निगाहामा भर्देको पानी पिउदै कहिले सम्म बाच्ने ?-गोपाल सिवा
२०५८ सालको जनगणना अनुसार राज्यको कुल जन्सन्ख्या को १३% दलितमध्ये तराईमा दलितको हिस्सा ३५ प्रतिशत छ भने डुम समुदाय को हिस्सा १ प्रतिसत छ । गत बर्ष सिराहा लालपुरका दुर्गी मल्लिकको परिवारले घरनजिक इनार भए पनि कथित ठुला जातीले पानी नभर्दिए पछि , पानी तान्न नदिए पछि पाँच वर्ष देखि दहको पानी पिउँदै आएको खबर सुनियो ।सोही ठाउँमा केही बर्ष अघि यस्तै समस्या भोग्दै आएका सोही लालपुर ४ का धनेशर मल्लिकले उनको आफ्नै आँगनमा भएको इनारमा पानी भर्दा इनार छोएको निहुँमा गाउँलेले पाता कसेर कुटपिट गरी जरिबाना समेत गराइ अब उप्रान्त इनार नछुने कवुलनामा गराएको खबर पनि सुनिएको थियो ।यो बर्ष साझा सवाल मार्फत दिपक मलिक्क लाई सोही घटना दोहोरियो ।
दुर्गी मल्लिक देखि दिपक मल्लिक सम्मको पुस्ताले ‘माथिल्लो’ जातकाले खुशी भएर निगाहामा भरिदिएको पानी पिउदै जीउँदै आउनु परेको पीडा दोहोरिदै तेहरिदै सुनिदै छ ।मुलुकमा जुनसुकै व्यवस्था आए पनि दलित समुदायमा अति पिछडिएका मल्लिक समुदायले पिउने पानी भर्न समेत पाउदैन भने यी मल्लिकले समाजमा आत्मसम्मानपूर्वक घुलमिल हुने स्थिति कहिले बन्छ ? कस्ले बनाउछ ? कुन ब्यब्स्थामा बन्छ ? नेपालको संविधान, प्रचालित कानुन र अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकार समान हुन पाउने र आत्मसम्मान पाउने हकबाट वञ्चित यी मल्लिक्को पीडा र समस्या कसले सुनिदिनछ ?
यदि कोही छौ सुन्ने भन्ने समयमै जातीय उत्पीडन, सामाजिक भेद्भभाव भोगिरहेका गरिबी र भूमिहीन डोम , मुसहर सहित सम्पूर्ण दलितहरुलाई राज्यको मूलधारमा नल्याए सम्म सामाजिक रुपान्तरण हुन सक्दैन भनेर बुझ्न ढिला नगरौ । अन्यथा यहि १ % समुदायमा लागेको विभेदको उत्पीडनको आगो सल्किएर १३ % हुँदै समग्र मुलुकमा भोलि सामाजिक रुपान्तरणको क्रान्ति नहोला भन्न सकिन ।
©गोपाल सिवा
0 comments
Write Down Your Responses