आफैलाइ घात गर्ने काम कसैले नगरौ ~राजदुत यज्ञ बहादुर हमाल

hamrosanchar
नेपालीहरुको लागि पछिल्लो पटक बैदेशिक रोजगारीको केन्द्रबिन्दु मानिदै आएको खाडी मुलुक कुबेत एउटा   मुख्य गन्तव्य मुलुकको रुपमा चिनिन्छ  साठी हजार नेपाली कामदार कार्यरत रहेको कुबेतका लागि कुटनितिक क्षेत्रका बिज्ञका रुपमा परिचित एव भारत,इजिप्ट  बेल्जियम नेपाली दुताबासमा काम गरि सक्नु भएका   यज्ञ बहादुर हमाल नेपाली राजदुतको जिम्मेवारी लिएर आज भन्दा लगभग डेढ बर्ष अघि आउनुभएका हो  
अरबि भाषाको समेत जानकार रहनु भएको राजदुत हमालको ईकोलोजि अफ फोरेन पोलिसि नामको किताब तिन भागमा समेत प्रकाशित भएको   कुबेतका लागि नेपाली दुतावासमा राजदुतका रुपमा हमाल नियुक्ति   हुनुभए पछि केकस्ता कामहरु भएनेपाली कामदारको अवस्था कस्तो नेपाल  कुबेत बिचको द्धिपक्षीय सम्बन्ध कस्तो उहांको अहिले सम्मको कार्यकालमा भएका उपलब्धीहरु के के हुन्  नेपाली कामदार  खास गरि घरेलु कामदार महिलाका समस्या समाधानको लागि दुतावासले चालेका कदमको बिषयमा केन्द्रित रहेर हाम्रो संचार   डटकमका लागि गोपाल सिवा  प्रदिप नेपालीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं 
तपाइले अहिले सम्मको आफ्नो कार्यकाललाई कसरी हेर्नुभएको  ?
मेरो अहिले सम्मको कार्यकाल अत्यन्तै सफल भएको मानेको छु । मेरो कार्यकालमा मूलतः काम गर्ने शिलशिलाामा भएका घटनाबाट क्षतिपूर्ति नपाएका नेपाली श्रमिकको  २५ हजार केडी रुपैयां क्षतिपूर्ति दिलाउन सफल भए । यहाको बस्तु स्थिति र नेपाली कामदारका मुख्य मुदा टिपोट गरेर श्रम सम्झौताको ड्राफ्ट पररास्ट्र मन्त्रालयमा पुराएको छु । कुबेत फन्ट बाट ५ मिलियन अमरिकी डलरको ऋण सहायता रकम मध्यमाअन्चलको सिचाईको लागि स्वीकृत गराउन सफल भएको छु । यहा बाट ६० हजार नेपालीलाई द्रुत गतिमा ,पारदर्शी एव छिटो छरितो ढंगले प्रत्यक्ष सेवा दिन नेपाली ,अङ्ग्रेइजि र अरेबि भाषामा नागरिक बडा पत्र सहित सुरु गरेको छौं ।सर्भिस डेलिभरी चुस्त दुरस्त बनाउन सुझाव बक्स र घरेलु कामदारको अभिलेखीकारण गरि राखिने समेत ब्यबस्था गरेको छु   ।
सयौ अबैध नेपाली कामदारहरुलाई उद्दार गरेर स्वदेश फिर्ता पठायौं । राजदुताबास र मेरो अर्धांगिनी रिता हमालको तर्फ बाट नेपालको पर्यटकीय तथा सास्कृतिक बिकास एवं प्रबदन गर्ने उद्धेश्यले इन्टर नेशनल महिला ग्रुपलाइ एव कुबेतमा क्रियाशील अन्तरास्ट्रिय संघ सस्थालाइ आमन्त्रण गरि केहि अघि कल्चर कार्यक्रम गरियो । त्यस्तै गरि कुबेत टाइम्स, अरब टाइम्स र स्थानीय अलसीसा नामको रास्ट्रीय दैनिकमा दुइ दिन सम्म मुख्य पेजमा पर्यटन प्रबदन गर्ने उदेश्य सहित जानकारी मुलक बिज्ञापन प्रकासित गरियो  । समग्रमा भन्नुपर्दा मेरो कार्यकालमा दिर्घकालीन उपलब्धीहरु हात पार्न सफल भएका छौं । जसलाई एक बर्ष पुगे पछी कामको समीक्षा र राजदुतावासको मासिक प्रतिबेदनमा समेत उल्लेख गरिएको छ ।
gppकुबेतमा नेपाली कामदारका मूख्य समस्या के पाउनुभयो ? 
कुबेतमा नेपाली कामदारको समस्याहरु मुलत दुइ किसिमका छन् । घराइसि समस्या र कम्पनीको समस्याको रुपमा नेपाली कामदारको समस्याहरु पाएको छु । तथापी अहिले सम्म घराइसि समस्याका रुपमा घरेलु काम गर्ने महिलाहरु माथि सारीरिक ,मानसिक हिँसा , ओभर वर्क र तलब नपाउने जस्ता समस्या छन् । कम्पनीको समस्या भनेको तलब भने जस्तो नपाउने , ओभर टाइम नपाउने , रिलिज लेटर नदिने , काम गर्ने अवधी पूरा भएरपनि स्वदेश फिर्ता तथा बिदा जान नपाउने र इन्सोरेस बापतको क्षतिपूर्ति रकम नपाउनु नै समस्याको रुपमा देखा परेको छ । तर हाम्रो सम्पर्कमा आएका कामदारहरुका ती समस्याहरु जे जति देखा परेका छन् त्यसलाई हामीले जति सक्दो छिटो समाधान गरेका र गर्दै गएका छौ ।
तपाइको नेतृत्वमा नेपाली दुतावासले गरेका केही उल्लेखनीय कार्य भन्नुपर्दा के भनु हुन्छ नि ?
मैले यहांलाई शुरुमै आफ्नो कार्यकालमा गरेका कुरा भने जसलाई नेपाली दुतावासकै कार्य नै भनेर बुझ्नु होला फेरी पनि केहि जोड्न चाहे नेपाली राजदुतावासले सधै नेपाली समुदाय र नेपालीहरुको बिचमा एकता सद्भाव र सहकार्य गर्ने , बाताबरण सुधार गर्ने नेपाली कामदारको लागि काम गरेको छ । कुबेतमा आउने नेपाली बाट जानेर नजानेर हुने बिभिन्न गैर कानुनि काम लाइ मध्य नजर राखेर कुबेतमा नेपालीले गर्न हुने र नहुने कामको बारेमा जानकारी दिने उदेशय सहितको पर्चा हामीले पररास्ट्र मन्त्रालयमा र श्रम मन्त्रालयमा पठाई सकेका छौ । सम्भवत छिटै अब त्यो पर्चा कुबेत आउनु अघि हरेक नेपाली कामदारले पढ्ने र बुझ्ने बाताबरण सम्बन्धित निकाय बाट हुने हामीले आशा गरेका छौ । जसले गर्दा नेपाली कामदारमा देखिएको गैर कानुनि काम गर्ने मानसिकतामा सुधार आउने र हाम्रो छवी सुधार हुने आपेक्षा गरिएको छ ।कुबेतमा आउने नेपालीले के गर्न हुन्छ र हुदैन भन्ने कुराको जानकारी दिन यहा क्रियाशील नेपाली मिडिया, संघ सस्था ,राजदुतावास सवै मिलेर लाग्नु पर्छ र यस कार्यको लागि सवैको भूमिकाको हुनु पर्छ ।
नेपाली दुतावास संग कुबेतमा कति नेपाली कामदार छन् भन्ने यकिन तथ्यांक  ?
नेपाली दुतावास संग तथ्यांक यकिन त् छैन, तर कुबेत सरकारले गत बर्ष  उपलब्ध गराएको तथ्यांक अनुसार ३६ हजार कम्पनीमा र २४ हजार घरेलु कामदार गरि नेपाली कामदार ६० हजार रहेको हामि संग तथ्यांक छ   ।
नेपाल सरकार  दुतावासले चै आफ्नो नागरिकको किन तथ्यांक नराखेको नि ?
कुबेतमा नेपाली कति छन् भनेर यकीन तथ्यांक राख्नुपर्ने दुतावासको र नेपाल सरकारको दायित्व हो । तर यथार्तमा भनु पर्दा नेपाल बाहेक दोश्रो मूलुकबाट कुबेत प्रबेश गर्ने गरेका कारण पनि यो समस्या भएको हो ।
पछिलो समय नेपाली महिलाहरु कामदारको रुपमा आउँन प्रतिबन्धित लगाएको  यधपी मानव तस्कर तथा दलालको फन्दामा परेर घरेलु कामदारका रुपमा कुबेत आएका धेरै नेपाली महिला कामदारहरुले दुःख पाएका कुराहरु बहिर आउने गर्दछयो सन्र्दभमा दुतावासले कस्तो कदम चालिरहेको  ?
नेपाल बाट भन्दा पनि दोश्रो मूलुकबाट आउने गरिएको सुनिएको छ ।यहि कुरालाई मध्य नजर राखेर हामीले केहि अघि गृह मन्त्रलाय , मुख्य सचिव , पररास्ट्र मन्त्रालय र श्रम मन्त्रालयमा नेपाली महिला कामदारको बारेमा मनिटरिङ्ग यथा सिघ्र हुनु पर्यो भनेर हामीले परिपत्र गरि सकेका छौ ।संभत यस बिषयमा गृह कार्य भै रहेको हुनु पर्छ ।आशा गरौ छिटै केहि नीति नियम र ब्यबस्था हुनेछ   ।
यसै सन्दर्भमा मैले गत बर्ष नेपाली महिलाहरुले राजदुतावास राखेको सेल्टर तोडेर हिडेको कुरा जोड्न चाहे ।त्यति खेर मिडियामा राजदुतावासले समयमा घर पठाउन पनि नसक्ने क्षतिपूर्ति पनि दिलाउन नसक्ने भनेर आलोचित बन्यो  यस्ता समस्या समाधान तर्फ दुतावासको ध्यान पूग्न नसकेको हो ?
c660954f-974a-461b-b3ab-cabc7e99d5beपूर्व राजदुत मधुवन पौडेलको पालामा विचल्लीमा परेर दुतावास आउने महिलाहरुको बास, गास एवंम उनीहरुलाई स्वदेश फिर्तिको व्यवस्थापन गर्न भनि कुबेतको अलहकुक कम्पनीसँग मिलेर सेल्टर खोलेको थियो । निश्चित स्रोत साधनले सयौको सवै कुराको प्रक्रिया मिलाउदा केहि समय लाग्नु स्वाभाविक हो । यहि समय लाग्यो भनेर सम्भवत यी आरोप प्रत्यारोप कुण्ठा आएको हुन् सक्छ । तर गत अप्रिल ५ मा नेपाली राजदुतावासले आफुले खोलेको सेल्टर बन्द गर्दै यहाँ रहेका घरेलु महिला कामदार कुवेत सरकारद्धारा खोलिएको सेल्टरमा हस्तान्तरण गरेपछि सयौको संख्यामा रहेका महिलाहरु लाइ व्यस्था गर्दै फिर्ता पठाई सकेका छौ । अहिले सेल्टरमा जम्मा १९ जना नेपालि महिला छन र यिनको पनि कानुनि प्रक्रिया मिलाउने काम भै रहेको छ ।दुतावास बाट नियमित अनुगमन पनि भै रहेको छ ।डेढ बर्षे बसाईका क्रममा नेपाल  नेपालीलाई कुबेती  कुबेत सरकारको कस्तो प्रतिक्रिया पाउनुभयो ?
अरु देशको नागरिक भन्दा तुलनात्मक रुपमा  नेपाल र नेपाली प्रति कुबेती र कुबेतको सरकारको सकारात्मक प्रतिक्रिया छ । नेपालीहरु बिश्वासिलो छन्, ईमान्दार छन्, लगनशील छन् भन्ने प्रतिक्रिया पाएको छु ।
केहि अघि नेपाली समुदायले यहाको शान्ति ब्यबस्था खलल पुराएको भन्दै कुवेत सरकारको आग्रहमा नेपाली कार्यक्रम नगर्न राजदुतावास बाट सुचना जारि भो  यस्तो आग्रह आउदा पनि नेपाल  नेपाली प्रति कुबेत  कुबेत सरकारको प्रतिक्रिया सकारात्मक  त् ?
कामको हिसाबले नेपालीहरु बिश्वासिलो छन्, ईमान्दार छन्, लगनशील छन् यो सत्य हो त्यहि भएर पनि प्रतिक्रिया सकारात्मक छ । तर हामीले होस्ट कन्ट्रीको शान्ति ब्यबस्था खलल पर्नु चै हुदैन । हामीलाई दिएको सकारात्मक प्रतिक्रियालाई धुलोमा मिलाउने काम , नेपाल र नेपालीको इज्जत लाइ बद्नाम गर्ने काम हामीले कसैले नगरौ भनेर सचेत गराएको हो । यस अघि पनि फुटबल मैदानमा होस् कि अन्यत्र तिर भएका उच्छ्रङ्खल गतिबिधि हुन् हामि अवगत छौ । त्यस बेला पनि नेपाली समाज सुधार हुनेछ भनेर सके जति राजदुतावास बाट पहल भएको छ समाज मिलाउन । तर यस पटक चै कुबेत सरकार स्थानीय प्रहरी बाट शान्ति ब्यबस्था खलल पुराउने यस्ता कार्यक्रम रोक्न आफ्ना नागरिकलाइ सचेत गर्न भनेको भएर सचेत गराउन यो सुचना जारि गरिएको हो तर यसलाई गलत ढंगले अपब्याख्या र विश्लेषण गरीएकोमा दुख लागेको छ ।
अझ मैले स्पस्ट पार्न चाहे नेपाली समुदायले यहा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा राजदुतावासले विरोधाभास कुराहरु गरेको हैन । बरु सक्छौ भने हामीले अन्तरास्ट्रिय स्तरमा नेपालको पर्यटकीय तथा सास्कृतिक बिकास एवं प्रबदन गर्ने कार्यक्रम गरौ त्यसमा राजदुतावासले कस्तो सहयोग गर्ने हो गर्न तयार छ । जहा सम्म नेपाली कार्यक्रम गर्ने कुरा छन् त्यो त् यो सुचना जारि भए पछि नि भएकै छन् । तर हाम्रो फेरी पनि आग्रह के भने हामीले कुबेत सरकार लाइ मर्यादित ढंगले कार्यक्रम गर्ने भनेर आस्वस्त बनाउ ।  आफैले आफुलाई ,आफ्नो देश लाइ घात गर्ने काम नगरौ । अन्यथा नेपाली यस्तो उस्तो भनेर यसको नकारात्मक प्रभाव पछि सम्म पर्छ । अत स्थानीय प्रहरी प्रशाशन संग अनुमति लिएर आयोजकले कुनै पनि उच्छ्रङ्खल गतिबिधि नहुने ग्यारेन्टी सहित गरिएमा हामी सबैको गौरबको बिषय बन्ने छ ।
तपाइले केहि अघि पत्रकार महासंघ संगको अन्तरक्रियामा कुबेत संग नेपालको व्यापारिक सहकार्यको आधारका बारेमा कुरा गर्नु भएको थियो  प्रसंग फेरी जोड्न मन लाग्यो के हामीले केवल रोजगारीको क्षेत्रमा मात्रै कुबेतसँग सम्वन्ध वनाउन सकेका छौं या अरु क्षेत्रमा पनि सम्बन्ध बिस्तार गर्ने आधारहरु पाउनु भएको  ?
कुबेत आफैमा ठूलो पूंजी भएको देश हो । यहा हाम्रो श्रम क्षेत्रमा मात्रै हैन अन्य पर्यटन ,हस्तकला लगायत अन्य धेरै कुरामा ब्यापार ब्याबसाय बिस्तार गर्ने आधारहरु छन् । कुबेतबाट भने नेपालमा  जलश्रोत, सिञ्चाई र बिद्युत् उत्पादनमा केही लगानी भित्रीसकेको अवस्था छ । यिनै कुरा लाइ मनन गरि कुबेत चेम्बर अफ कमर्श संग अन्तरक्रिया गरेर मैले नेपालको ब्यापारिक समुदायलाई र नेपाल चेम्बर अफ कमर्शलाइ पत्र समेत लेखेर जानकारी गराई सकेको छु । यहा पर्यटन ,हस्तकला प्रबदन गर्न ठाउ र लाग्ने लागत को बारेमा समेत जानकारी गराई सकेको छु तर अहिले सम्म कुनै रेस्पोन्स भने आएको छैन ।
मैले प्रसंग बदल्न चाहे भुकम्प पछि देश पुर्ननिर्माणको चरणमा यो अवस्थामा कुबेतको सहयोगलाई लिनको लागि केही कार्य भए कि ?
भूकम्पपछिको पूनर्निर्माणका लागि मित्रराष्ट्रहरुबाट सहयोग उठाउन गरिएको दाता सम्मेलनमा कुबेत सरकारले ४.१ मिलियन अमेरिकी सहयोगको प्रतिबध्ता गरेको थियो । यहांका नागरिक र संघ सस्था ले पनि ब्यक्तिगत रुपमा सहयोग गरे। पुर्ननिर्माणका लागी ठोस योजना दिनुस हामीले प्रतिबध्ता गरेको सहयोग गर्छौ भनेर कुबेत सरकारले भनेको छ । जसलाई मैले नेपालको पररास्ट्र मन्त्रालय , अर्थ मन्त्रालयमा पत्र लेखि जानकारी समेत गराई सकेको छु ।
अन्त्यमा हाम्रो संचार मार्फत कुबेतमा रहेका साठी हजार नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
कुबेतमा बस्ने नेपाली नागरिकहरुलाई समस्यामा परेको खण्डमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।राजदुताबास बाट एउटा नेपाली नागरिकले पाउने सम्पूर्ण सुबिधा पारदर्शी र सहयोगी भावनामा छिटो छरितो पाउनु हुनेछ ।त्यस्तै गरि आफ्नो रोजागारमा मर्यादित बनौ  ,नेपाली नेपाली बीच भातृत्व ,सद्भाव ,सहयोग र मित्रताको भावना राखौ एव नेपाल र नेपालीको सधै गौरब , इज्जत , प्रतिष्ठा बढाउने कामहरु गरौ  , जानी नजन्नी गलत काम गर्ने नेपालीहरु लाइ सम्झाउन , नगर्न सुझाव सल्लाहा काउन्सिलिङ्ग दिनु हुन् मेरो आग्रह छ । अन्त्यमा दुतावासका हरेक गतिबिधीमा सहयोग र समन्वय गर्ने हाम्रो संचार सहित सवै मिडियाहरु ,नेपाली संघ संस्थाहरुलाई सम्झन र धन्यवाद दिन चाहन्छु ।
source:-http://hamrosanchar.com/2016/04/29/%e0%a4%86%e0%a4%ab%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%87-%e0%a4%98%e0%a4%be%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%95%e0%a4%b8%e0%a5%88%e0%a4%b2/

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.