राजनीतिको फोहोरी ढलमा केही फोहोर निकाल्न हात हालेको छु :गोपाल सुबेदी

नेपालको तेर्हथुम जिल्लामा जन्मिएका गोपाल सुबेदीले एसएलसिको फलामे ढोका चार पल्ट सम्म फोड्ने प्रयास गरे । अरब बाट आउदा सुटकेस भरी पैसा ल्याउन पाइन्छ भन्ने सुनेका यिनि अध्ययनमा मिलेको असफलता पछि सुटकेस भरेर पोइसा ल्याउने सपनाहरु बोकेर सुरुमा कतार गए । तर बिडम्बना यिनी कतार गएको ७ महिनामै चन्दा मागेर घर फर्किनु पर्यो । त्यस पछि साउदी गए फेरी १८ महिनामा फर्किनु पर्यो । मलेसिया गए उस्तै नियति भोगेर आए ।
मानिस आफैे उद्देश्य बोकेर जन्मेको हुन्न उद्देश्य त उस्को जन्मेपछिको रुचि तथा बातावरणले एक पछि अर्को गर्दै तय गर्छ भने झैँ सरल, नम्र बोलिचाली , खाइलाग्दो र जुझारु गोपाल सुबेदी पछिलो केहि बर्ष देखि कुबेतमा कार्यरत छन । पछिल्लो पटक नया शक्तिको प्रदेश प्रादेशीक परिषद सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाज कुवेत संयोजकमा मनोनित समेत भएका एव कुबेतमा सामाजिक कार्यमा क्रियाशील तिनै गोपाल सुबेदी सँग हाम्रो संचारको लागि गोपाल सिवाले गरेको कुराकानीः
आफ्नो बारेमा केही बताइदिनुस न 
तेर्हथुम जिल्लाको म्याड़्लुड़ नगरपालीका अन्तर्गत पिप्ले गाँउ बिकास समितिमा २०४० मा मेरो जन्म भएको हो । पिता स्व कुल प्रसाद सुबेदी तथा माता उमा देबी सुबेदीको कोख बाट जन्मिएको म माइलो सन्तान , म सहित ४ सन्तान छौ । पिता सरकारी जागीरमा हुनु हुनु हुन्थियो । पिताले १९ बर्ष सम्म जागीर खानु भयो अन्त्यमा अस्थाई मै छाड्नु पर्यो । पिताले जागिर छोडे पछी घरमा आर्थिक समस्याहरु देखिन थाले ।जीवन जिउने क्रममा भेटेरीनरीमा गोरु लाई बन्ध्याकरण गर्ने ठाउ सर्भे गर्नु पर्ने देखि कपडा पसलमा काम गर्दै बिराटनगरको बसपार्कमा तेर्हथुमे साल्दाईको आफ्नै होटल सम्म संचालन गरियो ।
जिन्दगीका हरेक रुचिहरु हुन्छन् ती रुचिभित्र आफ्नै किसिमका मिठास र गन्तव्य हुन्छन् ती गन्तव्यले कुन उचाईसम्म मानिस पुग्न सक्छ र कसैलाई पुग्न समय पनि धेरै लाग्ने हुदो रैछ । होटल ब्यबसाय गरेर जिविको पार्जन गरि रहेको बेला होटल बेचेर म पनि धन कमाउले रुचि जागेर कतार , साउदी ,मलेशिया गए तर अभागी खपर जता गए नि ठककर भने झैँ जता गए नि असफलता हात लाग्यो । त्यस पछी फर्किएको म काठमाण्डौ चक्रपथ स्थित चप्पल कारखानामा ९ महीना मजदुरी गरे । त्यस पछी पछिलो केहि बर्ष देखि अहिले सम्म म कुबेतमा कार्यरत छु । बिबाहित छु र एक छोरी छिन मेरो ।  झट्ट सुन्दा कुनै सिनेमाको कहानी झैं लागेपनि समग्रमा भन्नु पर्दा मैले जीवनमा गरिबी लाइ नजिक बाट हेरेको छु भोगेको छु, दुख लाइ अनुभूत गरेको छु र हिम्मत नहारि संघर्ष गर्न सिकेको छु ।
तपाइँ राजनीतिमा कसरि होमिनु भयो नि ?
म जन्म जात एमालेको रगत । मेरो घरमा सानो तिनो जमघट भै रहने बाबा सरकारी जागीरे मलाई लाग्छ सानै थिए म ०४६ /०४७ साल तिर मेरो बाबा घरबाट अफीस जादा हातमा कालो पट्टी लगाएर जानु हुन्थ्यो । तेर्हथुम जिल्लाका नेकपा एमालेका पुर्ब सासद बिजय सुब्बा देखि गाउका मानिसहरु हाम्रो घरमा आउने जाने भै रहन्थियो । अझ आफ्नै काका गाविसमा एमाले बाट अधक्क्षमा बिजयी हुनु भयो । यो खुसीमा दौरा र कटु लाएर अबिर र सिन्दुर आफैले आफैलाई दल्दै हसिया र हथ्यौडा भएको झण्डा बोक्दै नेकपा एमाले जिन्दाबाद भन्दै गाबिस भरि घुमे तर जब नेकपा एमाले फुट्यो मन पर्ने काका मालेमा जानुभयो ।
काका भतिजको बोलचाल बन्द पछी हुदा हुदै कक्षा ९ स्कुल पढ्दा एक दिन एक जना अखिलको नेता समेत हुनु भएको जंग पहाडी भन्ने दाई हुनु हुन्थ्यो उहाले हामी सिह बाहीनीमा पढ्ने ७ /८ जना बिद्यार्थी लिएर जिरीखिम्ती भन्ने ठाउमा लैजानु भयो र त्यहा सिह बाहीनी प्रारम्भिक कमिटी गठन गर्नु भयो । त्यसबेला हामी संगै हालका तेर्हथुम जिल्लाका नाम चलेकै नेता हुनु हुन्छ छत्र रिमाल उहाहरु दुई जनाले बिधीबत रुपमा मलाई एमाले बनाएको त्यो क्षण बास्तभ मै स्मरण योग्य छ ।त्यस पछी जब म मलेसिया बाट फर्किए तब म काठमाण्डौ चक्रपथ स्थित चप्पल कारखानामा ९ महीना मजदुरीगरे त्यहि बेला माओबादी निकट अखिल नेपाल ट्रेडयुनियन महासंघ अनतर्गत साखा कमीटी उपाधक्क्ष रहेर काम गरे ।यि त् मेरा राजनीतिक सुरुवाती दिन भए अब भने नया सक्ति नेपालमा आबद छु ।कुवेत मै राजनिती भन्दा पनी समाजसेवा गर्ने उदेश्य ले पहिलो पल्ट यस फोहोरी ढलमा मन बचन र कर्म ले हात हालेको छु केही फोहोर अबस्य निकाल्न सक्छु की भन्ने हेय्यले तपाईहरुको साथ र सहयोग अनी खबरदारी अती नै आबस्यक ठानेको छु आशा छ सहयोग गर्नु हुने नै छ।
नया सक्ति नेपालको बारेमा केही बताइदिनु हुन्छ कि ?
सारै राम्रो प्रश्न सोध्नु भयो गोपाल शिवा जि नया शक्ति एउटा बैकल्पिक शक्ति को रुपमा उदाएको एउटा बाम लोकतान्त्रीक पार्टी हुनेछ यस्को जग ‘ ५ ‘ स मा आधारीत हुने छ तसर्थ आज सम्म का जति पनी राजनैतिक शक्ति हरु छन ति भन्दा भिन्न अथवा भनौ सबै क्षेत्र लिड़्ग बर्ण भाषा सबैलाई एकै तरिकाले समेटेर लैजान सक्ने यो एक यस्तो शक्ति को हामीले परिकलपना गरेका छौ यस्को बर्गिकरण नै हामीले बैज्ञानीक तरिका ले गरेका छौ सबै को समान प्रतिनाधित्व हुने समाबेसी समानुपातिक प्रतिनिधित्व सदाचार शुसासन आदी बिषय हरु लाई समेटेर हामी आगामी दिन मा अझ ब्यापक बनाउदै लैजाने उदेश्य ले यो पार्टी को निर्माण गर्दै छौ अस्ती भर्खर मात्रै जष्ठ ३० पार्टी को घोषणा सभा सकियो ।
राजनीतिक दलका अहिले सम्म को गतिबिधीले आजित भएका नेपाली माझ नया राजनैतीक संगठनको रुपमा नया सक्ति देखिएको छ ,त्यसैले सबैको मन जित्न , नया शक्तिको बारेमा बुझाउन के गर्नुहुन्छ ?
हेर्नुस नयाँ युगको यति ठूलो युगीन कार्यभार पूरा गर्दा त्यसरी हिजोकै खास परिवेशमा बनेका संगठन, बनेको विचार र बनेको नेतृत्व र कार्यशैलीलाई सामान्य जोड-घटाउ र सुधार गरेर मात्रै त्यो शक्तिले यो नयाँ युगको कार्यभार पूरा गर्न सक्दैन । त्यसैले आत्मगत रुपमा पनि हामीले नयाँ ढंगले सोच्नुपर्ने हुन्छ ।अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्ध हल गर्न आर्थिक विकास र समृद्धिको योजनालाई कार्यान्वयन गर्न, आन्तरिक रुपमा हाम्रा विविध राष्ट्रियताहरु तिनको बीचको एकता कायम गरेर नेपाललाई समृद्ध र बलियो पार्न र  हाम्रो भू-राजनीतिक अवस्थिति छ त्यसको सन्तुलन मिलाएर प्रगतिशील राष्ट्रवादको तरिकाले नेपालको स्वाधीनता कायम गर्नको निम्ति हामीलाई नयाँ शक्तिको आवश्यकता पर्छ ।अरु भन्दा साचिकै फरक नाम ,काम,सोच चिन्तन,सिदान्त, रणनीति, कार्यनीति र कार्यकौसलाताका हिसाबले नयाँ शक्ति नेपालको चुनौति अहिले सम्म भएको राजनीति नेता कार्यकर्तामा भ्रस्ट र गैर राजनीतिक चरित्रको अन्त्य गर्दै समानुपातिक समावेशी, न्यायपूर्ण, हिंसारहित, समतामूलक, लोक कल्याणकारी र समृद्ध राज्य निर्माण पहिलो प्राथमिकता नै हो।
पार्टी संगठनले अहीले मलाई फेरी नया जिम्बेवारी दियो प्रदेश प्रादेशीक परिषद सदस्य यो जम्मा १०१ जनाको कमिटी यस्को संयोजक आदरणीय नबराज सुबेदी तथा सह संयोजक शंकर भन्डारी बाकी सै परिषद सदस्य छौ र अब को हाम्रो कार्यभार भनेको यहा हुने गरेका कृयाकलाप हरुको सबै राजनैतीक संघ संगठनहरु संगै मिलेर कसरी हुन्छ बिकृती लाई हटाउने सबै नेपाली दाजु भाई तथा दिदी बैनी हरु संग नया ढंग को सम्बन्ध सुधार गर्दै आगामी दिन मा सबै संग हात मा हात राखेरै अगाडी बड्ने बाताबरण बनाउन हाम्रो ध्यान केन्द्रित गर्नेछौ।
तपाइँ आफै पनि प्रबासमा कामदारको रुपमा कार्यरत हुनु हुन्छ । राजनीति र रोजगारलाई सँगसगै बढाउन कसरी सम्भब छ ?
आफ्नो जागिर खाएर उब्रिएको शतप्रतिशत समय हामीले समाजसेवामा लगाएका छौ। त्यसो त जागिर कै समय पनि हामी कुनै न कुनै तवरले कहाँ कसलाई के गर्नु पर्ने हो त्यो पनि साथ साथै नै गरिरहेका हुन्छौं । तसर्थ सेवा गर्छु भनेर मात्रै पनि हुन्न मन हुनु पर्छ त्यो मन हामी सँग छ भन्ने प्रस्टै छ।अझ प्रस्ट पार्न चाहे राजनिती भन्दा पनी समाज सेवा र आफ्नो रोजगारी भन्न रुचाउछु म किन भने यहा राजनिती हैन यहा हुने गरेका सबैका समस्या समाधान गर्ने उदेस्यका साथ खोलिएका संघ संगठनहरु लाई राजनीतिको नाम नदिउ होला । हामी र हाम्रो संगठनको उद्देस्य समाजसेवा नै हो । तर बिचार बिनाको मनुस्य र मनुस्य बिनाको संगठन हुने कुरा पनि त भएन। अत तर पनी समस्या का बाबजुद पनी धेर थोर समय पुर्याएकै छु । म नया शक्ति नजिक भएता पनि जुनसुकै राजनैतीक आस्था राख्ने नेपालीहरुलाई बिना पूर्वग्राही सेवा र सकेको सहयोग म गर्ने छु  ।
तपाइँ आफै कामदार पनि ,राजनीतिक बुदिजिवी र नया शक्ति नेपालको प्रदेश बिभाग को सदस्य समेत रहनु भएको तपाईंले अहिले सम्म कुबेतमा नेपालीहरुको के कस्ता समस्या देख्नु भएको छ ?
यहा पुरुष अशुरक्षित हुने देश मा महिला को अबस्था पक्कै पनी दयनिय नै छ र घरेलु कामदारका समस्याहरु छन।तपाई लाई पनी थाहा होला अब नया शक्ति नेपाल पार्टि ले एयरपोर्ट मा हेल्प डेक्सट राख्ने कुरा पनी गर्दैछ र अर्को कुरा श्रम मन्त्रालय संग को अर्डीनेसन गरेर कसरी रोकथाम गर्ने भन्ने मै छ तसर्थ पहिला त स्वोदेश मै रोजगारी को सिर्जना कसरी गर्ने बिभिन्न तालीम को योजना महिला दिदी बहिनी लाई स्वरोजगार बनाउने र बिदेश पलायन रोक्ने बिषय मा योजना पनी बन्दैछन चाडै बाहीर आउने जानकारी गराउदछु ।
कुबेत मा त धेरै राजनीतिक संगठन छन् । परेको बेलामा तिनीहरु पनि आँफैमा बेमेल छन भन्ने सुनिन्छ। तपाईं नया शक्ति नेपाल कुबेतको सयोजक पनि हुनुहुन्छ, के भन्नु हुन्छ ?
संगठन हुनु आँफैमा नराम्रो हैन। यहाँ जे जस्तो भए पनि संगठन खोल्ने र आफ्नो हकहित खोज्ने हामी नेपालीहरुको प्रजातान्त्रिक छबि छ म नया शक्तिको प्रदेश प्रादेशीक परिषद सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाज कुवेत संयोजक को हैसियत ले भन्दाखेरी सबै संग सौहार्दपुर्ण ब्याबहार र आपसी भाईचारा गरेरै अगाडी बड्नु पर्छ र हाम्रो योजना र नीति पनी त्यही छ भने जानकारी दिन चाहन्छु ।
पछिलो केहि समय देखि कुबेतमा कार्यरत नेपालीहरुमा गलत गतिविधिहरु मा संग्लन हुने नेपाल र नेपालीको बद्नाम गर्ने उदत भएको खवर सुनिदै आएको छ । नेत्रत्वदाई भूमिका र ठाउमा भएको तपाइँ र यो समाज सुधार गर्न तपाईंहरुको संगठनको योजना धारणा के छ ?
पहिला कुरा त हामी आफु सुध्रीनु पर्यो अरब को कानुन लाई हामीले मान्नै पर्छ अब जहा सम्म बिकृती र बिसड़्गती को कुरा छ सायद लिगल वोर्कर को हक मा खासै चर्चा छैन यदा कदा ईलिगल वोर्कर हरुले गर्छन अरे भन्ने सुनिदै छ र निकट केही महिना भित्रै हामी सबै नेपाली दाजु भाई बस्ने क्याम्प मा आएर सबैको समस्या को बारेमा बुझ्ने पनी योजना बनाएका छौ।
अन्त्यमा, हाम्रो संचार डट कम मार्फत तपाईं कुबेत बासी नेपालीहरुलाई के भन्नु हुन्छ ?
बिषेस धन्यबाद दिन चाहन्छु गोपाल शिवा जी लगायत हाम्रो संचार डट कम लाई आफ्नो अमुल्य समय यो अरब मा हाम्रो उमृदै गरेको संगठन को बारेमा र मेरो पनी केही आफ्नै बारेमा भन्न पाउदा अत्यन्तै गौर्वानबित भएको महसुस गरेका छौ ।सम्पूर्ण  कुबेत  बासी नेपाली दाजुभाइ दिदीबहिनीहरु तपाईंहरु जे जस्तो काममा हुनुहुन्छ  कुबेतको नियम र कानुनको पारीधीमा रहेर सुरुक्षित भएर काम गर्नु हुन अनुरोध गर्दछु। कुबेतमा हाम्रो समिती गठन भईसकेको हुनाले केही समस्याहरु छन भने हामी बिना पूर्वग्राही तपाईंहरुको सेवामा सधैं तत्पर छौ। हामी लाई फेरी फेरी पनी आफ्ना भनाई राख्ने मौका दिनु हुने नै छ भन्ने आशा राख्दै पुन एक पल्ट गोपाल शिवा लगायत हाम्रो संचार डट कम को रिणी हुन पाउदा हामी लाई खुशी महसुस भएको जानकारी गराउदै बिदा हुन चाहन्छु हस्त धन्यबाद।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.