तुलसीको नियमित सेवनले स्वाइन फ्लुबाट बच्न सकिन्छ

सामान्य रूपमा देख्दा स्वाइन फ्लुको लक्षण सामान्य बिरामीजस्तै देखिन्छ। सर्दी, रुघाखोकी र ज्वरो नै स्वाइन फ्लुको लक्षण हो। तर, यही लक्षणले कहिलेकाहीँ मानिसको ज्यानै लगिदिन्छ।
 
स्वाइन फ्लु (एच वान एन वान भाइरस) सुँगुरमा पाइएको छ। यस पशुमा पाइने स्वाइन फ्लुको भाइरसबाट वातावरण दूषित भएपछि मानिसमा पनि पुग्छ र भाइरसको संक्रमण फैलन्छ। यसै संक्रमणले मानिसको ज्यान लिनसक्छ।गुडुची र बेसारमा तुलसी मिसाएर त्यसको सेवन गर्दा शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ। 
 
यस्तो प्रतिरोधात्मक क्षमताले स्वाइन फ्लुजस्तो संक्रमणसँग लड्न सकिन्छ। स्वाइन फ्लुबाट बच्न चिसो खालका खानेकुरा बार्नुपर्छ। 
 
चिसो खानेकुराले रुघाखोकी लाग्छ। बरु पालुंगो, लसुन र मुला खाँदा राम्रो हुन्छ। फोक्सोमा कफ जमेको छ भने सस्र्युंको तेलले मालिस गर्नु फाइदाजनक हुन्छ।
 
तुलसी सेवनको फाइदा
 
तुलसीमा रहेको औषधीय गुणका कारण यसलाई महत्त्वपूर्ण जडीबुटी मानिन्छ। आयुर्वेदिक चिकित्सकहरू स्वाइन फ्लुको रोकथामका लागि तुलसीको प्रयोग उपयोगी र लाभदायक रहेको बताइरहेका छन्।
 
परम्परागत चिकित्सा प्रणाली स्वाइन फ्लुको संक्रमण रोक्न असफल भइरहेका छन्। तर, तुलसीको प्रयोग वैकल्पिक चिकित्सामा परिणत गर्न सकिने समय आएको छ। 
 
किनकि तुलसीले भाइरलजन्य रोगसँग लड्नसक्ने क्षमता मानिसलाई प्रदान गर्छ। त्यसैले तुलसीले स्वाइन फ्लुको संक्रमणबाट बच्न निकै सहयोग गर्छ।
 
तुलसीको नियमित सेवनले तनावबाट मुक्ति, सहनशक्ति वृद्धि, सुजन र कोलेस्ट्रोल कम गर्नुका साथै शरीरमा एन्टिअक्सिडेन्टलको आपूर्ति पनि गर्छ।
-एजेन्सीको सहयोगबाट

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.