यो युगको चुनौतीलाई स्वीकार गरौ - गोपाल सिवा
बर्षौ अघि अमेरिकी निबन्धकार राल्फ वाल्डो इमर्सनले साथी बनाउने एक मात्र तरिका आफै साथी हुनु हो भनेको सुनेको थिए। म साथी बन्दा र बनाउदा पत्रमित्रता सुरु गर्दा चिठीपत्रको चलन निकै थियो । जुन बेला पत्रमित्रताको समय थियो, त्यस बेला सञ्चारका अन्य पर्याप्त साधनहरू उपलब्ध थिएनन् । आफ्ना भावना तथा अन्य कुराहरू बाँडचुँड गर्न साथी बनाउने र सञ्चारका अन्य साधनको विकास भई नसकेकाले खबर आदान प्रदान गर्न हुलाककै भर पर्नुपथ्र्यो । काठमाडौंमा भर्खर–भर्खर मोबाईल भित्रिएको समय थियो तर मोबाईल भित्रिए पनि शहरमा बाँच्नका लागि संघर्ष गर्दै आइरहेको म ठिटोको त्यति खेर पहुच थिएँन । अहिले सामाजिक सञ्जालहरूमा साथी बनाए झैँ पत्रको माध्यमबाटै नचिनेका साथीहरूलाई पनि पत्र पठाएर मैले ति दिनहरुमा धेरै मित्र बनाए। सबैसँग चिनिने मौका त मिलेन तर पत्रमित्रताबाट साथी बनेका केहिलाई भने भेट्ने मौका भने मिल्यो । समग्रमा भन्नु पर्दा मेरो मायाको संसारको जग यहि पत्रमित्रताका आधार स्तम्भहरु मिलेर बनेको छ । मित्र भनेको प्रेम एव श्रद्धाले एकआपसमा बाँधिएको व्यक्ति हो भन्ने मेरो भोगाईको निचोड छ र भन्नैपर्छ पत्रमित्रताले जोडेको यो गहिरो मित्रता, दुई शरीर एक मुटु भएको छ ।
एउटा प्रगाढ आत्मीयता हुन्थ्यो उबेला । पत्रमित्र साथीको चिठी पाउनुको जुन मज्जा हुन्थ्यो, त्योभन्दा चिठी कुर्नुको हुन्थ्यो । उतिबेला चिठीमा लेखिएका कुराहरु निष्कपट र निस्वार्थ हुन्थे । रातभर जाग्राम बसेर लेखिएका ती चिठीहरुमा भेटिने हृदय अहिले फेसबुकको हाइ हेल्लोसँग पठाइने इमोजी संग तुलना गर्नै सकिन्न । यहि भएर अहिले सम्म को निचोडमा भन्नु पर्दा कुनैपनि मित्रता र माया सफल, द्रिघ्कालिन र बिस्वस्त बन्न मित्रको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दो रहेछ ।कहिल्यै नटुट्ने मित्रता भेट्टाउनु र त्यसलाई कायम राख्नु सजिलो हुदैन रैछ ।त्यति मात्र होइन हामीले एक अर्काका विषयमा जानेर मात्र नपुगने रैछ एक अर्कालाई बुझ्न पनि सक्नु पर्ने रैछ । यथार्तमा गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि , जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरुले पनि अंकमाल गरिरहेका हुन्छन् । त्यस्तै गरि असल, घनिष्ठ मित्रहरू दुर्लभ उपहार जस्तै हुदा रैछन् जसले हामीमा सकारात्मक प्रभाव पार्न सक्ने ताकत हुदो रहेछ ।वास्तविक रुपमा मनभित्रबाट विकास भएको छ भने समयको क्रममा भौतिक कुराहरूले आफ्नो मूल्य गुमाए तापनि साँचो मित्रता भने समयसँगसँगै आफु संगै हुदो रहेछ ।
तर पछिला केहि बर्षमा मानव जीवनको गतिशीलता निक्कै नै तिव्र पारिदिएको छ मित्रता बनाउने कुरामा प्रविधिले । जीवनसाथी वा प्रेमीको खोजी गर्ने क्रममा विभिन्न समयमा उपलब्ध प्रविधि र उपायहरुको प्रयोग बढेको छ । इमेल, च्याट ,इन्टरनेटको विकासले एक सेकन्डमै चाहेजस्तो सन्देश दिन सक्ने बनाइ दिएको छ । मोबाईल प्रति आम समुदायको सहजता सँगसँगै सामाजिक संजालहरु पनि च्याउ उम्रे सरि विकसित भएका छन्। जसले गर्दा एकातिर विश्वलाई सानो गाउँ जस्तै साँघुरो बनाईदिएको छ। फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालको बढ्दो प्रयोग र आधुनिक मोबाइलको जगजगीले क्षण भरमै दुवै व्यक्ति , बिपरित लिंग बीचको प्रेमको सुरुवात गराई दिएको छ भने अर्को तिर अहिले जमाना फेरिएको छ सामाजिक संजालको बढ्दो प्रयोगसंगै फोनबाट, सामाजिक संजालबाट गरिएको प्रेम सबैभन्दा बढी आजकल बदनाम भएको छ । घमण्ड, स्वार्थ, रिस, डाहले कसैको जीवनमा मित्रताको नाममा अन्धकार भित्र्याएको छ । हाम्रो आफ्नो स्वार्थको निम्ति पवित्र “प्रेम“ शब्दलाई बद्नाम बनाइएको छ । त्यहि भएर आज भोलि मित्रता , माया, प्रेमको विषयमा अधिकाँश मानिस घोत्लिरहेका हुन्छन् । सामाजिक सञ्जालमा देखावटी र बनावटी मित्रता सार्वजनिक भै रहने भएर आत्मीय हुनु अघि धेरैलाई भ्रम समेत हुन्छ । अहिले सवै भन्दा सरल र सहज तरिकाले मित्र बनाउने सामाजिक संजाल भनेको विज्ञानको हतियार हो भन्ने कुरा नै बिर्सिन्छन फलस्वरूप समयमै सहि ढंगले हतियार चलाउन नजानेर हतियारले नै प्रयोगकर्ताको चारित्रिक , नैतिक हत्या गरि दिदैछ । यधपी मित्रता समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजीव भावनाहरुको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ । त्यसैले अहिलेको सताब्दिमा इन्टरनेट, सामाजिक संजालको पहुँचबाट टाढा रहन त सम्भव छैन किनकी यो युग संचारको युग हो, सामाजिक संजालको युग हो , विश्वग्रामको युग हो र मित्रता विश्वास हो, मित्रता जीवन जीउने आधार हो अनि मित्रता एक सुन्दर रचना हो ।तर सम्बन्धलाई गाढा राख्न चै यो युगको चुनौतीलाई स्वीकार गर्दै हामि सवै इमान्दार र प्रतिबद्ध हुन् अपरिहार्य भै सक्यो ।
0 comments
Write Down Your Responses