हामी त नेपाली समाजको अघोषित सिपाही हौ - गोपाल शिवा

समाजमा बसेपछि त्यसप्रति सबैको दायित्व हुन्छ, सकेको जानेको आआफ्नै दायित्व निभाउने तय तरिका हुन्छन ।समयको प्रभावसँगै सात समुद्र पार आइ पुगेर पनि पत्रकारितालाई माया मार्न सकिएन । केहि बर्ष अघि देखि नेपालमा गरेको पत्रकारिताको तलतल लाई झन्डै एक लाख जति नेपाली रहेको कुबेतमा नेपालीका समस्या र सफलतासँग नजिक बनेर बनाईएका लेख र समाचारले कुनै आफ्नै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको दैनिकी परिवर्तन पो गर्न सकिन्छ कि ? भन्ने पवित्र उदेश्यले आफु बसेको यहाको समाजलाई सुसूचित गर्ने, सचेत र सजग बनाउने जिम्मेवार समाजका अघोषित पहरेदार सिपाही बनेर सकेको दायित्व निभाउन हामी क्रियाशील छौ । एकातिर समाचार लेखे बापत आफ्नै तलब बाट ईन्टरनेट खर्च र कार्यक्रम स्थल सम्म गाडी भाडा तिर्दै आएका छौ भने अर्को तिर समाचार लेखेकै भरमा कुनै पनि बेला जो कोहीबाट डर, त्रास तथा धम्कीको सामना गर्नुपर्ने स्थिति रहदै आएको छ । यस्तै चुनौतीका बिच पनि कुबेतमा २ दर्जन भन्दा बढी पत्रकार क्रियाशिल छौ ।

कुबेतमा बस्ने नेपालीहरुको चासो र सरोकारका बिषयलाई उच्च प्राथमिकताका साथ सही समयमै खुलस्त पार्नु हामी पत्रकार र मिडियाहरुको प्रधान दायित्व हो । यहि जगलाई टेकेर नेपाली राजदुताबास र नेपाली समाज कुबेतका बिचमा पत्रकार महा संघ बैदेशिक शाखा कुबेतको भूमिका बिषयक एक अन्तरक्रिया कार्यक्रम आज नेपाली राजदुताबासको हलमा सम्पन्न भएको छ । समग्रमा कार्यक्रममा सहभागी दुताबास र नेपाली समाजको बुझाइमा नेपाली मिडियाहरु पनि समय सापेक्ष ब्यवस्थित, मर्यादित, परिष्कृत एवं थप जिम्मेवार हुनु पर्ने रहयो भने आफुलाई सुचनाको सम्बाहक ठान्ने हामी पत्रकारहरुले प्रवासको पत्रकारिता अत्यन्त जोखिम र चुनौतीपूर्ण रहे पनि पेशागत धर्म र मर्मलाई केन्द्रमा राखी हामीले गर्ने पत्रकारितामा यहा कै नेपाली समुदायको सहयोगी भूमिका आवश्यक रहेको भन्दै आपेक्षा गरियो । 

देश होस् या प्रवास, हरेक समाज र समुदायमा संचारको भूमिका उल्लेख्य हुन्छ । यहि भूमिका निर्वाहा गर्दा नेपाली समाजमा देखिएका बिकृति सुधार गरौ भन्दै बिकृतिको बिरुद्ध कलम चलाउँदा , पत्रकारितालाइ समाजसेवाको रुपमा अंगालेर काममा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको पुरस्कार आफ्नै समाजका अगुवाहरुबाट तारो समेत बन्नु पर्दा चै निकै नमिठो अनुभूति हुदो रैछ ।त्यहि भएर आज आयोजना गरिएको कुबेतका नेपाली पत्रकारिता सँग गाँसिएको सामाजिक अन्तरक्रियाले नेपाली समाजमा संचारको भूमिकाको अनुभूति गर्ने चेतनाको निर्माण गर्नु मुख्य उदेश्य थियो। सुसुचित नेपाली समाज निर्माणका लागि संचारको प्रमुख भुमिका हुन्छ भन्नु थियो । एउटा कुशल पत्रकार जहा रहे पनि समाज र देशको कुशल नागरिक हो त्यसैले सभ्य नेपाली समाज निर्माणका लागि निस्वार्थ र स्वच्छ पत्रकारिताको आश्यकता कुबेतमा छ भनेर नेपाली समाजलाइ प्रतित गराउनु थियो । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गर्दा एव समाचार लेखेको वा नलेखेकै भरमा कुनै पनि बेला कुनै पनि पत्रकारमाथि हुन सक्ने संभावित खतराको डटेर सामना गर्न र पत्रकारिता क्षेत्रलाई थप मर्यादित र ब्यवस्थित तुल्याउन पत्रकार महासंघ बैदेशिक शाखा कुबेत छ भनेर बुझाउनु थियो । पत्रकारिताको दीर्घकालिन यात्रामा आइपर्न सक्ने चुनौतीहरुको सामना गर्न जुनसुकै बेला आफुलाई आन्तरिकरुपमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेत तयार छ भनेर यसमा आबद्ध पत्रकारलाई प्रत्याभूत गराउनु थियो । फलस्वरूप संचारको भूमिका सर्वाधिक महत्वपूर्ण हुनेमा विमति नगरी अहिले सम्मका परिस्थिति र बस्तु स्थितिका चिरफार गर्दै नेपाली राजदुताबास ,नेपाली समाज कुबेत र पत्रकारहरुको एक अर्काका भूमिकाका बारेमा छलफल र अन्तरक्रिया गर्दै कार्यक्रमको समापन भयो ।

कार्यक्रमको समापन संगै हामीले आफ्नो काम धन्दा गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर सूचना फैलाउदा सम्प्रेषित सामाग्री कत्तिको संवेदनशील छ र यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो भूमिका खेल्ला भन्ने कुराको हेक्का राख्दै सामाजिक दायित्व र जिम्मेवारी अझ बढी सम्झिन जोड दिएको छ । हामीलाई थाहा छ पत्रकारिता सेवामुलक कार्य भए पनि जश नपाउने पेसा हो फेरी पनि आजको कार्यक्रम बाट हामीलाई जस्तै कुबेतका नेपाली समाजलाइ प्रस्तुत सामाग्रीमा अलिकति नकारात्मक कुराबाट प्रस्तुत नभई सल्लाहा, सुझाब र प्रेणा दिन अझ बढी जोड मिलोस् ।त्यहि नै हामी सूचनाका संवाहकको सहोभाग्य  हुनेछ । हामी सवैको जय हुनेछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.