कब्जियतको अवस्थामा भिन्डीको उपयोग

कब्जियतले प्रायः सबै मानिसलाई सताएको हुन्छ   वातावरणीय परिवर्तन, पानीको कमी, व्यायामको कमी खानपिन नमिलेर कब्जियतको अवस्था सिर्जना हुने गर्छ   प्रशोघित खाद्य वस्तुको उपभोग बढेकाले हाम्रो शरीरले पर्याप्त मात्रामा फाइबर नपाएर कब्जियत अन्य समस्याले जरा गाड्ने मौका पाएको   आन्द्रामा चिप्लोपना उत्पन्न गर्ने फाइबर पनि आपूर्ति गर्ने म्युसिलाजिनोसवर्गका खाद्य वस्तुले कब्जियतको समस्या समाधान गर्न योगदान गर्छन्   यस प्रकारका खाद्य वस्तुमा रामतोरिया (भिन्डी) पनि पर्छ   अफ्रिका भारतीय उपमाहद्विपमा प्रमुख रूपमा उत्पादन गरिने भिन्डीमा पर्याप्त मात्रामा चिप्लो पदार्थ म्युसिलाज हुन्छ   यस म्युसिलाजले आन्द्राभित्र चिप्लो अवस्था सिर्जना गरेर त्यहाँको सफाइमा सहयोग पु¥याउँछ   यति मात्र होइन आन्द्रालाई बढी मात्रामा पानी अवशोषित गर्न सहयोग गर्ने, विषाक्त ìवलाई ठूलो आन्द्राबाट बाहिर निकाल्नमा पनि भिन्डीले योगदान गर्छ  
आन्द्रामा भिन्डीको उपयोगिता सम्बन्धमा धेरै अनुसन्धानले प्रकाश पारेका पनि छन्   पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा उल्लेखित एक अनुसन्धानले जनाए अनुसार भिन्डीले आन्द्रामा हानिकारक ब्याक्टेरियालाई टाँसिएर बस्न दिँदैन   आमाशयमा घाउ पार्ने खतरनाक ब्याक्टेरिया हेलियोब्याक्टर पाइलोरी भिन्डीका कारण वृद्धि हुन सक्दैन   भिन्डीको चिप्लो गुणले गर्दा ब्याक्टेरियाले आमाशयको तन्तुमा टाँसिन सक्दैन   फर्मासी एन्ड बायोएलाइड साइन्सेस जर्नलमा उल्लेख भए अनुसार भिन्डीको नरम रेसाले रगतमा ग्लुकोज नियन्त्रण गर्न सहयोग पु¥याउँछ   भिन्डी खाएमा आन्द्राले ग्लुकोज अवशोषित गर्ने गति सुस्त पर्ने भएकाले रगतमा ग्लुकोजको मात्रा एकैचोटि धेरै बढ्दैन  

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.