म काँग्रेस प्रति प्रतिबद्ध रहँदै आएको एक क्रियाशील व्यक्ति हु :बिष्णु परियार

नवलपरासी जिल्ला देउराली गाविस – ६ झयाल्वास घर भएका विष्णु परियार कुवेतमा लामो समय देखि कार्यरत बुद्धिजीवी समाजसेबि एव सामाजिक व्यत्तित्व हुन् । २०५४ साल देखि कुबेतलाइ कर्म थलो बनाएर काम गर्न थालेका परियार नेपाली कांग्रेसको बैदेशिक शाखा मध्धेको एक जनसंम्पर्क समिती कुवेतको हाल कार्यवाहक सभापतिको रुपमा रहेका छन् । एनआरएनए कुवेतको उपाध्यक्ष पदबाट केहि महिना अघि मात्र राजिनामा दिएका परियार लुम्बिनी समाज नेपाल कुवेतका सल्लाहकार , दलित एकता संजाल कुवेतका वरिष्ठ सल्लाहकार एव बिभिन्न संघ सस्थाका विभिन्न पदमा वसेर काम गरेको अनुभव र कार्यकुशलताको अनुभवी समेत रहेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती कुबेतको गतिबिधि लगायत समसामयिक विषयमा  नेपाली जनसम्पर्क समिति कुबेतका कार्यबाहक सभापति बिष्णु परियार संग हाम्रो संचार डट कमका लागि गोपाल सिवाले गरेको संक्षिप्त कुराकानी :-
तपाइँको राजनैतिक पृष्ठभुमिको बारेमा छोटकरीमा बताइदिनुस न
म आफुमा राजनीतिक चेतना प्रारम्भ भए देखि नै नेपाली काँग्रेस भनेको प्रजातन्त्र र नागरिक स्वतन्त्रताप्रति प्रतिवद्ध देशको सवैभन्दा जेठो पार्टी हो भन्ने बुझेर नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काँग्रेस प्रति प्रतिबद्ध रहँदै आएको एक क्रियाशील व्यक्ति हु । मेरो राजनैतिक जिवनको शुरूवात नेपाली कांग्रेश बाट नै भएको हो ।
अझ स्पस्ट पार्न चाहे मैले २०४६ साल देखि नै नेपाली काँग्रेस पार्टीको प्रजातान्त्रिक विचार मान्यता र काँग्रेस प्रतिको आस्था सिरोधार्य गर्दै राजनीतिक आस्था, विचार र सो अनुरुपको अभियानमा अटल रहँदै गाउ टोल स्तरको , जिल्ला स्तरको संगठनहरुमा आबद हुदै आए । म पार्टीको एक इमान्दार, वफादार तर स्वतन्त्र विचार वहन गर्ने कार्यकर्ता भएका ले बिदेशमा आए पनि नेपाली काँग्रेस प्रजातन्त्र र नागरिक स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको छु । जसको उदाहरण नेपाली जनसम्पर्क समिति कुबेतका हालका कार्यबाहक सभापति भएर काम गरि रहेको छु । मेरो राजनीतिक जीवनको हरेक मोडमा जुन सुकै अवस्था आए पनि म सधै नेपाली काँग्रेस प्रति सदा गौरव महशुस गर्दछु र नेपाली काँग्रेसको हितको लागि क्रियाशील रहन्छु भन्ने मान्यताको पक्षमा दृढ भएर उभिएको छु ।
नेपाली जनसम्पर्क समिती कुवेतको बर्तमान अवस्था कस्तो छ अहिले ?
नेपाली जनसम्पर्क समिती कुवेत नेपाली काँग्रेसको भातृ संगठन आर्थात राजनैतिक पार्टीको भातृ संगठन भएकोले कुवेतको हकमा यसको प्रभाव र पहुँच राम्रो छ । कुवेतमा छरिएर रहेका विभिन्न संघ संस्थाहरु र प्रजातन्त्रवादीहरुलाइ एकत्रित गर्दै जिम्मेवार राजनैतिक संगठनको हिसावले आफुलाइ उभ्याउदै आएको आफ्नो गर्विलो ईतिहास छ । नेपाली जनसम्पर्क समिती कुवेतका सभापति दिनेश परियार नेपाल गए पछि फर्किनु भएँन त्यस यता केहि महिना नियमित गतिबिधिहरुमा क्रियासिलता आउँन सकेको थिएँन ।
तर अहिले जब मैले कार्यवाहक सभापति भएर नेतृत्व सम्हाले त्यस यता नेपाली जनसम्पर्क समिती कुवेतमा आवद्ध बिचारवान र निष्ठावान सदस्यहरु बीच नियमित छलफल गरि आउने जुन १३ तारिख पुरानो निर्वाचन समिति विघटन गरि नया कार्य समिति तय गर्ने माहोल सम्म बनेको छ ।
नेपाली जनसम्पर्क समिती कुवेतमा नेतृत्व सम्हाले देखि  तपाइको कामको मुल्यांकन आफै कसरि गर्नु भएको छ नि ?
हेर्नुस कामको मुल्यांकन मैले भन्दा पनि नेपाली जनसम्पर्क समिती कुवेतमा आवद्ध बिचारवान र निष्ठावान सदस्यहरुले गर्ने हो । कोहि जन्मिदै कांग्रेश भएका नि मित्रहरु हुनु हुन्छ तर व्यक्ति भन्दा पनि एजेण्डा महत्वपूर्ण हुन् त्यसैले समग्र कांग्रेसीहरुको हक हितका लागि केही काम गर्नुपर्ने देखेर , कार्यसमितिमा मेरो काम देखेर वहाहरुको मुल्यांकनले नै मलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनु भएको हो । 
समितीले मलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि एकातिर लामो समयदेखि नेत्रत्वबिहिन रहेका स्थितिलाई केहि हद सम्म आन्तरिकरुपमा नै सुल्झाउन सकेकोमा नेपाली काँग्रेस केन्द्रिय समितिले सकारात्मकरुपमा लिएको छ भने अर्को तिर पार्टी र समितीको हितका लागि कुबेतमा भेला, सुभ कामाना र शोक सभा जस्ता कार्य गर्न सफल भएको छ । बिगत लामो समय देखि अधिबेशन हुन नसकेको जनसम्पर्क समिति कुबेतको अब चाडै नै निर्वाचन समेत हुने भएको छ । समितिको अधिवेशन गराउने मूख्य कार्य भएकाले त्यसको तयारीको लागि कार्यसमिति र निर्वाचन समितिले बनाउने र जुन को दोस्रो हप्ता भित्र नया कार्य समिति बनाउने गरि तयारी सुरु गरिएको छ ।
अब फेरी मलाई बिश्वास गरी पूर्णरुपमा सभापति पदको जिम्मेवारी कार्यसमितिले दिएमा मन, बचन र कर्मले भ्याएसम्म राम्रा कार्य गर्ने छु । 
नेपाली कांग्रेशमा आस्था राख्ने सबैलाई मिलाएर लैजाने , देश विदेशमा क्रियाशील संघ सस्था संग समन्वयकारी भूमिका खेल्ने देखि पार्टी कार्यालय संग प्रत्य्क्छ सम्पर्कमा रही नेपाली कांग्रेशको प्रभाव अटल राख्ने प्रयोजन सम्मत मेरो भूमिका हुनुपर्ने अनिवार्यता छ र यहि मार्गमा नेपाली जनसम्पर्क समिती कुवेतलाइ अघि बढाउने छु ।
यस पटकको नेतृत्व चयनका सवालमा तपाईंको धारणा के छ ?
पक्कै पनि यो महाधिवेशनले चयन गर्ने नेतृत्व र पारित गर्ने नीति तथा कार्यक्रमहरुको महत्त्व निश्चित पनि विगतमा भन्दा महत्त्वपूर्ण र सर्वत्र चासोको बिषय छ । किनकी नेपालमा संविधानको घोषणा पश्चात पनि जुन अन्यौलको स्थिति र अप्रजातान्त्रिक गठबन्धन छ यसले अझैपनी प्रजातन्त्र खतरामा रहेको आभास नेपाली काँग्रेसलाई भएको छ । नेपाली काँग्रेसको भातृ संगठन हुनुको नाताले जनसम्पर्क समिती कुबेत पनि आफ्नो स्पष्ट धारणा पारित गरि अगाडि बढ्न चाहन्छ र आगामी नेतृत्व पनि यी मुद्धाहरुलाइ अगाडि बढाउन सक्ने स्पष्ट दृष्टिकोण भएको व्यक्तिहरुनै हुनुपर्छ भन्ने मेरो धारणा छ ।
सभापतिमा तपाइँको उम्मेदवारी हुन्छ कि हुन्न ?
कार्यसमितिमा अहिले सम्म मिलेर अघि बढ्ने सहमति भएको छ । सम्भवत हाम्रो यसपालिको नेतृत्व सहमतिय आधारमा चयन हुनेमा हामी आशावादी छौ । एउटै विचार बोक्नेभित्र फुट नभई जुटको आवश्यक्ता रहेको हुनाले अहिलेपनी म साँथिहरु संग छलफल कै दौरानमा छु र यसपालि मेरो दावी तथा उम्मेदवारी सभापति पदमा हुनेछ । जनसम्पर्क समिती कुबेतमा आबद सबै नेपाली काँग्रसका कार्यकर्ता तथा शुभ चिन्तकहरुले मलाइ साथ् दिनु हुनेछ भने आशा गरेको छु ।
अबको सभापति तपाई नै किन हुनुपर्छ ?
सभापति भनेको आत्म अनुशासन भएको हुनुपर्छ ।सबै नेपाली कांग्रेशमा आस्था राख्ने र सवै संघ सस्थालाई एकढिक्का गर्दै पार्टी र अन्तराष्ट्रिय जगतसँग समन्वय गर्न सक्ने हुनुपर्छ ।सबैलाई समान किसिमको व्यवहार गर्दै नेपाली कांग्रेशको हितका लागी लड्ने हुुनुपर्छ । कार्यबहाक सभापतिका रुपमा संस्थाको प्रतिनिधित्व गर्दै मैले जुन उचाईमा लान चाहेको छु त्यस लाइ निरन्तरता दिनका लागि पनि पूर्णरुपमा सभापतिको जिम्मेवारी कार्यसमितिले मलाइ दिनु हुनेछ भने अपेक्छा गरेको छु ।
प्रसंग बदल्न चाहे , कुबेतमा नेपालीहरुलाई समस्या पर्दा तपाइहरुले कसरी सहयोग पुर्‍याउनु हुन्छ? 
नेपाली जनसम्पर्क समिति कुबेतको स्थापनाकाल देखि नै हाम्रो प्रमुख उद्धेश्य भनेको कुबेतमा रहेका कुनै पनि नेपाली नागरिकलाई आपदबिपद पर्दा सहयोग गर्नु नै हो। कुबेतमा रहेका एनआरएन, नेपाली समाज , मिडिया लगायत अन्य सामाजिक , राजनीतिक संघ सस्थाहरुसँग हातेमालो गर्दै कुनै पनि नेपाली नागरिकलाई समस्या परेको बेला हरपहल सहयोग गर्न तम्तयार छ र गर्दै आइ रहेका छौ । हामीले कुबेतमा मात्र हैन मुलुकमा बिभिन्न आपत बिपतमा व्यक्तिगत र समितिको तर्फ बाट सहयोग पनि गर्दै आई रहेका छौ । राजदुतावास संग नियमित सम्पर्कमा छौ र कुबेतमा नेपालीहरुलाई परेको समस्या प्रति अन्तरक्रिया , छलफल नि गरेका छौ ।
अन्त्यमा हाम्रो संचार डटकमका माध्यमबाट कुबेतमा छरिएर रहनु भएका पाठकहरुलाई के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम हाम्रो संचारमा मलाई आफ्नो दुइ शब्द राख्ने मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छु र कुबेतमा छरिएर रहनु भएका मेरा आदरणीय साथीभाइ सम्पूर्ण सुभचिन्तकहरु नेपाली जनसम्पर्क समिति भनेको बिश्व भरी छरिएर रहेका राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्ने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको आफ्नै पार्टी नेपाली कांग्रेस पार्टीको विदेश स्थित भातृ संगठन हो । तिनै नेपाली जनसम्पर्क समितिहरू मध्य नेपाली जनसम्पर्क समिति कुवेत पनि एक हो। 
त्यसैले प्रजातन्त्रमा आस्था राख्ने सबै तह र तप्का एव कुबेतमा रहनुभएका संघसंस्थाहरु, पत्रकार बुद्धिजीवीहरु, अधिकारकर्मीहरु सबै सबैमा नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्न र प्रजातंत्र बच्चाउने जिम्मा लिएको देशको सवैभन्दा जेठो पार्टी नेपाली कांग्रेसमा आबद्ध भै अगाडी बढौ । जय नेपाल !
- See more at: http://hamrosanchar.com/2016/05/21/%e0%a4%ae-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a6/#sthash.k2mhDZqq.dpuf

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.