बिहान उठ्ने बित्तिकै गरिने गल्तीहरु

के तपाईं सुतेर उठेपछिa सधैँ खराब मुडमा हुनुहुन्छ ? अथवा के तपाईं बिहानको नास्ता खानुहुन्न ? यहाँ यस्ता केहि व्यवहारहरु दिइएका छन् जसलाई हामी धेरैजसोले बिहान उठ्ने बित्तिकै आत्मसाथ नगरेर आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेका छौँ ।
१. बिहान उठ्नासाथ जिममा जानुः बिहान बिस्तारै बिस्तारै काम सुरु गर्नुहोस् । आफूलाई आरामसँग उठ्ने समय दिनुहोस् र आफ्नो मांसपेशीहरुलाई बिस्तारै हल्लाउनुहोस् । निन्द्राबाट ब्युझिँएपछि दाहिने पट्टीबाट घुमेर बेडबाट उठ्नुहोस् । यसले तपाईंको इनर्जी ब्यालेन्स हुन मद्दत गर्दछ ।
२. जिउ नतन्काउनुः जब हामी बिहान उठ्छौँ तब हाम्रो मांसपेशी विषेशतः मेरुदण्ड दह्रो हुने गर्दछ । यदि उठ्ने बित्तिकै जीउ नतन्काउने हो भने तपाईं दिनभरी त्यहि दह्रो मेरुदण्ड लिएर घुम्नुपर्ने हुन्छ र आफ्ना कामहरु गर्न तपाईंलाई असजिलो महसुस हुन्छ । उठिसकेपछि आनन्दले हिँड्नुहोस् । उठिसकेपछि दुई–तीन पटक जिउ तन्काउनुहोस् र केहि लामो–लामो सास फेर्नुहोस् ।
३. दिनको सुरुवात चियाबाट गर्नुः राम्रो मेटाबोलिजमको रहस्य चिया होइन त्यसकारण दिनको सुरुवात एसिडिक खानेकुरा जस्तै चीनि, दुध, चिया वा कफीबाट नगर्नुहोस् । पानीमा कागती मिसाएर पिउनुहोस् । त्यसपछि तपाईं दुध हालेको चिया वा ग्रिन टि पिउनसुक्नुहुन्छ ।
४. फोन चेक गर्नुः कहिले पनि दिनको सुरुवात मेल चेक गरेर अथवा कामको बारेमा सोचेर नगर्नुहोस् । उठेको दुईघण्टा भित्र तपाईंले आफ्नो सबै समस्याको समाधान गर्नसक्नुहुन्न । उठिसकेपछि तपाईंको इनर्जी सबैभन्दा महत्वपूर्ण स्थानमा खर्च हुन आवश्यक छ ।
५. नास्ता नगर्नुः केहि अनुसन्धानका अनुसार बिहानको नास्ता नगर्नाले तपाईं मोटोपन, डाइबिटिज, कमजोर इम्युनको शिकार हुनुहुनेछ । यदि तपाईंको बिहानको नास्ता सहि नभएमा तपाईं दिनभरी गलत खाना खानुहुनेछ । तपाईंले राजा–महाराजाहरुको जस्तो नास्ता खानु आवश्यक छैन तर नास्ता खान आवश्यक छ । (एजेन्सी) 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.