स्थानीय स्रोतसाधनमा दलितको पहुँच र नियन्त्रण स्थापित गराऊ- गोपाल सिवा


नेपालको दलित समुदाय आफूले युगौ देखी भोगदै आएको उत्पीड़नको मूँदालाई हरेक समूह र संस्थामा बाडिएर आफनै प्रकारको आकारमा ढालेर राखेका छन। जसरी चिनियाले भगवान बनाउदा नाक थेपचो बनाउछँन , अफ़िकनले ठूलो ओठ भएको बनाउछन र नेपालीले दश ओटा हात र टाउको भएको बनाउछन ठयाकै यस्तै गरी दलित संघ संस्थाहरूको एक अर्काको दम्भ र सोचाइ यस्तो छकि एक अर्क़ोको भगवान भनेको त्यस्तो हुनछ र ? भन्ने जस्तो अबिस्वासको बाताबरण भएको छ। 
यस पटकको स्थानीय तहको निर्वाचनमा सवै वडा सदस्यमा १ जना दलित महिला अनिवार्य गरिएको छ । सवै स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व गराऊने अवसर हाम्रो लागी एतिहासिक कुरा हो अतः आआफ़ना दम्भ र हठ त्यागी समता मूलक समाज निर्माणको जग बनाउन हामी सवै लागौ, दलित समुदायको प्रतिनिधित्व संग दलितै समुदायको प्रतिनिधित्व अनिवार्य गराऊ र जिताऊँ । स्थानीय तहमा ऐनकानुन तर्जुमासँगै विकासनिर्माण र निर्णय प्रक्रियामा सहभागी हुने र स्थानीय स्रोतसाधनमा दलितको पहुँच र नियन्त्रण स्थापित गराऊ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.