यस्तो थियो नेपाल एयरलाइन्सको विमान दुर्घटना दृश्य

१८ जनाको ज्यान जाने गरी अर्घाखाँचीको मसिनेलेकमा विमान दुर्घटनाको भएको छ । नेपाल वायु सेवा निगमको ट्वनअटर विमान आइतबार अपराहृनबाट सम्पर्कविहीन भएको थियो । सोमबार विहान विमान दुर्घटना भएको स्थान पत्ता लागेपछि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी पुगेको थियो । मृत्यु भएकाहरुमध्ये सात जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । सनाखत भएकाहरुमा नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, कांग्रेस जुम्ला सभापति मानव सेजुवाल, दिवेश शाही, मुना महर्जन, सहिस हमाल, वर्षा हमाल र राजेन्द्र चौलागाई रहेका छन् । अन्य मृतकहरुको शव क्षतविक्षत अवस्थामा भएकाले पहिचान गर्न नसकिएको बताइएको छ ।  काठमाडौँबाट पोखरा भएर जुम्लाको लागि उडेको विमानमा चालक दलका तीन सदस्यसहित १८ जना यात्रु थिए विमानमा विमानको पाइलट शंकर श्रेष्ठ, को-पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जनसहित कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा रहेका थिए । त्यसैगरी विमानमा वर्षा हमाल न्यौपाने,डिपी उपाध्याय, उमा तामाङ, डी महतरा,डाविकल्प पोखरेल, राजेन्द्रप्रसाद देवकोटा, दीपक ङेष्ठ, डि शाही, आार चौलागाई तथा डेनमार्कका नागरिक एम म्याथिसेन चढेका थिए ।यस्तै जहाज पनि जलेर ध्वस्त भएको छ । मृतकको शव सुरक्षाकर्मीले संकलन गरेर काठमाडौं पठाएको छ ।
विमानको को-पाइलट रवीन्द्र बन्जारा








तस्बिर स्रोत  बिभिन् मिडियाहरु


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.