छालामा आउने दागहरु हटाउने घरेलु उपाय

युवावस्थामा प्रवेश गरेसंगै हाम्रो शरीरको हर्मोनमा पनि तिब्र परिवर्तन आउन थाल्छ । यहि अवस्थामा हाम्रो छालाको हेरचाह गर्न पनि प्रशस्त समय हुँदैन जसले गर्दा छालामा विभिन्न समस्या देखा पर्न थाल्छ । खासगरी यो अवस्थामा आउने डण्डिफोरको कारण अनुहार बिग्रने समस्या एकातिर हुन्छ भने अर्कोतिर डण्डिफोर बिग्रेर बस्ने दागले अनुहारलाई झनै नराम्रो बनाइदिन्छ ।
सुन्दर छला र स्वस्थ्य शरीरको चाहना सबैमा हुन्छ तर यो सबैको भागमा भने पर्दैन । तर थोरै मात्र पनि आफ्नो शरीरको ख्याल गरेमा जो कोहिले पनि आफ्नो छालालाई सुन्दर बनाउन सक्छ । यसको लागि दिनहुँ पार्लर धाइराख्नु पनि पर्दैन । घरेलु विधि प्रयोग गरेर पनि छालामा आउने दागहरु सजिलै हटाउन सकिन्छ ।
आउनुहोस जानौ केहि घरेलु उपायहरु :
१) मेथीको पेस्ट
बनाउने विधि: मेथिको पातको पेष्ट बनाएर अनुहारमा मास्क लगाए जस्तै लगाउनुहोस् र करिब ३० मिनेटपछि अनुहार राम्ररी धुनुहोस ।
२) जैतुन तेल
विधि: डण्दिफोरको दाग भएको ठाँउमा दिनहुँ जैतुनको तेल लगाएर मालिस गर्ने गर्नुहोस । जैतुनको तेलमा मस्चराइज हुने हुनाले दाग मेटाउन मदत गर्छ ।
३) घ्यु कुमारीको रस
दाग भएको ठाउँमा घ्यु कुमरीको रसलाई दिनहुँ लगाउने गर्नाले दाग चाँडै मेटिन्छ ।
४) मह
दाग आएको ठाउँमा मह लगाएर रात भरी छोड्नुहोस र बिहन उठेर राम्रोसँग धुनुहोस् । यसरी पनि दाग मेटिन्छ ।
५) कागति
दाग भएको ठाउँमा कागति दल्नुहोस र केहि बेरपछि धुनुहोस ।
६) गुलाबजल
गुलाबजल प्रयोग गरेर पनि दाग हटाउन सकिन्छ । यदि गुलाबजल छैन भने गुलाबको पातको रसलाई पनि प्रयोग गर्न सकिन्छ । यसको लागि गुलाबको पातलाई केहि बेर पानीमा भिजाएर राख्नुहोस र त्यो पानीलाई प्रयोग गर्नुहोस।
७) आलुको पेष्ट
आलुको पेष्ट बनाएर दाग भएको ठाउँमा लगाउनुहोस र केहि बेर सुक्न दिनुहोस । सुकेपछि पानीले सफा गरी धुनुहोस ।
८) गोलभेडाँ
गोलभेडालाई काटेर दाग भएको ठाँउमा दल्नुहोस र काटेको टुक्रालाई सोहि ठाँउमा केहि समय राखेर धुनुहोस ।
९) बेकिंग सोडा
बेकिंग सोडालाई पानीमा भिजाउनुहोस अनि गाढा पेष्ट बनाउनुहोस । यसरी बनेको पेष्टलाई अनुहारमा दल्नुहोस र मनतातो पानीले धुनुहोस ।
यी बाहेक दिनहुँ प्रशस्त पानी पिउनुहोस । दैनिक हल्का व्यायाम गर्नुहोस । सकेसम्म हरिया सागसब्जि खाने गर्नुहोस । अनुहारलाई सफा राख्नुहोस । यदि गाढा मेकप गर्नुहुन्छ भने कम गर्नुहोस । यसो गर्नाले तपाइको अनुहरमा चमक आउनुको साथै दागहरु हटेर जान्छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.