क्यान्सरको उपचारका लागि बिरालोको दिसा

संसारमा हरेक वर्ष विभिन्न खालका क्यान्सरका लाखौँ नयाँ रोगी देखिन्छन् र समग्रमा लाखौँ मानिसले यस विकारबाट ज्यान गुमाउनु परेको छ ।  क्यान्सरको उपचारका लागि दिनरात प्रयत्न र धेरै खर्च भइरहेको छ ।  यसै क्रममा वैज्ञानिकले बिरालोको दिसामा पाइने परजीवीमाथि ध्यान केन्द्रित गरेका छन् ।  विशेष गरी बिरालोको दिसामा पाइने परजीवी टक्सोप्लाज्मा गोन्डाईको प्रयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरिएको छ ।  तातो रगत भएका कुनै पनि पशुको आन्द्रामा एक कोषिय परजीवी टक्सोप्लाज्मा गोन्डाई बस्छ तर बिरालोको आन्द्रामा यसले तुलनात्मक रूपमा अनुक । ल वातावरण पाउँछ ।  यस परजीवीबाट हामी सङ्क्रमिक हुन सक्छौँ ।  राम्रोसँग नपकाइएको खाना खाएमा, प्रद । षित मासु र पानी तथा बिरालोको दिसाको सम्पर्कमा आउँदा टक्सोप्लाज्मा गोन्डाईले हामीलाई सङ्क्रमित गर्ने खतरा रहन्छ । 
टक्सोप्लाज्मा गोन्डाईका कारण टक्सोप्लाज्मोसिस रोग लाग्छ ।  यस रोगले रुघाखोकी जस्तो लक्षण देखाउनुका साथै मांसपेशी चिलाउने र दुख्ने गर्छ ।  कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यस रोगले मस्तिष्क, आँखा वा अङ्गहरूमा क्षति पु¥याउने सम्भावना रहन्छ तर टक्सोप्लाज्मा गोन्डाईबाट सङ्क्रमति धेरै जसो मानिसले रोगको अनुभव गर्दैनन् ।  जर्मनीको हानोभरमा रहेको डर्टमाउथ कलेजअन्तर्गतको जेसल स्कुल अफ मेडिसिनका बार्बरा फक्स र डेभिड जे बेकको टोलीले टक्सोप्लाज्मा गोन्डाईमा हुने क्यान्सर विरोधी गुणको उपयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरेको छ ।  अनुसन्धान टोलीका अनुसार टक्सोप्लाज्मा गोन्डाईले मानव शरीरमा प्रवेश गरेपछि प्रतिउत्तरमा क्यान्सरसँग लड्ने साइटोटक्सिक टीलगायतका कोषहरू उत्पादन हुने गर्छन् ।  क्यान्सरले शरीरको प्रतिरक्षा प्रणालीलाई बेकम्मा बनाउने तर टक्सोप्लाज्मा गोन्डाईले त्यसलाई पुनः सक्रिय हुन सहयोग गर्ने भनाइ अनुसन्धान टोलीको छ । 
हाम्रो शरीरमा टक्सोप्लाज्मा गोन्डाईले वृद्धिका लागि आफ्नो प्रतिरुप फटाफट तयार पार्ने भएकाले यसलाई सामान्य अवस्थामा क्यान्सर रोगीमा प्रवेश गराउनु खतरनाक हुने जानकारी दिँदै अनुसन्धान टोलीले परजीवीको कोषमा उत्परिवर्तन (म्युटेसन)गरी नियन्त्रित रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।  यसका लागि अनुसन्धान टोलीले टक्सोप्लाज्मा गोन्डाईको उत्परिवर्तित स्वरूप सीपीएस बनाएको छ ।  सीपीएसले स्वतः आफ्नो प्रतिरुप बनाएर वृद्धि हुन सक्दैैैन ।  यस अवस्थाको टक्सोप्लाज्मा गोन्डाईलाई क्यान्सरको खोप बनाउँदा सुरक्षित हुने सो टोलीको भनाइ छ । 
अनुसन्धानकर्ता बेक भन्नुहुन्छआक्रामक क्यान्सर तेज गतिमा चलायमान रेल जस्तै हुन्छ, सीपीएस स । क्ष्म भए पनि निकै शक्तिशाली छ, यसले त्यस्तो रेलको गति रोक्छ र क्यान्सर प । र्णतया सफा नहुञ्जेलसम्म त्यसलाई च्यापेर राख्छ ।  मुसामा सीपीएसको परीक्षण गरिएको छ ।  खतरनाक क्यान्सर मेलानोमा र डिम्बासयको क्यान्सरको उपचारमा यसको प्रयोग गरिँदा मुसामा बाँच्ने दर उच्च पाइएको थियो ।  एजेन्सी

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.