सेलेब्रेट प्राइड र हाम्रो कुण्ठित मान्सिक्ता- गोपाल सिवा

अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै जुकरबर्गको क्याफेमा अदालतको  आदेशप्रती सहमति जनाउँदै फेस्बुकका सस्थापक मार्क जुकरवर्गले सुरु गरेको ‘सेलेब्रेट प्राइड’ मार्फत सबै बराबर भन्ने संकेत दिदै समानताको पक्षमा आफ्नो समर्थन जनाए।भने केही मित्रहरूले भने नेपालीको यो समर्थनलाई यी र यस्ता प्रश्न तेर्साएर खिल्ली उडाए ।

१) समलिङ्गी विवाह सृष्टीको नियम बिरुद्द हो ।के तपाईं समलिङ्गी  बिवाहको पक्षमा हो  ?के बुझेर ‘सेलेब्रेट प्राइड’ मा सहभागी हुनु भा हो ?

२)अन्तरजातिय बिबाह हुन नसकेको देशका नेपालीहरु किन अमेरिकाको समलिङ्गी बिबाहमा एक्यवद्धता जनाउछ्न ? 

३) क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिङ्गी विवाह रोक लगाएको छ ।त्यही भएर क्रीष्चियन अनुयायीहरु लाई ‘सेलेब्रेट प्राइड’ मा सहभागी नहुन आग्रह ।

प्रस्न तेर्साउने मित्रहरू , के समलिंगी भनेको हालसालै देखापरेको अप्राकृतिक सम्श्या हो ? प्रकृतिक रूपमा भएको कुरा के यो सृष्टीको नियम बिरुद्द हो ? प्रकृतिकले समलिंगी भएकाहरु समलिंगी खोजेर रोजेर विवाह गर्छन भने के त्यो सामाजीक अपराध हो ? 

समलिंगी हुनु भनेको सौख होइन । न त यो कुनै कन्सेप्ट नै हो ।न त कोहि चाहेर समलिंगी बन्न सक्छ। धर्म शास्त्र देखि आधुनिक बिज्ञानले पनि समलैङ्गता कुनै रोग नभएर प्रकृतिक प्रकिया हो भनेर पुष्ठि गरेको छ । प्रकृतिले निर्धारित गरेको यो बाध्यताको बारेमा अहिले सम्म प्राप्त तथ्यहरुले के देखाउँछन भने शरिर विज्ञानसंगै सम्बन्धित भएर देखापर्ने हुँदा समलिङ्गी सम्श्या र समलिङ्गी विवाह यो मानव सभ्यतासंगै देखापरेको थियो। ससारको सवै भन्दा पुरानो ग्रीस सभ्यतामा समलिंगी प्रथालाइ चित्रकला कोरेर, मूर्ती बनाएर , गीतहरु लेखेर आदर र सम्मान गरिन्थ्यो भन्ने प्रमाण पेरिसको अन्भेर्सस्थित नग्न संग्रहालय,ग्रीसको लेस्बोन टापू, पेरिसमा अझै पनि भएका रु दे दाम र रु देजोम भन्ने गल्लिहरु बाट प्रष्ट हुन्छ । त्यही भएर यो अन्तरजातिय बिबाहको सोच आउनु भन्दा धेरै पुरानो हो भने  प्राचीन ग्रीस सभ्यता भन्दा धेरैपछि भिक्टोरियाली शताब्दीमा तपाइको क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिंगी सम्बन्धलाइ रोक लगाएको हो। 
अझ नेपाली समाज र समलिंगी नेपालीहरु एक अर्काका सत्रु जस्तो सम्झने मानसिकता भएको हाम्रो  देश नेपालको सर्वोच्च अदालतले आजभन्दा ८ वर्षअघि प्रेमकुमारी नेपाली र रजनी शाहीको समलिङ्गी जोडीलाई छुट्याउन परिवारले गरेको कोशिश बिरुद परेको रिट्मा नै समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता दिदै समलिङ्गीहरुको समान अधिकार दिनुपर्ने फैसला गरेको थियो भने अहिले त तेस्रो लिङ्गी लेखिएको नागरिकता समेत दिइन्छ।



मानव सभ्यता संगै प्राकृतिक रूपमा देखिएको समलिङ्गीहरुको सम्श्या नेपाल ,अमेरिका जहाँ भए पनि राज्यमा समानता पुर्वक स्थापित हुन्छ जित हुन्छ भने सक्नु हुन्छ समर्थन गर्नुस । प्राकृतिक रूपमा समलिङ्गी भएकाहरु लाइ बाच्ने हौशला र सामाजिक बाताबरण दिनुस तर सक्नु हुन्न भन्ने समलिङ्गी विरुद्ध धर्म र कुन्ठित मान्सिक्ता पालेर सिरिया र इराकमा आइएसले समलिङ्गीहरु लाई बाच्न दिनु हुन्न भनेर खोजी खोजी मारे जस्तो तपाई पनि भेदभावको रूप र व्यबहार नदेखाउनुस । 

समग्रमा जो सुकै होस , जुनसुकै लिङ्गी होस् यो साझा संसारमा मानिशले स्वतन्त्रता पुर्बक बच्न पाउनु पर्छ ।संसार त्यो होइन जहाँ मान्छेको सोचिएको साघुरो घेरा भित्र समेटियोस। जात ,धर्म र लिङ्ग भन्दा माथी उठेर संसारलाइ खुला आँखाले हेरेन प्रयास गर्नुस् संसार बृहत छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.