नियत मै खोट हुनेहरु - गोपाल शिवा

केहि अघिको कुरा हो नेपाली समाजमा परिचित एक मान्यवरको सामाजिक संजालमा उनकै साइबर सेक्सको भिडियो आयों ।  नियोजित ढंगले महिनौ लगाएर मान्यवर संग साइबर सेक्स गर्ने युवतीले मान्यवरको उस्तै नामको फेसबुक बनाएर उनका साथीहरुलाई जोड्दै माकुराको जस्तो जाल बुन्दै बसेकी रहेछिन  । माकुराले झिंगालाई मख्ख परेर आफ्नो जालोमा आमन्त्रण गरे झैँ यिनले पनि सवै  'साम, दाम, दंड, भेद' अपनाइछिन । युवती संग साइबर सेक्समा दिन दिनै  लिप्त भएका मान्यवर केहि नसोची झन् झन् योनी कुंजमा आफैलाई हराउदै गएछन । प्रविधिको त्यति ज्ञान नभएका मान्यवरको अघि जब साइबर सेक्सको मुल्य चुकाउन महंगा मोवाईल र गरगहनाको अफरहरुको चांग राखियो अनि विवश भएर सक्दिन भनेछन  । नियत मै खोट भएकी  यिनको साइबर सेक्स गर्ने जोडीले आफ्ना जति दृश्य काट्ने हटाउने छोप्ने गरिछन र मान्यवर मात्र साइबर सेक्समा रम्दै गरेको भिडियो उही नक्कली फेसबुक मार्फत सवैलाई ट्याग गर्दिछन । सामाजिक संजालमा भिडियो आए लगत्तै यसले नेपाली समाजमा खैलाबैला र भूकम्पीय तरंग आयो । साइबर सेक्सको ज्ञान नभएकाहरु रामराम भन्दै बसे , कोहि अक्क न बक्क परे भने साइबर सेक्सको आनन्द लिनेहरु इन्तु न चिन्तु भए । कसले कहा कसरि पहल गर्यो कुन्नि भिडियो राखेको आधा घण्टामै नेपाली समाजमा मान्यवरको मर्यादा माटोमा मिलाउदै त्यो फेसबुक पनि डिएकटिभ भयो ।
यस्तै केहि समय अघि एक जना मेरा मित्र पनि प्रताडित भएको घटना सुने । मित्रका अनुसार केहि समय अघि फेसबुकमा मित्रलाइ आफ्नै जिल्लाबासी युवतीको साथि हुन अनुरोध आएछ। उनले पनि नचिने पनि जिल्लाबासी हो भनेर सहजै स्वीकारे छन् । त्यसपछि च्याट चलेछ, अनि भिडियो च्याट गर्न ईमो नम्वर लिनेदिने काम भएछ । ईमोमा पनि साथि बने पछि शुरु भएछ भिडियो च्याट। ति युवतीहरु केहि दिन पछी देखि नै भिडियो च्याट गर्दै आफु पनि नांगिएर साथीलाई पनि नंग्याइछिंन ।परिणाम के हुन सक्दछ भन्ने कल्पनासम्म पनि नगरेका साथीले पनि साइबर सेक्सको आनन्द लिई रहेछन् । केहि महिना पछी केटिले एक लाख रुपिया सहयोग मागिछन ।मित्रले आफुले दिन नसक्ने भने पछी आफु संग साइबर सेक्स गरेको भिडियो रेकर्ड गरिएको र सामाजिक संजालमा हालिदिने भनि आफ्नो जति दृश्य हाईड गरेको भिडियो पठाउदै सहयोगलाई अब ब्ल्याकमेलिङ्मा बद्लिछिन । साथीले असहजता महसुस गरिरहेको बेला यस घटनामा केहि पुरुषहरु पनि थपिएछन । तैले हाम्री चेलीलाई यस्तो भिडियो पठाइस रे यस्तो उस्तो गरिस रे भन्दै ब्ल्याकमेलिङ गर्ने जस्तो अभिप्रायले फोन गर्न, मेसेज गर्न थालेछन ।  साथीले पनि आफ्नो मोवाइलमा मोबिजेन स्क्रिन रेकर्ड गर्ने एप्स उहिले डाउनलोड गरेर दुई चार ओटा स्मरणीय गतिबिधिहरु दृश्य रेकर्ड र स्क्रिनसट  गरेर धन्न राखेका रैछन । युवतीको मेसेजको जवाफमा साथीले ति आफु संग भएका दृश्य र तस्विर पठाए पछी बिचराको बोल्ती बन्द भएछ।अहिले युवतीले मित्रलाई फेसबुक इमोमा बल्क गरेकी छिन रे । 
यी त हामीले बाहिर देख्दै आएका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय यस्ता घटनाले विकराल रुप लिदैँ आएको छ ।  घटनासँग जोडिएका पात्र र प्रवृत्तिहरूले सामाजिक प्रवृत्ति र  सामाजिक समस्याको रूप उजागर गरेको छ  । त्यसो त्  बिज्ञान प्रविधिमा इन्टरनेटको बिकासले मान्छेको जीवनमा धेरै सहजता ल्याएको छ। जब केही मानिसहरूबीच प्रविधिले नजिक बनाउछ , एक अर्कालाई चिन्ने बुझ्ने मौका जुराउछ अनि प्रेम र विश्वासको सम्बन्ध तयार हुन्छ तब उनीहरू आपसमा मित्र बन्दछन् । सच्चा मित्रद्वारा एकअर्काप्रति दर्साइने व्यवहारबाट जति सुख प्राप्त हुन्छ, त्यसको तुलना दुनियाँको कुनै सुखसँग गर्न सकिन्न । तर इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । मान्छेको जीवनमा ल्याएको सहजतासंगै अनकौ बिकृति र विसंगती पनि भित्र्याएको छ ।इन्टरनेटको माध्यमबाट मानवीय समवेदना ,प्रेमको बहाना बनाएर कसैको भावना , ईज्जत , शारिर र धन सम्पत्ति संग  खेलवाड गर्नेहरु बर्षा याममा उम्रिएका च्याउ सरि छन् हाम्रो समाजमा। फलस्वरूप इन्टरनेटका माध्यमबाट फरक दुरीका व्यक्तिहरु आफ्नो स्वार्थको लागि च्याट वा भिडियो च्याट गर्दै आफू स्वतन्त्र भएझैं बिना रोकतोक उडान भरिरहेको पंक्षी झैं हुन्छन । मन मिल्नेहरुको बीचमा लुकिछिपी भिडियो च्याट मार्फत यौन आनन्द लिने र दिने सम्म पुग्छन ।  अनि के कुरामा चित बुझ्दैन , आफुले भने जस्तो हुदैन त्यस पछी निकटता र आत्मीयताको मैदानमा सँगसँगै खेलेको मध्ये एउटा पात्र वैमनस्य र कटुताका झोक फेर्दै आफ्नो अनुहार छोपेर आफु संगै रम्ने साथीको भिडियो तस्बिर खिचेर नंग्याउन उद्दत हुन्छन । मनमा पापको बिज उमारेर साथीको  जिन्दगी नै तहस नहस पार्ने , समय समयमा एक अर्कालाई ब्ल्याकमेलिङ, बार्गेनिंग, र नेगोसिएसन गरिरहेका हुन्छन ।  यो घटना जसरी फाट्टफुट्ट  सामाजिक संजालमा आइरहेको छ ।  के यस्तो अशिष्टता प्रदर्शित गर्ने आचरण , ब्यबहार र सस्कार भोलि यति मै सिमित रहला त ? मनमा प्रश्न खडा भएको छ।
आस्ट्रियाका महान मनोविश्‍लेषक सिग्मंड फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्नेर तथ्यपूर्ण ढंगले ब्याख्या गरिसकेका छन त्यसैले सत्य के हो भने सेक्स भनेको सबैको आवस्यकता हो   । यसको कुनै निश्चित समय हुदैन र कुनै वष्तुनिष्ठ सिद्धान्त पनि छैन । मानिसहरुका आफ्नो समय र उपयुक्तताका आधारमा आआफ्नै तय तरिका हुन्छन । साइबर सेक्स – यौन आनन्द लिने कुनै नौलो तरिका पक्कै पनि होइन तर ब्यबहारले नियन्त्रित नहुदा , साइबर सेक्समा एकछिनको आनन्दको लागि आफु नाङ्गिदा आफ्नो सामाजिक र ब्यवसायिक मर्यादा र इज्ज़त को धुज्जी उडाउन भनेर आफु संगै कसैले आत्मीयताको नाटक गर्दैछ भने ? आफु संगै गरिएको भिडियो च्याटका समीपता र सद्भावनाबाट उत्पन्न गतिबिधि नै आफ्नो गलाको पासो बन्दछ भने मान्छे स्वाभाविक रुपमा घरको न घाटको हुन्छ  ।
देशमा होश की बिदेशमा होश बिरसिलो जीवनबाट उब्जिएको वियोगजन्य रतिराग तथा एक्लोपनले भरिएको जीवनका कुण्ठा, यौन कुण्ठा र  निराशा त्यसमाथि इन्टरनेटको सहजता संगै च्याट र भिडियो च्याटको मान्ध्यम बाट पासो थापन अभिशप्त भएका नियत मै खोट भएका पात्रहरूका कारण प्रवासको नेपाली समाजमा साइबर सेक्सले धेरैको दोहोरो चरित्र उदाङ्ग पार्ने निश्चित छ ।किनकि  हामी एक्काइसौ शताब्दीका नागरिक भन्छौ तर खोज्दै जाँदा अरु पनि भेटिने छन् । यस्ता नियत मै खोट भएकाहरुको कथा ।त्यसैले ब्यक्तिगत बिषयमात्र नभएर हाम्रो समाजको गम्भीर सामाजिक समस्या पनि हो।आज अपवादमा २,४ जना महिला पुरुष मित्रहरुमा देखिएको गल्तिहरु बाट हामी पन्छिने भन्दा पनि भोलिको दिनमा यस्ता गल्तिहरु नहोस भनि सचेत हौ   ।
प्रतिक्रियाको लागि :- gopsiwa@gmail.com



0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.