आजै देखि स्थानीय तहको निर्वाचनमा संवेदनशील हौ -गोपाल शिवा

समाजका दलित र गरिबको घरमा एक दिन बास बस्दैमा , एक छाक खादैमा समतामूलक समाजका निर्माण गर्ने संकल्प कहिले पुरा हुदैन । बन्छ त् त्यसबेला जब बर्षौ देखि उत्पीडनमा परेका दलित र गरिबलाइ राज्यको हरेक अंग र तहमा प्रतिनिधित्व गराइन्छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले कम्तिमा पनि ६,५५४ दलित-अल्पसंख्यक महिला प्रतिनिधित्व हुदैछन , यो प्रतिनिधित्व हुनु भनेको एक दुइ ओटा राज्यमन्त्री र मन्त्रि हुनु भन्दा धेरै हो । त्यसैले चुनावको बिरोध गरेर दलित-अल्पसंख्यक महिलालाई स्थानीय तहमा अाउन नदिने जो कोहि भए पनि खुलेर बिरोध गरौ ।
‘हाम्रा घरमा आइदे र हाम्ले पकाएको खाइदे ’का भरमा मात्रै समतामूलक समाज बन्छ हुन्छ भनेर दलित र गरिबले पनि नसोचौ ।बरु आजै देखि स्थानीय तहको निर्वाचनमा संवेदनशील हौ ,सचेत हौ ,आफुले आस्था राख्ने राजनीतिक दल र दलित एव गरिबको प्रतिनिधित्व हुने गरि स्थानीय निकायका संघ सस्था समुह संग समन्वयकारी भूमिका खेलौ । #चुनाव लागेको अवस्था

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.