चार्ल्स शोभराज निर्दोष रहेको दाबी


आफूभन्दा ४४ वर्ष बढी उमेरका विकिनी किलर चार्ल्स शोभराजसंग विवाह गरेर चर्चामा आएकी निहिता विश्वासले अहिलेसम्म उसंग यौन सम्पर्क नभएको बताएकी छन्।तीन वर्षअघि विजया दशमीको अवसरमा ६७ वर्षीय चार्ल्स शोभराजसंग विवाह बन्धनमा बाँधिएकी २३ वर्षीया निहिताले नेपालमा आजीवन कारावासको सजाय भोगिरहेका चार्ल्स शोभराज निर्दोष रहेको दाबीसमेत गरेकी छन्। भारतीय टिभि रियालिटी शो बिग बोस सिजन फाइभका एक प्रतिस्पर्धीका रूपमा बिग बोसको घर छिरेकी निहिताले अरू प्रतिस्पर्धीहरूसंग कुराकानीका क्रम उक्त कुरा बताएकी हुन्। निहिता यस रियालिटी टिभि शोमा प्रवेश गर्ने पहिलो नेपाली हुन्। क्यानाडेली पर्यटकको हत्या अभियोगमा सुन्धारास्थित केन्द्रीय कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका फ्रान्सेली नागरिक शोभराजसंग निहिताको जेलमै भेट भएको थियो। शोभराजको मुद्दामा दोभाषेका रूपमा काम गर्दै गर्दा निहिता र शोभराजबीच प्रेम सम्बन्ध प्रगाढ भएपछि ३ वर्षअघि दशैंमा विवाह गरेका थिए।बिग बोस घरभित्र निहिताले के भनिन् भिडियो हेर्नुहोस्

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.