आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका

महिलाहरुलाई बुझ्न प्रत्येक पुरुषहरुलाई केही गाह्रै हुन्छ, तर यदि तपाई उनीसँग अफ्नो सम्बन्धलाई राम्रो, बलियो र लामो समयसम्म टिकाइरहन चाहानुहुन्छ भने तपाईले उनलाई बुझ्न आवश्यक छ । पढ्नुहोस्, तपाईका लागि आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका छन् ।
१. दुवै जनाबिच कुराकानी चलिरहन आवश्यक छ । बिशेषगरी, महिलाहरुलाई उनीहरुको कुरा सुन्ने पुरुष एकदमै मनपराउँछन् । त्यस्तै तपाई पनि आफ्नो प्रेमिकासँग केही कुरा गर्न चाहानुहुन्छ भने आमुने सामुने भएर कुराकानी गर्नुहोस् ।
२. महिलाहरुलाई प्रशंसा गर्नु पुरानो तर प्रभावकारी तरिका हो । तपाई मान्नुस् वा नमान्नुस्, महिलाहरुलाई आफ्नो तारिफ सुन्न एकदमै राम्रो लाग्छ, तर आवश्यकभन्दा बढी प्रशंसा पनि नगर्नुहोस्, यस्तो गर्नाले उनलाई तपाईप्रति शंका उत्पन्न हुन सक्छ ।
३. कञ्जुस पुरुषसँग महिलाहरु टाढा रहन्छन् । पहिलो भेटपछि यदि तपाई उनीसँग फेरी भेट्न चाहानुहुन्छ भने बिल आफैँ तिर्नुहोस् ।
४. आफ्नो सामाजिक जीवनलाई संगठित बनाउँनुहोस् । महिलाहरुलाई उपहार एकदमै मन पर्छ । त्यसैले कहिले काही उनीहरुलाई उपहार दिनुहोस् । यदि धेरैजासो तपाई दिनुहुन्छ भने उनलाई पनि उपहार दिने मौका दिनुहोस् ।
५. तपाई उनीलाई जुनसुकै उपहार दिएपनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, यसबाट उनी प्रभावित हुन सक्छिन् ।
६. पुरुषहरुलाई थोरै स्टाइलिश हुने कोशिस गर्नुपर्छ । यसका लागि जिन्स र टिसर्ट राम्रो विकल्प हो । यसका साथमा छालाको जुत्ता लगाउँन सक्नुहुन्छ ।
७. यदि तपाई कुनै पनि बिषयमा पर्याप्त जानकारी छैन भने जानकार बन्ने कोशिस नगर्नुहोस् । उनलाई स्पष्टसँग भन्नुहोस् कि तपाईलाई त्यसबारे केही थाहा छैन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.