बलात्कारीलाई ३,८०० किलो वाट सम्मको इलेक्ट्रिक शक

भारतमा केहि युवा इन्जिनियरहरुले मिलेर एउटा यस्तो इलेक्ट्रिक ब्रा तयार गरेका छन् जसले बलात्कार जस्तो घटनामा सुरक्षाको कवचको रुपमा काम गर्ने बताइएको छ । उक्त ब्रा लाई सोसाइटि हार्नेसिंग ‘सि’ नाम दिइएको छ ।
सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि भएको बलात्कारको घटना अन्तराष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सफल भएको थियो । महिलाहरु, छात्राहरु र सामाजिक कार्यकर्ताहरुसमेत हजारौँ मानिसहरुले सडकमा प्रदर्शन गरेका थिए । तर यस्तो प्रकारको घटनाहरु घट्नुको सट्टा बढ्दो छ । सबैलाई जस्तो यस्ता घटनाले २२ वर्षीया इन्जिनियरिङकी छात्रा मनिषा मोहनलाई प्रभावित गर्यो जसका कारण उनले इलेक्ट्रिक ब्राको तयार गरिन् ।
मनिषा र उनका दुईजना साथीहरुले यो बारेमा सर्वेक्षण गरे र इलेक्ट्रिक झट्का दिने प्रकारको ब्रा तयार गर्नुभन्दा पहिले थुप्रै ब्रा को मोडल तयार पार्न कोसिस गरे । उनीहरुलाई यो कामको लागि अन्तराष्ट्रिय प्रोत्साहन पनि पाएको उनीहरुले बताएका छन् ।
जलाउन सक्छ ब्रा लेः 
ब्रा मा दबाबका बिरुद्ध सेन्सर लगाइएको छ । यो इलेक्ट्रिक सर्किटसँग जोडिएको छ जसले ३,८०० किलो वाट सम्मको इलेक्ट्रिक शक दिनसक्छ । यो यति धेरै छ कि जबर्जस्ती गर्ने व्यक्तिलाई यसले जलाइदिन पनि सक्छ । यसको प्रोसेस सेन्सर क्रियाशिल हुने बित्तिकै ब्रामा लगाइएको जीपिएसले पुलिसलाई पनि खबर गरिदिनेछ ।
मनिषाले बताइन्, ‘ब्रामा इलेक्ट्रोनिक सर्किट कपडाको दुई पाटाको बिचमा लगाइएको छ, यो वाटरप्रुफ हो ।’ यसको तरिका निकै सजिलो छ, प्रोसेस सेन्सरले कुनै पनि दबाबमा प्रतिक्रिया दिने गर्दछ । ब्रामा एउटा स्विच पनि लगाइएको छ जसलाई कुनै यस्तो ठाउँमा चलाउन सकिनेछ जहाँ तपाईंलाई खतराको महसुस भएको होस् ।
सुरक्षित र आरामदायीः
जो महिलाले यसलाई परिक्षणको दौरान लगाएर हेरेका छन् उनका अनुसार यो निकै आरामदायी रहेको छ । नयाँ दिल्लीको एक कलेजकी छात्रा रेवतीले भनिन्, मेरो बिचारमा यो ब्रा निकै सहयोगी साबित हुनेछ । यो लगाएपछि ठूला शहरका महिलाहरु अबेरसम्म निकै आत्मविश्वासका साथ बाहिर निस्कन सक्छन् ।मनिषा भन्छिन् कि यो ब्रा कागजको जत्तिकै पातलो छ । यो लगाउन पनि निकै सजिलो छ र मानिसहरुलाई यो मनपनि पर्नेछ । (एजेन्सी)

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.