काँडैकाँडा बिचको गुलाबको कथा - गोपाल शिवा

 ४ पुस  २०७४ -  खै किन, किन,’ आमा भन्ने शब्द देखि नै घृणा लागेर आउछ, यसो भन्दै गर्दा उनका आँखा हल्का रसाए । मलाई मेरो ड्याडीको धेरै ‘माया लाग्छ ‘ धोका  दिने मेरी ममीलाइ कहिले भलो नहोस्’ उनी उत्तेजित भइन  । उनको संकेत आफ्नै जन्म दिने ममी तर्फ थियो । उनि आफ्नै घर तहस नहस भएको पिडा भोगेर बाँचेकि एक पात्र रहेछिन ।
हामी संगै एभियसन फिल्डमा काम गर्थियौ । गत बर्ष मात्र रोजगारीमा जोडिएकी यी भारतीय चेलीले केहि दिन अघि मात्र जागिर छोडेर भारत गइन । माइती चेलीको जस्तै सम्बन्ध रहेको हामि बीच मन त्यसै प्रफुल्लित थियो, हामी काम गर्ने वाताबरण पनि रमाइलो थियो  । एक पछी अर्को गफ,फेरी त्यसपछि अर्को गफ,यसरि समय कट्दै थिए ।जागिर छोड्ने अन्तिम दिन प्राय हामी एकै सिफ्टमा अफिसमा भयौ ।एक दिन उनले मलाई सहोदर दाइ जस्तै मानेको बताउदै भनिन, ” दाई काम गर्ने बेलामा म बाट भएका गरिएका सवै व्यवहारका लागि माफी चाहन्छु  । मेरो सबै व्यक्तिगत कुरा म यहाँ बताउन चाहन्न । जागीर किन छोड़ी भन्ने जिज्ञाशा दाईंको नि मनमा होला सायद । सबैका जीवनमा थुप्रै व्यक्तिगत घटना घट्ने गर्छन मेरो जीवनमा पनि घटे होलान त्यो कुनै नौलो कुरा होइन् । तर मैले जागीर छोड्नुको कारण मेरो ममी हो । आफूलाई जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अरु के नै हुन्छ र भन्छन तर …. ? उनि भन्दै थिइन म ति दिन सम्झिन चाहन्न भन्छु ,नसम्झि बस्न पनि सक्दिन,सम्झिदा मुटु कट्टक भएर अाउँछ चरम पिडा हुन्छ तर पनि त्यहि पिडाँमा जिउने वानी परे …हुर्किए । तर अब दाइ आज तपाईलाई मेरो पिडा भनेर सधै सधैको लागि मन बाट निकालेर फाल्दिन चाहन्छु…अब उप्रान्त कहिले पनि सम्झिने छैन भन्दै आफ्नो आमाको कारण कठिन पीडा सहनु परेको पीडाको पोको मेरो सामु खोलिन  ।
सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँग पनि गाँसिएको हुन सक्छ। त्यसैले उनको भोगाई र पिडा मैले सार्वजनिक गर्नु जायज होला नहोला तर प्रवासमा जानेर नजानेर प्रेममा अन्धो बनेका धेरै नेपाली जोडीको बिहेपछि घरबार टुटेको छ … समाज कुरुप बन्दै गएको छ यस्तो बेलामा यिनको भोगाइले बैदेशिक रोजगारमा आफ्ना घर परिवार देखि बर्षौ टाढा हुदा दबाएर राखेको यौन चाहना र यौन आवेग अनि त्यसलाई रोक्न नसकेर सम्बन्ध बनाइँ आदर्श, नैतिकता र कर्तब्य च्युत भएका र चरित्रहिन बन्न लागेका हामि धेरै नेपालीहरुको जिम्मेवारी र कर्तव्यलाई सकेसम्म इमान्दारीपूर्वक पूरा गर्ने प्रेरणा पलाउँछ र सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ एव यसरि हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस भन्ने मुख्य अभिप्रायका साथ् यहा राख्दैछु ।    
कुरा आज भन्दा एक दशक अघिको रहेछ।यिनका पिता कुबेत एयरबेजको इन्जीनियरिंग डिपार्टमा राम्रो तलब सहित काम गर्दा रहेछन।भारतको मुम्बैमा घर जमिन जोडेका यिनले पारिवारि लाइ आफै संग कुबेत लिएर आउने निर्णय गरे अनुसार ममीले ब्युटीपार्लर सिकीसके पछि १२ बर्षकी यिनी, ३ बर्षको भाई र ममी (श्रीमती)लाइ कुबेत झिकाए । कुबेतमा आए संगै आमाले पनि ब्युटीपार्लरमा काम गर्न थालिन भने म र भाई यहिको भारतीय स्कुलमा पढ्न थालयौ। 
कामको सिलसिलामा पिता हरेक समय काममा व्यस्त हुनु हुन्थियो । पिता आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का कहिले राख्नु हुन्थेन  । कुबेतमा सपरिवार बस्न थालेको केही महिना सम्म हाम्रो परिवार निकै सुखद् थियो । ड्याडी ममी प्रति गर्व महसुस गर्नु हुन्थियो  । पिता इन्जीनियरिंग डिपार्टको काम गर्ने, आमा ब्युटीपार्लरमा काम गर्ने हामी पढ्ने …. जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो ।  तर, हाम्री आमाले गति छाडि सकेकी रहेछिन  । जसकारण हाम्रो घर परिवार निकै पीडादायक बनयो । हाम्रो ड्याडी कहिल्यै पनि ममीप्रति शंका गर्ने मान्छे होइन । र शंका पनि गरेको कहिले हामीले अनुभव सम्म गरेनौ किनकि ड्याडी  ममीलाई निकै माया गर्नु हुन्थियो  । हामीले थाहा पाए सम्म दम्पत्य जीवनमा पिताले कहिल्यै पनि ममीले भनेको कुरा काटेको सम्म थाहा भएँन हामीलाई  । ममीले जे चाहन्थिन्,  ड्याडीले पूरा गरेँ । अत्याधिक माया र विश्वासका कारण  ड्याडीले कमाएको सम्पति र बैक ब्यालेन्स सबै सम्पत्ति ममीकै नाम राखेँको थिए । तर, ड्याडीले मात्र हैन हामीले पनि कहिल्यै सोचेको थिइनँ कि आमाले  त्यसो गर्लिन भनेर ।  
महिनौ देखि हाम्रो दैनिकी सपरिवार एकै साथ् बाट घर बाट ड्याडी काममा , ममी  ब्युटीपार्लरमा र हामि स्कुलको लागि निस्कने बेलका समयमै फर्कने गरि  चलेको थियो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थियौ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । हामी त् नियमित झैँ स्कुल गयौ तर एक दिन ड्याडी आफैले ममीलाई काम गर्ने ठाउमा पुराई दिने भनेर पर्खिनु भो  ।त्यसै बिचमा ममी नुहाउन गएको बेला आमाको मोवाइलमा ४/५ मिस कल र मेसेज आएछ । ड्याडीले हेर्नु भएछ किन मेसेजको रिप्लाई नगरेको म पर्खी राख्या छु प्रिय भनेर कसैले मेसेज गरेको रहेछ। ड्याडीले विश्वास गर्नै सक्नु भएनछ । ड्याडीले ममीलाई कुरा के हो भनेर सोधनु भएछ  । उनले, त्यो सिटि बसको ड्राइभर हो सधै गाडीमा भेट हुने र आफूहरू बोलचाल गर्ने साथि हो भनेर बताइछिन् । ममीले भनेको कुरामै विश्वास मान्नु भएछ ड्याडीले । त्यो कुरा त्यत्तिकै साम्य भयो । 
एक दिन फेरी ममी ज्वरो आएर काममा जान नसकेको दिन मोवाइलमा मेसेज आएछ । बारम्बार एउटै प्रकृतिको मेसेज आइरहेको र आफ्नी श्रीमतीलाई अर्का मान्छेले आफ्नी प्रिय  भन्दै मेसेज गरेको देखे पछी ड्याडीले वास्तविकता बुझ्न चाहनु भएछ  । तर, ममीले चर्काचर्का कुरा गरिछन  । ड्याडीसँग झगडा गरिछन  ।ड्याडीले पनि सहन नसकेर २/४ थपड लाइ दिनु भएछ । त्यस पछी बाहिर निस्केकी आमाले प्रहरीलाई लिएर आइछिंन र बुवालाई महिला हिँसा गरेको आरोपमा पक्रेर लगेछन ।स्कुलबाट आएको हामीलाई ममीले केहि बताइनन तर ड्याडीको गाडी चै घरमा तर ड्याडी चै धेरै बेर सम्म नदेखे पछी हामीले कर गरेर ड्याडीको बारेमा सोधी रहयौ  । अनि बल्ल आफुलाई पिटेको भएर प्रहरीले पक्रिएर लागेको बताइन  । हाम्रो रोइकराई पछी भोलि पल्ट  अब देखि यसरि कुटपिट नगर्ने मौखिक मिलापत्र गराएँर पुलिसको अगाडि जिम्मेवार पति बन्ने सहमति गराएर ड्याडीलाइ लिएर कोठामा आइन ।
यो घटना पछि ममीमा एउटा उन्माद चढेको थियो , अहमता बढेको थियो , यहि अहमताको कारणले ममीको घर आउने, जाने समय पनि अब अनिश्चित हुन थाल्यो ।ड्याडीले छोराछोरीको भविष्य बिग्रिन्छ जे भए पनि अब यसो नगर भनेर सम्झाउनु हुनथियो, तर उनले मानिनन् ब्युटीपार्लर गएकी ममीको घर र्फकने टुंगो अनियमित हुन् थाल्यो  । त्यही कुरामा घरमा अब दिनहुँ डिस्कस हुन थाल्यो । ममी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालेकि थिइन्  । यसै बीच एक दिन फलाटका ड्याडीका साथीभाइले आमालाई फर्वानिया गार्डेनमा अर्को पुरुष संगै बसेको सुनाएछन । ममीको ब्यबहार देखेर आजित बनेका ड्याडीको मनमा बलेको आगोमा घ्यु थपेको त्यो साझ डयाड़ीले कतै बाट रकसि पिएर आएका रहेछन । फेरी त्यही कुरामा बिबाद भयों अनी हाम्रै अघि ड्याडीले बेल्ट खोलेर ममीलाई कूटनू भयो  । कुटेको निशाना सहित प्रहरी कहाँ पुगेकी ममीले आफ़ै संग फेरी प्रहरी लिएर आइछिन । त्यस पछी ड्याडीलाइ पक्रेर लगे …केहि महिनाको कैद संगै देश निकाला गरियो , हामीले देखन भेटन नि पाएनौ ।
भारत पुगेका पिता सुरुमा कयौ दिन साँझ फोन गर्नु भो तर ममी आफु नि बोलिन्न र हामीलाई नि बोल्न दिईनन  …बरु ड्याडी डिपोर्ट भएको केहि दिनमै यता ममीले आफ्ना प्रेमीलाई कोठामा लिएर आइन । उता ड्याडीलाई आफ्नो जीवनका सवै बाटाहरु बन्द भएको अनुभुति भएछ । यहि पीडाले ,एक्लोपनले ड्याडी पागल जस्तै भौतारिदै, रूमलिदै भोकै नांगै हिड्ने मानसिक रोगी बनाएछ  । त्यस बिचमा सम्पति सवै ममीले रोक्का गरि सकेकी रैछिंन …न सम्पति न परिवार संगको सम्पर्कले विछिप्त बनेका ड्याडी आफन्तको सहयोगमा केहि बर्ष देखि सुधारगृहमा छन भने यता हामी दिन रात सौतेनी पिता र आफ्नै जन्म दिने आमाले देखाएको ब्यबहारले पल पल पिडा पायौ । अझ सौताने पिता बाट छोरी भए देखि त हामीलाइ हेर्ने नजर नै अर्को भयो गरिने ब्यबहार नै फरक भयो ..बिरक्त लाग्दा एकोहोरो दिनहरु जोडिएर बर्षौ.हामी शुन्य र भाव बिहिन भएर बाची रहयौ  । तर हाम्रो सामु बिकप्ल्प थिएन …हरेक दिन स्कुल बाट साझ फर्किदा हाम्रो कुरा सुनी दिने ड्याडी थिएनन । खाना खादा नि गालि , बस्दा नि गालि केहि चाहना व्यक्त गर्दा नि गालि …चेपिएर निसासिएर जीवन बचाउनु पर्ने जिउदै टुहुरा बनेका थियौ हामी …जसलाई सब्दमा म बयान गर्न नि सकदिन । लामों सास फेर्दै भनिंन हाम्रो भविष्यलाइ अन्धकारमा राख्ने , पितालाई मानसिक रोगी बनाउने  जिन्दगी नै तहस-नहस गरिदिन  हाम्री आमालाई भगवानले  एकदिन उनको पनि जिन्दगी बर्बाद पारेर पाठ सिकाओस । तर दाईं यस बिचमा हाम्रो  जीवनमा जे जति घटना घटे, त्यसले जीवनमा धेरै कुरा सिकाइ दियो हामीलाई । अस्तब्यस्त जिवनको बावजुत पनि ममी र सौतेनी बुवा लाई बिस्वास दिलाउन बर्षौ लाग्यो …बल्ल हामी दिदि भाईले भारत फर्किने चाजो पाजो मिलाएका छौ । अब ड्याडी संग बस्ने हो , त्यहि भएर म जागिर छोडेर जादैछु ।
बिरक्त लाग्दो लामो भोगाईको बाचन पछी उस्का कुरा सिधिए…उ फर्किई , त्यही अन्तिम दिनहरु बिताईरहेको जागिरमा , डिउटीमा । उ मनको बोझ मेरै सामु बिसाएर हल्का भै तर म स्तब्ध भए । ऊसँग प्रति प्रश्न गर्ने बिषय र शक्ति ममा रहेन । तर मनमा निचोड बन्यो …ऊ भित्र जिवनको गोरेटो बनाउने प्रेरणा छ .. शाहस छ  …. काडा नै काडाहरुको बिचमा घेरिएर मुस्कुराई रहेको  एक गुलाब जस्तै । 
प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.