रुघा, खोकी र निमोनियावारेको सामान्य जानकारी

हाम्रो शरीरमा श्वासप्रश्वासको माध्यमवाट रोगका किटाणुहरु पसेर रुघा, खोकी र निमोनिया जस्ता श्वासप्रश्वास सम्वन्धि सरुवा रोग लाग्ने अवस्थालाई ए.आर. आई. (एक्युट रेस्पिरेटरी ईन्फेक्सन) भनिन्छ । सुरुमा रुघाखोकी लागेको बच्चालाई समयमै राम्ररी हेरचाह गरिएन भने पछि बिस्तारै रोगीको अवस्था बिग्रदैँ गएर खोकी र सास पनि छिटो छिटो बढ्दै जान्छ । यसरी बढ्दै गएपछि बच्चालाई (कडा खालको एआरआई) निमोनिया हुन्छ र खतरापूर्ण स्थितिमा पुग्छ । 
बिश्वभरीमा प्रत्येक बर्ष निमोनियाले करीव २० लाख बच्चाहरुको मुत्यु हुन सक्ने तथ्याँकले देखाएको छ । साथै हाम्रो देशमा हाल एक वर्षमा झण्डै १३ हजार केटाकेटीहरु यस रोगवाट मर्छन । 
हाम्रो शरीर स्वस्थ राख्न र वाँच्न हामीलाई शुद्ध हावाको आवश्यकता पर्दछ । हावा कम भएमा हामीहरु निस्सासिएको अनुभव गर्दछौं । हामीले सास लिँदा लिएको हावा हाम्रो शरीरभित्र सास फेर्ने वाटो नाक, मुख, घाँटीभित्र हुने श्वासनली हुँदै फोक्सोमा पुग्दछ र फोक्सोवाट रगतमा हुने राता रक्त कोषको माध्यमवाट सम्पूर्ण शरीरमा पुग्दछ । तर  शरीरभित्र हुने यस हावाको बाटोमा रोगका किटाणुहरु पसेर बच्चालाई रोग लागेमा तुरुन्तै उपचार गराउनु पर्दछ । 
यदि सुरुमै राम्ररी उपचार गर्न नसकेमा रोग क्रमसः बढ्दै गएर रोग लागेका बच्चाको मृत्यु पनि हुन सक्छ । छातीमा लाग्ने रोगहरुमध्ये कुनै कुनै छातीको रोगले बिस्तारै–बिस्तारै च्याप्दै ल्याउँछ र कुनै कुनै छातीको रोग भने अकास्मात लाग्ने र सा¥है नै कष्ट दिने खालको हुन्छ । यसरी अकास्मात लाग्ने श्वासप्रश्वास सम्वन्धि रोगलाई नै रुघा, खोकी र निमोनिया (एआरआई.) भन्दछन । यो ज्यादै डरलाग्दो रोग हो । यो रोग ठुला साना सवैलाई लाग्न सक्छ तर ठुलो मानिसलाई भन्दा साना बच्चालाई धेरैजसो लाग्छ र मृत्यु पनि हुन्छ । साना बच्चाहरुमध्ये पनि पाँच वर्ष मुनीकालाई बढी लाग्छ । 
श्वासप्रश्वासको संक्रमण (एआरआई) लाई लक्षणहरुका आधारमा तीन तहमा बिभाजन गर्न सकिन्छ । 
१. साधारण रुघाखोकी 
२. निमोनिया 
३. कडा निमोनिया

१. साधारण रुघाखोकीका लक्षणहरु 

#खोकी लाग्छ ।
# नाकवाट सिंगान, पानी चुहिने वा पहेंलो सिंगान आउने हुन्छ । 
# नाक वन्द हुन्छ, नाक थुनिन्छ । 
# बच्चाले प्रतिमिनेटमा ५० पटक भन्दा कम सास फेर्छ । 
#साधारण ज्वरो आउन सक्छ र आँखा पनि रातो हुन सक्छ । 

२. निमोनियाका लक्षणहरु ः

ड्डखोकी लाग्ने र घ्यार घ्यार हुने हुन्छ । 
ड्ड सास छिटो छिटो फेर्ने हुन्छ (प्रतिमिनेट ५० देखि ७० पटकसम्म) 
ड्ड पहेंलो खकार आउन सक्छ । 
ड्ड ज्वरो बढी आउँछ र सास फेर्दा कन्ने हुन्छ । 
ड्ड राम्रोसित दुध पिउन र चुस्न नसक्ने हुन सक्छ ।

३. कडा निमोनियाका लक्षणहरु 

#खोकी लाग्ने र कोखा हान्ने हुन्छ ।
# खोकी लाग्ने र दुध, पानी र दाल जस्तो झोल पदार्थ खान नसक्ने हुन्छ ।
# धेरै चाँडो चाँडो सास फेर्छ (एक मिनेटमा ७० पटक भन्दा वढी) 
# बच्चा काम्न थाल्छ, दुध पिउन÷चुस्न नसक्ने हुन्छ । 
# नाकका पोरा हल्लन्छन । 
#रुन्छ, सिकिस्त देखिन्छ ।
#शरीर सुख्खा भई जल बियोजन हुन्छ । 
# बच्चा वेहोस हुन्छ र उठाउँदा पनि उठ्न गा¥हो मान्छ । जीउ, ओठ निलो हुन सक्छ

रोग सर्ने तरिका 

यो हावा (सास) को माध्यमवाट सर्ने रोग हो । एआरआई रोगीले आप्mनो सासवाट रोगको किटाणु वाहिर प्mयाँकिरहेको हुन्छ । यसरी रोगी मानिसले आफु वसेको वरपरको हावा दुषित वनाई दिन्छ । त्यस्तो हावामा सास फेर्नाले निरोगी मानिसलाई पनि रुघा, खोकी र निमोनिया रोग सर्छ । रोगीसंग मुखमुख जोडेर गफ गर्नाले, संगै सुत्नाले वा खेल्ने गर्नाले यो रोग छिटो सर्न सक्छ । 

लक्षण देखा पर्ने अबधि 

रोगको किटाणु सम्पर्कमा आएको २÷३ दिनमै यो रोगका लक्षण देखा पर्न थाल्छन । 

रोगवाट बच्ने उपायहरु 

#बच्चालाई समय समयमा पेटभरी पोषिलो खाने कुरा खुवाउने ।
# बच्चालाई आमाको दुध २÷३ वर्षसम्म खुवाउने ।
# वच्चालाई दिनु पर्ने खोपहरु समयमानै दिलाउने ।
# बच्चासंगै वसेर चुरोट, बिडि नखाने ।
#बच्चालाई चुरोट, चुलो, अगेना, स्टोभको धुँवा र मटिट्टतेलको खारवाट जोगाउने ।
#बच्चालाई रोगीसित सुत्न, खेल्न नदिने ।
# बच्चालाई सफा र न्यानो पारेर राख्ने । (तर धेरै गरम हुने गरी होईन) 
#धेरै भीड भई गुम्सिएको ठाउँमा बच्चालाई नराख्ने 
#हरियो सागपात, आँप, सुन्तला, मेवा गाँजर ईत्यादि भिटामिन “ए” पाईने खानेकुरा बच्चालाई खुवाउने । 
# नाक सधैं सफा गर्ने (खास गरेर दुध खान दिनु र सुताउनु अघि) 
#बच्चा सुताउने कोठामा हावा स्वच्छ राख्न समय समयमा कोठाको भ्mयाल ढोका खुला राख्ने । 

उपचार तथा व्यवस्थापन 

बच्चालाई सामान्य रुघाखोकी लागेको बेला तथा सामान्य रुघाखोकीको लक्षण देखिंदा घरायसी (घरमै) उपचार गर्न सकिन्छ । यस्ले रोगीको शरीरको रोगसंग लड्न सक्ने शक्ति बढाई रोग बढ्न नदिई निको पार्न मद्दत गर्छ । यो उपचार बच्चाको आमाले घरमै पनि गर्न सक्ने हुन्छ । प्रायजसो साधारण तहको रुघाखोकीलाई घरेलु उपचारलेनै बिसेक पार्न सकिन्छ । साधारण रुघाखोकी भएको बच्चालाई घरमै उपचार निम्न     तरिकाले गर्न सकिन्छ । 
#रोगी बच्चालाई प्रशस्त झोल पदार्थ खान दिने । यदि बच्चाको शरीर ज्यादैनै सुख्खा भए जीवनजल पनि खुवाउने ।
#आमाको दुध खाने बच्चा भए आमाको दुध ख्वाई नै राख्ने । 
#वच्चालाई सधैं खुवाउने गरेको खाना फकाई फुल्याई नियमित रुपले खुवाउने । 
#बच्चालाई चिसो नहुने गरी र अति धेरै गर्मी पनि नहुने गरी ठिक्कको हलुका लुगा लगाई दिने ।
#बच्चालाई खुला कोठामा न्यानो हुने गरी राख्ने ।
#बच्चाको नाक र कान सधैं सफा राख्ने । 
#यदि बच्चालाई सास फेर्न गा¥हो भएको भए तातो नुन पानीको वाफ लिन लगाउने ।
मध्यम र कडा तहको रुघाखोकी र निमोनियालाई पनि घरेलु उपचारले निकै फाईदा गर्छ । तर साधारण तहमा जस्तो कडा र माध्यम तहको रुघाखोकी र निमोनियामा सहायक उपचारले मात्र पुग्दैन, मुल उपचार पनि गर्नु पर्दछ । त्यसकारण मध्यम तहको रुघाखोकी र निमोनिया भएको खण्डमा तुरुन्तै स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेबिकासंग सम्पर्क राखी आवश्यक उपचार गर्नु पर्दछ । यदि कडा तहको रुघाखोकी र निमोनिया भएको खण्डमा स्वास्थ्य कार्यकर्तासंग मात्र सल्लाह गरेर पुग्दैन, तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु पर्छ, नत्र बच्चा मर्न पनि सक्छ । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.