मलाई त ऐठन पो भएको रैछ ....

आज राति मिठो निद्रामा मलाई ऐठन जस्तो भयो ..मैले सम्झे अनुसार ऐठन हुनु पूर्वको घटना भने यस्तो थियो ....धार्मिक , सास्कृतिक तथा जातीय छुवाछुतको कारणले गर्दा समाजमा परम्परा देखि चालिएको कुरीति र कुसस्कारले कुल जनसङ्ख्याको करिब ६० लाख अर्थात् १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदाय असमानताको गहिरो खाडलमा पर्नुका साथै गरिबीको मारमा पिल्सिनु परेको छ । यहि दलित समुदायलाई संविधान सभाबाट संविधान बनाउदा दलितका आर्थिक, सामाजिक, रोजगार र स्वास्थ्य शिक्षा जस्ता उथान गर्ने लगायत दलित पिडा , समस्या र अधिकारको न्योचित ढंगले कानुनी व्यवस्था संबिधानमै किटान गरिनु पर्छ , नयाँ संविधानमा सबै तह र क्षेत्रमा दलित समुदायको पहुँचको ग्यारेन्टी गरिनु पर्छ भन्दै सम्बन्धित निकाय सम्म आवाज पुराउन ,बोधार्थ गराउन म लगायत केहि मित्रहरु संविधानसभा अन्तर्गतका बिभिन्न समितिहरुमा भेट्न जादै गर्दा ढोकामा भयंकर अनिष्ट त्राशपुर्ण छाया आफनै अगाडि उभिएर रोक्यो । कता कता मलाई त्यो छाया आफुले पछिल्लो पटक भोट हालेर जिताएको दलित मुक्तिको चीला र चिप्ला कुरा गर्ने उहि उमेदवारको जस्तो लागि रहयो ।
यो छायाको रोकावट बाट मलाई सकस भईरहेको थियो अनि म यसरि कराउन थालेछु मेरो भोट फगत भोट मात्र होइन ..मैले भोट दिएर जिताउन अहम भूमिका खेले पछी तिमीहरुले पनि संबिधान बनाएर हामी जस्ता राज्यका मूलधार बाट बर्षौ उत्पीडित , दमित र प्रताडित भएका शोषित पिडितहरुको मुक्तिको सपना, आशा र चाहनाहरु लाई बाच्ने आधार दिनु पर्छ ।
 त्यस पछी ६० लाख दलितका लागि मुक्तिको आभास गराउने बेला यहि हो भन्दै   अटेर गरि उभी रहेको त्यो छाया हटाउन हामि गएका जतिले तानातान गर्न थालेछौ ..हार जित के भो त्यो थाहा नभई एकाशी ब्युझे । पछी पो थाहा भो .. मलाई त ऐठन पो भएको रैछ ....

©गोपाल सिवा (प्रस्तुत लघुकथा आफ्नै पुरानो लेख बाट साभार )

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.