यसरी बहादुर नेपालीको हिम्मत हराउन सक्छ ~ गोपाल सिवा


केही समय अघिको एउटा घटना शेर गर्न चाहे । ६/७ ओटा देशको नागरिक काम गर्ने बिदेश स्थित एक कम्पनीमा नेपालीहरु पनि उल्लेख्य रूपमा हामि कार्यरत थियौ । एक दिन मेनेजरले स्टोक गरि राखिएको केही समानको काटुनमा कसैले नेपाली अक्षरमा लेखीएको कुरा देखेछ्न । मेनेजर थिए भारतीय नागरिक । मेनेजरले मलाइ बोलाए अनि भने भएका सवै नेपालीलाई बोलाउ । मैले पनि भेटे जतिलाई बोलाए । 
अनि मेनेजरले भने यो नेपालीमा लेखेको हो ? सवै ले जवाफ दिए हो सर । त्यशो भए के लेखेको छ पढेर मलाइ अर्थ लगाउ । लेखिएको कुरा अस्लिल ,छाडा र असभय थियो। कसैले पढ्ने हिममत गरेनन । बहुसंख्यकले बुरा लिखा है पढ नहि सकता भने । केहीले मुन्टो झोक्राइ रहे । यो परिस्थिति चिर्दै मेनेजर ले भने नेपालीहरु बहादुर भनेर चिनिएका छौ यति पढ्न पनि हिम्मत भएन कसैलाई ? म नेपाली पढ्न जान्द्छु र बुझ्द्छु पनि  ।त्यही भएर आजै बाट सभय बन्न सिक , यस्तो मानसिकता उजागर गर्नु ठिक होइन । नेपाली बुझ्ने बिदेशीले पढे भने नेपाली लाई कती जङ्गली र असभ्य भन्लान सोच ।मेनेजरको कुराले लेख्ने ले के अनुभव गर्यो कुनि ? मलाइ भने लज्जा बोध भैरहयो ।

आज त्यस्तै मान्सिक्ता श्रवण गर्ने मौका जुर्यो फेरि । यता को सार्वजनिक बसमा ३ जना नेपाली मित्रहरू बसमा अस्लिल ,छाडा र असभय बोलिरहेका थिए। बिदेशमा आएर जे बोल्दा पनि हुन्छ भनेर होकि, कसैले चिन्दैन भनेर हो बातै पिच्छे छाडा र असभय भाषाको प्रयोग गर्दैथे । जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान बुझ्लान तब हामीलाई कती जङ्गली र असभ्य भन्लान सोच्ने होकि ? 
इति:- गोपाल सिवा// ८ भदौ

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.