनाएका छन्- दिउँसो काम गर्नलाई तथा रात सुत्नलाई हो । मानिसको आधुनिक जीवनशैलीले निन्द्रा गुमाउँदै गइरहेको छ । आफूलाई व्यस्त राख्ने बहानामा राति ३-४ घन्टा मात्र सुत्ने गर्छन् । यसले गर्दा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । निन्द्राको सम्बन्ध सोझै मानिसको मनस्थितिसँग जोडिएको हुन्छ ।
मन विचारहरूको भीडले भरिएको छ भने निदाउन मुस्किल पर्छ । दुःख, सुख, विस्मय बढी उत्तेजना भएको अवस्थामा पनि निन्द्रा लाग्दैन ।कारणहरूः बढी बूढाबूढीहरूमा बढी देखिन्छ । मुख्यतः मानसिक समस्याहरूको कारणबाट धेरै मानिसहरू अनिन्द्राको रोगबाट ग्रसित हुने गर्छन् । चिन्ता, तनाव, अत्यधिक खुसी, अनावश्यक सोचाइ, उच्च महत्त्वाकांक्षा तथा विभिन्न मानसिक समस्याका कारणबाट अनिद्राका रोगीहरूले जिन्दगीभरि आनन्दमय आरामको जीवन बिताउन पाएका हुँदैनन् ।
यस्तै शारीरिक समस्याका कारणहरूले गर्दा पनि निद्रा लाग्दैन । जस्तै टाउको दुखेमा, पेटको घाउ, खुट्टा दुख्ने, हाई ब्लड प्रेसर, मुटुसम्बन्धी रोग, -नर्भस) स्नायु प्रणालीसम्बन्धी कुनै रोग, शरीरका विभिन्न ग्रन्थीहरूको रोग र यी ग्रन्थीबाट निस्कने ‘रस’ हार्मोनको सन्तुलन बिगि्रएमा पनि निन्द्रा लाग्दैन । यसै प्रकार दिन चर्यामा गडबडी हुनु, सुत्ने समयको कुनै टुङ्गो नहुनु, कुनै प्रतियोगिता र परीक्षाको समय नजिक आउनु आदि कुराहरू पनि निन्द्रा नलाग्नुका कारण हुन सक्छ । डर त्रास, भय, असुरक्षा, ध्वनि प्रदूषण आदि कारणबाट पनि निन्द्रा नपर्ने हुन्छ ।
अनिद्राबाट हुने शारीरिक एवं मानसिक समस्याहरू अनिद्राले मानिसको स्वास्थ्यमा पार्ने प्रभावको विषयमा वैज्ञानिकहरूले अहिले पनि अध्ययन गर्दै छन् ।
निन्द्राको कमी भएमा मस्तिष्कको क्षमतामा ह्रास आउँछ- यस्तै अपुग सुताइबाट हुन सक्ने मुख्य स्वास्थ्य समस्यामा क्यान्सर, मुटुको रोग, मोटोपन, चिनी रोग, बाँझोपन, निराशा, मानसिक तनाव आदि समस्या -रोग) हरू पार्ने निद्राको कमीबाट देखिन सक्छन् ।
सल्लाह र उपचार
अनिद्राको उपचारको कदम चाल्नुभन्दा अघि यसको कारण पता लगाउनु जरुरी हुन्छ । शारीरिक रोगहरूको कारण जस्तै टाउको दुख्नु पेटमा अल्सर -घाउ) हुनु, क्यान्सर, शरीरमा अत्यधिक पीडा हुनु, आदि भएमा यसको औषधोपचार गराउनुपर्छ । सामान्यतया निद्रा लगाउन पर्याप्त मात्रामा व्यायाम गर्ने, कडा रंग हालेको चिया-कफी नपिउने, चिन्ता, तनाव छोडेर सधैं साकारात्मक सोच राख्ने । सुत्ने समय निर्धारित गरी नियमित रूपमा सुत्ने बिहान सबेरै उठ्ने गर्नुपर्छ । बिहान सबेरै घुम्ने, योगासनको ज्ञान लिई निन्द्राका लागि भनी दिएका आसनको अभ्यास गर्ने ।खान-पिन अनिद्राका रोगीले हल्का सु-पाच्य भोजन गर्नुपर्छ । काँचो प्याज, सलाद, दूध, दही, मही समावेश भएको सन्तुलित भोजनले पनि अनिद्राको समस्याबाट केही हदसम्म फाइदा हुन्छ ।
कतिपय मानिसले निद्रा नलाग्दा, आफूखुसी चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्छन् । यसो गर्नु राम्रो होइन । यसले स्वास्थ्यमा विभिन्न किसिमको हानि पुर्याउँछ । कसै गर्दा पनि निद्रा लागेन भने निकित्सक परामर्श गरी औषधिको प्रयोग गर्नुपर्छ । अनिद्रा रोगमा प्रयोग हुने केही होमियो प्याथिक औषधिहरू निम्नलिखित छन् । जसको प्रयोग योग्य तथा अनुभवी चिकित्सकको सल्लाहअनुसार गरेमा अत्यन्त लाभदायक हुनेछ ।
औषधिहरू
कपिया क्रडा, इग्नेसिया, कालिफोस, सल्फर सेसिफ्लोर ।उपरोक्त औषधिहरूको कुनै साइड इफेक्ट हुँदैन । यी औषधिहरूको प्रयोगले प्रकृति रूपमै स्वाभाविक निन्द्रा लाग्छ ।
source:-yubasandesh
0 comments
Write Down Your Responses