आज लोकतन्त्र दिवस , सवैको जय होस !!!- गोपाल सिवा

आज १०औ लोकतन्त्र दिवस । सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात २०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिन चलेको शान्तिपूर्ण जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताको अपार सहभागिताले बैशाख ११ गते राजतन्त्रलाइ घुँडा टेकाएको थियो । १९ दिन चलेको जनआन्दोलन सम्झिन एव १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण कोसे ढुंगाको रूपमा लिइन्छ । 
लोकतन्त्रको अभ्यूदयसँगै सम्पूर्ण पुनरुत्थानवादी किल्लाहरुलाई ध्वस्तपारि हिमाल,पहाड र तराईका फाँटहरुमा विकासको समानुपातिक वितरणको आभास दिलाँउदै लोकतान्त्रिक, गणतान्त्रिक सभ्यताको अजेय किल्ला निर्माण गरेको पनि आजको दिन १० बर्ष पुग्यो ।२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ। तर यसको जति महत्त्व छ भनिन्छ त्यति निन्दनीय पनि बन्दै गएको छ । सत्तामा पुगेर सत्ताको स्वादबाट उम्कनै नचाहने प्रबृत्तिले लोकतान्त्रिक आधार बलियो बनाउनु भन्दा पनि सत्तालाई प्रभुसत्ताको देन र स्वतन्त्रतालाई सामन्ती अवशेषको कृपा सम्झदै निर्मुल पार्नु पर्नेहरुसँग मीत लगाउन पुग्दा लोकतन्त्रबाट प्राप्त सार्वभौमिकता भित्रै सामन्ती अधिनायकवादले शहिदको रगतलाई अपमानित गर्दै लोकतान्त्रिक सँरचना भित्राउन सकिरहेका छैनन् । परिवर्तन प्रतिको निर्धारित उद्देश्य र उद्देश्य प्रतिको बैज्ञानिक पहिचानको कमीेले भ्रमको त्यान्द्राको अल्मलाईमा गन्तव्यहीन यात्रा गरिरहेका हाम्रा नेताहरुलाई लोकतन्त्र कागलाई वेल पाक्यो हर्ष न विस्मात बनेको छ । देश प्रतिको अगाढ प्रेम, भातृत्वको सद्भाव राष्ट्रिय एकता एक सपनाजस्तो भईरहेको छ । निःसन्देह भन्नु पर्दा सँबिधान कार्यन्बयन गरेर नेपालको दिगो सँकल्प लक्ष्य लिने कुराले गाँजिसकेको छ । तर पुग्ने लक्ष्य टाढा भएपनि दौडनु भन्दा खुट्टा तानेर लडाउनुको भ्रामक मज्जा हाम्रा नेताहरुलाई सुःखद भएर आएको छ । ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको 'नेपालको संविधान-२०७२' को प्रभावकारी कार्यन्वयन गर्ने र नयाँ नेपाल बनाउने अग्रसर भएका नेताहरु अरुलाई असफल बनाएर मात्र आफु सफल हुन सक्छौँ भनेर सोचिरहेका छन्, ब्यहोरा देखाईरहेका छन् ।
२०४७ सालको सँविधानलाई २०५९ सालको असोज १८ मा राजनीतिमाथि प्रतिबन्ध लगाउँदै राजाले सँविधानको हत्या गरिदिए । त्यसपछि जसरी नेपाली जनतालाई नक्कली प्रजातन्त्रको अभ्यास गराउँदै फेरि माघ १९ मा अन्धकार राजको शिकार भयो । यहि असोज १८ को प्रतिगमनले नै नेपाली राजनीतिमा लोकतन्त्रको नारा घन्काएको थियो । तर बिडम्बना जसरि हिजो प्रजातन्त्रको काल भनिएको ति बर्षहरुमा नेपाली जनताहरुको लागि धोका, षडयन्त्र, जालझेल , मारकाट, तानाशाहीतन्त्रका पर्याय बन्यो । त्यसै गरि आज तानाशाहीतन्त्रको पर्यायी बनेको राजतन्त्रको अन्त्यसँगै आएको लोकतन्त्रका पनि हिजोको जनप्रतिनिधिहरुले पछिल्लो लोकतान्त्रिक अभ्यासको एक दशकमा बिभिन्न रुपको बस्त्र धारणा गरि परिस्थितिसँग निकटता देखाउन थालेको देखियो । लोकतन्त्र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कडीको रूपमा परिणत हुनै सकेन ।दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ । जति ठुलो राजनीतिक संघर्ष गरे पनि आधारभूत तहका नागरिकहरुको अवस्था ज्युँका त्युँ हुँदा नेतृत्वकर्ताका लागि भने लाजको बिषय बन्नै सकेको छैन। सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै छन् । दलहरु झनझन आलोचित बन्दैछन् ।हिजोको रातमाटे डाँडामा गाई चराउने साँसदले आज सिस्नोलाई त बिर्सिसक्यो; गुन्द्रुक र ढिँडोलाई पनि चिन्दैन । खाली खुट्टा सात भँञ्ज्याङ्ग उकाली ओराली गर्ने देशको ढुकुटी रित्याउँदै आज करौँडौका पजेरोमा अर्थहिन लक्षित गरि यात्रा गरिरहेकोे छन । सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । लोकतन्त्र प्राप्तिको दशक पुरा हुँदा समेत नेताहरु भने कुर्सि कसरतमै व्यस्त छन । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएको छ ।
त्यसैले ढिलो नगरी नागरिकको शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षा सहित भोकोपेटलाइ खान र नाङ्गो आङ्गलाइ लाज छोप्ने आधारभूत ब्यबस्था गर्दै सरकार अघि बढ्नु पर्छ । अन्यथा निरँकुशतालाई उन्मुलन गरेका नेपालीहरुले नेताहरुलाई राजालाई जसतै भगवानको सिँढीबाट तल ओरालेर मान्छे बनाउँछन । गुण दोषको लेखाजोखा गर्नेछन । भत्ता पचाउन अन्तिम समयमा हजमोला गोली खानेहरुलाई गतिहिन सोच लिएर बाँच्न अब कसैले पनि दिने छैनन । यहि उन्मुक्ति हामी नेपाली जनताहरुको मागिरहेका छौँ ।यहि उन्मुक्तिको अभिब्यक्ति नै लोकतन्त्र हो । हामीले पाएको लोकतन्त्रको अमुल्य वा महत्वपूर्ण पक्षलाई देश विकास र नेपाली जनताको हितको लागि लक्षित गरि खर्चिनु पर्दछ । हाम्रो लक्ष्य, हाम्रो सँकल्प, देशको हितको लागि, नागरिकको न्यायको लागि उभिनु पर्दछ । राज्यलाई नियन्त्रणकारी अँगको रुपमा मात्र विकास नगरि अव शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले दिने चरित्रको लोककल्याणकारी राज्य स्थापना गरिनु पर्दछ । अवको राज्य प्रणालीमा शिक्षा, स्वास्थ्य र रोजगारी प्रत्येक नागरिकको मौलिक अधिकार हुनु पर्दछ । यो अभ्यास लोकतन्त्रको यहि बर्षगाँठबाट शुरुहोस भन्ने लोकतन्त्रको शँखघोष छ ।
अन्त्यमा , लोकतन्त्र संस्थागत गर्नतर्फ आ-आफ्नो स्थानबाट उठेर राष्ट्रिय संकल्पमा पुग्न हामि सवै  नेपालीहरु लाइ चेतना पलाओस । तमाम संर्घसशील नेपाली जनता र ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञजली अर्पण गर्दछु । लोकतन्त्र दिवशको सुभकामाना ,हामि सवैको जय होस्  !!!.

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.