धर्मको नाममा जातीय भेदभाब र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस् -गोपाल सिवा

धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो । बहुसंख्याक जातीय रुपमा पछाडी पारिएका दलित ,उत्पीडित जसले हिन्दु धर्म प्रति आस्था राख्छन तिनीहरुले हिन्दु धर्म भित्रको बर्णश्रम ले हामीलाई  उत्पीडित बनाउने प्रमुख कारण हो भनेर जेसुकै नाम ,उपनाममा एक्यबद्ध हुदा आवाज उठाउदा गैर उत्पीडित , गैर दलित , जातीय रुपमा अघाडी भएकाहरुले  जुँगाको लडाईं बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त  हिन्दु धर्म भित्रको बर्णश्रमको हो जुन आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता परम्परालाई कायम राखेरै एकै आस्था राख्ने लाखौ नागरिकलाई अछुत सुद्रको खोट लगाउने ब्यबहारिक चलन छ त्यसको हो । हिन्दु समाजको सबैभन्दा नकारात्मक पक्ष भनेकै मानिसलाई उचनिच र छुत तथा अछुत भनी छुट्याउनु हो । जातीय तहगत संरचनाको सबैभन्दा तल्लो तह तथा अछुत मानिने जाति नै दलित जाति हो ।
हाम्रा समाजमा दलित , उत्पीडित , सुद्र र कामी दमै सार्कीहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म। यो कुरा छुट्टै हो कि यस्ता खबर मिडियामा खासै आउँदैनन् अनि गाउँघरमै पनि केही टाठाबाठा मिलेर गुपचुप राख्ने प्रयत्न हुन्छ । २१ औ स्ताब्धिमा पनि हाम्रो समाजमा  अपेक्षा गरिए विपरित जातीय छुवाछुत र असमानताको अमानविय घटना दिनहु हुनुले बर्णश्रम ब्यबस्था झन्-झन् बलियो देखिनुमा कामी दमै सार्कीहरुले आफुलाई सुद्र र दलितको उपनाम दिदै हिड्नुको कमजोरी आफ्नो ठाउँमा होला, त्योभन्दा बढी हिन्दु धर्मको बर्णश्रमले सृजित ब्यबहार पनि अर्घेल्याइँ जिम्मेवार छ। निश्चित छ,नेपालमा बर्णश्रम ब्यबस्था बोकेर ६० लाख जनतालाई जातिय विभेद्, शोषण र उत्पिडन लाद्न हिन्दु धर्मले अब त्यो सुविधा किमार्थ पाउने छैन। जसको पछिलो उदाहरण संसारको सब भन्दा पुरानो धर्म हिन्दुत्वप्रति विरक्त बढ्न थालेको छ जसको परिणाम भोलि जे पनि हुन सक्छ  ।
देशमा उत्पन्न यावत् जातीय भेदभाब र छुवाछुत समस्याको जड हिन्दु धर्मले आफु संगै राखेको बर्णश्रम ब्यबस्था नै  हो ।समय संगै बिभिन् साशकले आफ्नो स्वार्थको लागि प्रगोग गरे तर अहिले सम्म किन यसले हाम्रो समाजमा असमानता खडा गरिरहेको छ ?   बर्णश्रम ब्यबस्थालाई निषेध गर्ने बित्तिकै जातीय भेदभाब र छुवाछुतले यी सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भन्ने सोँच राख्नेहरु तत्कालिन सुद्र र अहिलेका दलित उत्पीडितहरु छन। उनीहरुलाई तिमीहरु सुद्र हैनौ , दलित हैनौ भन्दै कामी, दमै ,सार्की हौ भन्दै सही सावित गर्ने कि गलत, त्यो धेरै हदसम्म हिन्दु धर्ममा आस्था राखने सबै विद्वान र सचेतहरुकै क्रियाकलापमा भर पर्नेछ। आम नेपाली समाजका कहलिएका टाठा बाठाहरु दलित र सुद्र किन आफैलाई भनेको भन्दै पूर्णत अव्यवहारिक मुद्दामा चर्का बहस गर्नेहरु हिन्दु धर्मले साथै बोकी बसेको बर्णश्रम ब्यबस्था र यसले सृजित जातीय भेदभाब र छुवाछुत जस्ता मुद्दामा चाहिँ चुइँक्क  पनि बोल्दैनन ।बरु निधारमा दलित हु भनेर लेखेर बस् भन्दै कता-कता त्यही कुरा झल्काउने स्टाटस , लेख , प्रतिकृया पढ्दा लाग्छ दलित समस्या हिन्दु धर्मको उपज भएको र त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन भन्ने कुरा हाम्रा पुर्खाहरुले मात्र हैन आजका दलित सब्द बिरोधिहरुले पनि  बुझ्न सकेका छैनन ।
 हामीकहाँ कहिलेकाहीँ जानेर वा नजानेर हुने गल्ती स्विकार्दा सानो भइन्छ भन्ने सोँच राखेर एउटा गल्ती ढाक्न बरु अरु थप गल्ती गर्ने रोग झन् भयंकर छ । वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा भएकोले त्यसलाई सही तरिकाले बुझ्ने र त्यस्तो गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने अभियानमा लागेर मात्र वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभाव समस्याको समाधान हुन सक्दछ । त्यसैले अब सम्पूर्ण सुद्र ,दलित या जातीय रुपमा पछाडी पारिएका समुदायको अधिकार प्राप्तिका लागि सबै सुद्र ,दलित या जातीय रुपमा पछाडी पारिएका समुदाय एकजुट भएर लाग्नुपर्दछ । त्यस्तै गरि  जातीय भेदभाब  र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस् र जातीय भेदभाब  र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका आफु संगै आस्था राख्ने लाखौ मानिसहरु आफुले भोगाइ बाट उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्यारउन यिनको पनि सकारात्मक योगदान रहोस् ।

बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन। तत्कालिन समयका सासकहरुले स्वार्थबस बनाएका रीति-थीति तथा नियमहरु परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिए पनि अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए । त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ । बर्षौ देखि पीडाले जेलिएका लाई त् दलित हैनस हिन्दुधर्ममा यो चलन छैन भनेर पन्सिने भन्दा पनि अव हाम्रो पालामा हामीले कसरी हाम्रो अस्तित्वको प्रतिक धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ । अत  बर्ण ब्यबस्था र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका लाखौ मानिसहरुलाई मानिश बनाउन साँच्चै व्यवहारिक प्रतिवद्ध हामी नागरिकहरुले नै पहिला चेत्न जरुरी भैसकेको छ।
प्रतिक्रियाको लागि :- गोपाल सिवा (gopsiwa@gmail.com )

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.