समाजमा परिवर्तन ल्याउने र जनचेतना जगाउने मेरो सपना हो :हरि चन्द्र नेपाली

अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखाले कुवेतमा नयाँ प्रतिभाको खोजी गर्नका लागि पहिलो पटक आयोजना गरेको ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’ मा प्रथम हुन् सफल हरि चन्द्र नेपालीले कार्यक्रमका बिभिन्न चरणमा लोकगीत, आधुनिक तथा आफ्नो रोजाईका बिधामा लय तथा आवाजको जादुले स्रोताको मन जित्न सफल भए ।
मोरड़ जिल्ला टाडी गाबिसमा जन्मिएका हसिलो , मिलनसार र सवै संग चाडै घुलमिल हुने मिजासिला स्वाभाबका गायक हरि चन्द्र नेपाली आफनो कामबाट बचेको समयलाई प्रवासमा पनि नेपाली कला र संस्कृतिको सरक्षण, सम्बर्धन र प्रबर्धनमा पछिलो समय लागि परिरहेका तिनै गायक हरि चन्द्र नेपालीसंग हाम्रो संचार डटकमकर्मी गोपाल सिवाले गरेकोे कुराकनी :- 
सर्व प्रथम त् यहालाइ कुबेतको नेपाली समाजको इतिहासमा पहिलो पटक आयोजना गरेको ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार प्रथम बन्न सफल हुनु भएको मा 
धन्यवाद , यहाहरुको सुबेक्छा , प्रतिक्रिया सुझाब नै मलाइ सांगीतिक मार्गमा हिडाउने प्रेना हुनेछ छ र सधै अपेक्छा पनि गरेको छु ।
तपाइको बारेमा बताई दिनुस न 
बाबु सन्तोष नेपाली आमा धनमाया नेपालीका कान्छा छोरा हु । पुर्व मोरड़ जिल्लाको टाडी गाविश सुन्दरी चौक कैजले जन्मिएको हु ।मैले  गित संगीत अहिले सम्म कसैलाई गुरू मानेर सिकेको छैन तर संगीत सम्बधित थोरै अनुभव छ म सानैबाट गीत गाउँथें, त्यती बेला गीत संगीत भनेर बुझ्दैनथें तर पनि गाउ घर तिर गाइने गित र रेडियोमा बज्ने गीतहरु गाउथे । गाउँमा हुने पुजाआजा देखी बिभिन्न कार्यक्रम र स्कुलमा हुने साँस्कृतीक कार्यक्र्रममा गाउँथे । सबैले राम्रो गाउँछ भन्थे ।पछिलो आठ बर्ष देखि कुबेतको सोईख कार सर्भिस कम्पनीमा कार्यरत छु ।
इनास कुबेत सिगिंग स्टार भएको घोषणासँगै कस्तो अनुभव भयो ?
अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखाले कुवेतमा गरेको यस कार्यक्रमले कुबेतमा रहेका म जस्ता कलाकारहरुलाइ आफनो प्रतिभा प्रस्फुटन गर्ने मौका पाएका छौ । प्रतियोगितामा हार र जित हुन्छ त्यो स्वभाविक नै हो । उपाधि जित्नु राम्रो हो र त्यो भन्दा पनि सबैभन्दा महत्वपुर्ण कुरा चै आफ्नो प्रतिभाले निखारिने सुवर्ण मौका र स्थान पाए । ईनास कुबेतको घोषणामा जब मेरो नाम आयो आम दर्शकहरु, निर्णयाक मण्डलहरुले मलाई होईन कि राम्रो र सहि प्रतिभाको छनौट गरि कलाकारको मनोबल बढाउन सहयोग गर्नु भएको मानेको छु । वहाहरुले दिनु भएको सम्मानले गायक बन्ने सपना देख्ने एउटा अल्लारे केटो लाइ जिवन भरी साड़गितीक छेत्रमा अगाडी बढ्न प्रेरित गरेको छ ।
हिजो आजका दिनहरु कसरी बित्दैछन् ?
दिन रमाईलो संग बित्दैछ, जागिर बाट बचेको समय जहाँ जता हिँडेपनि गीत संगीतकै सेरोफेरोमा दिनहरु कटी रहेका छन् ।
सांगीतिक बजारमा चिनाउन तपाईले आउदा दिनमा आफ्नो प्रतिभालाइ अझ निखारिने कस्तो योजना बनाउनु भएको छ नि ?
देश बिदेशमा भएका बिगतका बिभिन्न सांगीतिक कार्यक्रमका उपाधि बिजेता तथा प्रतियोगिहरुले आफनै उत्पादनहरु बजारमा ल्याई सकेका छन । प्रवासबाट सांगीतीक आकाशमा नेपाली तारा उदाईसकेका छन । मेरो ईन्ट्रेस्ट पनि यहि हो र म पनि पाएको उपलब्धि लाइ आत्म्सथा गर्दै भबिस्य खोजी गर्दैछु , समग्रमा भनु पर्दा कलाकारिता बाटै समाजसेवा गर्छु, बिकृती बिसङ्गतिलाई कम गर्दै समाजमा परिवर्तन ल्याउने र जनचेतना जगाउने मेरो सपना हो जसको लाइ मैले धेरै मेहनत गर्नु पर्छ र गर्छु भने मानसिकतामा छु ।
संगीतलाई कसरी बुझ्नु भएको छ ? सङ्गीत के हो जस्तो लाग्छ ?
संगीत एक महासागर हो जति सिक्दै र बुझ्दै गयो त्यति नै गहिराईमा पुगिन्छ र त्यो गहिराईको अन्त्य कहिल्यै हुदैन भने जस्तै सिक्दैछु र अझै पनि बुझ्दैछु ।
औपचारीक रुपमा गित संगीतमा तपाइको प्रवेश कहिले भयो ?
२०६३  सालमा नारायण गोपाल युवा कार्यक्रममा पथरिमा भएको पहिलो सागीतिक कार्यक्रममा मैले गीत गाउने अवसर पाएं ।  मेरो जीवनको पहिलो स्टेज सो भएको थियो त्यो । दर्शकले धेरै मन पराउनु भएको थियो मेरो गायन  प्रतिभा र शैलीलाइ ।  औपचारिक रूपमा संगीतमा त्यही देखी मेरो प्रवेश सुरू भएको हो । त्यस यता बिभिन्न कार्यक्रममा गाउने क्रम भने चलेको छ  ।
गित संगीत संग जोडिएको कुनै बिर्सनै नसक्ने केही क्षण छ भने हाम्रा पाठकलाई बताई दिनुस न ?
थुप्रै छन्, नारायण गोपाल युवा कार्यक्रममा पथरिले मलाइ गीत गाउने अवसर दिएको त्यो पल अझै बिर्सिन सक्दिन । त्यस्तै गरि अहिले सबैले इनास कुवेत नेपाली सिङ्गिङ स्टार कलाकार भनेर माया गरिरहनु भएको छ यति माया पाएको छु, मेरा देश बिदेशमा रहनु हुने स्रोता दर्शक, सञ्चारकर्मीहरुबाट । आज म यो ठाउँमा हुनुको श्रेय अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखालाई नै जान्छ । सायद उहाँहरुको साथ सहयोग र प्रेरणा हुन्थेन भने आज देश बिदेशमा ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’ मा प्रथम हुन् सफल हरि चन्द्र नेपाली हुन्थेन सायद । गायनमा लागन अभिप्रेरित गर्ने उहाँहरुले मलाई गरेको सहयोग र साथ कहिले पनि भुल्दीन ।
प्रवासमा कलाकारहरुले आफ्नो प्रतिभा देखाउन कत्तिको सहज छ ? 
प्रवासमा कलाकारहरुले आफ्नो प्रतिभा देखाउन गाह्रो छ । यस्तो गाह्रो बाताबरणमा बिशुद्ध कामदारको रुपमा आएका नेपालीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने एउटा प्लेटर्फम उपलब्ध गराउने प्रयास स्वरुप अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखाले जुन प्रकारको प्रतियोगिताको आयोजना गरेको छ त्यसको जति तारिफ गरे पनि कम नै हुन्छ ।
कामदारको रुपमा आएका हुनाले समयको निकै अभाव हुन्छ । बिभिन्न कारणवस प्रतिभावान ब्यक्तिहरु पनि प्रवासीएका छन । त्यस्ता ब्यक्तिहरुको लागि एउटा सेतुका काम गर्न सकिन्छ कि भनेर गरिन यस्ता कार्यक्रमहरु आयोजना गर्नु त्यति सहज छैन । त्यसमा पनि यस्तो कार्यक्रमको वारेमा सबै नेपालीमा सूचना प्रवाह गर्न र सवैले भनेको बेला समय पाउन सहज छैन । प्रतिभावान ब्यक्तिहरु जानकारीको अभाव अथवा समयको अभावले यस्ता खाले कार्यक्रमहरुमा सहभागि हुन अझै नसकेका होलान आउदा दिनमा आयोजकहरुले सवैलाइ सहभागि गराउने पक्कै सोच्नु हुनेछ भने अपेकछा लिएको छु ।
तपाईलाई मन पर्ने एक–एक जना गायक र गायिकाको नाम लिनु पर्‍यो भने क–कसको लिनुहुन्छ?
गायक गायिका सबै राम्रो लाग्छ तर मेरो आइडल चाई रामकृष्ण ढकाल र कुन्ती मोक्तान लाइ मान्छु ।
अन्तमा हाम्रो संचार मार्फत आफ्ना स्र्रोता दर्शकलाई के भन्न चाहनुहुन्छ ?
यति धेरै माया र साथ दिनु भएको छ मेरा स्रोता दर्शकले मेरा दुईचार शब्दले उहाँहरुको गुनको लागी धन्यवाद दिएर त के पुग्ला र ? मेरा आदरणीय स्रोता दर्शकहरु मेरा भगवान नै हुनुहुन्छ । आज मलाई सांगीतिक क्षेत्रमा लागन उहाँहरुकै साथ र मायाको अहम् भुमीका ले प्रेणा मिलेको छ । आगामी दिनमा पनि मलाई यसरी नै माया गरिदिनु होला हरि चन्द्र नेपाली तपाँईहरुकै गायक हो । छिटै नै नेपाली सांगीतिक बजारमा आउने तयारीमा छु ,मेरो कोशिसलाइ सल्लाह सुझाव दिनु होला । फेरी पनि मेरो मनबाट धन्यवाद मेरा दर्शक स्रोतालाई यो माया र साथको लागि ।
त्यस्तै गरि कुबेतमा रहेर नेपाली कला र संस्कृतिको सरक्षण, सम्बर्धन र प्रबर्धनमा लाग्नु हुने र मलाइ असाध्यै माया गर्नु हुने अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखाका सम्पुर्ण परिवारलाई मनै देखि सम्झन चाहन्छु ।‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’का निर्णायक मण्डल , समाजसेवी बुदिजिवी र मेरा सहकर्मी सबैलाई मन र शब्दले भ्याए सम्मको धन्यवाद । मेरो दुइ सब्द राख्ने मौका दिनु हुने तपाइँ र हाम्रो संचार डटकमको माया र साथको लागी आभारी छु म ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.