नयाँ शक्ति भनेको आजको समयको माग र आबस्यकता हो : नारायण पोख्रेल

२०३१ सालमा अर्घाखाँची जिल्लामा जन्मिएका नारायण पोख्रेल स्नातक तहको अध्ययन गर्दा गर्दै सन् २००४ मा अप्रवासी कामदारका रुपमा काम गर्न कुबेत आइपुगे । अमल होल्डिंग कम्पनीमा सुपरभाइजर पदमा कार्यरत पोख्रेल कुबेतमा सामाजिक कार्यमा क्रियाशील, कुबेतका मिडियामा टिप्पणीकार, स्तम्भकार एव अन्तराष्ट्रिय नेपाली समाज कुवेतको स्थापना कालदेखि सह संयोजक समेत रहेका छन ।केहि दिन अघि मात्र नयाँ शक्ति नेपाल(अन्तराष्ट्रिय नेपाली समाज)कुबेतले संयोजकमा तिनै नारायण पोख्रेलको नयाँ नेतृत्व पाएको छ । 
नयाँ राजनीतिक दलको भातृ संगठनले स्थापित हुने क्रममा सबैलाई समेटेर सबैको बिश्वास जितेर अघि बढ्नु आफैंमा सजिलो कार्य होइन ।नयाँ शक्ती नेपालको सम्बन्ध ,समन्वय र सहकार्यलाई सन्तुलित रुपले अघि बढाउनु पर्ने र आफै अप्रवासी कामदारको समेत भै नेपाली श्रमिकले व्यहोरेका स्थानीय समस्या समाधानमा खटिरहनु पर्ने हुँदा सोचे जस्तो सहज त छैन । फेरी पनि नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ पोख्रेल अन्तराष्ट्रिय नेपाली समाज कुबेतको नेतृत्वमा पुगेका छन् । संगठनलाई व्यवस्थित गर्ने, सञ्चालन गर्ने, बिस्तार गर्ने लगायतका थुप्रै चुनौती सामु अन्तराष्ट्रिय नेपाली समाज कुवेतको संयोजकमा मनोनित भएका तिनै नारायण पोख्रेल सँग हाम्रो संचारको लागि गोपाल सिवाले गरेको कुराकानीः
संयोजकमा चयन हुनुभएकोमा हार्दिक बधाई एव सफल कार्यकालको लागि शुभ-कामना छ । नयाँ जिम्मेवारी संगै कस्तो महसुस गरि रहनु भएको छ नि?
बधाई र सुभकामनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । यसलाई नयाँ जिम्मेवारी भन्दा पनि हाम्रो संयोजक ज्युको राजिनामा पछि म स्थापना कालदेखि सह संयोजकको हैसियतमा रही आएकोले स्वाभिक रुपले मेरो काँधमा आएको हो । हामी सामुहिक नेतृत्व प्रणालीमा बिस्वास गर्छौ र हाम्रो संगठनमा योग्य साथीहरु धेरै हुनुहुन्छ । उहाहरु हरेक जिम्मेबारीहरु काँधमा बोक्न तमतयार भएर बस्नु भएको छ । हामी अधिबेशनको नजिक भएकोले कमिटिका सबै साथीहरुले अधिबेशन सम्म नेतृत्वको जिम्मेवारी मलाइ लिन आग्रह गर्नु भएकोले मैले पनि यो जिम्मेवारी लाइ स्वीकारेको हु । यो नै मेरो लागि निकै गर्वको कुरा हो ।
तपाईंको राजनीतिक पृष्ठभूमि बताइदिनुस न ?
म ६ कलासमा थिए होला जुन बेला छिमेकमा एक जना अति मिलनसार र विधार्थी राजनितिमा अति नै खटिने दाजु मधु सुधन हुनुहुन्थ्यो । म उँहाको विचार र उंहाले उपलब्ध गराउनु भएका विभिन्न खाले राजनीतिक पुस्तकको प्रभाव परेको अनुभूति हुदै थियो । अझ अखिलका केन्द्रीय संयोजक तुल बहादुर गुरुङको प्रशिक्षण पाएदेखि त मेरो नशा नशामा अनेरास्ववियुको छाप बस्न पुग्यो । ७ कलासमा हुदा त म स्कुलको सहप्राकको संयोजक एक बर्ष पछि स्कुलको संयोजक अनि एरिया सह संयोजक , जिल्ला सदस्य हुदै पछि एमालेको संगठित सदस्य सम्म भए ।
१० कलासमा पुग्नै लाग्दा गुल्मी अखिलको जिल्ला सम्मेलनमा म अर्घाखाँचीको प्रतिनिधि भएर गएको थिए जुन बेला  ३/४ घण्टा कमरेड मदन भण्डारी ,जीवराज आश्रित , शंकर पोख्रेल  लगायत नेताहरु संगै बसेर उहाहरुलाई सुन्ने  र नजिकबाट चिन्ने मौका मिल्यो जसले मलाई झन् उर्जा थपिदियो I मेरो राजनीतिक चेतनाले त्यतिबेला जे जे थाहा पाए पनि कठिन परिस्थिति पारगर्दै मुलुक लोकतन्त्र गणतन्त्र हुदै अहिले संघियता सम्मको अभ्यास भै रहेको बर्तमान समयमा  डा बाबुराम भटराईले जब  पत्रकार सम्मेलन गर्दै आजको नेपालमा नयाँ शक्तिको आवश्यकता र महत्वको बारेमा बताए मेरो बुझाइमा राजनीतिक स्वभाव पनि फेरियो र म हृदय देखि नै उनको यो कदममा आफुलाई समर्पित गरेको छु ।
तपाईं कुबेतका मिडियामा टिप्पणीकार, स्तम्भकार पनि हुनु हुन्छ , कुबेतमा कार्यरत आप्रबासी कामदार पनि हुनु हुन्छ , अहिले नयाँ शक्तिमा हुनुहुन्छ, के ले आकर्षण गर्यो नयाँ शक्तिमा ?
हामी सबै सामाजिक प्राणी भएकाले कुनै न कुनै रुपले समाजमा जोडिनु र समाजमा हुने गरेका राम्रा नराम्रा कुरालाई केलाउदै केहि नकारात्मक कुरालाई बिस्थापित गर्न या सभ्य समाज निर्माणको लागि मिडिया मार्फत केहि गर्न सकिन्छ कि भन्ने हेतुले आफ्नो जागिर पछि को समयलाई सदुपयोग गर्न खोजेको भन्दा ठिक होला ।
एउटा व्यक्ति स्वाभाविकै राजनीतिक प्राणि हो तथापि जहाँ सम्म नयाँ शक्तिमा आकर्षणको कुरा गर्नु भयो यसलाई समयको माग या अपरिहार्य आबस्यकता भन्दा उपर्युक्त होला भन्ने लाग्दछ र यसलाई अझै फराकिलो तरिकाले भन्नु पर्दा पार्टी गठनको बिल्कुलै नौलो प्रक्रिया संग संगै खासगरी अबको निकास आर्थिक विकास र सम्रिदी सम्भव छ हाम्रै पालामा यसको लागि ५ स (समतामूलक सम्रिदी,समानुपातिक/ समाबेसी सहभागितामुलक लोकतन्त्र ,सुशासन /सदाचार ,स्वाधिनता/सार्बभौमिकता र समुन्नत समाजबादका अबधारणा र यसप्रतिको पर्तिबद्धता नै आम नेपाली जनताको मुख्य आबस्यकता र चासोको बिसय हो भन्ने म ठान्दछु । नया शक्तिका मूल अजेण्डाहरु खासगरी देशको बिकासको लागि केन्द्रित भएकाले हामीपनि यो कार्यमा संगै जोडिएर केहि योगदान दिन सकिन्छ कि भन्ने कुराले आकर्षण गर्यो  ।
img_1659राजनीतिमा विकृति बढ्यो भनि रहेको बेला फेरी एउटा नयाँ राजनीतिक दल थपिएको छ । तपाईको विचारमा राजनीतिमा देखिएको मुख्य मुख्य समस्याहरु अथवा विकृतिहरु के के छन् ? नया शक्ति नेपाल दलको आवश्यकता किन पर्यो ?
नेपाली राजनीतिमा विकृति बढ्यो भन्ने कुरा हामी सबैले गहिरो महसूस गरेकै कुरो हो खासगरी २०४६सालको परिबर्तन पछि आम नेपाली जनताको निकै ठुलो अपेक्षा थियो राजनीतिक दल प्रति  । विभिन्न राजनीतिक पार्टीको पहलकदमीमा जनताको त्याग ,बलिदान र संघर्षले प्राप्त गरेको उपलब्धि लाई कतिपय नेताहरुले आफ्नो स्वार्थ पूर्तिमा उपयोग गर्ने ,घचट्ने, तान्ने लडाउने, पछार्ने , खोस्ने , ढाल्ने यस्तै यस्तै खेल हुन् थाल्यो राजनीति । आफ्ना आसेपासे र परिवारमुखी भैदिए जस्तो कि एउटा साइकिल किन्न नसक्नेहरु पजेरोमा सबार गर्ने हैसियत राख्ने भए । गाउघरमा साधारण घर भएकाहरु काठमाण्डौमा बिल्डिंग खडा गरे आखिर त्यो हैसियतमा उनीहरु कसरि पुगे त ? सरकार गिराउने र बनाउने खेलमा पार्टीहरु एक आपसमै फुट्न थाले र भ्रस्टाचार मौलाउदै गयो अनि राजनीतिक पार्टीहरु मा प्रजातान्त्रिक अव्यास बिल्कुलै भएन जस्तो कि दुइ चार जनाले माथिबाट जे कुरा लादयो पुरै पार्टीले त्यसैलाई मनिदिनु पर्ने फलत पार्टीमा गुटबन्दी बढ्दै गयो ।
राजनीतिक पार्टीको ध्यान जनताको हित र देश विकासमा भन्दा आफ्नो पार्टी र आसेपासेलाई सम्पन्न कसरि गर्ने भन्ने तिर गयो तेसैको परिणाम देशले १० बर्से माओबादी आन्दोलनको शिकार हुनु पर्यो । ६२ / ६३ को परिबर्तन पछि केहीमात्रामा आचरणमा फरक भयो कि भन्ने लागे पनि पुरै संरचना पुरानै भएकाले राजनीतिक परिबर्तन बाहेक जनताका सरोकारका बिसयमा खासै फरक आएन । फेरी एउटा नयाँ राजनीतिक दल थपिएको भन्ने कुरा बिल्कुल गलत हो यो किन गलत हो भने यी सब बिकृति र विसंगतिको अन्त्यको लागि र यो देशलाई बिकासको बाटोमा लाग्नको लागि नै बैकल्पिक शक्ति अथवा नया शक्ति को आवश्यकता परेको हो ।
अबका नागरिकले संगठन र नेतृत्वको संस्कृति परख नगरिकन नागरिकले तुरुन्तै कसैलाई पनि विश्वास गर्दैनन्न यस्तो बिचमा आएको नयॉं शक्ति नेपालको भिजनको बारेमा केहि बताई दिनुस न ?
हाम्रो लक्ष्य विकास र समृद्धि हासिल गर्नु हो, त्यसैले हाम्रो पार्टीले ‘पाँच स’ भनेर विषयवस्तुको परिकल्पना गरेको छ । पहिलो स भनेको विकास र समृद्धि हो, त्यसैलाई सहयोग पु—याउनका निम्ति यो लोकतन्त्रलाई, समावेशी, समानुपातिक र सहभागितामूलक बनाउनुपर्छ । त्यसो भयो भने राजनीतिक स्थिरता आउँछ भनेर हाम्रो पार्टीले भनेको छ।अर्को कुरा संगठन र नेतृत्व भनेको कुनै व्यक्ति बिशेस नभई तलै बाट अथवा जनताबाट निर्बाचित भएर आउने भए पछि तेस्को पुरा साँचो चाई जनताकै हातमा हुने कुरा हो यस्तो अवस्थामा नेतृत्व या नेता अथवा पुरै पार्टी जनता प्रति पूर्ण प्रतिबद्ध हुन्छ भन्ने नया शक्तिको निस्कर्स हो । तेसैले परिवर्तनको चरण लगभग पुरा भैसकेको अबस्थामा अबको कार्यभार भनेको देशको विकास हो त्यसको लागी कुनै बादमा नअल्झिकन जुनबाटो लिदा उपर्युक्त हुन्छ त्यसै तिर जानु पर्छ भन्ने कुरा हो ।
‘नयाँ शक्ति’ पार्टीको घोषणासभा र भेला अत्यन्त भड्किलो देखियो ,यस्तो तरिकाले मितब्ययिता अपनाउने समाजवाद उन्मुख’ पार्टी हुन् सक्ला त् ?
यहा निक्कै ठुलो भ्रमको खेति भयो भन्ने म ठान्दछु किनभने हामि २१सौं सताब्दीको बैज्ञानिक युग र यहा उपलब्ध भएका आमसंचार मध्यम र सामाजिक संजालहरुको भरपुर उपयोग र सदुपयोग गर्ने युगमा छौ । टुकी बालेर बाँसको कलमले सामाजिक संरचना र मानिसका घरका भित्ताहरु लेखेर फोहोर गर्ने र उत्पादन अथवा श्रमतिर लगाउने मानिसको समय तिर खेर फाल्ने यो समय होइन ।
जहा सम्म मितब्ययिता को कुरो गर्नु भयो त्यो त हाम्रो पार्टीले प्रस्ट रुपमा आर्थिक उपलब्ध भएका श्रोतहरु र खर्चको विवरण दिएकै छ । त्यसैले यो त खाली समाजमा पहिले देखि हालीमुहाली र खासगरी राजनीतिलाई आर्थिक लाभ लिने पेशा बनाएको समुहले गरेको दुष्प्रचार हो भन्ने लाग्छ मलाई ।
नयाँ शक्ति’ले ‘के गर्ने’ भन्नेबारे धेरै कुरा बताएको छ , तर ‘ कसरी गर्ने’ भन्नेमा केहि बोलेको छैन किन नि ?
‘कसरी गर्ने’ भन्नेमा केहि बोलेको छैन भन्नु मेरो बिचारमा बिल्कुलै गलत कुरा हो । किनभने नयाँ शक्तिले बिकासको योजनालाई तीन चरणमा विभाजित गरेको छ । जस्तै ७ बर्षसम्म बेरोजगारीको अन्त गर्ने , १५ बर्ष भित्र मध्यम स्तरमा देशलाई पुराउने र २५/३० बर्ष भित्र संसारको बिकसित रास्ट्र बराबरी बनाउने भन्ने कुरा छ यो येतिकै आएको होइन यसकोलागी नेपालमा प्राप्त बिकासका श्रोतहरु र हामीसंग उपलब्ध भएको श्रमशक्ति साथ् साथै देशले धन्न सक्ने आर्थिक भार समेतको गहन अध्यन र बैज्ञानिक हिसाब गरेर नै निश्चित अबधिको खाका सार्बजनिक गरेको हो । यसको साथ् साथै संबिधान बाट असन्तोष भएका जनताको उचित मागलाई सम्बोधन गर्दै शासकीय पद्धती मा प्रत्य्क्ष निर्वाचित रास्ट्र प्रमुख बनाए पछि मात्र यो सम्भव हुन्छ भन्ने कुरा नया शक्तिले बारम्बार भन्दै आएको छ ।
संस्थापक संयोजक हरि गोपाल सुबेदीको कार्यकाल पनि पुरा नगरी संगठन बाट एकासी बिदाई भएको घोषणा गरियो ? के यो केन्द्रको निर्देशन हो ?
यहा पनि केहि भ्रम भयोकि भन्ने म ठान्दछु । किनभने नया शक्ति अथवा यससंग जोडिएका विभिन्न भातृ संगठन हरु प्रतक्ष्य जनताबाट अथवा तल्लो निकायबाट निर्बाचित भएर आउने भएकाले र हामी पार्टीको प्रणाली लाई बढो इमान्दारि पुर्बक लिने हुदा हामी केन्द्रको निर्देशन कुरेर बस्नु पर्ने आबस्यकता नै भएन । हाम्रो संस्थापक संयोजक जो संगठन प्रति निकै बफादार र एउटा जोस र जागरले भरिएको युवा नेता हुनुहुन्छ । उहालाई बिदा गर्दै गर्दा भावनात्मक रुपले हामीलाई निकै असहज हुदा हुदै पनि उहाले कुवेतको बसाई लाई अन्त गर्दै नेपालमै कुनै पेशा गर्ने मनासायले जान लाग्नु भएकाले उहाको कार्यकालको उच्च मुल्यांकन र प्रसंसा गर्दै उहाले कल्पना गर्नु भएको कामलाई अग्रिम सुभकामना दिनको लागि कार्यक्रमको आयोजना गरिएको हो । त्यसैले केन्द्रबाट कसैलाई राख या हटाऊ भन्ने प्रणाली हाम्रो नया शक्तिमा नभएको कुरा पुन: तपाई समक्ष सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई जानकारी गराउन चाहन्छु ।
तपाई सयोजकमा हुनु भएको छ ,अन्तराष्ट्रिय नेपाली समाजलाई कुन किसिमले परिचालित र बिस्तार गर्ने योजना बनाउनु भएको छ नि ?कुबेतका नेपालीहरु बीच संगठनको महत्व दर्शाउन तपाइको योजना के रहेको छ ?
संगठन बिस्तारको बिसय मा हामी व्यापक रुपमा नेपाली हरु रहेको ठाउमा पुगेर उहाहरुसँग छलफल चलाइनै रहेका छौँ र यो क्रम जारी नै रहनेछ । हाम्रा योजना र संगठनको महत्वको कुरा गर्दा नयाँ शक्तिले लिएको आर्थिक नितिलाई पछ्याउँदै हामीहरु र खासगरी बिदेशमा बसेर विभिन्न शिप र आर्थिक आर्जन गर्नु भएका नेपाली दिदीबहिनी दाजुभाइहरु जो एउटा उचित समयको पर्खाइमा हुनुहुन्छ । उहाहरुलाई स्वदेशमा सामुहिक लगानि भित्र्याउने वाताबरण सृजनागर्न र त्यसको लागी हामि हाम्रो पार्टी संग समन्वय गर्दै महत्वपुर्ण भुमिका निर्भाह गर्न सकिन्छ कि भन्ने बारे सोचिरहेका छौँ ।
कुबेतको नेपाली दुतावास र यहाँ क्रियाशील अन्य नेपाली संघसंस्थासंग अन्तराष्ट्रिय नेपाली समाज कुबेतको आपसी सम्बन्ध कस्तो छ ?
हाम्रो संगठन बिल्कुलै नया परिबेशमा धेरैजसो साथीहरु जो यहाका कुनै संगठनमा आबद्ध नभएका साथीहरु मिलेर बनेको हुदा पहिला पहिला कतिपय मानिसहरु लौत को आउँदो रहेछ नया शक्तिको नेतृत्वमा हेरौला जस्ता गैरप्रजातान्त्रिक तारिकका अभिव्यक्तिहरु दिएको सम्म सुनियो । तर हामि आफै सकारात्मक विचार लिएर अगाडी बढेको ले छोटो अबधिमा पहिले देखि रही आएका संगठनको हाराहारीमा पुगिसकेका छौ र अब हाम्रो मुख्य ध्यान समेत सम्पूर्ण संग संस्था हरुसंग हातेमालो गर्दै कसरि यहा भएका नेपालीहरुका समस्या संग जुध्न सकिन्छ भन्ने भएकाले बिल्कुलै सहज हुदै गएको अनुभूति गरेका छौँ । निकट भबिस्यमै दुतावास संग भेटघाट गरेर छलफल चलाउने योजना बनाउदै छौँ जसले गर्दा भोलिका दिन मा हरेक कदममा सहज हुन्छ भन्ने हाम्रो विचार छ ।
प्रसंग बदल्न चाहे, तपाईं आफै पनि कुबेतमा कार्यरत हुनु हुन्छ, कुबेतमा नेपाली श्रमिकहरुले भोगेका र भोगिरहेका समस्याहरु के के पाउनु भयो र यो समस्या समाधान कसरी गर्न सकिएला, तपाईंहरुको कार्ययोजना के छ ?
मेरो १२ बर्षको बसाई र यो अबधिमा मैले खासगरी दुइ किसिमका समस्या देखेको छु एउटा बिदेशमा आउने धेरै कामदारहरु हचुवाको भरमा आइरहेका छन् ।जस्तो कि उनीहरुलाई पहिला सिप र तालिम ले योग्य बनाउनु पर्छ भन्ने कुराको समेत ज्ञान नहुदा र नेपालको बेरोजगारी बाट वाक्क भएका युवाहरु आफुले गर्नु पर्ने कामको पनि जानकारी नलिकन आउँदा र कतिपय कामदार सप्लाई गर्ने कम्पनिले मर्यादित काम नगरिदिदा यहा आएर दुख पाउने अवस्था भएको छ ।
दोश्रो भाषाको ज्ञान नहुनु ले धेरै नेपालीहरु राम्रो काम गर्दागर्दै पनि अन्य समुदाय संग निकै झुकेर बस्नु पर्ने अवस्था छ । खासगरि सिप ,भाषाको ज्ञान नहुनु र सरकारले तोकेको मापदण्ड बिपरित जसरिपनि बिदेशजाने मनसाय  बोकेर आउने परम्परा भएकाले नै भनेको काम भन्दा फरक काम र कतिपय भने भन्दा कम तलब र धेरै काम मा लगाउने भएको जस्तो लाग्छ । त्यसैले यहा आइसकेका र यस्तै किसिमका दुखमा रहेका नेपालीहरुलाई उनीहरुको खाली समयलाई उपयोग गर्दै आफुलाई दक्क्ष र भाषा सम्बन्धि बिस्तार गर्ने किसिमका सुझाव सल्लाहा दिने जस्ता कार्य र नया आउनेहरुलाई नेपालमै नया शक्ति मार्फत गाउँ गाउँका युवाहरुलाई कमसेकम यहाको यथार्थ बारेको जानकारी दिने कार्य गर्न सकिन्छ कि भन्ने छलफल चलाउदै छौँ ।
अन्त्यमा हाम्रो संचार डटकम मार्फत केहि भन्न चाहनु हुन्छ कि?
सर्ब प्रथम हाम्रो संचार डटकम मार्फत तपाइले मेरा कुराहरु राख्ने मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छु र बिदेशमा बसेर आफ्नो काम गर्दै बचेको समयमा नेपाली समाज लाई ताजा खबर र विभिन्न किसिमका ज्ञानका जानकारीहरु मिडिया मार्फत पस्किने काम गर्नु भएकोमा मेरो व्यक्तिगत र अन्तराष्ट्रिय नेपाली समाज कुबेत कुवेतको तर्फबाट धन्यवाद र सम्मान प्रकट गर्न चाहन्छु।
यसको साथ् साथै  रोजगारीको उचित व्यबस्था नहुदा आफ्नो देश परिवार चटक्कै छोडेर बैदेशिक रोजगारीमा बिशेस गरी कुवेतमा रहनुभएका सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरु कृपया हामि हाम्रो सिप र हामीले आर्जन गरेको आर्थिक लाई देशको विकास मा कसरि छिटोभन्दा छिटो लगानी गर्दे हाम्रै पालामा समृद् नेपाल देख्न सकिन्छ र हाम्रा सन्ततिले  हाम्रो जस्तो जिबन बिताउन नपरोस भन्ने कुरामा बिसेष ध्यान दिदै नया शक्तिको २५ बर्षे योजनालाई काँधमा काँध मिलाउन सक्यौं भने हामी अर्काको देशमा होइन अरु देशका मानिस हाम्रो देशमा काम गर्न आएको देख्न पाउने छौँ  हाम्रै पालामा, त्यसैले आउनुहोस बहसको सुरुवात गर्यौं ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.