संसारका अदभुत् र अविश्वसनीय तस्वीरहरु
एजेन्सी । संसारमा केही यस्ता स्थानहरु छन्, जसबारे हामीले सुनेकै नहुन पनि सक्छ । यस्ता अविश्वसनीय वास्तविक स्थानहरुका तस्वीरहरु
वाटरफल, मोरिशियम आइसल्याण्ड– समुद्री लहर र यसको साथ आउने छालका कारण यो आकृति बन्ने गर्दछ । यस्तो लाग्छ समुद्रमै झरना झरिरहेको छ ।
झांगे डेक्सिया ल्याण्डफार्म, गांसू चीन– यस रंगीविरंगी चट्टान यहाँ २४ मिलियन वर्षभन्दा बढीदेखि रहेका लाल बालुआ पत्थर र खनिज भण्डारका नतिजा हो । वर्षका कारण यस चट्टानका आकृति हेर्दा आश्चर्यजनक लाग्दछ ।
अन्डरवाटर रिभर, मेक्सिको– सिनोट एन्जेलिटाको पानीको भित्र पनि पानी देखिन्छ । यस नदी हाइड्रोजन सल्फेटबाट घेरिएको छ जहाँ सामान्य नुनवाला पानीभन्दा भारी हुन्छ ।
टनेल अफलभ, क्लेवन, युक्रेन– यहाँ घना जंगल भएर लिनमा तीनपटक रेल वारपार हुने गथ्र्यो । धेरै वर्षपछि यस ठाउँले यस्तो आकार लियो । अब यहाँ रेल चल्ने गरेको छैन तर यो एक रोमान्टिक स्थ लबनेको छ ।
दि आई, अफ्रिका, मारितानिया– यस स्थान सहारा रेगिस्तानको बीच भागमा पर्छ । यसको व्यास २४ मिल छ । वैज्ञानिकले छुद्र ग्रहका कारण भएको बताएका छन् ।
प्लिटप्वाइस लेक, क्रोयशिया– यो क्रोयशियाको सबैभन्दा ठूलो राष्ट्रिय पार्क हो । दक्षिणपूर्वी युरोपमा यो सबैभन्दा पुरानो हो । चुन पत्थरमाथि हजारौं वर्षदेखि पानी बगिरहेको छ । साथै यहाँ केही प्राकृतिक ड्याम, ताल, गुफा र झरनाका अस्तित्व छन् ।
लेक हिलर, अष्ट्रेलिया– यस गुलावी रंगको ताल देखेर अचम्ममा पर्ने पक्का छ । एल्गी र ब्याक्टोरियाका कारण यस तालका पानीको रंग यस्तो भएको हो । तर यस पानीले मानव जीवनमा कुनै असर भने पार्दैन ।
हिडन बीच, मेक्सिको– यस बीचको निर्माण सन् १९०० को पूवाद्धमा भएको थियो । जब एक सेनाले धमाकाको अभ्यास र परीक्षण गरिरहेका थिए तब यस्तो आकारको बीच बनेको थियो । यसमा पौडी खेल्दाको आनन्द अदभूत् मानिन्छ ।
ओगाशिमा, जापान– यो एक ज्वालामुखीबाट बनेको आइसल्याण्ड हो । यसभित्र अहिले पनि साना साना ज्वालामुखी छन् ।1 comments
Write Down Your Responses

November 28, 2014 at 9:18 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन