कादोका (काठमाडौँ-दोलखा-कालिन्चोक) यात्रा-संस्मरण

केहि दिन अघि म मनोज भाई लाई भेट्न भनि भाइको पसलमा गएको भाइले दाई भेनाको चरिकोटमा काम छ रे काम पनि हुने घुमघाम पनि हुने जाऊ तपाई , ,दिलिप जी  र भेना दोलखा घुम्न भनि प्रस्ताब गर्नुभयो । म पनि सुरिएँ दोलखा घुम्न जाने प्रस्ताब सहर्श स्वीकारें । त्यस पछि दिलिप जी, म र मनोज बसेर जाने दिन तय गरयौ तर तोकेको दिन भन्दा एक दिन अगाडी मनोजले बिबिध कारण देखाएर आफ्नो खुटा कमायो ।त्यस पछि बसेको हामी तिन जनाको भेटले फेरी दिन तय गर्यो । तिन दिनको छोटो समय तालिका लिएर मनोज भाईको  र मेरो बाइकमा क्रमश भेना र दिलिप जी संगै डबल लोड गफिदै दोलखाको भ्रमणमा निस्कियौ । दोलखाको बारेमा सानै छदा धेरै सुनेको थिए तर आज आफ्नै देश चिन्ने र आन्तरिक पर्यटनको महत्त्व बुझ्नुका साथै प्रत्यक्ष सक्छी हुन जादै थिए त्यहिँ भएर मनमा धेरै उत्सुकता कौतुहल थियो  । आफ्नै सवारी साधन भएर होला यात्रा सहज ढंगले अघि बढी रहेको थियो  । हाम्रो पहिलो बिसौनी दोलालघाट भयो जहाँ वरपरको हरियाली ,डुङगा, चहलपहल हेर्दै हामीले सुनकोशी खोलाको असला माछा ४ प्लेट ता-तातो ज्युनार गरेर अघि बढ्यौ अरनिको राजमार्गमा बलेफी कोठे अन्धेरी खाडीचौर सम्म दुई लेनको बाटोले काठमाडौँ देखि नै यात्रालाई सहज बनाएको थियो तर खाडीचौर बाट पुल तरेर उकालो लागे पछि भने यात्रा अलि असज हुन थाल्यो ।उकालोमा घुम्ती बाटो त्यो पनि ठाउँ ठाउमा कचि लोकल बसहरु पेलेर नै आउदा रैछन  । त्यै पनि हामी काठमाडौं बाट चरिकोट सम्म पुग्न लगभग ६ घण्टा जति लाग्छ भने कुरालाई हेक्का राख्दै दौडी रहयौ । बिचमा रोकिदै तस्बिर लिदै अघि बढेका हामी मुडे खरिढुङा हुँदै अनन्त बेलुकाको साढे ४ बजे चरिकोट पुगियो । सातदोबाटो स्थित कफी सपमा बसेर प्राकृतिक मनोरम दृश्य हेरदै कफी र केक संगै पछिल्लो ६ घन्टाको यात्राको थकान बिर्सेर चरिकोट मै अस्थीई बशोबश गर्नु हुने मनोज भाइको भान्जा भान्जी संग हामी धेरै बेर गफ़ियौ 
समुद्र सतह देखि करिब १९८० मिटरको उचाइमा रहेको चरिकोट हिमाली जिल्ला अन्तरगत पर्ने दोलखा जिल्लाको सदरमुकाम रैछ । चरिकोटबाट दोलखा भिमसेनको मन्दिर भएको गाउ सम्म जान बाईकबाट २० देखि २५ मिनट लाग्छ.. घरमै खाना खाने गरि पुग्ने हो बिस्तारि जाऊला नि भनेर मजैले बशियो । त्यस पछि चरिकोट बजारमा बनेको भेनाको मामाआफन्तको घर माथि उक्लिएर साझको बेला नेपालको प्रमाणिक समयको मानक गौरीशंकर हिमालको र चरिकोट आसपासको दृश्य आँखाले र क्यामराले कैद गरयौ ।
सात बजे पछि चरिकोट बाट उतर पुर्बी हुदै दोलखा जान ओरालो झर्ने काम भयो लगभग २५ मिनेट पछि दोलखाको पुरानो बसपार्क पुगियो चिया नास्ता खाएर धेरै बेर गफ गरे पछि ८ बजे तिर भेनाको घरमा पुगेर अतिथ्य सत्कार भोजन ग्रहण गरियो ।त्यस पछि दिलिप जिको घरमा पुग्दा रात्रिको ९ बाजी सकेको रैछ अनि त्यहिँ सुकुला गरियो ।
दोस्रो दिन बिहानै उठेर भिमसेनको दर्शन , त्रिपुराको दर्शन गर्दै सुर्योदयको मनोरम दृश्य त्रिपुरा उद्यान बाट अवलोकन गरियो । त्यस पछि हामी हिजो सम्म मथिलॊ तामाकोशी जाने सोच पालीरहेका मनोज र म , दिलिप जी र भेनाले  भनेका  सामान्य जानकारीकै भरमा कालिन्चोक यात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भयो । कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो। त्यस पछि चरीकोटबाट कुरी लगभग  १९ किलोमीटरमा अवस्थित रहेको र  त्यहाँ  बाट १ घन्टाको ठाडो उकालो चढ्नु पर्छ भनेर सुन्दै हाम्रो यात्रा कालिन्चोकको लागि दिलिप जिको घरमा गएर भुजा ग्रहण गरि दोलखा बाट  चरिकोट ,  देउराली, गैरी, कुरी हुँदै कालिन्चोक भगवतीको मन्दिरमा पुगिने यात्रा सुरु भयो ।  चरीकोटबाट आर्मी ब्यराकको बाटो हुँदै उत्तर तर्फ उकालो लागेको कच्ची उकालो बाटो बाईकले न्तानेर बल्ल बल्ल १ घण्टामा देउराली पुगियो । हामी भन्दा धेरै अघि पुगेका मनोज र भेनाले देउरालीमा चिया को अडर गरि सक्नु भएको रैछ । देउरालीमा चिया नास्ता खाएर जानु भयो भने राम्रो हुन्छ रे किनभने त्यसपछी धेरै माथि मात्र गैरी भन्ने ठाउँमा मात्र चिया नास्ता पाईन्छ भनेको सुनियो । तर देउराली बाट गैरी सम्म उकालै उकालो बाटो करिब २ घण्टामा गैरी भन्ने ठाउँमा पुगियो तर बाटोमा देखिएको यो पसल पनि आज बन्द भएको दिन परेछ  । माथि माथि उकालो चड्दै जादा वरीपरीका सुन्दर प्राकृतिक दृश्यहरु ले हामी संग लुकामारी गरी राख्थ्यो र जति देखिनथे हेर्दै केहीको फोटो खिचदै त्यसैमा चित्त बुझाउँदै यात्रा अघि बढ्यो  ।गैरी बाट करिब  साढे २  घण्टा पछि  कुरी बजार भन्ने ठाउँमा दिउशोको साढे १२ बजे तिर पुगियो । खानाको लागि ब्यबस्था मिलाईसकेपछी चिया र बिस्कुट खाई सके पछि कालिन्चोक भगवतीको मन्दिर भएको डाँडा तिर उकालो लगियो  । कालिञ्चोक ठाडो उकालो लाग्यौं र त्यों उकालो करीब १ घन्टाको रहेछ , चिसो हावापानी भएपनि उकालो ले स्वाँ स्वाँ र शरीरको तापक्रम बढाई दिएको थियो , बाटामा हिजो देखि आएर कुरिमा बसेकाहरु बिहानै चढेर फर्किनेहरु  अनुहारमा रौस झल्काउदै  झुंड झुंडमा, रँगीबिरँगी पहिरनमा तलतिर झरिरहेका भेटिन्थे ! अरुलाई एक घण्टा लाग्ने ठाडो उकालो हाम्रो झुण्डलाई भने २ घण्टा जति लागी सकेको थियो .. अझै १५/२०  मिनेट जति तेस्रो उकालो बाकी थियो जसोतसो माथि सम्म पुगियो , त्यहाँ २,३ वटा अस्थाई पसलहरु रहेछ , केही खाएर एकैछिन थकाई मार्न सल्लाह अनुसार फुर्टी र चना खायौ  र अलिक स्फूर्ति जम्मा गरी  एकैछिनको विश्राम पछि फेरी उकालो लागियो ...फ्याफ्या स्यास्या गर्दै  उकालो चड्दा काठमाडौँको वर्षौँ देखिको विकारयुक्त वायु मेरो फोक्सोको ससाना छिद्र छिद्र हुँदै वर्षौँ पछि साट्टिँदै जाने क्रम फेरी सुरु भयो २० मिनेट जति पछि कलिञ्चोक्को टुपोमा पुगियो... शरीर थाकेपनि मन भने झन ताजा भएको थियो ।समुद्र सतह देखि करिब ३७८० मिटरको उचाइमा रहेको कालिन्चोकको मौशम भने चिसो हावा चलिरहेको जहाँ बाट  ठूला ठूला अग्ला पहरा र नाङ्गा डाँडा खोंच अनि सुनसान बातावरण संगै अन्नपूर्ण, लम्जुङ्, मनस्लु, गणेशहिमाल्, लाङ्ट़ाङ्, डोर्जी लक्पा, जुगल हिमाल्, आमाबामोरि, गौरी श़कंर् र नम्बुरीहिमाल प्रस्ट देख्न सकिदो रैछ..यस् ठाउँमा भने अलग्गै आनंद अनुभव भयो । एक प्रकारको अलौकिक आनन्द संगै तस्बिरहरु खिचयौ , कालिन्चोक देबीको  एक फन्को लगाइयो दर्शन गरियो अविस्मरणीय छोटो बसाई पछि फेरी लाग्यौ ओरालो ...अघि साढे २ घण्टा जति लागेको उकालो झर्न भने ४५ मिनेट जति लाग्यो ...तल ओर्लेर टाशीढले होटलमा लोकल कुखुराको माशु भात खाएर लाग्यो गौरीको बाटो ओरालो .... हुदै राती नौ बजे तिर दोलखा पुगियो  .. जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट बिहान बल्ल महशुस हुँदै थियो। भोलि पल्ट खानपिन गरेर राजधानी फर्कियौ…..  काठमाडौँ आई पुगेको केहि हप्ता बिते पनि अहिले सम्म पनि कादोका (काठमाडौँ-दोलखा-कालिन्चोक)को यात्रा भने ताजै छ

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.